Welcome to TUCL Repository
- Access to a vast collection of academic theses and dissertations
- Wide range of scholarly journals and articles
- Search and browse functionalities for easy discovery of resources
- Accessibility to digital resources anytime, anywhere
- Facilitates research and learning endeavors of TUCL community
- Promoting open access to knowledge and research findings
- User-friendly interface, ensuring ease of navigation and accessibility for users of all levels of expertise
- unique persistent identifier (such as DOI or Handle) to facilitate citation, tracking, and long-term preservation, ensuring the integrity and longevity of scholarly contributions

Communities in DSpace
Select a community to browse its collections.
Recent Submissions
Educational Journey of a Female English Language Teacher from Dalit Family of a Remote Village in Mugu District
(2025) B.K, Sangita; Resham Acharya
This study entitled Educational Journey of a Female English Language Teacher from Dalit Family of a Remote Village in Mugu District explored the
lived experiences of a Dalit woman from a mountainous, under-resourced rural background in Nepal, navigating personal and academic challenges as an English language learner. Employing auto-ethnography as a research design, the study narrates critical reflection on the journey of learning and teaching English, focusing personal and professional transformation grounded on transformative and sociocultural learning theories. I, as the sole participant, analyzed data through reflective narratives adopting thematic approach. The findings of the study reveal that despite poverty,
discrimination, and limited resources, my motivation, inspired by family, teachers, and inner resilience, facilitated my transformation into an English teacher from the learner. The study also shows that the academic grades and rural contexts do not hindertrans formative learning and underscores the role of self-reflection in shaping professiona identity and empowering others. The thesis consists of five chapters. The first chapter consists of introduction, background of the study, statement of the problem, objectives of the study, research questions, significance of the study, delimitations of the study and operational definition of key terms. The review of theoretical and empirical literature, implication of the study and conceptual framework are included in second chapter. The methods and procedures of the study incorporate research design, study population, sampling
procedure, data collection tools, study area, data collection procedure, analysis and interpretation are in third one. Result, summary and discussion, are presented in chapter four. At last, findings, conclusions and recommendations are included in chapter five.
प्रगतिवादी नेपाली उपन्यासमा नारीचेतना
(2025) लामीछाने, शारदादेवी; गाेविन्दप्रसाद शर्मा
माक्र्सवादी दर्शन र सौन्दर्य चिन्तनका सापेक्षतामा सिर्जना गरिने साहित्य नै प्रगतिवादी साहित्य हो ।यो माक्र्सवाद वा द्वन्द्वात्मक भौतिकवादमा आधारित छ ।प्रगतिवादले वर्गीय स्वरूपको समाजमा कलासाहित्य पनि वर्गीय हुन्छ भन्ने मान्यता राख्छ ।नेपालमा प्रगतिवादी चेतना २००५ सालमा पुष्पलालले अनुवाद गरेको विश्व कम्युनिस्ट पार्टीको घोषणापत्रको भूमिकाबाट आरम्भ भएको । नेपाली सहित्यमा प्रगतिवादको प्रवेश कृष्णचन्द्रसिंह प्रधानकोे काव्यकृति भञ्ज्याङनिरै (२००८) को भूमिकाबाट भएको मानिन्छ । नेपाली उपन्यास विधामा प्रगतिवादी धाराको आरम्भहृदयचन्द्रसिंह प्रधानको स्वास्नीमान्छे (२०११)उपन्यासबाट भएको मान्यता छ । हृदयचन्द्रसिंह प्रधानको स्वास्नीमान्छेउपन्यासमा नारीलाई विद्रोही चरित्रका रूपमा चित्रण गर्दै नेपाली समाज र नारीमाथिको शोषणलाई उद्घाटन गरिएको छ । नेपाली उपन्यास परम्परामा राजनीतिक प्रतिबद्धता र प्रगतिवादी लेखन दुवैलाई एकसाथ देखाउँदै डी.पी. अधिकारीले आशमाया (२०२५) उपन्यासका माध्यमबाट सामाजिक स्वरूप र गरिबका बिचको सम्बन्धलाई द्वन्द्वात्मक किसिमले प्रस्तुत गरेका छन् । यसरी विकसित भएको प्रगतिवादी उपन्यास परम्परामा आजसम्म आइपुग्दा विषयगत तथा शैलीगत पक्षमा नवीनता थप्दै सङ्ख्यात्मक र गुणात्मक दुवै रूपले उपन्यास लेखन उचाइमा पुगेको छ । नारीले नारी भएकै कारणबाट भोगेको जीवन अनुभवबाट नै नारीचेतनाको जन्म हुन्छ । पुँजीवादी पितृसत्तात्मक सामाजिक व्यवस्थाले गरेको उत्पीडनका विरुद्ध नारीका मनमा उब्जने विद्रोहको भावनाका साथै आफ्नो हक र अधिकारका पक्षमा आवाज उठाउने क्रममा सुरुवात भएको बौद्धिक क्रन्ति नै नारी चेतना हो । यसरी हेर्दा नारीचेतना वर्गीय र लैङ्गििक समानतामा आधिारित समुन्नत र उच्च विकसित समाजको निर्माणका साथै नारीहरूको अधिकार र मुक्तिसँग जोडिएको छ । नेपाली प्रगतिवादी धाराका उपन्यासमा अभिव्यक्त नारीचेतनाको पहिचान गर्नु नै प्रस्तुत शोधकार्यको मुख्य उद्देश्य रहेको छ । प्रस्तुत शोधमा हृदयचन्द्रसिंह प्रधानको स्वास्नीमान्छे (२०११) देखि प्रत्येक दशकको प्रतिनिधित्व हुने गरी घनश्याम ढकालको रातो आकाश (२०६०) सम्मका नारीको सशक्त भूमिका रहेका छ ओटा उपन्यास चयन गरी ती उपन्यासमा नारीचेतनाको निरूपण गर्ने काम गरिएको छ । प्रगतिवादीनेपाली उपन्यासमा नारीचेतनाको अभिव्यक्ति के कसरी भएको छ भन्ने प्रमुख समस्यासँग सम्बद्ध रहेर यसशोधकार्यमा प्रगतिवादी नेपाली उपन्यासमा उत्पादन सम्बन्धमा नारीको अवस्था के कस्तो छ ?सामाजिक–सांस्कृतिक सम्बन्ध नरीको स्थान कुन रूपमा प्रस्तुत भएको
छ ? नारीको वस्तुकरण के कसरी भएको छ ? के कस्तो नारीमुक्ति चेतना रहेको छ ? जस्ता शोध प्रश्नहरूको प्राज्ञिक समाधान खोज्ने उद्देश्य राखिएको छ ।प्रस्तुत शोधकार्य कृतिगत अध्ययन र विश्लेषणमा आधारित भएकाले यसका लागि आवश्यक शोधसामग्रीको सङ्कलनपुस्तकालयीय अध्ययनका आधारमा गरिएको छ । विवेच्य उपन्यास प्राथमिक सामग्रीका रूपमा रहेका छन् भने प्रगतिवादी उपन्यास र नारीचेतनासँग सम्बद्ध सैद्धान्तिक सामग्रीहरू द्वितीयक सामग्रीका रूपमा उपयोग गरिएको छ । उपन्यास विश्लेषणका लागि उत्पादन सम्बन्धमा नारी, समाजिक–सांस्कृतिक सम्बन्धमा नारी, उपभोक्तावादी संस्कृति र नारीको वस्तुकरण र नारीमुक्ति चेतना जस्ता प्रतिमान निर्माण गरिएको छ । नारी समस्या वर्गीय समस्याका कारण निर्माण भएकाले यसको समाधान पनि वर्गीय समस्याको अन्त्य नगरीकन हुँदैन भन्ने माक्र्सवादी नारीचेतनाको मान्यतालाई अगाडि सार्दै महिला मुक्ति सङ्घर्ष पनि वर्गीय मुक्ति सङ्घर्षको एउटा अंश हो जबसम्म यी दुवैलाई सँगसँगै लगिदैन तबसम्म महिला मुक्ति सम्भव छैन भन्ने मान्यता यस अनुसन्धानबाट प्राप्त हुन्छ । राजनीति, प्रशासन र नीति निर्माणको तहमा नारीहरूलाई समान सहभागिता र समान जिम्मेवारी नदिएसम्म नारी शोषणको सही सम्बोधन हुन सक्ने देखिँदैन । यसका निम्ति साङ्गठनिक एकता र सक्रियताको आवश्यकता हुने कुरा प्र्रस्तुत शोधबाट प्राप्त हुन्छ । उत्पादनका साधनमाथिको अधिकारबाट नारीलाई वञ्चित गरी पुरुषको एकाधिकार कायम रहेका कारण नारीहरू अन्यायमा परेका र उत्पादनका साधनमाथि समान स्वामित्व स्थापित गर्न सके मात्र नारी र पुरुषबिच समानता कायम गर्न सकिने मान्यता यस अनुसन्धानबाट प्राप्त भएको छ ।समाजको वर्गीय स्वरूपअनुसार सामाजिक–सांस्कृतिक सम्बन्ध निर्धारण हुने हुँदा समाजको वर्गीय स्वरूपलाई भत्काउन सके मात्र महिला मुक्ति सम्भव हुने माक्र्सवादी चिन्तनलाई प्रगतिवादी नेपाली उपन्यासले प्रकट गरेको देखिन्छ । यसरी सामाजिक व्यवस्था, सांस्कृतिक परम्परा, पितृसत्तात्मक संरचना, धार्मिक अन्धविस्वास, बहुविवाह, अनमेल विवाहका कारण नारीहरू शोषणमा परेका हुन् भन्ने कुराको चेतना प्रगतिवादी नेपाली उपन्यासको अध्ययनबाट प्राप्त हुन्छ । प्रस्तुत अनुसन्धानबाट उपभोक्तावादी संस्कृतिले नारीको शरीर, फेसन र यौनलाई वस्तुमा रूपान्तरण गर्नाका साथै सौन्दर्य प्रसाधनका उत्पादकले आफ्ना उत्पादनका वस्तुहरू बजारीकरण गर्न नारी शरीरको उपयोग गरेका छन् या नारीलाई नै वस्तुका रूपमा बजारमा बेच्ने गरेका छन् भन्ने कुराको तथ्य प्रगतिवादी नेपाली उपन्यासको अध्ययनबाट प्राप्त हुन्छ । यी उपन्यासको अध्ययनबाट सौन्दर्य प्रसाधनले नारीको आन्तरिक सौन्दर्य बढाउने नभएर बाह्य सौन्दर्य मात्र बढाउँछ भन्ने चेतना प्राप्त हुनाका साथै उपभोक्तावादी संस्कृतिमा महिलाको शरीर पुरुषको यौन चाहना पूरा गर्ने वस्तुसरह बजारमा खरिद गर्न पाइने तथ्य उपलब्ध हुन्छ । प्रगतिवादी नेपाली उपन्यासमा नारीमाथिको शोषणलाई उत्पादन सम्बन्धद्वारा निर्मित शोषणका रूपमा चित्रण गरिएको छ । स्वास्नीमान्छे उपन्यासमा आर्थिक पीडा भोग्न विवश नारीको आर्थिक परनिर्भरता र नारीको मूल्यहीनता जस्ता समस्याको उद्घाटन गरिएको छ । उक्त उपन्यासमा मोतीमाया, मिस्री, मैयाँनानी र वसन्ती जस्ता नारी पात्रले अस्तित्वको लडाइँ लडेका छन् । यस उपन्यासमा व्यक्तिहत्याका माध्यमले समाजलाई बदल्न खोजेकाले समस्याको कारक तŒव पहिल्याउन सकेको देखिन्न । आशमाया उपन्यासकी आशमायालेउत्पादनका साधनमाथिको स्वामित्व स्थापित गर्न विद्रोह गरेकौ देखिन्छ । यस उपन्यासमा आशमायालाई प्रगतिवादी चेत भएकी सङ्घर्षशील, साहसी, निडर र सचेत पात्रको रूपमा चित्रण गरिएको छ । अनिदो पहाडसँगै उपन्यासमागोरीमाया, सुवानी जस्ता नारीपात्रले वर्गीय युद्धमा वीरताका साथ लडेका देखिन्छन् । कठिनभन्दा कठिन सङ्घर्षको नेतृत्व लिन यी पात्र पनि पछि परेका छैनन् । यस उपन्यासमा महिलालाई आवरणगत सौन्दर्यका आधारमा नभएर बौद्धिकता, क्षमता, दक्षताको कसीमा मूल्याङ्कन गरिनुपर्ने धारणा व्यक्त गरिएको छ । सहयात्री उपन्यासमा नारीहरू विदेशी भूमिमा बेचिएर देह व्यापार गर्न बाध्य पारिएको सन्दर्भ उठान गरेर नारीको शरीर यौन बजारको वस्तुका रूपमा उपभोग हुन्छ भन्ने कुरा पुष्टि गरिएको छ । लैङ्गिक उत्पीडनबाट मुक्तिका निम्ति यस उपन्यासकी पात्र इन्दुले वर्गीय उत्पीडन विरुद्धको सङ्घर्षमा सबै महिलालाई उत्प्रेरित गरेको पाइन्छ । नयाँ घर उपन्यासका नारीपात्र नयाँ जीवनको खोजीमा निस्केका छन् । समाज परिवर्तनको संवाहक शक्तिको रूपमा यस उपन्यासका नारीपात्रलाई चित्रण गरिएको छ । अस्तित्व रक्षाका खातिर लोग्नेसँग विद्रोह गरेर स्वतन्त्र जीवन बिताउने बाटो रोजेकी सिलसिलालाई आत्मनिर्भर बन्नसक्ने सशक्त योद्धाको रूपमा चित्रिण गरिएकोछ ।रातो आकाश उपन्यासमा युद्धचेतनाले नै महिलालाई सुन्दर बनाउँछ भन्ने धारणा प्रस्तुत भएको पाइन्छ । महिलाको साहस, सौर्य, वीरता, बलिदान र त्यागमा सौन्दर्य छचल्किएको देखिन्छ भन्ने दार्शनिक चेतना प्रस्तुत उपन्यासमा उद्घाटन गरिएको छ । यस उपन्यासका नारीपात्रले नारीमुक्तिका लागि वर्ग सङ्घर्ष एक मात्र विकल्प हो भन्ने चिन्तनलाई आत्मसात् गरेका छन् । वर्गीय शोषण विरुद्धको मुक्तियुद्धमा भविसरा, अनुपा, शान्ति अजिताजस्ता नारीहरू सक्रिय सहभागी भएका छन् । यी उपन्यासमा परिवार, सम्पत्ति र राज्य जस्ता संस्थाको उत्पत्तिसँगै स्थापित भएका पितृसत्ता र वर्गीय व्यवस्थासँगै नारी उत्पीडन पनि सुरु भएको धारणा व्यक्त गरिएको छ । वर्गीय सामाजिक व्यवस्थासँगै पितृसत्तात्मक उत्पादन सम्बन्ध स्थापित भएकाले वर्गीय व्यवस्थाको अन्त्यपछि नै पितृसत्तात्मक उत्पादन सम्बन्धको पनि अन्त्य हुने माक्र्सवादी चिन्तन व्यक्त हुनाका साथै वर्गीय व्यवस्था र पितृसत्ता भिन्न संस्था भएकाले वर्गीय मुक्तिले मात्र नारीमुक्ति प्राप्त हुन नसक्ने, वर्गीय मुक्तिपछि पनि नारीमुक्तिका निम्ति अर्को एउटा पितृसत्ता विरुद्धको सङ्घर्ष गर्नुपर्ने हुन्छ या वर्गीय मुक्ति सङ्घर्ष सँगसँगै नारीमुक्ति सङ्घर्षलाई पनि लैजानु पर्ने माक्र्सवादी नारीचेतनाको वैचारिक मूल्यलाई यी उपन्यासले आत्मसात् गरेका
देखिन्छ ।
