सामुदायिक तथा संस्थागत मा.वि. मा आर्थिक लगानी र शैक्षिक उपलब्धी एक अध्ययन जलथल गा.वि.स, झापा {Community And Institutional M.V. In Financial Investment And Educational Achievement A Study Jalthal VDC, Jhapa}

dc.contributor.authorभट्टराई Bhattarai, सबिना Sabina
dc.date.accessioned2022-05-20T09:36:37Z
dc.date.available2022-05-20T09:36:37Z
dc.date.issued2018
dc.description.abstractसामुदायिक तथा संस्थागत.माध्यमिक विद्यालयमा आर्थिक लगानी र शैक्षिक उपलब्धि एक अध्ययन ः जलथल गा.वि.स.,झापा शीषकमा गरिएको एक अनुसन्धान हो । यसमा सामुदायिक तथा संस्थागत माध्यमिक विद्यालयको आम्दानीको स्रोत तथा खर्चका क्षेत्रहरु पहिचान गर्नु, सामुदायिक तथा संस्थागतमाध्यमिक विद्यालयको प्रति एकाई विद्यार्थी लागत अनुमान गर्नु र सामुदायिक तथा संस्थागत माध्यमिक विद्यालयकोे प्रति विद्यार्थी लागत र शैक्षिक उपलब्धिको तुलनात्मक विश्लेषण गर्नु यस अध्ययनको मुख्य उद्देश्य रहेको छ । शोधपत्रको उद्देश्य पुरा गर्न परिमाणात्मक र गुणात्मक तरिकाबाट तथ्याङ्क संकलन गरी वर्णनात्मक र व्याख्यात्मक दुवै ढाँचाको प्रयोग गरी प्रमुख रुपमा प्राथमिक स्रोत र अपूरा तथ्याङ्क द्धितीय स्रोतका माध्यमबाट संकलन गरी प्राप्त तथ्याङ्कलाई आवश्यकताअनुसार तालिका र स्तम्भचित्रको माध्यमवाट विश्लेषण गरिएको छ । प्राथमिक स्रोतवाट तथ्याङ्क संकलन गर्न छुट्टाछुट्टै प्रश्न निर्माण गरी माध्यमिक विद्यालयका प्र.अ., अभिभावक, विद्यार्थी र विद्यालय व्यवस्थापन समिति लाई प्रत्यक्ष रुपमा प्रश्न सोधेर संकलन गरिएको थियो भने यसका साथै अवलोकन सुचि र छलफल निदशिकाको माध्यमवाट प्रत्यक्ष अवलोकन र लक्षित समुह छलफल सञ्चालन गरी प्राथमिक तथ्याङ्क संकलन गरीएको थियो जसका लागि उद्देश्यमुलक र सुविधाजनक नमुना छनौटका आधारमा जलथल गा.वि.स. मा रहेका सामुदायिक तर्फ श्री लक्ष्मी माध्यमिक विद्यालय र संस्थागत तर्फ चिल्ड्रेन गार्डेन अंग्रेजी माध्यमिक विद्यालयलाई छनौट गरिएको थियो । द्धितीय तथ्याङ्कको स्रोतको रुपमा सम्बन्धित गा.वि.स., अर्थ मन्त्रालय, माध्यमिक शिक्षा परिषद, जिल्ला शिक्षा कार्यालय, केन्द्रीय तथ्याङ्क विभाग, पत्रपत्रिका र अन्य प्रकाशित तथा अप्रकाशित तथ्याङ्कहरुलाई आधार मानिएको छ । सामुदायिक र संस्थागत माध्यमिक विद्यालयको भौतिक अवस्था हेर्दा ६ वटा पक्की भवन रहेको सामुदायिक माध्यमिक विद्यालयको कक्षाकोठामा औषतमा ४जना विद्यार्थी बराबर १ डेक्स बेञ्चको व्यवस्था भएको र प्रति विद्यार्थी क्षेत्रफल २.४४ वर्ग फिट रहेको पाइयो भने संस्थागत विद्यालयमा २ वटा पक्की भवन भएकोमा जसमा कक्षाकोठामा औसतमा ३ जना विद्यार्थी बराबर १ वटा डेक्स बेञ्चको ब्यवस्था भएको र प्रति विद्यार्थी २.५७ वर्ग फिट क्षेत्रफल रहेको देखियो । दुवै माध्यमिक विद्याललयमा खेल मैदान रहेको, १÷१ वटा पुस्तकालय, कम्प्युटर कक्षा र शौचालयको सुविधा दुवै विद्यालयमा रहेको पाइयो । पिउने पानीको लागि दुवै विद्यालयमा टयुवेलको व्यवस्था रहेको पाइयो । सामुदायिक र संस्थागत दुवै माध्यमिक विद्यालयमा जम्मा ३५ जना शिक्षक रहेका छन । जसमा सामुदायिक विद्यालयमा ११ जना तालिम प्राप्त शिक्षक छन भने संस्थागत विद्यालयमा ७ जना तालिम प्राप्त शिक्षक रहेको पाइयो । शिक्षक विद्यार्थी अनुपात सामुदायिक विद्यालयमा १ः३७ र संस्थागत विद्यालयमा १ः२९ रहेको देखिन्छ । शैक्षिक उपलव्धीलाई हेर्दा सामुदायिक विद्यालयमा कक्षा उतीर्ण दर, कक्षा दोहो¥याउने दर र कक्षा छाडने दर कक्षा ९ मा क्रमशः ७९.०५ प्रतिशत, १३.५प्रतिशत, ७.४५प्रतिशत, र कक्षा १० मा क्रमशः ८२.४५ प्रतिशत, १०.२ प्रतिशत, र ७.३५ प्रतिशत रहेको पाइयो । त्यसैगरी संस्थागत विद्यालय तर्फ कक्षा उतीर्ण दर, कक्षा दोहो¥याउने दर र कक्षा छाडने दर कक्षा ९ मा क्रमशः ९३.३५ प्रतिशत, ४.२ प्रतिशत, र २.४ प्रतिशत रहेको छ भने कक्षा दशमा सोहि दर क्रमशः ९७.१ प्रतिशत, २.४प्रतिशत, र ०.५ प्रतिशत रहेको पाइयो । माध्यमिक विद्यालयको आर्थिक अवस्था अन्तरगत विद्यालयको आम्दानीको प्रमुख श्रोतको रुपमा सामुदायिक विद्यालयमा सरकारी अनुदान र संस्थागत विद्यालयमा विद्यार्थी शुल्क रहेको छ । सामुदायिक विद्यालयमा शैक्षिक वर्ष २०७१÷०७२ मा कुल आम्दानी रु. ६७,०७,८५० प्राप्त भएको छ जसमा सरकारी अनुदानबाट जम्मा रु. ६२,२४,४५० अर्थात ९२.७९ प्रतिशत र विद्यार्थी शुल्कबाट रु.१,८५,४०० अर्थात २.३६ प्रतिशत र सामुदायिक श्रोतबाट रु.३,२५,००० अर्थात ४.८४प्रतिशत आम्दानी प्राप्त भएको छ भने संस्थागत विद्यालयमा आम्दानीको प्रमुख श्रोत विद्यार्थी शुल्क भएकाले शैक्षिक वर्ष २०७१÷०७२ मा जम्मा रु.८३,४०,५०० आम्दानी प्राप्त भएको देखिएको छ । त्यसैगरी सामुदायिक विद्यालयको खर्चको विवरण हेर्दा शैक्षिक वर्ष २०७१÷०७२ मा जम्मा रु.६६,६१,५०० खर्च भएको छ भने संस्थागत विद्यालयमा शैक्षिक वर्ष २०७१÷०७२ मा जम्मा रु.५१,७०,५०० खर्च भएको देखिएको छ । माध्यमिक विद्यालयको प्रति विद्यार्थी लागतको अवस्था हेर्दा सामुदायिक माध्यमिक विद्यालयको कक्षा ९ र १० मा प्रति विद्यार्थी प्रत्यक्ष लागत औसतमा रु.३,५४० र अप्रत्यक्ष लागत औसतमा रु.१२,८७० रहेको पाइयो भने संस्थागत माध्यमिक विद्यालयको कक्षा ९ र १० मा प्रतिविद्यार्थी प्रत्यक्ष लागत औसतमा रु.३६,३०० र अप्रत्यक्ष लागत रु.३१,७०० रहेको देखिन्छ । दुवै विद्यालयको माध्यमिक तहको शैक्षिक उपलब्धिको तुलनात्मक विश्लेषण गर्दा सामुदायिक विद्यालयको कक्षा १० को अन्त्यमा शैक्षिक उपलब्धि ८२.४२ प्रतिशत र संस्थागत विद्यालयको शैक्षिक उपलब्धि ९७.१ प्रतिशत रहेको पाइयो । यसरी हेर्दा सामुदायिक विद्यालयको भन्दा संस्थागत विद्यालयको शैक्षिक उपलब्धि उच्च रहको पाइयो । समग्रमा सामुदायिक माध्यमिक विद्यालयको आम्दानी तथा खर्चको स्रोत सरकारी अनुदान भएकाले तथा शिक्षामा लगानीको बढी हिस्सा सरकारले व्यहोर्ने भएकाले शिक्षामा व्यक्तिगत खर्चभन्दा सरकारी खर्च बढी भएको देखिन्छ भने संस्थागत विद्यालयमा विद्यार्थी शुल्कबाट विद्यालय सञ्चालन गर्नुपर्ने भएकाले र विद्यालय नाफामखी हुने भएकाले शिक्षामा व्यक्तिगत आर्थिक भार उच्च रहेको देखिन्छ । अन्त्यमा सामुदायिक तथा संस्थागत माध्यमिक विद्यालयमा गरिएको आर्थिक लगानी र शैक्षिक उपलब्धिको विश्लेषण गर्दा के भन्न सकिन्छ भने माध्यमिक विद्यालयले शैक्षिक उपलब्धि उच्च तुल्याउन लगानी वृद्धि गर्नुका साथ साथै शैक्षिक प्रशासन तथा कार्यलाई चुस्त, दुरुस्त राख्ने सुधारित परिक्षा प्रणाली, स्वच्छ शैक्षिक वातावरण, बालमैत्री विद्यालय र तालिम प्राप्त शिक्षक हुनु पनि अति आवश्यक रहेको देखिन्छ ।en_US
dc.identifier.urihttps://hdl.handle.net/20.500.14540/10524
dc.language.isoneen_US
dc.publisherDepartment of Economics Educationen_US
dc.subjectसामुदायिक Communityen_US
dc.subjectआर्थिक लगानी Financial investmenten_US
dc.titleसामुदायिक तथा संस्थागत मा.वि. मा आर्थिक लगानी र शैक्षिक उपलब्धी एक अध्ययन जलथल गा.वि.स, झापा {Community And Institutional M.V. In Financial Investment And Educational Achievement A Study Jalthal VDC, Jhapa}en_US
dc.typeThesisen_US
local.academic.levelMastersen_US
local.institute.titleCentral Department of Educationen_US

Files

Original bundle

Now showing 1 - 1 of 1
Loading...
Thumbnail Image
Name:
All Thesis.pdf
Size:
847.64 KB
Format:
Adobe Portable Document Format
Description:

License bundle

Now showing 1 - 1 of 1
Loading...
Thumbnail Image
Name:
license.txt
Size:
1.71 KB
Format:
Item-specific license agreed upon to submission
Description: