Nepali Language Education
Permanent URI for this collection
Browse
Browsing Nepali Language Education by Advisor "दामाेदर रिजाल Damodar Rijal"
Now showing 1 - 1 of 1
Results Per Page
Sort Options
Item कक्षा नाैमा अध्ययनरत विद्यार्थीहरुले गर्ने वर्णविन्यासगत त्रुटीहरुकाे अध्ययन { Kaksha nauma adhyayanrat bidhyarthiharule garne barnabinyasgat trutiharuko adhyayana}(2014) ढकाल, राजेश Dhakal, Rajesh; दामाेदर रिजाल Damodar Rijalशोधसार भाषा शिक्षणका सन्दर्भमा त्रुटि विश्लेषणको प्रारम्भ सन् १९७० को दशकमा भएको हो । शिक्षार्थीले भाषा सिक्ने क्रममा त्रुटि गर्दछ । ती त्रुटिहरू के कारणले हुन्छन् ? भाषा सिक्ने सिकारूले कस्ता त्रुटिहरू गर्दछन् ? भनी त्रुटिहरूको अध्ययन- व्याख्या र विश्लेषण गरी त्रुटिको प्रकृति अनुसार समाधान खोज्ने महत्वपूर्ण कार्य त्रुटि विश्लेषण हो । यस शोधकार्यमा चितवन जिल्लास्थित भरतपुर नगरपालिका अन्तर्गतका कक्षा नौमा अध्ययनरत विद्यार्थीहरूलाई स्रोत बनाएर उनीहरूले लेखाइका क्रममा गर्ने वर्णविन्यासगत त्रुटिहरूको विश्लेषण गर्ने प्रयास गरिएको छ । भरतपुर नगरपालिकाका ६ वटा विद्यालयमा कक्षा नौमा अध्ययनरत विद्यार्थीहरूले प्रयोग गर्ने वर्णविन्यासमा केन्द्रित रही ती विद्यार्थीहरूले गरेका वर्णविन्यास सम्बन्धी त्रुटिहरू पहिचान गरी विश्लेषण गर्नु नै यस शोधपत्रको मूलभूत समस्या रहेको छ । सामान्यतया यो शोधपत्र निम्नलिखित समस्याहरूमा केन्द्रित रहेको छ ;त्रुटि विश्लेषण भनेको के हो ?, कक्षा नौमा अध्ययनरत विद्यार्थीहरूले गर्ने वर्णविन्यासगत त्रुटिहरू के कस्ता हुन्छन् ?, त्रुटिको विश्लेषणबाट के कस्ता तथ्य प्राप्त हुन्छन् ?, के कस्ता सुझाव दिँदा प्राप्त त्रुटिहरूको निराकरण हुन्छ ? भन्ने समस्यामा केन्द्रित भई यो शोधकार्य सम्पन्न गरिएको छ । शोधकार्यमा उद्देश्यको अहम् भूमिका रहेको हुन्छ । उद्देश्य बिनाको अध्ययनले विषयवस्तुलाई सार्थकता दिन नसक्ने भएकाले जुनसुकै विषयको अध्ययन पनि उद्देश्यलाई आधार मानेर अगाडि बढाइएको हुन्छ । कुनै पनि शोध बिना उद्देश्य सम्पन्न गरिँदैन । यस शोधकार्यका मुख्य उद्देश्यहरू निम्नलिखित छन् ; त्रुटिको सैद्धान्तिक परिचय दिनु, कक्षा नौमा अध्ययनरत विद्यार्थीहरूले गर्ने वर्ण विन्यास सम्बन्धी त्रुटिका क्षेत्र पहिचान गर्नु,; तथ्यबाट प्राप्त वर्णविन्यासगत त्रुटिको विश्लेषण गर्नु, शिक्षणमुखी सुझाव दिनु र निष्कर्ष प्रस्तुत गर्र्नु यिनै उद्देश्यमा आधारित भई यो शोध कार्य सम्पन्न गरिएको छ । प्रस्तुत अनुसन्धानका क्रममा प्रथमतः अनुसन्धेय विषयवस्तुसँग सम्बन्धित पक्षहरूका बारेमा निश्चित प्रश्नावली तयार पारी अन्तर कृया गरिएको छ । आवश्यक परेका अवस्थामा शोधपत्र, पत्रपत्रिकाहरूलाई पनि सामग्री सङ्कलनका लागि स्रोत बनाइएको छ । भाषा शिक्षणको सन्दर्भमा त्रुटि विश्लेषण नयाँ पद्धति हो । त्रुटि विश्लेषणले भाषा शिक्षणका क्रममा अन्य पद्धतिका तुलनामा बढी महत्व पाएको पाइन्छ । विद्यार्थीले कहाँ त्रुटि गर्दछन् र त्रुटि निराकरणका लागि के कस्ता विधि र तरिका अपनाउँदा शिक्षण उपलब्धिमूलक हुन्छ भन्ने कुरालाई यसले महत्व दिएको छ । वर्णविन्यास लेख्य भाषासँग सम्बन्धित छ । भाषाका लेख्य÷कथ्य÷उच्चार्य÷श्रव्य दुई भेदमध्ये लेख्य भेदभन्दा कथ्य ÷उच्चार्य÷श्रव्य रूप नै प्रधान देखिए तापनि लेख्य भाषालाई लिपि वा लेख्य चिह्नका रूपमा ग्रहण गरिन्छ । समानध्वनि समूहलाई प्रतिनिधित्व गर्ने भाषाको सबैभन्दा सानो एकाइलाई वर्ण भनिन्छ र यसले शब्दमा रहेर अर्थमा भिन्नता ल्याउँछ । भाषा विचार विनिमयको प्रमुख साधन हो । भाषा मानवीय अनुभव र विचारको अभिव्यक्ति पनि हो त्यसैले अनुभव र विचारलाई जति प्रभावकारी रूपमा व्यक्त गर्न सक्यो त्यति नै अरूका लागि महत्वपूर्ण हुन जान्छ । शुद्ध, परिष्कृत, सौन्दर्यपूर्ण, अभिव्यक्तिले अरूलाई सहजै प्रभावित तुल्याउँछ । वास्तवमा सुस्पष्ट, परिष्कृत र लालित्यमय अभिव्यक्तिका लागि शुद्ध, स्तरीय र मानक भाषाको प्रयोग आवश्यक हुन्छ । भाषा शिक्षणका क्रभमा भाषालाई मौखिक र लिखित रूपमा प्रयोग गर्नुपर्ने हुन्छ भने दैनक व्यवहार चलाउन पनि प्रायः कथ्य भाषाका साथै लिखित भाषाको प्रयोग गर्नुपर्ने हुन्छ । लिखित रूपमा वर्णहरूको रखाइक्रम नै वर्णविन्यास हो । वर्णहरूको रखाइक्रम अन्तर्गत मात्रा लागेका वर्ण तथा वर्णहरूको संयुक्त एवम् मिश्रित आबद्धताका साथै पदयोग र पद वियोगसम्बन्धी कुराहरूलाई सम्झनु पर्दछ । कुनै पनि भाषाको वर्ण विन्यास त्यस भाषाको लेख्य परम्परासँग सम्बन्धित हुन्छ । कथ्य भाषाको जस्तै लेख्य भाषाको पनि आफ्नै परम्परा हुन्छ । प्रायः कथ्य भाषाकै प्रतिबिम्बिन लेख्य भाषा हो तापनि कथ्यका भन्दा बेग्लै किसिमका विशेषताहरू लेख्य भाषाले अँगालेको हुन्छ । लेख्य भाषाले अँगालेका भिन्न विशेषताहरूमध्ये एउटा महत्वपूर्ण विशेषता वर्ण विन्यास पनि हो । मात्रा लगायत भाषामा प्रयोग हुने वर्णहरू वर्ण विन्यासले तय गरेका निश्चित नियम र परिधिभन्दा बाहिर रहेर प्रयोग हुनुलाई वर्ण विन्यासको त्रुटि क्षेत्र भनिन्छ । यस्ता त्रुटिहरू कहाँबाट र कसरी हुन्छन् भन्ने कुरा पत्ता लगाई अभ्यास गर्ने गराउने गर्नाले उक्त त्रुटिमा कमी आउन सक्छ । यस अध्ययनका क्रममा मात्रा ‘श’, ‘ष’, ‘स’, ‘य’, ‘ए’, ‘ब’, ‘व’ र ‘ओ’, ‘ऋ’ र ‘रि’, ‘क्ष’ र ‘छे’ लगायत वाक्य गठन तथा पदयोग सम्बन्धमा चर्चा गरिएको छ ।