सहरी गरिबीले स्थानीय जनताको आर्थिक तथा शैक्षिकक्षेत्रमा पारेको प्रभाव: देउमाई नगरपालिका एक अध्ययन (Sahari garibile sthaniya janatako aarthik tatha shaikshik kshetrama pareko prabhav: Deumai nagarpalika ek adhyayan)

dc.contributor.authorआचार्य, टेकप्रसाद
dc.date.accessioned2023-08-23T10:35:24Z
dc.date.available2023-08-23T10:35:24Z
dc.date.issued2017
dc.description.abstractयो शोधपत्र सहरी गरिबीले स्थानिय जनताको आर्थिक तथा शैक्षिक क्षेत्रमा पारेको प्रभावको अध्ययन गर्न नेपालको पूर्वि क्षेत्र इलाम जिल्लाको देउमाई नगरपालिकाको वडा नं. ३ लाई नमुना छनौटको रुपमा लिई स्थलगत अध्ययन गरिएको छ । यसकोविशिष्ठ उद्देश्य सहरी गरिबीको अवस्था पत्ता लगाउनु, गरिब परिवारका आर्थिक तथा शैक्षिक विवरणहरु विश्लेष्ण गर्नु र गरिबी निवारणको लागि सुझावहरु पेश गर्नु राखिएको छ । शोधपत्रको उद्देश्य पूरा गर्न परिमाणत्मक र गुणात्मक दुवै ढाँचाको प्रयोग गरि धेरै मात्रामा प्राथमिक र केहि मात्रामा द्धितिय श्रोतको माध्यमबाट तथ्याँक संकलन गरि प्राप्त तथ्याँकलाई आवश्यकता अनुसार तालिका, स्तम्भ चित्र तथा वृतचित्रको माध्यमबाट व्याख्या र विश्लेष्ण गरिएको छ । अध्ययन क्षेत्र इलाम जिल्ला देउमाई नगरपालिका वडा नंं. ३ को ९२३ मध्ये २०२ घरपरिवारलाई सामान्य सम्भावना युक्त विधी अन्र्तगत चिठ्ठा प्रणली द्धारा छनौट गरिएको छ । विभिन्न प्रश्नावली तयार गरेर नमुना छनौटमा परेका घरपरिवारको घरमुली सँगको प्रत्यक्ष अन्तवार्ताबाट यो शोधपत्र तयार पारिएको छ भने द्धितिय तथ्याँकको रुपमा नगरपालिका, जि.वि,श., केन्द्रिय तथ्याँक विभाग, विभिन्न लेखरचना, पत्रपत्रिका र अन्य अप्रकाशित शोधपत्रलाई आधार मानिएको छ । अध्ययनको क्रममा यस क्षेत्रमा सबैभन्दा धेरै कृषि तथा पशुपालनमा ३४.६५ प्रतिशत संलग्न भएको पाइयो भने सबैभन्दा कम ८.९१ प्रतिशत वैदेशिक रोजगारीमा संलग्न भएको पाइयो । यस क्षेत्रमा साक्षर व्यक्तिहरु ८३.४२ प्रतिशत र निरक्षर व्यक्तिहरु १६.५८ प्रतिशत रहेको पाइयो । यस क्षेत्रबाट सबभन्दा धेरै अदुवा निर्यात हुने गरको पाइयो भने अलैची, चिया, दुध र दुधजन्य वस्तुहरु पनि निर्यात हुने गरेको पाइयो । यस्तै खाद्यान्न उपभोगका वस्तुहरु बढि मात्रामा आयात हुने गरेको पाइयो भने तेलहन, दलहन र फलफुल पनि आयात भएको पाइयो । अध्ययन क्षेत्रमा वार्षिक ५० हजार भन्दा कम आय हुने घरपरिवार पनि भेटिया भने २ लाख भन्दा बढि आय प्राप्त हुने घरपरिवार पनि पाइयो । आफ्नो उत्पादनले ३ महिना सम्म मात्र खान पुग्ने र बचत गर्ने घरपरिवार पनि भेटियो भने जति आय बढछ आफ्ना बालबालिकालाई संस्थागत विद्यालय तर्फ अध्ययन गराउने गरेको पाइयो । न्युन आय हुनु, जिवन निर्वाह खेति प्रणाली,व्यावसायिकरण र औधोगिकरणको अभाव, रोजगारीको अभाव, पूँजीको अभाव, आयको ठुलो भाग खाद्यान्न उपभोगमा खर्च हुनु आदि यस क्षेत्रमा गरिबीको कारणहरु रहेको पाइयो ।en_US
dc.identifier.urihttps://hdl.handle.net/20.500.14540/19342
dc.language.isoneen_US
dc.publisherअर्थशास्त्र शिक्षा विभागen_US
dc.subjectसाहित्यको पुनरावलोकनen_US
dc.subjectसहरी गरिबीen_US
dc.titleसहरी गरिबीले स्थानीय जनताको आर्थिक तथा शैक्षिकक्षेत्रमा पारेको प्रभाव: देउमाई नगरपालिका एक अध्ययन (Sahari garibile sthaniya janatako aarthik tatha shaikshik kshetrama pareko prabhav: Deumai nagarpalika ek adhyayan)en_US
dc.typeThesisen_US
local.academic.levelMastersen_US
local.institute.titleCentral Department of Educationen_US

Files

Original bundle

Now showing 1 - 2 of 2
Loading...
Thumbnail Image
Name:
Cover Page.pdf
Size:
336.69 KB
Format:
Adobe Portable Document Format
Description:
Loading...
Thumbnail Image
Name:
Chapter Page.pdf
Size:
564.1 KB
Format:
Adobe Portable Document Format
Description:

License bundle

Now showing 1 - 1 of 1
Loading...
Thumbnail Image
Name:
license.txt
Size:
1.71 KB
Format:
Item-specific license agreed upon to submission
Description: