Welcome to TUCL Repository

  • Access to a vast collection of academic theses and dissertations
  • Wide range of scholarly journals and articles
  • Search and browse functionalities for easy discovery of resources
  • Accessibility to digital resources anytime, anywhere
  • Facilitates research and learning endeavors of TUCL community
  • Promoting open access to knowledge and research findings
  • User-friendly interface, ensuring ease of navigation and accessibility for users of all levels of expertise
  • unique persistent identifier (such as DOI or Handle) to facilitate citation, tracking, and long-term preservation, ensuring the integrity and longevity of scholarly contributions
 

Communities in DSpace

Select a community to browse its collections.

Recent Submissions

Item
राप्ती क्षेत्रका मूर्त सांस्कृतिक सम्पदाको अध्ययन
(2082) श्रेष्ठ, प्रकाश Shrestha, Prakash; शिव कुमार सुवेदी
विषय परिचय राप्ती क्षेत्रका विभिन्न मूर्त सांस्कृतिक सम्पदाहरूलाई विषयवस्तुको रूपमा यस अध्ययनले आफ्नो क्षेत्रभित्र समावेश गरेको छ । यस अनुुसन्धानमा लोकमा प्रचलित कथा, ऐतिहासिक पुस्तक, पत्रपत्रिका, अनुसन्धान, लेख रचनाहरू, अप्रकाशित लेख, अन्तर्वार्ता, पुरातात्विक स्थल, सांस्कृतिक स्थल, सांस्कृतिक तथा ऐतिहासिक संरचना, सान्दर्भिक तस्बिरहरू, सरकारी दस्ताबेज, तथ्याङ्क आदिको आधार लिएर यो शोधप्रबन्ध तयार पारिएको छ । नेपालको साविक राप्ती अञ्चलका जिल्लाहरू हाल लुम्बिनी प्रदेश र केही कर्णाली प्रदेशमा पर्दछन् । हालको संरचनाले राप्तीका चारवटा जिल्लालाई यथावत् राखी रुकुम जिल्लालाई पूर्वी रुकुम र पश्चिम रुकुम गरी दुई भागमा विभाजन गरिएको छ । जस अनुसार पश्चिम रुकुम र सल्यान कर्णाली प्रदेश र पूर्वी रुकुम लुम्बिनी प्रदेशमा पर्दछन् । शोध शीर्षक – राप्ती क्षेत्रका मूर्त सांस्कृतिक सम्पदाको अध्ययन । अनुसन्धान गराउने संस्था – नेपाल संस्कृत विश्वविद्यालय, अनुसन्धान केन्द्र, दाङ जम्मा खण्ड – सात (१.शोध परिचय, २. राप्ती क्षेत्रको परिचय, ३. संस्कृति र सम्पदाको परिचय, ४.राप्ती क्षेत्रका मूर्त सांस्कृतिक सम्पदाको परिचय, ५.राप्ती क्षेत्रको मूर्त सांस्कृतिक सम्पदाहरूको निर्माण शैली, ६.मूर्त सांस्कृतिक सम्पदाहरूमा धार्मिक प्रभाव र सम्वन्ध र ७.सारांश तथा निष्कर्ष) जम्मा पृष्ठ – ४१६ (३९३ + २३) शोध समस्या र उद्देश्य – राप्ती क्षेत्रका मूर्त सांस्कृतिक सम्पदाहरू के कस्ता छन् भन्ने समस्यामा आधारित प्रस्तुत अनुसन्धान उक्त राप्ती क्षेत्रका मूर्त सांस्कृतिक सम्पदाहरूको पहिचान गरी तिनका शैली तथा विशेषताहरूको अभिलेखीकरण गर्ने उद्देश्यमा केन्द्रित रहेको छ । शोधको सङ्गठनात्मक स्वरूप – पूर्व भाग – मध्य भाग, मूल भाग र उत्तर भाग । पूर्व भाग – आवरण पृष्ठ, सिफारिस पत्र, प्रतिबद्धता पत्र, कृतज्ञता ज्ञापन, शोधसार, सङ्क्षेपीकृत शब्दसूची, विषय सूची । मध्य भाग – शोध परिचय, राप्ती क्षेत्रको परिचय, सांस्कृतिक र सम्पदाको परिचय । (झ) मूल भाग – राप्ती क्षेत्रको सांस्कृतिक सम्पदाको परिचय, निर्माण शैली तथा धार्मिक प्रभाव र सम्वन्ध । उत्तर भाग – सारांश, निष्कर्ष, सन्दर्भ सामग्री, नक्सा तथा तस्विर । शोध विधि यस शोधकार्यमा स्थलगत अध्ययन र पुस्तकालय अध्ययन दुवै प्रकारका विधिहरू अवलम्बन गरिएको छ । स्थलगत अध्ययनलाई पहिलो प्राथमिकतामा राखिएको छ । यसमा स्वयम् अध्येताले स्थलगत भ्रमण गरी तथ्याङ्क सङ्कलन गरिएको छ । त्यसै गरी पुस्तकालय अध्ययनलाई दोस्रो प्राथमिकतामा राखिएको छ । यस क्रममा अन्तर्वार्ता पनि महत्वपूर्ण रहेको छ । प्राप्त सामग्री विश्लेषण गरिएको प्रस्तुत अध्ययन मुख्य रूपमा क्षेत्रीय अध्ययन विधिमा आधारित छ । कतिपय तथ्यहरूको प्रमाण पुष्टिका लागि पूर्ववर्ती अध्येताहरूको कृतिलाई पनि आधार बनाइएको छ । सामग्री विश्लेषणका क्रममा आवश्यकतानुसार बर्णन, विश्लेषण गरिएको छ । निष्कर्ष राप्ती क्षेत्रका मूर्त सांस्कृतिक सम्पदाको अध्ययन शीर्षकमा केन्द्रित रहेर गरिएको शोधकार्यमा साविक राप्ती अञ्चलमा रहेका पाँचवटा जिल्लामा रहेका मूर्त सांस्कृतिक सम्पदाहरूको अनेक विधिहरू प्रयोग गरी विश्लेषण गरिएको छ । यसबाट राप्ती क्षेत्रमा रहेका मूर्त सांस्कृतिक सम्पदाहरूको पहिचान हुनुको साथै विवेच्य क्षेत्रमा रहेका ऐतिहासिक महत्व राख्ने मठ, मन्दिर, गुम्बा, दरबार, किल्ला, थान आदिको निर्माण शैलीको विषयमा समेत गहिरो विश्लेषण भएको छ । राप्ती क्षेत्रमा रहेका मूर्त सांस्कृतिक सम्पदाहरूको सामान्य पहिचान गर्नेदेखि ऐतिहासिक महत्वका मठ, मन्दिर, गुम्बा, दरबार, किल्ला आदिको निर्माण शैली विश्लेषण गर्ने सम्मको उद्देश्य रहेको यस शोधकार्यमा पहिलो परिच्छेदमा शोधपरिचय, दोस्रो परिच्छेदमा राप्ती क्षेत्रको परिचय, तेस्रो परिच्छेदमा संस्कृति र सम्पदाको परिचय, चौथो परिच्छेदमा राप्ती क्षेत्रका मूर्त सांस्कृतिक सम्पदाको परिचय, पाचौँ परिच्छेदमा राप्ती क्षेत्रको मूर्त सांस्कृतिक सम्पदाको निर्माण शैली अर्थात् वास्तुकलाको विश्लेषण गरिएको छ । त्यसैगरी छैठौँ परिच्छेदमा राप्ती क्षेत्रका मूर्त सांस्कृतिक सम्पदाहरूमा पारेको धार्मिक प्रभाव र सम्वन्धको बारेमा विश्लेषण गरिएको छ । (ञ) माथि प्रस्तुत गरिएका शोधविधिहरूको प्रयोग गरी सम्पन्न यस शोधकार्यले राप्ती क्षेत्र जातीय र भाषिक विविधताद्वारा निर्मित सांस्कृतिक विविधताले सुशोभित क्षेत्र हो भन्ने बुझिन्छ । यो क्षेत्र मूर्त सांस्कृतिक सम्पदाको खुल्ला सङ्ग्राहलय नै हो । यस क्षेत्रमा रहेका मूर्त सांस्कृतिक सम्पदाहरूलाई मठ, मन्दिर, गुम्बा, थान जस्ता धार्मिक प्रतिष्ठान, दरबार, किल्ला, घर जस्ता आवासीय सम्पदा र अन्य दैनिक जीवनमा प्रयोग गरिने भौतिक सामग्रीहरूका तहमा वर्गीकृत गरिएको छ । राप्ती क्षेत्रमा रहेका मूर्त सांस्कृतिक सम्पदाहरू मध्ये मठ, मन्दिर, गुम्बा, दरबार, किल्ला, घर आदि सम्पदा यस शोधकार्यमा अध्ययनका लागि आएका मुख्य सम्पदा हुन् । यस क्षेत्रका सम्पदाहरूको परिचय दिदै निर्माण शैलीको रूपमा आउने प्रयुक्त वास्तुकलाको विश्लेषण गरिएको छ । यस सन्दर्भमा अध्ययन गर्दा विवेच्य क्षेत्रमा शैव सम्प्रदायसँग सम्बन्धित मठ–मन्दिरहरूको बाहुल्य छ । यसपछि क्रमशः शाक्त सम्प्रदाय, वैष्णव र बौद्ध धर्मसँग सम्बन्धित प्रतिष्ठानहरू रहेको पाइन्छ । राप्ती क्षेत्रमा उपलब्ध हुने मठ–मन्दिर, गुम्बा तथा दरबार, किल्लाहरूको ऐतिहासिक पृष्ठभूमि अध्ययन गर्दा यस क्षेत्रमा प्राचीनकालदेखि, पूर्वमध्यकाल र मध्यकालसम्मका मूर्त सम्पदाहरू उपलब्ध हुन्छन् । राप्ती क्षेत्रका मूर्त सांस्कृतिक सम्पदा अन्तर्गत आउने मठ, मन्दिर, गुम्बा, दरबार, किल्ला, घर आदिको वास्तुकला विश्लेषण गर्दा तले शैलीको बाहुल्य पाइन्छ । नेपाली शैली मानिने तले शैली राप्ती क्षेत्रका मठ, मन्दिर, गुम्बा, दरबारहरूमा पाइएको मुख्य शैली हो । यसपछि क्रमशः शिखर शैली, गुम्बज शैली र मुगल शैलीहरू प्रयोग भएको पाइन्छ । राप्ती क्षेत्रमा रहेका मठ, मन्दिर र दरबारहरूमा यत्रतत्र मुगल शैलीको प्रयोग भएको देख्दा हिन्दू समाजमा मुगल कलाको प्रभाव आकलन गर्न सकिन्छ । यस शोधकार्यमा यी राप्ती क्षेत्रका सम्पदाहरूको धार्मिक सम्प्रदायसँगको सम्बन्ध र प्रभाव प्रस्तुत गरिएको छ । विवेच्य क्षेत्रका प्रमुख सम्पदाहरूमा परेको धार्मिक प्रभाव सम्वन्धको बारेमा उल्लेख गरिएको छ ।
Item
Library and Information Science ( M. A.) Curriculum, 2004
(Curriculum Development Centre, TU, 2004) Curriculum Development Centre, TU; Not