सहकारी संस्थाले सदस्यहरुको पारिवारिक आर्थिक तथा शैक्षिक क्षेत्रमापारेको प्रभाव ः गोठगाउँ गाउँ विकास समिति, रामेछाप{Impact of Cooperatives on Family Economic and Educational Sector of Members: Gothgaon Village Development Committee, Ramechhap}

dc.contributor.authorश्रेष्ठ shrestha, सत्यनारायण Satyanarayana
dc.date.accessioned2022-03-24T04:25:35Z
dc.date.available2022-03-24T04:25:35Z
dc.date.issued2016
dc.description.abstractरामेछाप जिल्ला गोठगाउँ गा.वि.स.मा संचालनमा रहेको सहकारी (गोठपानी वचत तथा ऋण सहकारी संस्था लि.) ले स्थानीय जनताको आर्थिक तथा शैक्षिक क्षेत्रमा पारेका प्रभावशीर्षकमा गरिएको अध्ययनमा सहकारी संस्थामा संलग्न व्यक्तिहरुको आर्थिक र शैक्षिकअवस्था पहिचान गर्न सहकारी संस्थाको समस्याहरु, आवद्ध सदस्यहरुका समस्या पत्ता लगाइसमाधानका उपाय खोज्न उक्त उद्दश्य पुरा गर्नका लागि व्याख्यात्मक र विश्लेषणात्मकढाँचाको माध्यमबाट प्राथमिक र द्वितीय तथ्याङ्कबाट प्राप्त तथ्याङ्कलाई तालिकाको प्रयोग गरीविश्लषण गरिएको छ । पाथमिक तथ्याङ्क संकलन गर्न २ प्रकारका प्रश्नावली (सहकारीकाअध्यक्ष र सदस्यहरुका लागि) द्वारा सदस्यहरुबाट तथ्याङ्क संकलन गरिएको थिया ।सहकारीमा संलग्न सदस्यहरुमध्ये प्रत्येक घरपरिवार बाट एक जना गरी जम्मा २५०जना रअध्यक्षलाइ छनोट गरिएको थियो । २५१जनालाइ प्राथमिक स्रोत बनाइएको थिया भनगोठगाउँ गा.वि.स, जि.वि.स, कन्द्रीय तथ्याङ्क विभाग, राष्ट्रिय सहकारी बोर्ड, विभिन्नअध्ययन प्रतिवेदनहरु, प्रकाशित अप्रकाशित लेखहरु, पत्रपत्रिकाहरु आदिलाई द्वितीय स्रोतकारुपमा लिइएको थियो । वि.स. २०५९सालमा स्थापित यस संस्थामा जम्मा ५१०जना शेयरसदस्यहरु रहेको पाइयो । ती सदस्यहरुलाई वचत शेयर र धितो जमानतका आधारमावार्षिक १२ पतिशत व्याजदरमा कम्तिमा ६ महिना देखि २ वर्ष सम्मका लागि ऋणकाव्यवस्था र वचतमा मासिक वचत, ऐच्छिक वचत र बाल वचत गरी ३ किसिमका वचतगर्ने गरेको पाइया । जसमा मासिकवचतमा ६ प्रतिशत, ऐच्छिक वचतमा ७ प्रतिशत, बालवचतमा ६प्रतिशत व्याज दिन गरेको पाइयो । यस सहकारी संस्थाले आ.व. ०७०÷०७१मा रु.४४,२२,२३९र आ.व. ०७१÷०७२मा रु.५९,०१,८६२ कुल सम्पत्तिगरको देखिन्छ ।यस संस्थामा आवद्ध सदस्यको आ.व. वि.स. २०७२ का असार मसान्त सम्ममा मासिकवचत रु ३०,०१,६७४, एच्छिक वचत रु १५,००,००० बालवचत रु ५,००,१०० गरी जम्मारु५०,१६,१७४ वचतरहेको पाइयो । अध्ययन क्षेत्रमा नमुना छनौटमा परेका सहकारीकासदस्यहरु सहकारीमा संलग्न हुनु अघि वा पछिको औषत खर्च आम्दानी र वचतकास्थितिलाई हेर्दा संलग्न भईसकेपछि झण्डै ३ गुणा बढेको पाइयो । आम्दानीमा पनिउल्लेखनीय वृद्धि भएको पाइयो । अध्ययन क्षेत्रका नमुना छनोटमा परेका सहकारीमा संलग्नभएका सदस्यहरुका बालबालिकाहरुको शैक्षिक अवस्थालाई हेर्दा सहकारीमा संलग्न हुनुभन्दा ख् अघि विद्यालय नजाने २५ प्रतिशत, सरकारी विद्यालयमा जाने ६५ प्रतिशत, निजीविद्यालयमा जाने १० प्रतिशत रहेकामा संस्थामा संलग्न भएपछि यसमा सुधार आइविद्यालय नजानेको संख्या १प्रतिशतमा सिमित रहयो । सरकारी विद्यालय जानेको संख्यामा६५ प्रतिशत रहयो । निजी विद्यालयमा जानेको संख्यामा वृद्धि भई ३४प्रतिशत पुगेको पाइया। यस सहकारीमा संलग्न भएका सदस्यहरुमा संगठनात्मक सामुहिक भावनाको विकास,नेतृत्व विकास, आत्मविश्वासमा वृद्धि, पारिवारिक खर्चको भूमिकामा वृद्धि, व्यावसायिकनिर्णय गर्ने सम्बन्धमा वृद्धि, जस्ता उपलब्धी पाइएता पनि यस सहकारीका प्रतिस्पर्धाकारुपमा अन्य सहकारी नहुनु, आयआर्जन नभएका सदस्यहरुले बढी ऋण माग्नु, ऋणकादुरुपयोग, निरिक्षण अनुगमन सम्बन्धी समस्या र ऋण भुक्तानी सम्बन्धी समस्या रहेकापाइयो । यस्ता समस्याहरु समाधानगर्न सहकारीले ऋण लिएको उद्देश्य अनरुप खर्च भयावा भएन भन्ने निरिक्षण र अनुगमन गर्ने गरेको छ । आम्दानीमा वृद्धि गर्नु, सहकारीले थपआयआर्जनका कार्यक्रम सचालन गर्नु पर्नेछ । ऋणको समयावधि ३ वर्षको बनाउनुु पनछ ।प्रौढशिक्षा जस्ता साक्षरोत्तर कार्यक्रम संचालन गर्नुपनजस्ता सुझाव यस अध्ययनमा प्रस्तुतगरिएको छ ।en_US
dc.identifier.urihttps://hdl.handle.net/20.500.14540/9401
dc.language.isoneen_US
dc.publisherअर्थशास्त्र शिक्षा विभागen_US
dc.subjectसहकारी संस्था Cooperative Societyen_US
dc.subjectशैक्षिक अवस्था Educational statusen_US
dc.subjectऋण व्याजदर सम्बन्धि अवस्था Statement regarding loan interest rateen_US
dc.titleसहकारी संस्थाले सदस्यहरुको पारिवारिक आर्थिक तथा शैक्षिक क्षेत्रमापारेको प्रभाव ः गोठगाउँ गाउँ विकास समिति, रामेछाप{Impact of Cooperatives on Family Economic and Educational Sector of Members: Gothgaon Village Development Committee, Ramechhap}en_US
dc.typeThesisen_US
local.academic.levelMastersen_US
local.institute.titleCentral Department of Educationen_US

Files

Original bundle

Now showing 1 - 2 of 2
Loading...
Thumbnail Image
Name:
Cover.pdf
Size:
95.32 KB
Format:
Adobe Portable Document Format
Description:
Loading...
Thumbnail Image
Name:
Chapter.pdf
Size:
568.15 KB
Format:
Adobe Portable Document Format
Description:

License bundle

Now showing 1 - 1 of 1
Loading...
Thumbnail Image
Name:
license.txt
Size:
1.71 KB
Format:
Item-specific license agreed upon to submission
Description: