Welcome to TUCL Repository

  • Access to a vast collection of academic theses and dissertations
  • Wide range of scholarly journals and articles
  • Search and browse functionalities for easy discovery of resources
  • Accessibility to digital resources anytime, anywhere
  • Facilitates research and learning endeavors of TUCL community
  • Promoting open access to knowledge and research findings
  • User-friendly interface, ensuring ease of navigation and accessibility for users of all levels of expertise
  • unique persistent identifier (such as DOI or Handle) to facilitate citation, tracking, and long-term preservation, ensuring the integrity and longevity of scholarly contributions
 

Communities in DSpace

Select a community to browse its collections.

Recent Submissions

Item
याेगमाया उपन्यासमा पात्रविधान
(2081) साउद, सुमन्द्रा कुमारी; राजुमान डङगाेल
Not available
Item
Practices of Extenslue reading in english classroom ; A case of Private School in Gorkha district
(2025) Basnyat, Kritika; Hari Maya Sharma
This research study entitled Practices of Extensive Reading in English Classroom: A Case of Private School in Gorkha District aimed to explore the extensive reading practices in grade nine ELT at St. Mary’s School, Gorkha. It also evaluated the effectiveness of the materials used for ER and offered suggestions for improving practice and materials. A case study design was used, with purposive sampling to select participants. Primary data were gathered from St. Mary’s School through classroom observation, interviews with ELT teacher, and Focus Group Discussion with some students. The data were analyzed and interpreted thematically. The findings from the study on Extensive Reading (ER) highlight several important aspects, that students are more engaged and motivated in ER when they get to pick up books that interest them. Teachers help by suggesting the right books, explaining difficult words, and encouraging group discussion an deepen understanding. Moreover, the variety of reading materials helps improve Students vocabulary, fluency and comprehension. While students face some challenges, teachers offer extra help and resources. Students also recommend adding more digital tools and modern texts. Overall, ER is helping improve reading skills, and with more relevant materials, it could be even more effective. This thesis consists of five main chapters. The first chapter deals with the introduction of the topic in which the background of the study, statement of the problem, objectives of the study, research question, significance of the study, delimitations of the study and operational definitions of the key terms are included. The second chapter includes the review of both theoretical and empirical literature, along with the implication of the review of the study. It also includes a conceptual framework. The third chapter deals with the research design and method of the study, population sample and sampling procedures, study area/field, source of data, tools for data collection, data collection and procedures, analysis and interpretation procedures and ethical consideration. The fourth chapter includes, and concludes the results and findings. Moreover, the final chapter suggests some pedagogical results and discussion of the study. The fifth chapter includes conclusion of the study and implications based on the policy-related, practice-related and further research related study. This chapter is followed by references and appendices used for the study.
Item
नेपाली दोस्रो भाषी विद्यार्थीहरूको उच्चारणगत त्रुटि
(2081) कठायत, रुपा कुमारी; टीका जिरेल
प्रस्तुत शोधपत्र त्रिभुवन विश्वविद्यालय, शिक्षाशास्त्र सङ्काय, नेपाली भाषा शिक्षा विभागअन्तर्गत स्नातकोत्तर तह चौंथो सत्रका पाठ्याश (नेपा.शि. ५४४) को प्रयोजनको निमित्त प्रस्तुत गरिएको छ । यस शोधपत्र ‘नेपाली दोस्रो भाषी विद्यार्थीहरूको उच्चारणगत त्रुटि’ शीर्षकमा तयार पारिएको छ । तामाङ, नेपाल र मगरभाषी विद्यार्थीहरूको स्तरीय नेपाली भाषाका शब्दहरूको उच्चारणमा परेको प्रभावको पहिचान गरी शैक्षणिक सन्दर्भका आधारमा विश्लेषण गरिएको छ । यो अध्ययन नेपाली दोस्रोभाषी विद्यार्थीहरूको नेपाली भाषाको औपचारिक सिकाइमा गर्ने त्रुटिमा केन्द्रित रहेको छ । नेपाली इतर दोस्रोभाषी विद्यार्थीले नेपाली भाषाका अन्य विविध पक्षभन्दा शब्दहरूको उच्चारणमा बढी त्रुटि गरेको देखिन्छ । यसर्थ दोस्रोभाषी विद्यार्थीहरूले स्तरीय नेपाली भाषाका शब्दहरू उच्चारण गर्दा के कस्ता त्रुटि गर्दछन् भन्ने कुराको व्यवस्थित खोजी गरी उक्त त्रुटिको निराकरण गर्ने उद्देश्य यसमा राखिएको छ । उच्चारणगत त्रुटिले नेपाली भाषाको शब्दोच्चारणगत सिकाइमा के कस्तो असर पुग्दछ भन्ने कुराको निरूपणलाई समस्या बनाइएको छ ।यस शोधकार्य तालिका, प्रतिशताङ्क र औसताङ्क विश्लेषणको पद्धतिसहित गुणात्मक विधिलाइ जोडेर सम्पन्न गरिएको छ । प्रश्नावली तथा सम्बन्धित विद्यार्थीहरूसँगको अन्तर्वार्ताबाट प्राप्त सूचनाहरू प्राथमिक स्रोतका रूपमा र विभिन्न लेखकका पुस्तकहरू, शोधग्रन्थहरू, अनुसन्धानमूलक जर्नलहरू द्वितीयक स्रोतका रूपमा रहेको यस शोधकार्य तामाङ, नेपाल र मगरभाषी विद्याथीहरूले नेपाली शब्दको उच्चारणगत त्रुटिको विश्लेषणमा सीमित रहेको छ । प्रस्तुत अध्ययनलाई मूर्त रूप दिन सामग्री सङ्कलनको क्रममा ललितपुर महानगरपालिकाको तीनआटा सामुदायिक विद्यालयका जम्मा ५४ जना विद्यार्थीहरू नमुनाको रूपमा लिइएको छ । ती ५४ जनामध्ये ३३ जना छात्रा र २१ जना छात्र रहेका छन् । यस शोधमा पूर्व परीक्षणद्वारा मानकीकरण गरिएका प्रश्नावलीका प्रयोगमार्फत सम्बन्धित विद्यार्थीहरूबाट प्राप्त भएका प्रतिक्रियालाई अङ्कन गरी तालिकीकरण गरिएको छ । भाषिक भिन्नतातर्फ तामाङ, नेपाल र मगरभाषी विद्यार्थीहरूले नेपाली भाषाको विभिन्न क्षेत्रमा उच्चारणगत त्रुटि गरेको पाइएको छ । तामाङ, नेपाल र मगरभाषी विद्यार्थीहरूले अ र आ स्वरवर्णबाट सुरु भएका नेपाली शब्दको उच्चारण गर्दा प्रायः ‘अ’ वर्णमा आकार उच्चारण गरेको पाइएको छ । नेपालभाषी विद्यार्थीहरूमा भने ‘अ’ र ‘आ’ स्वरवर्णबाट सुरु भएका शब्दहरूको शुद्ध उच्चारणमा नगण्य त्रुटि गरेको पाइएको छ । त्यसैगरी पञ्चम वर्ण (ङ, ञ, ण, न, म) लागेका शब्दहरूको शुद्घ उच्चारणमा तामाङ, नेपाल र मगरभाषी सबै विद्यार्थीहरू पञ्चामृत र सञ्चय शब्दको शुद्ध उच्चारणमा बढी त्रुटि देखिएका छन् । शिरविन्दु र चन्द्रविन्दु लागेका संस्कृति, बठ्याइँ, हँुदैन, अंश आदि शब्दहरूको शुद्ध उच्चारणमा पनि यही स्थिति दोहोरिएको छ । यसमा मगरभाषी विद्यार्थीहरूले कम त्रुटि गरेका छन् । शब्दहरूको उच्चारणकै क्रममा ‘ट’ र ‘त’ वर्णबाट बनेका टपरी, टड्कारो, टहटह, टहरो आदि शब्दहरूको शुद्ध उच्चारणमा नेपालभाषी विद्यार्थीहरूले बढी त्रुटि गरेको पाइएको छ । त्यस्तै ‘व’ र ‘ब’ वर्णबाट बनेका भविष्य, वयस्क, बलिन्द्रधारा, वातावरण जस्ता शब्दको उच्चारणमा तामाङ, नेपाल र मगरभाषी विद्यार्थीहरूले त्रुटि गरेको देखिएको छ । तामाङ, नेपाल र मगरभाषी समुदायबाट आएका विद्यार्थीहरूमा आधा ‘स्’ वर्णबाट बनेका स्वतःस्फुर्त, स्वाट्ट आदि शब्दहरूको शुद्ध उच्चारणमा त्रुटि दोहोरिएको छ । ‘छ’ र ‘क्ष’ वर्ण लागेका तुच्छ, छावा, क्षयरोग आदि शब्दमा समेत त्रुटि देखिएको छ । संयुक्ताक्षर भएका राष्ट्रिय, वृद्धि, स्वर्णिम, ह्रस्व आदि शब्दको उच्चारणमा पनि त्रुटि गरेको पाइएको छ । त्यस्तै रकार जनाउने प्रवर्धन, निर्विवाद आदि शब्द तथा ऋ÷रि र री लागेका ऋण आदि शब्दहरूको शुद्ध उच्चारणमा पनि त्रुटि दोहोरिएकोे अवस्था छ । प्रस्तुत शोध अध्ययनबाट तामाङ, नेपाल र मगरभाषी विद्यार्थीहरूको नेपाली शब्दहरूको शुद्ध उच्चारणमा मातृभाषिक प्रभावका कारणले असर परेको देखिन्छ । तामाङ, नेपाल र मगरभाषी विद्यार्थीहरूले अनुनासिक शब्दको उच्चारण गर्दा अनुनासिकतालाई छाडेर स्वर तथा व्यञ्जन वर्णको उच्चारण गर्दा त्रुटि हुनेगरेको देखिन्छ । निर्धारित शब्दहरूको उच्चारणमा हुनेगरेको त्रुटिलाई हेर्दा धेरैजसो शब्दको उच्चारणमा त्रुटि देखिएका छन् । त्यस्तै छुट्टै र विशेष भाषिक भिन्नताका कारण नेपाली शब्द उच्चारणमा जटिलता देखिन्छ । यसबाट नेपाली दोस्रोभाषी विद्यार्थीहरूलाई नेपाली शब्द शुद्ध उच्चारण गराउनका लागि विशेष शिक्षणमा सहभागी गराउनुपर्ने देखिन्छ । उपयुक्त पाठ्यक्रम नहुनु, मातृभाषाको प्रभाव, उच्चारणमा कठिनाइ, अभ्यासको कमी, स्तरीय शैक्षिक व्याकरणको अभाव, शिक्षण सामग्रीको अभाव, विद्यार्थी स्वयम्को अजागरुकता, नेपाली भाषाको संरचनागत जटिलता, नेपाली भाषाप्रतिको उदासीनता र भाषालाई सरलीकरणतर्फ लैजाने प्रयत्न आदि नकारात्मक कुराहरूका कारणहरूबाट दोस्रोभाषी विद्यार्थीहरूले नेपाली शब्दको शुद्ध उच्चारणमा त्रुटि गर्नेगरेको देखिन्छ । नेपाली विषय वा नेपाली भाषालाई सामान्य रूपमा लिने परिपाटीले पनि शुद्ध उच्चारणमा समस्या हुनेगरेको पाइन्छ ।