Nepali Language Education
Permanent URI for this collectionhttps://hdl.handle.net/20.500.14540/67
Browse
Recent Submissions
Item भाषा शिक्षणका दृष्टिले कक्षा चारकाे मेराे नेपाली कितावमा समाविष्ट चित्रहरुकाे अध्ययन विश्लेषण { Bhasa sikshanaka dristile kaksha charko mero nepali kitabma samabisti chitraharuko adhyayana bislesan}(2014) क्षेत्री, रुदृबहादुर ( kshetri, Rudrabahadur); रमा घिमिरे ( Rama Ghimire)Available in fulltextItem रसुवा जिल्लाका कक्षा छमा अध्ययनरत विधार्थीहरुकाे चिठी लेखन क्षमताकाे अध्ययन { Rashuwa jillaka kaksha chhama adhyayanrath bidharthiharuko chithi lekhan kshamatako adhyayana }(2014) देवकाेटा, टिकानाथ ( Dewakota, Tikanath); दिनेश घिमिरे (Dinesh Ghimire)Available in fulltextItem नेपाली भाषा कक्षामा सिकाइ सहजीकरण { Nepali bhasa kakshama sikai sahajikaran}(2024) शर्मा, विष्णुप्रसाद Sharma, Bishnuprasad; रामप्रसाद भट्टराई ( Ramprasad BhattaraiAvailable in fulltextItem बेनामका मानिसहरु कथासङ्ग्रहकाे शैलीवैज्ञानिक अध्ययन { Benamka manishharu kathasangrahako sailibaigyanik adhyayan}(2070) अधिकारी, अरुण विलास (Adhikari, Arun bilash); कुल प्रसाद, ढुङ्गाना (Kul Prasad. Dhungana)Available in fulltextItem साठी वर्षमा ह्दयाघात तथा कथा दृष्टिकाेण तथा सङ्ग्रहकाे शैलीवैज्ञानिक अध्ययन {Sathhi barsama hrdayaghat tatha katha drstikona tatha shangrahako shaili baigyanik adhyayan}(2070) गाैतम, दीपक प्रसाद ( Gautam, Dipak Prasad); कुलप्रसाद, ढुङ्गाना (Kulprasad, Dhungana)Available in fulltextItem व्यावहारिक लेखन शिक्षणमा नेपाली भाषा शिक्षकका शिक्षण कौशल(2024) भण्डारी, द्वारिकाप्रसाद; राजेन्द्र खनालप्रस्तुत शोधपत्र व्यावहारिक लेखन शिक्षणमा नेपाली भाषा शिक्षकका शिक्षण कौशल शीर्षकमा आधारित रही तयार पारिएको छ । व्यावहारिक लेखन शिक्षणमा नेपाली भाषा शिक्षकका शिक्षण कौशल र विद्यालयअन्तर्गत माध्यमिक तहमा अध्ययनरत विद्यार्थीहरूका लेखन कौशलको अध्ययन तथा विश्लेषण गर्ने अभिप्रायले यस शोधपत्रका उद्देश्य व्यावहारिक लेखन शिक्षणका शिक्षण कौशलको अवस्था पहिल्याउनु, व्यावहारिक लेखन शिक्षणका विशिष्ट कौशलको विश्लेषण गर्नु, व्यावहारिक लेखन शिक्षणका विशिष्ट कौशलको प्रभाव निरूपण गर्नु र व्यावहारिक लेखन शिक्षणका सामान्य र विशिष्ट कौशलको तुलनात्मक विश्लेषण गर्नु रहेका छन् । नेपालमा नेपाली भाषा शिक्षण चुनौतीपूर्ण बनिरहेको सन्दर्भमा नेपाली भाषा शिक्षकका शिक्षण कौशलको विकास, विस्तार तथा विद्यार्थीमा लेखन कौशलको विकास के कसरी गर्न सकिन्छ र व्यावहारिक लेखन शिक्षणमा कसरी सुधार ल्याउन सकिन्छ भत्रेतर्फ प्रस्तुत अध्ययन केन्द्रित रहेको छ । गुणात्मक अनुसन्धान ढाँचामा आधारित प्रस्तुत अध्ययनमा कैलाली जिल्लाका टीकापुर नगरपालिकाभित्रका १, २, र ३ तथा जानकी गाउँपालिकाभित्रका ३ र ६ वडामा रहेका सामुदायिक र संस्थागत गरी छओटा विद्यालयमा माध्यमिक तहमा अध्यापन गर्ने नेपाली भाषा शिक्षक र अध्ययन गर्ने विद्यार्थीहरूलाई सहभागीका रूपमा लिइएको छ । छओटा विद्यालयमध्ये तीनओटा सामुदायिक र तिनओटा संस्थागत विद्यालयका नेपाली भाषा शिक्षण गर्ने नेपाली भाषा शिक्षक र अध्ययनरत विद्यार्थीहरूलाई प्रस्तुत अध्ययनमा नमुनाका रूपमा लिइएको छ । अनुसन्धानमा तथ्य तथा सूचना सङ्कलन गर्नका लागि व्यावहारिक लेखनसँग सम्बन्धित विषयवस्तु प्रस्तुत गर्न बन्द प्रश्नावली निर्माणका साथै शिक्षकको कक्षा अवलोकन गरिएको छ । नमुना छनोटमा परेका शिक्षक तथा विद्यार्थीलाई उक्त प्रश्नावलीमा आवश्यक सूचना लेख्न र शिक्षकलाई व्यावहारिक लेखनसम्बन्धी पाठ अध्यापन गर्न लगाई विषयगत रूपमा सूचनाको सङ्कलन गरिएको छ । यसरी सङ्कलन गरिएका सूचनालाई सार विश्लेषण र व्याख्यात्मक विधि (Thematic analysis methods) द्वारा विश्लेषण गरिएको छ । अनुसन्धानको मुख्य प्राप्तिका रूपमा नेपाली भाषा शिक्षकका शिक्षण कौशलको विकासमा व्यावहारिक लेखन शिक्षणले महत्वपूर्ण भूमिका खेलेको पाइएको छ । यसलाई अझ व्यावसायिक र उत्पादनमूलक तरिकाले शिक्षण गरे मानिसका दैनिक तथा व्यावहारिक जीवनका विविध समस्या सजिलै समाधान गर्न सकिने भत्रे विषयमा सबै सूचकका विचारमा एकरूपकता रहेको पाइएको छ । माध्यमिक तहको वर्तमान भाषा पाठ्यक्रममा समाविष्ट पाठहरू व्यावहारिक लेखन कार्यकलापतर्फ उन्मुख भएका छैनन् तर जति समावेश भएका छन् तिनले विशिष्ट लेखन कौशलको विकासमा जोड दिएको देखिन्छ । सामुदायिक विद्यालयमा कार्यरत शिक्षक तालिम प्राप्त भएकाले उनीहरूको शिक्षण कौशलका साथै पेसागत विकास संस्थागत विद्यालयका शिक्षकको भन्दा राम्रो रहेको छ । व्यावहारिक लेखन शिक्षणका शैक्षणिक विधि तथा प्रक्रियाका सम्बन्धमा सामुदायिक विद्यालयका शिक्षकभन्दा संस्थागत विद्यालयका शिक्षकमा शिक्षण विधिसम्बन्धी अस्पष्टता र शैक्षणिक ज्ञान कम भएकाले कक्षाकोठामा हुने शिक्षण सिकाइ कार्यकलापका साथै विद्यार्थीमा लेखन कौशलको विकास गर्न प्रभाव परेको देखिन्छ । व्यावहारिक लेखन प्रकृतिका सम्बन्धमा सूचकमा वैचारिक समानता देखिए पनि पारिभाषिक दृष्टिकोण भने फरक रहेको देखिएको छ । छनोटमा परेका छजना नेपाली भाषा शिक्षकमध्ये चारजना शिक्षकका व्यावहारिक लेखनका प्रकृति सम्बन्धमा स्पष्ट दृष्टिकोण रहेको छ भने दुईजना शिक्षकमा स्पष्टता नभएको देखिएको छ । त्यस्तै बाह्रजना विद्यार्थीमध्ये सातजना विद्यार्थीले आफ्नो लेखन कौशलको विकासमा सामान्य लेखनले र चारजना विद्यार्थीले विशिष्ट लेखन कौशलले र एकजना विद्यार्थीले सामान्य र विशिष्ट नभई अनुलेखन र निबन्ध लेखनले लेखाइ सिपको विकासमा महत्वपूर्ण सहयोग पुर्याउने गरेको विचार व्यक्त गरेका छन् । सामान्य लेखनभित्र दैनिक व्यावहार सञ्चालनमा सहयोग पुर्याउने चिठी, दैनिकी, निवेदन, विज्ञापन आदि लेखन र विशिष्ट लेखनमा मानिसका दैनिक जीवनका खास पक्ष चिठी, निवेदन, विज्ञापन, निमन्त्रणा, तमसुक, माइन्युट, जाहेरीपत्र, प्रतिवेदन लेखन आदिबारे साझा दृष्टिकोण रहेको पाइएको छ । विद्यालयको प्रकृतिका आधारमा व्यावहारिक लेखन शिक्षणमा शिक्षण कौशलसम्बन्धी सामुदायिक र संस्थागत विद्यालयका शिक्षकमा मिश्रित प्रतिक्रिया रहेको छ । सामुदायिक विद्यालयका दुईजना र संस्थागत विद्यालयका एकजना शिक्षकले सामान्य लेखन कौशल र सामुदायिक विद्यालयका एकजना र संस्थागत विद्यालयका दुईजना शिक्षकले विशिष्ट लेखन कौशलको महत्व शिक्षण सिकाइमा बढी रहेको विचार प्रस्तुत गरेका छन् । त्यस्तै सहभागीको प्रकृतिका आधारमा तिनजना शिक्षकले सामान्य लेखन कौशल र तिनजना शिक्षकले विशिष्ट लेखन कौशलले सहयोग पुर्याएको बताएका छन् । त्यस्तै सातजना विद्यार्थीले सामान्य लेखन कौशल र पाँचजना विद्यार्थीले विशिष्ट लेखन कौशल र एकजना विद्यार्थी सामान्य र विशिष्ट नभई अनुलेखन र निबन्ध लेखनले लेखन कौशलको विकास गर्ने गरेको बताएका छन् । व्यावहारिक लेखन शिक्षणमा नेपाली भाषा शिक्षकका शिक्षणीय कौशलको विकास स्तरीय रूपमा भए कक्षा शिक्षण प्रभावकारी हुनुका साथै शिक्षकमा शिक्षण कौशल सिप र विद्यार्थीमा लेखन कौशल सिपको विकास व्यावहारिक रूपले भएको मात्र सकिन्छ ।Item रामेछाप जिल्लाका कक्षा आठमा अध्ययनरत नेवार भाषी विदयार्थीहरूले नेपाली वाक्य गठनमा गर्ने त्रुटिहरूको अध्ययन {Ramechhap jillaka kaksha aathama adhyayanrat Newar bhashi bidyarthiharule Nepali wakya gathanma garne trutiharuko adhyayan}(2014) श्रेष्ठ, नीम बहादुर Shrestha, Neem Bahadur; ईश्वर चौहान Ishwar ChauhanAvailable in fulltextItem रामेछाप जिल्लाका कक्षा आठमा अध्ययनरत विदयार्थीहरुको चिठीलेखन क्षमताको अध्ययन { Ramechap jillaka kaksha aathma adhyayanrat bidyarthiharuko chithilekhan kshamtako adhyayan}(2014) काफले, सुदर्शन Kafle, Sudarshan; ईश्वर चौहान Ishwar ChauhanAvailable in fulltextItem कक्षा सातको नेपाली पाठ्यपुस्तकको नमुना पाठ निर्माण {Kaksha satko Nepali pathyapustakko namunako patha nirman}(2013) पन्त, धर्मानन्द Pant, Dharmananda; पारसमणि भण्डारी Parasmani BhandariAvailable in fulltextItem नेपाली पाठ्यपुस्तकको कथा विधामा प्रयुक्त तत्सम शब्दहरूको अध्ययन {Nepali pathypustakko katha bidhama prayukta tatsam shabdaharuko adhyayan}(2014) नेम्बाङ्ग, देवीमाया Nembang, Devimaya; नवीनकुमार शर्मा Naveen Kumar SharmaNot availableItem सिन्धुली जिल्लाका कक्षा सात उतीर्ण विद्यार्थीहरूको शब्दभण्डार क्षमताको अध्ययन {Sindhuli jillaka kaksha sat utirn bidyarthiharuko sabda bhandar kshamatako adhyayan}(2014) चालिसे, मनोजकुमार Chalise, Manojkumar; अर्जुनप्रसाद पौडेल Arjunprasad paudelAvailable in fulltextItem कक्षा आठमा अध्ययनरत तामाङ मातृभाषी विद्यार्थीहरूको नेपाली वाक्य रचनामा त्रुटि {Kaksha aathma adhyayanrat tamang matribhashi bidyarthiharuko Nepali wakya rachanama truti}(2024) गोले, अनिता Gole, Anita; शक्तिराज नेपाल Shaktiraj NepalAvailable in fulltextItem माइतघर उपन्यासको पदवर्गीय अध्ययन {Maitighar upanyasko padabrgiy adhyayan}(2013) अधिकारी, रञ्जिता Adhikari, Ranjita; दामोदर रिजाल Damodar RizalNot availableItem साम्पाङ राई भाषाको अध्ययन {Sampang Rai bhashako adhyayan}(2016) राई, प्रविन Rai, Prabin; रामप्रसाद भट्टराई Ram Prasad BhattaraiAvailable in fulltextItem कक्षा नाै र दशमा नेपाली कथा शिक्षण गर्दा अपनाइएका शिक्षण विधिहरुकाे अध्ययन { Kaksha nao ra dashma nepali katha sikshan garda apanaiyeka sikshan bidhiharuko adhyayana}(2016) पाैडेल, इन्द्रादेवी Poudel, Indradevi; प्रेमप्रसाद भट्टराई PremparsadAvailable in fulltextItem प्राथमिक तहकाे नेपाली भाषा पाठ्यक्रम, २०६५ र आधारभूत शिक्षा पाठ्यक्रम २०६९ काे नेपाली भाषा पाठ्यक्रमकाे तुलनात्मक अध्ययन { Parthamik thahko nepali bhasa pathyakram, 2065 ra adharbhut siksha pathyakaram 2069 ko nepali bhasa pathyakramko tulanatmak adhyayana}(2014) खड्का, प्रवीण Khadka, Prabin; मदनराज बराल Madanbraj BaralNot availableItem कक्षा १० का मैथिली मातृभाषाी विद्यार्थीहरुले नेपाली भाषाकाे वाक्यागठनमा गर्ने त्रुटीहरु { Kaksha 10 ka maithili matribhasi bidhyarthiharule nepali bhasako bakyagathanma garne trutiharu}(2014) झा, सुनिल कुमार Jha, Sunil Kumar; तीर्थराज भटटराई Tirtharaj BhattaraiAvailable in fulltextItem सेताे धरती उपन्यासकाे शैलीवैज्ञानीक विश्लेषण { Seto dharti upanyashko sailibaigyanik bislesan}(2014) बराल, पुण्यप्रसाद Baral, Punyaprasad; काेमलप्रसाद पाेखरेल Komalprasad PokharelAvailable in fulltextItem नेपाली भाषा शिक्षणमा शिक्षक विद्यार्थी अन्तरक्रिया {Nepali bhasha shikshanama shikshak bidyarthi antrkriya}(2024) आर्चाय, लक्षमीप्रसाद Archay, Lakshmiprasad; केशवराज पोखरेल Keshavraj PokharelAvailable in fulltextItem कक्षा नौको नपाली पाठयपुस्तकका समाजसापेक्ष अध्ययन { Kaksha nauko nepali pathyapustakaka samajsapeksha adhyayana}(2024) खड्का, सन्ताेषी Khadka, Santoshi; दावा शेर्पा Dawa SherpaAvailable in fulltext
