Welcome to TUCL Repository
- Access to a vast collection of academic theses and dissertations
- Wide range of scholarly journals and articles
- Search and browse functionalities for easy discovery of resources
- Accessibility to digital resources anytime, anywhere
- Facilitates research and learning endeavors of TUCL community
- Promoting open access to knowledge and research findings
- User-friendly interface, ensuring ease of navigation and accessibility for users of all levels of expertise
- unique persistent identifier (such as DOI or Handle) to facilitate citation, tracking, and long-term preservation, ensuring the integrity and longevity of scholarly contributions

Communities in DSpace
Select a community to browse its collections.
Recent Submissions
Political Symbolism in George Orwell’s Animal Farm
(2025) Wanem, Karishma; Jib Lal Sapkota
This study examines Animal Farm through the lens of semiotics, interpreting
the novella as a political allegory that communicates complex ideological messages
through signs and symbols. It takes theories from Roland Barthes, who writes symbols
as ideologically created cultural signifiers shaped by codes, myths, and ideology that
uncover hidden power relations. Charles Baudelaire, who believes symbolism to be a
poetic device that causes moral, religious, and political truths that are impossible to
state directly and Karl Marx and Friedrich Engels, who perceive symbolism within
cultural production as a symptom of material circumstance and class warfare. Within
this framework, Orwell's text encodes political meaning into setting, object, and
character to denounce totalitarian regimes and revolution ideal treachery,
particularly in the Russian Revolution and Stalinism. Stalinist government is
embodied in Napoleon, the Seven Commandments change as ideological tools, and
the windmill symbolizes empty promises of progress. The farm itself is a mini-state
ruled by propaganda and coercion. In reading the semiotic systems contained in these
works, the study reveals how Orwell uncovers political deception structures and the
erosion of justice and truth and ultimately establishes the continued timeliness of
Animal Farm as a work commenting on authoritarianism and the semiotics of
political oppression. Each element within the text, from the individual of Napoleon (as
a signifier of Stalinism) to the evolving Seven Commandments and the symbolic
windmill capabilities as a signal machine that constructs and conveys political
meaning. Through this semiotic framework, the study reveals how Orwell’s use of
allegorical signs and symbols exposes the mechanisms of political deception and the
erosion of reality and justice. Ultimately, this semiotic analysing enhances know, how
of Orwell’s narrative techniques and underscores the enduring relevance of Animal
Farm as a complicated critique of authoritarianism and the semiotics of political
control.
Keywords: Semiotic, Allegory, Imagery, Symbolism, Satire, Paradox, Political Power
Dynamics, Authoritarianism
बाआमा कथासङ्ग्रहको शैलीवैज्ञानिक अध्ययन
(2025) रेग्मी, गीता; दवाडी, सरोज
साहित्यकार रामलाल जोशीद्वारा लिखित बाआमा कथासङ्ग्रह फरक
शैलीको प्रयोग गरिएको यथार्थवादी कथा हो । उक्त कृतिअन्तर्गतको बाबाको माया, आमाको
काख र भेटिएकी देवी आदि कथालाई विश्लेषणको लागि लिइएको छ । उक्त तिनवटै
कथाहरू पूर्वदीप्ति शैलीमा लेखिएकाले पठन र अध्ययनका दृष्टिले पनि मार्मिक र सरल
रहेका छन ।
बाआमा कृतिका कथाहरूको विश्लेषण गर्दा कथानकगत रूपमा बाबाको माया
कथामा म पात्रको घरमा ऊ र उसकी आमा मात्र हुन । बाबु प्रजातन्त्र प्राप्तिको लागि
सङघर्ष गर्दा जेल जीवनमा रहनु भूमिगत हुनु कथानकको आरम्भको रूपमा आएका छन ।
यसैगरी म पात्रको बाबु घर आउनु, केही समय बसेर फेरि जानु र गएको तिन महिनामा
घर आउनु, देशमा प्रजातन्त्र आउनु गाउँमा चुनाव आउनु, म पात्रको बाबुले टिकट नपाउनु
तिन पटकसम्म पनि टिकट नपाएपछि म पात्रको बाबुले राजनीति त्यागेको घोषणा गर्नु र
पूर्ण रूपमा कृषक भन्नु यस कथाको सङ्घर्ष विकासको रूपमा आएका छन । त्यस्तै एक रात
घरमा माओवादीको प्रवेश हुनु, बाबुलाई सुराकीको आरोप लगाउनु र छोरा र बुढीलाई
खापामा बाँधी उनीहरूकै अगाडि बाबुलाई परालको खाटले पुरेर आगो लगाई भयानक हत्या
गर्नु चरमका रूपमा आएका छन । त्यसपछि बाबुको हत्या देखेको म पात्र र उसकी आमा
मानसिक रूपमा विक्षिप्त हुनुले कथाको सङघर्षह्राषको अवस्थालाई बुझाएको छ । त्यसैगरी
सोझो सिधा मान्छेमाथि सबै अत्याचार हुने सन्देश म पात्रले बुझ्नु कथाको उपसंहारको
रूपमा आएको छ । त्यसैगरी आमाको काख कथामा म पात्र र उसकी आमाले एकल तथा
गाउँले जीवन बिताउनु आफ्नी आमाको विधवा स्वरूप म पात्रले नरुचाउनु, म पात्रको नन्नी
बालसखा हुनु, रिस उठेको बेलामा म पात्रकी आमाले उसले नन्नीको गु खाएको कुरा गर्नु,
आमालाई सहयोग गर्ने ध्येयले म पात्र पढन छोडेर गोठालो जानु, आरम्भको रूपमा आएका
छन । त्यसैगरी हैजा फैलन, हैजाबाट बच्न म पात्र र उसकी आमा ओढारमा गएर बस्नु, म
पात्रकी आमाले छोरालाई पढाउन बालुवा र ढुङगा बोक्नु, म पात्र उच्च शिक्षा हासिल गर्न
सहर जानु, कथानकको सङ्घर्ष विकासको रूपमा आएका छन । मैले पढेर घर घडेरी किन्नु
विवाह गर्नु, सन्तान हुनु गाउँमा आमाको अवस्था उस्तै हुनु, म पात्रले आमालाई सहर
लैजानु, केही दिनपछि आमा गाउँ फर्कन, सहर जान नमान्नु, अचानक आमा बिरामी हुनु,
आमालाई सहर लैजानु, आमाको मानसिक स्मृति गुम्नु, आमाप्रति म पात्र र उसको
परिवार चिढिनु, म पात्र लेख्न घरबाहिर गएको अवस्थामा आमा कहिल्यै नफर्कने गरेर घर
छोडेर जानु, चरमको रूपमा आएका छन । जति नै प्रयास गरे तापनि आमालाई नभेटनु, म
पात्रलाई आमाको झझल्को आउनु, सबैकुरा भए तापनि आमा नहुँदा रित्तो भएको अनुभव
गर्नु, कथाको सङघर्षह्रासका रूपमा आएका छन । त्यसपछि म पात्रले आमाको महŒव बुझ्नु
कथाको फलप्राप्तिको रूपमा आएर उपसंहारका रूपमा आएको छ । भेटिएकी देवी कथा म
पात्र र देवी बाल्यकालका साथी हुन । म पात्र र देवीले भवानीलाई भाकल दिने, बली दिने
खेल खेल्नु, जसमा देवीले एक वर्ष छाउ भएको अर्को वर्ष ऊ गर्भवती भएको, अर्को वर्ष
सुत्केरी भएको र अन्तिममा विधवा भएको नाटक गर्नु, कथानकको आरम्भका रूपमा
आएका छन । देवीलाई उसका बाआमाले देउकीको लागि बेच्नु र देवी देउकी बन्नु सङ्घर्ष
विकासको रूपमा आएका छन । मन्दिरमा पुजारीलगायत अन्य पुरुषले देवीमाथि शारीरिक
शोषण गर्नु, कलिलै उमेरमा देवीले बच्चा पाउनु, पाँच छोरी र चार छोरा कि आमा देवीले
छोरीलाई मन्दिरमै छोडेर छोरालाई लिएर भाग्नु, नदीकिनारमा कुटी बनाई बस्नु, मजदुरी
गरेर छोराहरू पढाउनु छोराहरूले आफू बाबु बिनाको सन्तान भन्ने थाहा पाएपछि घर
छोडेर भाग्नु, तिन वर्ष पुग्दा पनि घर फर्कनु, चरमको रूपमा आएका छन । छोराहरूले
आफूलाई किन छोडेर गए भन्ने प्रश्नमा देवी रुमलिन, अरुले गरेको अपराध र समाजको
धार्मिक व्यवस्थाको शिकार आफू र छोराहरू भएकोमा देवी विक्षिप्त हुनु, सङघर्षह्रासको
रूपमा आएका छन । त्यसगरी देवीको अवस्था देखेर म पात्र गहिरो सोचाइमा पर्नु,
महिलालाई पूज्य मान्दै देवी हो भने तापनि धार्मिक विकृति जस्तो देउकी प्रथाले महिलालाई
जिउँदै नरकमा पु¥याउने तथा महिलाहरू समाजमा अझै पनि हरेक पक्षबाट शोषणमा
परेको फलागमसँगै कथा अन्त्य भएको छ । यसरी प्रस्तुत तिन वटै कथाहरू कथानक
संरचनाको आधारमा उत्कृष्ट रहेका छन ।
कथाको पात्रगत संरचनालाई मध्यनजर गर्दा बाबाको माया कथाको पात्रविधानमा
प्रमुख पात्रको रूपमा म पात्र उसको बाबु र आमा रहेका सहायक पात्रमा राईला मामा तथा
गौण पात्रको रूपमा कान्छा बराजु, दले आदि रहेका छन । यी पात्रहरूमध्ये म, बाबु, आमा,
दले अनुकूल र राईला मामा, कान्छा बराजु आदि प्रतिकूल पात्र हुन । म पात्र बाबुआमा
राईला मामा र कान्छा बराजु मञ्चीय पात्रको रूपमा आएका छन भने नेपथ्य पात्रको रूपमा
दले राइँला मामाको छोरा आएका छन । त्यसैगरी म, बाबु, आमा, राइँला मामा बद्ध पात्र
हुन भने कान्छा बराजु, दले, राइला मामाको छोरा मुक्त पात्र हुन । त्यसैगरी आमाको काख
कथाको पात्र विधानलाई हेर्दा म पात्र, आमा र नौनी रहेका छन, जसमा म र आमा प्रमुख
पात्र हुन भने नौनी एउटा पात्र हो । म कथामा गतिशील बनेको पाइन्छ । आमा र नन्नी
स्थिर मात्र हो । यी तीनवटै पात्रहरू अनुकूल प्रवृत्तिका रहेका छन भने म, आमा र नन्नी
मञ्चीय पात्र हुन । म पात्र र आमा बद्ध पात्र हुन भने नन्नी मुक्त पात्र हो । त्यसैगरी
भेटिएकी देवी कथामा प्रमुख पात्रका रूपमा म पात्र देवी बोहोरा रहेकी छन भने सहायक
पात्रको रूपमा बुढो मान्छे पजारी र टिकेश्वरी आमै रहेका छन तथा राजासाहेब यस
कथाको गौण पात्र हो । देवी र म पात्र गतिशील पात्र हुन भने बुढो मान्छे, पुजारी र
राजासाहेब स्थिर पात्र हुन । देवी र म पात्र अनुकूल चरित्रका छन भने बूढो मान्छे, पूजारी र
राजासाहेब प्रतिकूल चरित्रका पात्रहरू हुन । त्यसैगरी देवी, म पात्र, बूढो मान्छे, पुजारी
टिकेश्वरी बद्ध पात्र हुन भने राजासाहेब मुक्त पात्र हुन । यसरी पात्रविधानका आधारमा
माथि प्रस्तुत गरिएका तिन वटै कथा उत्कष्ट रहेका छन ।
भाषिक संरचनालाई केलाउँदा प्रस्तुत तिनवटै कथामा शब्द चयनमा नाम, सर्वनाम,
विशेषण, क्रियापद, क्रियाविशेषण, संयोजक, नामयोगी, निपात, अनुकरणात्मक,
विस्मयादिबोधक, तत्सम, तदभव र आगन्तुक शब्दहरूको चयन रहेको छ भने कोशीय
व्याकरणिक, ध्वनि प्रक्रियात्मक, लेख्य प्रक्रियात्मक, भाषिक र प्रयाुक्तिगत विचलनहरूको
प्रयोगले भाषालाई आकर्षक बनाइएको छ । त्यसैगरी आन्तरिक र बाह्य समानान्तरतााको
प्रयोगबाट अभिव्यक्तिमा सुन्दरता कायम गरिएको छ । यसरी चयन, विचलन र
समानान्तरताको आधारमा गरिएको भाषिक विश्लेषणको आधारमा कथाहरू उत्कृष्ठ रहेको
पाइन्छ ।
अतः यस बाआमा कथासङग्रहको शैलीवैज्ञानिक कथानक संरचना, पात्रविधान तथा
भाषा संरचनाको आधारमा विश्लेषण गर्दा कृति उत्कृष्ट रहेको कुरा यस शोधपत्रमा
साक्ष्यसहित विश्लेषण गरिएको छ ।
चितवन जिल्लाका कक्षा बाह्रमा अध्ययनरत विद्यार्थीहरूको विज्ञापन लेखन क्षमताको अध्ययन
(2025) ओझा, सिर्जना; सरोज दवाडी
यस शोधपत्रको शोधशीर्षक कक्षा बाहमा अध्ययनरत विद्यार्थीहरूको विज्ञापन लेखन
क्षमताको अध्ययन रहेको छ । कक्षा बाहमा अध्ययनरत समग्र विद्यार्थीहरूको विज्ञापन लेखन
क्षमता, लैङगिकताका आधारमा कक्षा बाहमा अध्ययनरत विद्यार्थीहरूको विज्ञापन लेखन
क्षमता र विद्यालय प्रकृतिका आधारमा कक्षा बाह्रमा अध्ययनरत विद्यार्थीहरूको विज्ञापन
लेखन क्षमता विश्लेषण गर्नु प्रस्तुत शोधको उद्देश्य हो । यसरी प्रस्तुत गरिएका
उद्देश्यहरूलाई व्यवस्थित, वस्तुपरक र वैज्ञानिक ढङगले अध्ययन विश्लेषण गर्दा
सोद्देश्यमूलक नमुना छनोट पद्धति अपनाइएको छ । यसैगरी तथ्याङक सङकलन गर्ने कार्य
गर्दा प्राथमिक स्रोतअन्तर्गत चितवन जिल्ला भित्रको भरतपुर महानगरपालिकालाई उपयोग
गरिएको छ भने द्वितीयक स्रोतअन्तर्गत यसै शोधकार्यसँग सम्बन्धित विभिन्न शोधपत्र,
पुस्तकहरू, इमेल, इन्टरनेट आदिको प्रयोग गरिएको छ ।
विज्ञापन लेखन क्षमताको समग्र स्थितिलाइ प्रतिशताङकको आधारमा हेर्दा १००
जना विद्यार्थीहरूमा २० प्रतिशतभन्दा कम विज्ञापन लेखन क्षमता भएका विद्यार्थी सङख्या
४ रहेको छ, जसको प्रतिशत पनि ४ नै रहेको देखिन्छ । २१ देखि ४० प्रतिशत अङक
ल्याउने विद्यार्थीहरूको सङख्या ४१ नै रहेको छ, जसको प्रतिशत पनि ४१ नै रहेको
देखिएको छ । ४१ देखि ६० प्रतिशत अङक ल्याउने विद्यार्थीहरूको सख्या ४५ रहेको छ भने
प्रतिशत पनि ४५ नै रहेको देखिन्छ । ६१ देखि ८० प्रतिशत अङक ल्याउने विद्यार्थीहरू
सङख्या १० रहेको छ, भने प्रतिशत पनि १० नै रहेको देखिन्छ । त्यसैगरी ८१ प्रतिशतभन्दा
माथि अङक ल्याउने विद्यार्थीहरूको सङख्या शून्य र प्रतिशत अङक पनि शून्य रहेकाले समग्र
विद्यार्थीहरूको विज्ञापन लेखन क्षमता मध्यम रहेको मान्न सकिन्छ । समग्र विद्यार्थीहरूको
मध्यमान र मानक विचलनका आधारमा समग्र विद्यार्थीहरूको प्राप्ताङक मानक विचलनका
०.९४ रहेको छ । मध्यमानभन्दा तल ५५ प्रतिशत र मध्यमानभन्दा माथि ४५ प्रतिशत
रहेकाले समग्रमा विद्यार्थीको विज्ञापन लेखन क्षमता मध्यम रहेको मान्न सकिन्छ ।
लैङगिकताको आधारमा छात्रा विद्यार्थीहरूको विज्ञापन लेखन क्षमताको मानक विचलनका
१.३१३ रहेको छ । मध्यमानभन्दा तल ६४ प्रतिशत र मध्यमानभन्दा माथि ३६ प्रतिशत
रहेकाले छात्रा विद्यार्थीहरूको विज्ञापन लेखन क्षमता मध्यम रहेको पाइन्छ । छात्र
विद्यार्थीहरूको विज्ञापन लेखन प्राप्ताङकका आधारमा मानक विचलन २.२५८ रहेको छ ।
मध्यमानभन्दा तल ४६ प्रतिशत र मध्यमानभन्दा माथि ५४ प्रतिशत रहेकाले छात्र
विद्यार्थीहरूको विज्ञापनलेखन क्षमता उच्च रहेको छ । विद्यालय प्रकृतिका आधारमा
सामुदायिक विद्यालयका विद्यार्थीहरूको विज्ञापनलेखन क्षमता मध्यमान ४.४८ छ भने
मानक विचलनका १.३६३ रहेको छ । २० प्रतिशतभन्दा माथि १०० प्रतिशतसम्म अङक
ल्याउने ४७ प्रतिशत रहेको छ । प्रतिशतको आधारमा संस्थागत विद्यालयका विद्यार्थीहरूको
विज्ञापनलेखन क्षमता उच्च रहेको छ । विद्यालय प्रकृतिका आधारमा संस्थागत विद्यालयका
विद्यार्थीहरूको विज्ञापन लेखन क्षमता मध्यमान ४.९४ छ भने मानक विचलनका १.३२२
रहेको छ । २० प्रतिशतभन्दा माथि १०० प्रतिशतसम्म अङक ल्याउने ९८ प्रतिशत पाइएका
छ । प्रतिशतका आधारमा सामुदायिक विद्यालयका विद्यार्थीहरूको विज्ञापन लेखन क्षमता
रामो रहेको पाइन्छ । सामुदायिक विद्यालयको प्रतिनिधि जनसङख्या ५० जनामध्ये ५०
प्रतिशतको विद्यार्थीहरूको विज्ञापन लेखन क्षमता मध्यमानभन्दा तल रहेको छ भने ५०
प्रतिशत विद्यार्थीहरूको विज्ञापन लेखन क्षमता मध्यमानभन्दा माथि छ । संस्थागत
विद्यालयका विद्यार्थीहरूको विज्ञापनलेखन क्षमता मध्यमानभन्दा तल सङख्या २० र प्रतिशत
४० छ भन मध्यमानभन्दा माथि सङख्या ३० र प्रतिशत ४८ रहेको छ ।
