Browse
Recent Submissions
Item Transforming Nutritional behaviors in Schoolchildren through a School- Based participatory Nutrition Education Intervention(2023) Upreti, Yadu Ram; Bhimsen DevkotaAvailable in fulltextItem Study of sexual harassment of female students in Karfook Multiple Campus Manchakanya, Illam(2015) Rai, Dikpal; Sanjeev Kumar YadavAvailable in fulltextItem Awarness of breast cancer among the adolescent girls(2017) Baral, Shanta; Hari Bahadur KhatriAvailable in fulltextItem बसाई सराइको अवस्था र त्यसको असरहरू { Basai saraiko avastha ra tayasko asarharu}(2017) लिम्बू, अकलबहादुर Limbu, Akalbahadur; बासुदेव दाहाल Bashudev DahalAvailable in fulltextItem किशाेरिहरुमा पहिलाे पटक रजस्वला हुँदा देखिने सामाजिक साँस्कृतिक र स्वास्थ्य सम्बन्धी समास्याहरु { kisoriharuma pahilo patak rajaswala huda dekhine samajik saskritik ra swastha sambandhi samasyaharu}(2017) कार्की, पदम कुमारी Karki, Padam Kumari; सन्ताेस गाैतम Shantosh, GautamAvailable in fulltextItem विवाहित महिलाहरुमा सुरक्षित सुत्केरी ज्ञान तथा अभ्यास सम्बन्धी अध्ययन {Bibahit mahilaharuma surakshit sutkeri gyan tatha abhyas sambandhi adhyayana}(2017) वस्ती, फडिन्द्र Wasti, Fadindra; मनिषकुमार थापा Manishkumar Thapaशोधसार धिमाल र क्षेत्री समुदायका विवाहित महिलाहरूमा सुरक्षित सुत्केरीज्ञान तथा अभ्याससम्बन्धी शीर्षकको यो शोधपत्रको उद्देश्य महिलाहरूको जनसांख्यिक स्थिति पत्ता लगाउनु, सुरक्षित सुत्केरी सम्बन्धी ज्ञान पत्ता लगाउनु र अभ्यासको स्थिति औल्याउनु रहेको छ । यो अध्ययन मुख्यतः प्राथमिक तथ्याङ्कमा आधारित छ । यसका लागि उर्लावारी न. पा वडा नं. ६, ८ र ९ का ४१२७ जना धिमाल र क्षेत्री महिलाहरु मध्ये १५ –४९ वर्षका ६० धिमाल र ६० क्षेत्री गरी १२० जना महिलामा सुविधाजनक नमुना छनौट विधिको प्रयोग गरी यो अध्ययन गरिएको छ । यस अध्ययनमा २० वर्ष भन्दा सानो उमेरमा विवाह गर्ने दुवै समुदायको सङ्ख्या बढी रहेको पाइयो । साक्षर महिला बढी भएता पनि ४ भन्दा बढी सन्तान जन्माउने धिमाल समुदायमा ३८.३३ प्रतिशत र क्षेत्री समुदायमा ३६.६७ प्रतिशत रहेका छन् । सुरक्षित सुत्केरी सामग्रीकोबारेमा जानकारी हुने धिमाल समुदायमा ४४.७ प्रतिशत र क्षेत्री समुदायमा ५४.७ प्रतिशत रहेका छन् । घरैमा सुत्केरी गराउनेहरूमध्ये उपयुक्त ठाउँमा सफा प्लाष्टिक र कपडाको प्रयोग गर्ने धिमाल ६५ प्रतिशत र क्षेत्री ६६.६७ प्रतिशत रहेका छन् । सुत्केरीसम्बन्धी डाक्टर तथा नर्सको सल्लाह लिने धिमाल २८.३३ प्रतिशत र क्षेत्री २० प्रतिशत रहेका छन् । प्रसव व्यथा लामो समयसम्म लाग्नेमा धिमाल ४१.६७ प्रतिशत र क्षेत्री ४५ प्रतिशत महिलाहरू रहेका पाइएको छ । यस क्षेत्रका जनसङ्ख्याको अनुपातमा सरकारी सुत्केरी गराउने अस्पताल तथा स्वास्थ केन्द नभएकोले आर्थिक अभावका कारण निजी अस्पतालमा जनताको पहुँच कम, अशिक्षा, सामाजिक कुरिती, पर्याप्त यातायात सुविधा नभएकाले उनीहरू सरकारी सुविधा पाउनबाट बञ्चित भएका छन् सुरक्षित सुत्केरी सामग्री बाकसको प्रयोग गर्ने धिमाल समुदायका महिला ३३.३ प्रतिशत र क्षेत्री समुदायमा महिला ४२.७ प्रतिशत रहेका छन् । अन्तिम पटकको बच्चा घरमै जन्माउने धिमाल ५८.७ प्रतिशत र क्षेत्री ५०.७ प्रतिशत रहेका छन् । बच्चालाई खोपको मात्रा पूर्ण गर्नेमा धिमाल ८३.३३ प्रतिशत र क्षेत्री ८५ प्रतिशतश रहेका छन् । गर्भवती अवस्थामा आइरन चक्की खाने धिमाल ४६.६७ प्रतिशत र क्षेत्री ६३.३३ प्रतिशत रहेका छन् । समग्रमा सुत्केरी सामग्री बाकसको प्रयोग गर्ने क्षेत्रीको तुलनामा धिमाल ९.४ प्रतिशत कमी रहेका छन् । त्यस्तै घरैमा बच्चा जन्माउने क्षेत्री भन्दा धिमाल ८ प्रतिशत बढी रहेका छन् । आइरन चक्की खानेमा धिमाल भन्दा क्षेत्री १६.६६ प्रतिशत बढी रहेका छन् । समग्रमा हेर्दा क्षेत्रीको अवस्था राम्रो रहेको छ भने क्षेत्रीको तुलनामा धिमालको अवस्था कमजोर रहेको छ ।Item लिम्बु समुदायका महिलाहरुमा विवाह र प्रजननलाई सामाजिक र सांस्कृतिक तत्वले पारेकाे प्रभाव { Limbu samudayaka mahilaharuma bibaha ra prajananlai samajik ra saskritik tatwale pareko prabhab}(2017) दाहाल, रन्जु Dahal, Ranju; वालकृष्ण खड्का Balkrishna Khadkaशोधसार यो शोधसार तेह्रथुम जिल्ला फाक्चामारा गा.वि.स. वडा नं. ६, ७, ८ का लिम्बू जातिका महिलाहरुको विवाह र प्रजननलाई सामाजिक सास्कृतिक पक्षले पारेको प्रभाव शिर्षक राखि तयार पारेको हो यसको उद्देश्य सामाजिक सास्कृतिक अवस्था र प्रजननदर पत्ता लगाई त्यसले जनसंख्याको वनावटमा कस्तो प्रभाव पारेको छ भनि पहिचानगर्नु रहेको थियो । वर्णनात्मक तवरले तथ्याङ्क संकलन र विश्लेषण गर्नको लागि फाक्चामारा गा.वि.स. वडा नं. ६, ७, ८ का कुल घरधुरी मध्ये १२० घरधुरीका १५–४९ वर्षका १२० जना प्रजनन योग्य विवहित महिलालाई नमुनाको रुपमा छनौट गरिएको थियो यसका लागि उद्देश्यमुलक नमुना छनौट विधीको प्रयोग गरिएको थियो । अध्ययनलाई पुरागर्न प्राथमिक स्रोतको प्रयोग गरी अन्र्तवाता सुचीको माध्यमवाट आवश्यक तथ्याङ्कलाई स्पष्ट पार्न तालिकाको प्रयोग गरी विश्लेषण गरिएको थियो । यस शोधपत्रलाई पुरा गर्ने क्रममा अध्ययन क्षेत्रमा रहेका १२० प्रजननयोग्य विवाहित महिलाहरु मध्ये ९० प्रतिशत साक्षर १० प्रतिशत निरक्षर रहेको पाइयो जसमध्ये साक्षर महिलाको तर्फवाट औसतमा २.१८ जना सन्तान जन्माएको पाइयो भने निरक्षर महिलाहरुको तर्फवाट चाहि अझ वढि ३.५३ जना सन्तान औषतमा जन्माएको पाइयो । विभिन्न पेशामा आवद्ध महिलाहरुमध्ये अधिकांश ५५.८३ प्रतिशत महिलाहरुको मासिक आय १०००–५००० सम्म रहेको पाइयो । ११००० भन्दा वढि मासिक आय हुने महलाहरु १३.३३ प्रतिशत रहेको पाइयो ४५.८३ प्रतिशत महिलाले अस्पताल तथा स्वास्थ्य चौकीमा उपचार गराउने, २५ प्रतिशत धामी झाक्री कहाँ गएर उपचार गराउने गरेको पाईयो अघिकांश ८६ जना महिलाहरु अस्पताल मै सन्तान जन्माउछन् । उनीहरुको औषत सन्तान संख्या २ पाईयो भने घर मै सन्तान जन्माउने १५ जना मात्र महिलाहरु छन् । उनीहरुको औषत सन्तान संख्या भने ३.४० रहेको पाईयो शिपमुलक तालिम साक्षरता शिक्षा परिवार नियोजन आदिको चेतना दिनुपर्ने सरकारी तवरवाट निती नियम वनाई लागु गराउनु पर्ने तथा यस्तै यस्तै सेरोफेरोमा आउने कहि अन्य विषयवस्तुमा अनुसन्धान कार्य अघि वढाउन सकिने सुझावहरु दिई यस शोधपत्रलाई पुरा गरिएको थियो ।Item सुरक्षित मातृत्व सम्वन्धी ज्ञान र अभ्यासकाे अध्ययन { Surkshit matritwa sambandhit gyan ra abyasko adhyayana}(2017) विश्वकर्मा, काजिमान Biswakarma, Kajiman; गणेश श्रेष्ठ Ganesh Shresthaशोधसार यस अध्ययन मोरङ जिल्ला कोसीहरैचा न.पा वडा नं. ५ मा सुरक्षित माृतत्वको ज्ञान र अभ्यासको विषयमा खोजी गरी त्यस सम्बन्धी देखिएका समस्याहरूलाई समाधान गर्नुको लागि सुझावहरू संकलन गर्नु मुख्य उद्देश्य हो । यस अध्ययन मोरङ जिल्ला कोसीहरैचा न.पा वडा नं. ५ मा जम्मा ४०० घरधुरीका ५६४ बिवाहित महिला तथा पुरूष जनसंख्या मध्ये २१ प्रतिशत जनसंख्याले हुन आउने १२० जनालाई सामान्य सम्भावनायुक्त नमुना छनोटको चिठ्ठा विधिका आधारमा जनसंख्याको रुपमा लिई अन्तरवार्ता सूचीको प्रयोग गरेर तथ्याङ्कहरूको संकलनलाई व्याख्यात्मक र संख्यात्मक अनुसन्धान ढाँचामा सम्पन्न गरिएको छ । समुदायमा प्रजनन स्वास्थ्य सम्बन्धी ज्ञान र जानकारी भएका ४५% र थाहा नभएको ५५% रहेको पााइयो । प्रजनन स्वास्थ्य यबारे थाहा नभएको कारण वास्ता नगरेर २१.६२% फुर्सद नभएर ४.०५%, मन नलागेर २.७०% ज्ञान नभएर ३२.४३% रहेको पाइयो । जानकारी माध्यम रेडियो २१.५%, टेलिभिजन २७ंं.५६%, स्वास्थ्य चौकी १२.७% र साथीसँग्ी २८.२३% रहेकमो देखियो । १०– १९ वर्षमा विवाह गर्ने ५५%, २०–२४ वर्षमा विवाह गर्ने ३३.३३%, २५ वर्ष भन्दा माथि ११.६७% विवाह भएको उमेरमा विवाह गर्नेको संख्या बढी रहेको पाइयो । गर्भवती अवस्थामा खोप लगाएको संख्या ८९.२०% र नलगाउने १०.८१% रहेको पाइयो ।पत्नी गर्भवती भएको बेला केही सहयोग नगर्ने पति संख्या २४.२५% मा खाना बनाउन लुगा धुने ४.७% जाँच गर्न स्वास्थ्य केन्द्र लैजाने ४०.४३%, गर्भवतीलाई खुसी र हर्षित राख्ने ४०.४३% रहेको पाइयो । नजानुको कारण मन नलागेर १२.१६% र म जानु आवश्यक छैन भन्ने ३३.७८% र नभ्याएर २१.६२% रहेको पाइएको छ । पति–पत्नीबीच परिवार नियोजन बारे खुलेर कुरा गर्ने भन्दा खुलेर कुरा नगर्ने बढी मात्रामा देखियो । महिलाले परिवार नियोजनको अस्थायी साधन प्रयोग गर्ने जम्मा ८२ जनामा ८.११% ले पिल्स, ३५.१४% ले डिपोप्रोभेरा, १४.८६% कपर्टी, १०.८१% ले इम्प्लान्ट प्रयोग गरेको पाइयो । अध्ययनबाट प्राप्त भएको प्राप्ति र निष्कर्षलाई हेर्दा देखिएको समस्यालाई समाधान गर्नको निम्ति स्वास्थ्य सेवा विभाग सरकारी तथा गौह्र सरकारी संघ, संस्था र स्थानीय निकायको समन्वयनमा समुदायमा प्रजनन् स्वास्थ्य सम्बन्धि कार्यक्रम सञ्चालन गर्न सकेको खण्डमा प्रजनन् स्वास्थ्य र सुरक्षित मातृत्व सम्बन्धी समस्यालाई कम गर्न सकिन्छ ।Item परिवार नियाेजनका साधन र गर्भपतनकाे ज्ञान, धारणा र प्रयाेग { Priwar niyojanka sadhan ra garbhapatanko gyan, dharana ra pryog}(2012) दाहाल, स्वस्तीका Dahal, Swastika; राजेन्द्र कार्की Rajendra Karkiशोधसार यो शोधपत्र सुनसरी जिल्ला धरान उपमाहानगरपालिका वार्ड १६ का सुकुमबासी समुदायमा महिलामा परिवार नियोजनका साधान र गर्भपतनको ज्ञान, प्रयोग र धारणा शिर्षक राखी तयार पारिएको हो । यसको मुख्य उद्देश्य परिवार नियोजनका साधनहरूको प्रयोग र धारणको अवस्था पत्ता लगाउनु तथा परिवार नियोजनका साधनको प्रयोगमा देखिएका समस्या र यसका असरहरू खोजि गरी समाधानका उपायहरू पत्ता लगाउनु रहको छ । यस अध्ययन वर्णनात्मक ढाँचामा तयार पारिएको छ । यो शोधपत्र सुनसरी जिल्ला धरान उपमाहानगरपालिका वार्ड १६ का सुकुमबासी समुदायका १५–४९ वर्षका जम्मा १२०० महिला मध्ये ३६० जनालाई सामान्य सम्भावनायुक्त नमुना छनौटको चिठ्ठा विधिबाट छानियो यसले प्रत्यक घरबाट १ ÷१ जना महिलाको प्रतिनिधित्व गरेको छ । अध्ययनलाई पूरा गर्न प्राथमिक र द्वितीय दुवैस्रोतहरूको प्रयोग गरी अन्तवार्ता, बन्द र खुल्ला प्रश्नहरुको माध्यमबाट आवश्यक तथ्याङ्क संकलन गरिएको छ । अध्ययनका क्रममा प्राप्त तथ्याङ्कलाई स्पष्ट पार्न तालिका, वृत्तचित्र, स्तम्भचित्र आदिको प्रयोग गरी विश्लेषण गरिएको छ । छनोटमा परेका विवाहित महिलाहरूसँगको प्रत्यक्ष अन्तवार्ताबाट ७६.३८ प्रतिशतलाई परिवार नियोजनका साधनको बारेमा थाहा भएको र २३.६२ प्रतिशतलाई परिवार नियोजनका साधनको बारेमा थाहा नभएको पाइयो । त्यस्तै उक्त समुदायका ६३.८९ प्रतिशत महिलाहरूले साधन प्रयोग गर्ने गरेको र ३६.११ प्रतिशतले परिवार नियोजनका साधन प्रयोग नगरेको पाइयो । अध्ययनमा परेका महिलाहरूमा परीवार नियोजनका साधन प्रयोग गर्ने २३० महिलाहरूमध्ये २६.०८ प्रतिशतलाई रक्तश्राव वढि हुने, १० प्रतिशतलाई यौन सन्तुष्टि प्राप्त नहुने, महिलालाई तल्लो पेट दुख्ने १७.३९ प्रशित, खाना नरूच्ने १३.०४ प्रतिशत, रिंगटा चल्ने २३.९१ प्रतिशत र ९.५६ प्रतिशतलाई अन्य समस्या देखा परेको पाईयो । परिवार नियोजनका सधानहरूको प्रयोग र धारणाको बारेमा ज्ञान दिन तथा प्रयोगदरमा वृद्धि गराउन यस सम्बन्धी जनचेतना जगाउनु पर्ने, आर्थिक अवस्था कमजोर भएका महिलाहरूलाई निःशुल्क सेवा उपलब्ध गराउन ठाउँठाउँमा विभिन्न संघसंस्था सञ्चालन गरिनुपर्ने, महिलाहरूको जीवनस्तर उकास्न विभिन्न सिपमूलक कार्यक्रमहरू सञ्चालन गरिनुपर्ने, आफ्ना छोराछोरीको उपयुक्त उमेरमा विवाह गर्न आमाबाबु तथा स्वंय किशोरकिशोरीलाई सल्लाह दिनुपर्ने, उच्च प्रजननदरको प्रमुख कारणको रूपमा रहेको उच्च शिशुमृत्युदरलाई रोक्न सुइ तथा खोप निःशुल्क रूपमा प्रदान गरिएको जानकारी गराउनु पर्ने जस्ता सुझावहरू दिई यस शोधपत्रलाई पूरा गरिएको छ ।Item दलित समुदायकाे प्रजनन् स्वास्थ्यकाे अवस्था { Dalit samudayko prajanan swasthyako awastha}(2016) न्याैपाने, विनाेद Neyaupane, Binod; श्री कृष्ण प्रसाद भुर्तेल Shree Krishna Prasad Bhurtelदलित समुदायका प्रजनन स्वाथ्यको अवस्था नामक शोधको मुख्य उद्देश्य दलित समुदायका शैक्षिक र आर्थिक अवस्था पत्ता लगाई त्यसले प्रजननमा कस्तो पारेको छ भनी प्रभाव पहिचान गर्नुरहेको छ । यस अध्ययनमा वर्णनात्मक ढाँचामा आधारित रहेकाले अध्ययन क्षेत्रका १५ देखि ४९ वर्षका विवाहित ७५ महिलाहरूलाई नमुनाको रुपमा छनोट गरिएको छ । यसका लागि जनगणना विधिका प्रयोग गरीएको छ । छनोटमा परेका उत्तरदाताबाट अन्तर्वार्ता सुची मार्फत र द्धितिय स्रोत मार्फत तथ्याङकहरू सङकलन गर्ने काम गरिएको छ । अध्ययन क्षेत्रमा रहेका ७५ विवाहित महिलाहरू मध्ये ८२.६६ प्रतिशत र १७.३४ प्रतिशत निरक्षर रहेको पाइयो । यसरी निक्षर भएकै कारण कुनै पनि दलित महिलाहरू सरकारी नोकरीमा संलग्तरहेको देखिन्छ । दनिक गुजारा चलाउन धेरै महिलाहरू दैनिक ज्यालादारी काम गर्न वाध्य भएको पाइया। अन्य महिलाहरू प्रायश कृषिमा नै संलग्न रहेको देखिन्छ जुन ८२.६६ प्रतिशत रहेको देखिन्छ । यसरी राम्रो आम्दानीको बाटो नहुनु, शिक्षाको स्तर पनि राम्रो नभएका कारण धेरै महिलाहरूका प्रजनन स्वास्थ्यमा विभिन्न खालका समस्याहरू देखिएको पाइयो । गर्भवती अवस्थामा स्वास्थ्य परीक्षण नगराउनु, आइरन चक्की, क्याल्सीयम नखानु, खानु पर्छ भन्ने कुरा नै थाहा नहुनु जसले गर्दा बच्चा रआमा दुवैमा विभिन्न खालका समस्याहरू रहेको पाइयो । बच्चाहरू विरामी हुँदा पनि ५६ प्रतिशतले घरमै राख्ने गरेको ६ प्रतिशत मात्र अस्पताल र स्वास्थ्य चौकी लाने गरेको पाइयो । गर्भवती अवस्थमा महिलाहरूलाई तल्लो पटे दुःख्ने, बढी रगत जाने, सेतो पानी बग्ने जस्ता समस्याहरू भएको पाइयो । शिक्षित महिला भन्दा अशिक्षित महिलाहरूले बढी बच्चाहरू जन्माएको पाइयो । जन्माएका बच्चाहरूलाई पनि उचित मात्रामा पोषणको ख्याल नगरेको जसका कारण बच्चाहरू निमोनिया, झाडापखला, ज्वरो, लुला लङगडा, कुपोषण जस्ता स्वास्थ्य समस्या देखिएको पाइयो । निष्कर्षमा भन्नुपर्दा अध्ययन क्षेत्रका महिलाहरू उचित मात्रामा शिक्षा र आर्थिक अवस्था कमजोरका कारण सानै उमेरमा विवाह गर्ने, बच्चाहरू बाक्लै जन्माउने, आफ्नो र बच्चाको स्वास्थ्यमा ध्यान नदिने जस्ता पाइयो । यस्ता कारणले स्वास्थ्यमा नकारात्मक असर पर्छ भन्ने ज्ञानको कमी रहेका पाइयो । जसले गर्दा त्यहाँका महिलाहरूमा प्रजनन स्वास्थ्य सम्बन्धी समस्याहरूले सताउने गरेकापाइयो ।Item वृद्धवृद्धाहरूको समाजिक आर्थिक अवस्थाको अध्ययन {Bridhabridhaaharuko samijik arthik abasthako aadhyan}(2016) शेर्मा, कृष्णकुमारी Sherma, Krishnakumari; वासुदेव दाहाल Bashudev DahalAvailable in full text.Item Smoking behaviour among school adolescence in Gorakha district(2013) Shrestha, Ram Chandra; Mahesh Kumar GajurelA study was conducted to examine the smoking behavior among school adolescents of Gorkha District to generate information about smoking behavior and factors influencing to initiate the smoking by adolescence in high school to develop effective anti smoking plan and program to implement in adolescent education. The study was conducted using descriptive survey research design selecting the study district and school purposively. Eighty five smoker respondents were selected from the selected school as a sample. Data was collected by using face to face interview method and analyzed by using descriptive statistics. Findings showed that the respondents' age to start smoking begins from the age of 10 and found up 18 years. The main influencing factor to start smoking was peer pressure. Majority of the respondents 60 percent smoke little everyday, 51 percent respondents were regular and 34 percent smoke occasionally. Majority of the respondents (45.9%) smoked three cigarettes per day. Majority of the respondents (58.8%) uses toilets (home and school toilets) as a secrete place to smoke cigarette. Majority of the respondents (90.6%) took first puff with their friends followed by alone to meet their curiosity. Majority (83.5%) of the adolescents perceived their textbook course against smoking was ineffective.Majority of 78.8 percent adolescents claimed that they have knowledge about the harmful effects of smoking although they were use. The major sources of information to know about harmful effect of smoking were the television, radio, books, and newspapers. In majority of the respondents' (75.6%) family anyone member was smoker. Of the total respondents, majority (80 percent) of the respondents' parents did not know about their smoking habit. Most of the guardian (70percent) scolded their children after knowing about their smoking habit. More than half(55.3 percent) of the adolescents spent one to five rupees, and only one tenth students spent more than fifteen rupees each day in cigarettes. The source of money to buy cigarette was the money provided by their parents for stationary and Tiffin. Half (50 percent) of the adolescents were engaged in the sports and other recreational activities to quit smoking. Majority (76.5%) of the adolescents smokers wished to quit smoking.Majority of the respondents (74.1 percent) felt some discomfort in social activities as they try to hide their smoking habit. To reduce the smoking in adolescent especially parents must be aware about effect of smoking and counsel their children from early age. Legislation should be made to ban to sell cigarette in school and ten plus school premises. Effective school based educational programs focusing on smoking and its effects on various aspects should be planned and implemented effectively. Different intervention program should focus on different aspects like programs to discourage the uptake of smoking and awareness programs for the adolescents.Item Child feeding practices of mothers in Tharu community of Nawalparasi(2013) Devkota, Hari Prasad; Shyam Prasad SedaiThe main objective of this study was to find out child feeding practices of mothers in Tharu community of Nawalparasi district. Among the 186 Tharu families in the Bhagara Village,of Tamsariya, 100 families were taken for the study. The sampling procedure was the purposive and random selection.Therefore all the respondents in this study were mothers having below 60 years. The respondent mothers were interviewed in their own house by using interview schedule. Analysis of data reveals that the total population of female is less than that of male.An over whelming percentage of women respondents were found engaging in agriculture occupation. Most of the respondents had 3 to 15 Katthas of land. Majority of the respondents (82%) feed colostrums to their baby and(46%)percent of the respondent were breast fed their children up to 24 months. About 67% of the respondents were fed their child less than 6 times per day and 33% mothers fed their children more than 6 times per day. Nearly half of the mothers initiated weaning tothe child at age 5 to 6 months. The knowledge of immunization was found satisfactory and the treatment practices of kwashiorkor and marasomus, also found satisfactory. Most of the respondents used"Jeevanjal" during diarrhea. Thus the finding of this study showed that many practices of feeding young children and child care practices was so poor, due to the lack of awareness, poverty and illiteracy. So better feeding practices of Tharu mothers on be expected by their better education of health. The feeding practices and child care practices of Tharu mothers indicated and urgent need of such study to be conducted broadly and frequently in rural area of Nepal to assist the existing situation of child feeding and their carepractice programme, health education and personal hygiene in rural area.Item माेरङ् जिल्ला शनिश्चरे गा. वि. स, वडा नं. ५ मा गरिएकाे सुरक्षित मातृत्वकाे ज्ञान र अभ्यासकाे अध्ययन { Morang jilla sanischare ga, bi, sa, wada N. 5 ma gariyeko surkshit mattritwako gyan ra abhyasako adhyayana}(2014) राई, राधिका Rai, Radhika; मनिषकुमार थापा Manishkumar Thapaशोधसार यस अध्ययन मोरङ जिल्ला शनिश्चरे गा.वि.स. वडा नं. ५ स्थित माझिटोलका समुदायका सुरक्षित माृतत्वको ज्ञान र अभ्यासको विषयमा खोजी गरी त्यस सम्बन्धी देखिएका समस्याहरूलाई समाधान गर्नुको लागि सुझावहरू संकलन गर्नु मुख्य उद्देश्य हो । यस अध्ययन शनिश्चरे गा.वि.स.को माझिटोलको जम्मा ५२ घरधुरीका २६० जनसंख्या मध्ये २९ प्रतिशतले ७४ जनालाई सामान्य सम्भावनायुक्त नमुना छनोटको आधारमा जनसंख्याको रुपमा लिई अन्तरवार्ता सूचीको प्रयोग गरेर तथ्याङ्कहरूको संकलनलाई व्याख्यात्मक र संख्यात्मक अनुसन्धान ढाँचामा सम्पन्न गरिएको छ । अध्ययनबाट प्राप्त नतिजालाई हेर्दा प्रजनन् स्वास्थ्य सम्बन्धि जानकारी भएका ४०.५४% र नभएका ३९.४६% रहेको पाइयो । यस समुदायमा २० वर्ष अगाडी नै विवाह गर्नेको संख्या बढी अर्थात ६६.२९% रहेको पाइयो । सुरक्षित मातृत्व सम्बन्धी जानकारी नभएकोकारण पोषण खाना, सुई, खोप स्वास्थय परिक्षण आदिको अभावको कारण शिशुको मृत्यु भएको उत्तर दिनेको संख्या २८.३८ % पाइइो । गर्भावस्थामा ४ पटक स्वास्थ्य परिक्षण गर्न जाने ३१.०८% रहेको पाइयो । पत्नीलाई गर्भावस्थामा जाँच गर्नसँगै लेर जाने पती ४१.८९% र नजाने ५८.११% रहेको पाइयो । गर्भावस्थामा थप पौष्टिक खाना खानेभन्दा नखानेको संख्या बढी अर्थात ७२.९६% पाइयो । बच्चालाई लगाउनु पर्ने खोपको जानकारी भएका पती ४४.५९% र नभएका ५५.४१% रहेको पाइयो । महिलाहरूले परिवार नियोजनको अस्थायी साधानको रुपमा डिपोलाई अपनाउने ३५.१४ पुरुषहरूले परिवार नियोजनको साधान प्रयोग गर्ने १६.२३% र नगर्ने ८३.७८ रहेको पाइयो । अध्ययनबाट प्राप्त भएको प्राप्ति र निष्कर्षलाई हेर्दा देखिएको समस्यालाई समाधान गर्नको निम्ति स्वास्थ्य सेवा विभाग सरकारी तथा गौह्र सरकारी संघ, संस्था र स्थानीय निकायको समन्वयनमा समुदायमा प्रजनन् स्वास्थ्य सम्बन्धि कार्यक्रम सञ्चालन गर्न सकेको खण्डमा प्रजनन् स्वास्थ्य र सुरक्षित मातृत्व सम्बन्धी समस्यालाई कम गर्न सकिन्छ ।Item Health problems of elderly People in Damak Municipality(2013) Bhattarai, Nirmala; Hari Bahadur KhatriNot availableItem किशोर अवस्थाको विवाहले आमा र बच्चाको स्वास्थ्यमा पारेको असर {Kishor abasthako biwahle aama ra bachchako swasthyma pareko asar}(2013) पौड्याल, सीतादेवी Paudyal, Sitadevi; राजेन्द्र कार्की Rajendra Karkiइलाम जिल्ला दानावारी वडा नं. ४ मा किशोरावस्थाको विवाहले किशोरी आमा र तिनीहरका बच्चाको स्वास्थ्यमा पारेको असर पत्ता लगाउन भन्ने शिर्षक छनौट गरिएको छ । यसमा तीन वटा उद्देश्यहरू राखिएको छ । किशोरीवस्थामा विवाहका कारण पत्ता लगाउन, किशोरावस्थामा विवाह भएका आमाहरूको स्वास्थ्यमा देखिएको समस्या पत्ता लगाउन र किशोरी आमाहरूको जन्म भएका बच्चाहरूको स्वास्थ्यमा देखिएका असर पत्ता लगाउन । वर्णनात्मक ढाँचाको प्रयोग गरिएको छ । अध्ययन क्षेत्रका किसोरा अवस्थामा विवाह गरेर किशोरावस्थामा नै आमा बनेका ५० जना किशोरी आमाहरूलाई नमुनाका रूपमा छनौटगरिएको छ । यस अध्ययनमा उद्देश्यपूर्ण नमुना छनौट विधिको प्रयोग गरिएको छ । यसकालागि खुला तथा बन्द प्रश्नावलीको माध्यमबाट अन्तर्वार्तालाई अनुसन्धाका साधनका रूपमा प्रयोग गरिएको छ । नमूनामा परेका ५० जना किशोरी आमाहरूमा आफन्तले केटा राम्रो छ भनेर, करकापमा परेर, आमाले कटाको परिवार राम्रो छ भनेर, सगैको साथीको विवाह छिटो भएरर आफै केटा मन पराएर छिटो विवाह गरेको पाइयो । यसरी हेर्र्दा २१ जना वा ४२ प्रतिशत वा आमाले केटाको परिवार राम्रो छ भनेर छिटो विवाह हुने गरेको पाइयो । त्यस्तै किशोरावस्थामा विवाह गरेर किशोरावस्थामा नै आमा बनेका किशारी आमाहरूलाइ गर्भवती भएको समयमा तल्लो पेट दुख्नेृ, बढी रगत बग्ने र पाठेघर झरे जस्तो हुने समस्या भएको पाइयो । यसरी नै किशोरी आमाबाट जन्मेका बच्चालाइ १ वर्ष भित्र निमोनिया, ज्वारो आउन र झाडापखाला लाग्ने जस्ता स्वास्थ्य समस्या देखिएका पाइयो । निष्कर्षमा भन्नुपर्दा उक्त क्षेत्रका किशोरीहरूमा उचित शिक्षा दिक्षाको अभावले गदाउनीहरूको कलिलो उमेरमा नै विवाह हुने गरेको पाइयो उनीहरूलाई किशोरावस्थमा विवाह गर्नु हुँदैन यसले आमा र बच्चाको स्वास्थ्यमा नकरात्मक असर पर्छ भन्ने ज्ञानको कमी रहेका पाइयो । जसले गर्दा उनीहरूबाट जन्मेका सन्तानलाई विभिन्न स्वास्थ्य समस्याले पनि सताउने गरेको पाइयो ।Item माेरङ् जिल्ला डाँगिहाट गा. वि. स. काे वातावरण प्रदूषण नियन्त्रणका स्थानीय प्रयासहरु { Morang jilla dangihat Ga.Bi.Sa. ko watawaran pardusan niyantranka sthaniya paryasharu}(2015) बुडाथाेकी, एकबहादुर Budhathoki, Eakbahadur; राजेन्द्र कार्की Rajendra Karkiशोधसार मोरङ जिल्ला डाँगिहाट गाउँ विकास समितिमा वातावरण प्रदुषण नियन्त्रणमा स्थानीय उपायका बारेमा जानकारी लिन र वातावरण प्रदुषणले समाजमा पारेको प्रभाव पत्ता लगाउन उक्त शीर्षक छनौट गरिएको हो । दुई वटा उद्देश्य राखी अनुसन्धानलाई पूर्णता दिइएको छ । यसका उद्देश्यहरू वातावरण प्रदुषणले पार्ने असरका क्षेत्रहरू पत्ता लगाउन र वातावरण प्रदुषण न्यूनिकरणमा स्थानीय प्रयोगको अवस्था पत्ता लगाउनु रहेका थिए । गुणात्मक ढाँचा अन्तर्गत वर्णनात्मक विधिको प्रयोग गरिएको छ । यस डाँगिहाट गा.वि.स.मा रहेका गा.वि.स.को कार्यालय, लक्ष्मी सामुदायिक वन उपभोक्ता समिति, सयपत्री कृषक समूह, लक्ष्मीमार्ग सडक निर्माण समिति, कयरखोला संरक्षण समिति गरी ५ वटा संस्थाका १÷१ जना प्रतिनिधि र सही संस्थाका प्रत्यक्ष सरोकारवाल व्यक्तिमाध्येवाट चिठ्ठा विधिको प्रयोग गरी १÷१ जना गरी जम्मा १० जनालाई अन्तर्वार्ता सूचीको माध्यमबाट अन्तर्वार्ता लिई सुचनाहरू सङ्कलन गरिएको छ । उद्देश्यमूलक नमूना छनौट विधिको प्रयोग गरिएको छ । तीब्र जनसङ्ख्या वृद्धि र बसाइँसराइँले वातावरणमा ठूलो समस्या देखिएको पाइयो । अशिक्षा, गरीबी, बेरोजगारी समस्याले वातावरणको महत्व बुझ्न नसकेकोले वातावरणमा ठूलो असर गरेको यस अध्ययनको निष्कर्ष रहेको छ । धूलो उड्ने, माटो प्रदूषण, जल प्रदूषण, वनविनास जस्ता वातावरणीय समस्याहरू खासगरी उक्त क्षेत्रमा रहेको पाइयो । साथसाथै सरकारको स्थानीय तथा विभिन्न संघ संस्थाहरू वातावरण प्रदूषणबाट हुने असर र भविष्यमा देखा पर्ने समस्यालाई निराकरण गर्नका निमित्त लागी परेको पाइयो । जस अन्तर्गत धूलोबाट जोगिनको लागि कच्ची बाटोलाई पक्की बनाउने काम, भूमीप्रदूषण रोक्न जैविक मल, पशुमुत्रको प्रयोग, जल प्रदूषण रोक्नको लागि विभिन्न समिति बनाई नियम बनाइएको र शौचालय निर्माणको लागि सरसफाई परीचय पत्र वितरण गरेको, वन जोगाउनको लागि वृक्षरोपन र खोला कटान नियन्त्रणको निम्ति खोला छेउमा बाँध, कास, कोला, बास, सनपाट जस्ता विरुवा लगाई रोक्ने प्रयासहरू गरको पाइयो । वातावरण प्रदूषणले भविष्यमा अत्यान्तै नराम्रो प्रभाव पार्ने भएको हुँदा सरकारी तथा गैरसरकारी निकायहरूबाट जनचेतना मुलक कार्यक्रमहरू गाउँ स्तरसम्म सञ्चालन गर्नु आवश्यक रहेको देखिन्छ । साथै उक्त समस्या सामधानको निमित्त सम्बन्धित सरोकारवाल व्यक्तिहरूले पनि आवश्यक कदम चालिनु आवश्यक रहेको छ ।Item Safe motherhood practice of dalit community of Ayodhyapuri(2011) Subedi, Saraswati; Thakur Prasad DhakalAvailable in fulltextItem Knowledge and use of family planning devices among married women(2017) Adhikari, Surya Kumar; Bal Krishna KhadkaAvailable in fulltextItem दलित समुदायका विवाहित महिलाहरूको सुरक्षित मातृत्वमा पुरुषको भूमिका {Dalit samudayka bibahit mahilaharuko surakshit matritwama purushko bhumika}(2017) खजुम, सान्ताकुमारी Khajum, Santakumari; बालकृष्ण खड्का Balkrishna KhadkaAvailable in full text