Health Education
Permanent URI for this collection
Browse
Browsing Health Education by Advisor "मनिषकुमार थापा Manishkumar Thapa"
Now showing 1 - 2 of 2
Results Per Page
Sort Options
Item माेरङ् जिल्ला शनिश्चरे गा. वि. स, वडा नं. ५ मा गरिएकाे सुरक्षित मातृत्वकाे ज्ञान र अभ्यासकाे अध्ययन { Morang jilla sanischare ga, bi, sa, wada N. 5 ma gariyeko surkshit mattritwako gyan ra abhyasako adhyayana}(2014) राई, राधिका Rai, Radhika; मनिषकुमार थापा Manishkumar Thapaशोधसार यस अध्ययन मोरङ जिल्ला शनिश्चरे गा.वि.स. वडा नं. ५ स्थित माझिटोलका समुदायका सुरक्षित माृतत्वको ज्ञान र अभ्यासको विषयमा खोजी गरी त्यस सम्बन्धी देखिएका समस्याहरूलाई समाधान गर्नुको लागि सुझावहरू संकलन गर्नु मुख्य उद्देश्य हो । यस अध्ययन शनिश्चरे गा.वि.स.को माझिटोलको जम्मा ५२ घरधुरीका २६० जनसंख्या मध्ये २९ प्रतिशतले ७४ जनालाई सामान्य सम्भावनायुक्त नमुना छनोटको आधारमा जनसंख्याको रुपमा लिई अन्तरवार्ता सूचीको प्रयोग गरेर तथ्याङ्कहरूको संकलनलाई व्याख्यात्मक र संख्यात्मक अनुसन्धान ढाँचामा सम्पन्न गरिएको छ । अध्ययनबाट प्राप्त नतिजालाई हेर्दा प्रजनन् स्वास्थ्य सम्बन्धि जानकारी भएका ४०.५४% र नभएका ३९.४६% रहेको पाइयो । यस समुदायमा २० वर्ष अगाडी नै विवाह गर्नेको संख्या बढी अर्थात ६६.२९% रहेको पाइयो । सुरक्षित मातृत्व सम्बन्धी जानकारी नभएकोकारण पोषण खाना, सुई, खोप स्वास्थय परिक्षण आदिको अभावको कारण शिशुको मृत्यु भएको उत्तर दिनेको संख्या २८.३८ % पाइइो । गर्भावस्थामा ४ पटक स्वास्थ्य परिक्षण गर्न जाने ३१.०८% रहेको पाइयो । पत्नीलाई गर्भावस्थामा जाँच गर्नसँगै लेर जाने पती ४१.८९% र नजाने ५८.११% रहेको पाइयो । गर्भावस्थामा थप पौष्टिक खाना खानेभन्दा नखानेको संख्या बढी अर्थात ७२.९६% पाइयो । बच्चालाई लगाउनु पर्ने खोपको जानकारी भएका पती ४४.५९% र नभएका ५५.४१% रहेको पाइयो । महिलाहरूले परिवार नियोजनको अस्थायी साधानको रुपमा डिपोलाई अपनाउने ३५.१४ पुरुषहरूले परिवार नियोजनको साधान प्रयोग गर्ने १६.२३% र नगर्ने ८३.७८ रहेको पाइयो । अध्ययनबाट प्राप्त भएको प्राप्ति र निष्कर्षलाई हेर्दा देखिएको समस्यालाई समाधान गर्नको निम्ति स्वास्थ्य सेवा विभाग सरकारी तथा गौह्र सरकारी संघ, संस्था र स्थानीय निकायको समन्वयनमा समुदायमा प्रजनन् स्वास्थ्य सम्बन्धि कार्यक्रम सञ्चालन गर्न सकेको खण्डमा प्रजनन् स्वास्थ्य र सुरक्षित मातृत्व सम्बन्धी समस्यालाई कम गर्न सकिन्छ ।Item विवाहित महिलाहरुमा सुरक्षित सुत्केरी ज्ञान तथा अभ्यास सम्बन्धी अध्ययन {Bibahit mahilaharuma surakshit sutkeri gyan tatha abhyas sambandhi adhyayana}(2017) वस्ती, फडिन्द्र Wasti, Fadindra; मनिषकुमार थापा Manishkumar Thapaशोधसार धिमाल र क्षेत्री समुदायका विवाहित महिलाहरूमा सुरक्षित सुत्केरीज्ञान तथा अभ्याससम्बन्धी शीर्षकको यो शोधपत्रको उद्देश्य महिलाहरूको जनसांख्यिक स्थिति पत्ता लगाउनु, सुरक्षित सुत्केरी सम्बन्धी ज्ञान पत्ता लगाउनु र अभ्यासको स्थिति औल्याउनु रहेको छ । यो अध्ययन मुख्यतः प्राथमिक तथ्याङ्कमा आधारित छ । यसका लागि उर्लावारी न. पा वडा नं. ६, ८ र ९ का ४१२७ जना धिमाल र क्षेत्री महिलाहरु मध्ये १५ –४९ वर्षका ६० धिमाल र ६० क्षेत्री गरी १२० जना महिलामा सुविधाजनक नमुना छनौट विधिको प्रयोग गरी यो अध्ययन गरिएको छ । यस अध्ययनमा २० वर्ष भन्दा सानो उमेरमा विवाह गर्ने दुवै समुदायको सङ्ख्या बढी रहेको पाइयो । साक्षर महिला बढी भएता पनि ४ भन्दा बढी सन्तान जन्माउने धिमाल समुदायमा ३८.३३ प्रतिशत र क्षेत्री समुदायमा ३६.६७ प्रतिशत रहेका छन् । सुरक्षित सुत्केरी सामग्रीकोबारेमा जानकारी हुने धिमाल समुदायमा ४४.७ प्रतिशत र क्षेत्री समुदायमा ५४.७ प्रतिशत रहेका छन् । घरैमा सुत्केरी गराउनेहरूमध्ये उपयुक्त ठाउँमा सफा प्लाष्टिक र कपडाको प्रयोग गर्ने धिमाल ६५ प्रतिशत र क्षेत्री ६६.६७ प्रतिशत रहेका छन् । सुत्केरीसम्बन्धी डाक्टर तथा नर्सको सल्लाह लिने धिमाल २८.३३ प्रतिशत र क्षेत्री २० प्रतिशत रहेका छन् । प्रसव व्यथा लामो समयसम्म लाग्नेमा धिमाल ४१.६७ प्रतिशत र क्षेत्री ४५ प्रतिशत महिलाहरू रहेका पाइएको छ । यस क्षेत्रका जनसङ्ख्याको अनुपातमा सरकारी सुत्केरी गराउने अस्पताल तथा स्वास्थ केन्द नभएकोले आर्थिक अभावका कारण निजी अस्पतालमा जनताको पहुँच कम, अशिक्षा, सामाजिक कुरिती, पर्याप्त यातायात सुविधा नभएकाले उनीहरू सरकारी सुविधा पाउनबाट बञ्चित भएका छन् सुरक्षित सुत्केरी सामग्री बाकसको प्रयोग गर्ने धिमाल समुदायका महिला ३३.३ प्रतिशत र क्षेत्री समुदायमा महिला ४२.७ प्रतिशत रहेका छन् । अन्तिम पटकको बच्चा घरमै जन्माउने धिमाल ५८.७ प्रतिशत र क्षेत्री ५०.७ प्रतिशत रहेका छन् । बच्चालाई खोपको मात्रा पूर्ण गर्नेमा धिमाल ८३.३३ प्रतिशत र क्षेत्री ८५ प्रतिशतश रहेका छन् । गर्भवती अवस्थामा आइरन चक्की खाने धिमाल ४६.६७ प्रतिशत र क्षेत्री ६३.३३ प्रतिशत रहेका छन् । समग्रमा सुत्केरी सामग्री बाकसको प्रयोग गर्ने क्षेत्रीको तुलनामा धिमाल ९.४ प्रतिशत कमी रहेका छन् । त्यस्तै घरैमा बच्चा जन्माउने क्षेत्री भन्दा धिमाल ८ प्रतिशत बढी रहेका छन् । आइरन चक्की खानेमा धिमाल भन्दा क्षेत्री १६.६६ प्रतिशत बढी रहेका छन् । समग्रमा हेर्दा क्षेत्रीको अवस्था राम्रो रहेको छ भने क्षेत्रीको तुलनामा धिमालको अवस्था कमजोर रहेको छ ।