Nepali Language Education

Permanent URI for this collectionhttps://hdl.handle.net/20.500.14540/67

Browse

Recent Submissions

Now showing 1 - 20 of 754
  • Item
    नेपाली दोस्रो भाषी विद्यार्थीहरूको उच्चारणगत त्रुटि
    (2081) कठायत, रुपा कुमारी; टीका जिरेल
    प्रस्तुत शोधपत्र त्रिभुवन विश्वविद्यालय, शिक्षाशास्त्र सङ्काय, नेपाली भाषा शिक्षा विभागअन्तर्गत स्नातकोत्तर तह चौंथो सत्रका पाठ्याश (नेपा.शि. ५४४) को प्रयोजनको निमित्त प्रस्तुत गरिएको छ । यस शोधपत्र ‘नेपाली दोस्रो भाषी विद्यार्थीहरूको उच्चारणगत त्रुटि’ शीर्षकमा तयार पारिएको छ । तामाङ, नेपाल र मगरभाषी विद्यार्थीहरूको स्तरीय नेपाली भाषाका शब्दहरूको उच्चारणमा परेको प्रभावको पहिचान गरी शैक्षणिक सन्दर्भका आधारमा विश्लेषण गरिएको छ । यो अध्ययन नेपाली दोस्रोभाषी विद्यार्थीहरूको नेपाली भाषाको औपचारिक सिकाइमा गर्ने त्रुटिमा केन्द्रित रहेको छ । नेपाली इतर दोस्रोभाषी विद्यार्थीले नेपाली भाषाका अन्य विविध पक्षभन्दा शब्दहरूको उच्चारणमा बढी त्रुटि गरेको देखिन्छ । यसर्थ दोस्रोभाषी विद्यार्थीहरूले स्तरीय नेपाली भाषाका शब्दहरू उच्चारण गर्दा के कस्ता त्रुटि गर्दछन् भन्ने कुराको व्यवस्थित खोजी गरी उक्त त्रुटिको निराकरण गर्ने उद्देश्य यसमा राखिएको छ । उच्चारणगत त्रुटिले नेपाली भाषाको शब्दोच्चारणगत सिकाइमा के कस्तो असर पुग्दछ भन्ने कुराको निरूपणलाई समस्या बनाइएको छ ।यस शोधकार्य तालिका, प्रतिशताङ्क र औसताङ्क विश्लेषणको पद्धतिसहित गुणात्मक विधिलाइ जोडेर सम्पन्न गरिएको छ । प्रश्नावली तथा सम्बन्धित विद्यार्थीहरूसँगको अन्तर्वार्ताबाट प्राप्त सूचनाहरू प्राथमिक स्रोतका रूपमा र विभिन्न लेखकका पुस्तकहरू, शोधग्रन्थहरू, अनुसन्धानमूलक जर्नलहरू द्वितीयक स्रोतका रूपमा रहेको यस शोधकार्य तामाङ, नेपाल र मगरभाषी विद्याथीहरूले नेपाली शब्दको उच्चारणगत त्रुटिको विश्लेषणमा सीमित रहेको छ । प्रस्तुत अध्ययनलाई मूर्त रूप दिन सामग्री सङ्कलनको क्रममा ललितपुर महानगरपालिकाको तीनआटा सामुदायिक विद्यालयका जम्मा ५४ जना विद्यार्थीहरू नमुनाको रूपमा लिइएको छ । ती ५४ जनामध्ये ३३ जना छात्रा र २१ जना छात्र रहेका छन् । यस शोधमा पूर्व परीक्षणद्वारा मानकीकरण गरिएका प्रश्नावलीका प्रयोगमार्फत सम्बन्धित विद्यार्थीहरूबाट प्राप्त भएका प्रतिक्रियालाई अङ्कन गरी तालिकीकरण गरिएको छ । भाषिक भिन्नतातर्फ तामाङ, नेपाल र मगरभाषी विद्यार्थीहरूले नेपाली भाषाको विभिन्न क्षेत्रमा उच्चारणगत त्रुटि गरेको पाइएको छ । तामाङ, नेपाल र मगरभाषी विद्यार्थीहरूले अ र आ स्वरवर्णबाट सुरु भएका नेपाली शब्दको उच्चारण गर्दा प्रायः ‘अ’ वर्णमा आकार उच्चारण गरेको पाइएको छ । नेपालभाषी विद्यार्थीहरूमा भने ‘अ’ र ‘आ’ स्वरवर्णबाट सुरु भएका शब्दहरूको शुद्ध उच्चारणमा नगण्य त्रुटि गरेको पाइएको छ । त्यसैगरी पञ्चम वर्ण (ङ, ञ, ण, न, म) लागेका शब्दहरूको शुद्घ उच्चारणमा तामाङ, नेपाल र मगरभाषी सबै विद्यार्थीहरू पञ्चामृत र सञ्चय शब्दको शुद्ध उच्चारणमा बढी त्रुटि देखिएका छन् । शिरविन्दु र चन्द्रविन्दु लागेका संस्कृति, बठ्याइँ, हँुदैन, अंश आदि शब्दहरूको शुद्ध उच्चारणमा पनि यही स्थिति दोहोरिएको छ । यसमा मगरभाषी विद्यार्थीहरूले कम त्रुटि गरेका छन् । शब्दहरूको उच्चारणकै क्रममा ‘ट’ र ‘त’ वर्णबाट बनेका टपरी, टड्कारो, टहटह, टहरो आदि शब्दहरूको शुद्ध उच्चारणमा नेपालभाषी विद्यार्थीहरूले बढी त्रुटि गरेको पाइएको छ । त्यस्तै ‘व’ र ‘ब’ वर्णबाट बनेका भविष्य, वयस्क, बलिन्द्रधारा, वातावरण जस्ता शब्दको उच्चारणमा तामाङ, नेपाल र मगरभाषी विद्यार्थीहरूले त्रुटि गरेको देखिएको छ । तामाङ, नेपाल र मगरभाषी समुदायबाट आएका विद्यार्थीहरूमा आधा ‘स्’ वर्णबाट बनेका स्वतःस्फुर्त, स्वाट्ट आदि शब्दहरूको शुद्ध उच्चारणमा त्रुटि दोहोरिएको छ । ‘छ’ र ‘क्ष’ वर्ण लागेका तुच्छ, छावा, क्षयरोग आदि शब्दमा समेत त्रुटि देखिएको छ । संयुक्ताक्षर भएका राष्ट्रिय, वृद्धि, स्वर्णिम, ह्रस्व आदि शब्दको उच्चारणमा पनि त्रुटि गरेको पाइएको छ । त्यस्तै रकार जनाउने प्रवर्धन, निर्विवाद आदि शब्द तथा ऋ÷रि र री लागेका ऋण आदि शब्दहरूको शुद्ध उच्चारणमा पनि त्रुटि दोहोरिएकोे अवस्था छ । प्रस्तुत शोध अध्ययनबाट तामाङ, नेपाल र मगरभाषी विद्यार्थीहरूको नेपाली शब्दहरूको शुद्ध उच्चारणमा मातृभाषिक प्रभावका कारणले असर परेको देखिन्छ । तामाङ, नेपाल र मगरभाषी विद्यार्थीहरूले अनुनासिक शब्दको उच्चारण गर्दा अनुनासिकतालाई छाडेर स्वर तथा व्यञ्जन वर्णको उच्चारण गर्दा त्रुटि हुनेगरेको देखिन्छ । निर्धारित शब्दहरूको उच्चारणमा हुनेगरेको त्रुटिलाई हेर्दा धेरैजसो शब्दको उच्चारणमा त्रुटि देखिएका छन् । त्यस्तै छुट्टै र विशेष भाषिक भिन्नताका कारण नेपाली शब्द उच्चारणमा जटिलता देखिन्छ । यसबाट नेपाली दोस्रोभाषी विद्यार्थीहरूलाई नेपाली शब्द शुद्ध उच्चारण गराउनका लागि विशेष शिक्षणमा सहभागी गराउनुपर्ने देखिन्छ । उपयुक्त पाठ्यक्रम नहुनु, मातृभाषाको प्रभाव, उच्चारणमा कठिनाइ, अभ्यासको कमी, स्तरीय शैक्षिक व्याकरणको अभाव, शिक्षण सामग्रीको अभाव, विद्यार्थी स्वयम्को अजागरुकता, नेपाली भाषाको संरचनागत जटिलता, नेपाली भाषाप्रतिको उदासीनता र भाषालाई सरलीकरणतर्फ लैजाने प्रयत्न आदि नकारात्मक कुराहरूका कारणहरूबाट दोस्रोभाषी विद्यार्थीहरूले नेपाली शब्दको शुद्ध उच्चारणमा त्रुटि गर्नेगरेको देखिन्छ । नेपाली विषय वा नेपाली भाषालाई सामान्य रूपमा लिने परिपाटीले पनि शुद्ध उच्चारणमा समस्या हुनेगरेको पाइन्छ ।
  • Item
    कक्षा आठमा अध्ययनरत विद्यार्थीहरूको कथा लेखन क्षमताको अध्ययन
    (2025) पौडेल, मिना; सरोज दवाडी
    यस शोधपत्रको शोधशीर्षक कक्षा आठमा अध्ययनरत विद्यार्थीहरूको कथा लेखन क्षमताको अध्ययनरहेको छ । कक्षा आठमा अध्ययनरत समग्र विद्यार्थीहरूको कथा लेखन क्षमता र लैङगिकताका आधारमा कक्षा आठमा अध्ययनरत विद्यार्थीहरूको कथा लेखन क्षमता विश्लेषण गर्नु प्रस्तुत शोधको उद्देश्य हो । यसरी प्रस्तुत गरिएका उद्देश्यहरूलाई व्यवस्थित, वस्तुपरक र वैज्ञानिक ढङगले अध्ययन विश्लेषण गर्दा सोद्देश्यमूलक नमुना छनोट पद्धति अपनाइएको छ । यसैगरी तथ्याङक सङकलन गर्ने कार्य गर्दा प्राथमिक स्रोतअन्तर्गत चितवन जिल्ला भित्रको भरतपुर महानगरपालिकालाई उपयोग गरिएको छ भने द्वितीयक स्रोतअन्तर्गत यसै शोधकार्यसँग सम्बन्धित विभिन्न शोधपत्र, सन्दर्भ पुस्तकहरू, इमेल, इन्टरनेट आदिको प्रयोग गरिएको छ । कथा लेखन क्षमताको समग्र स्थितिलाइ प्रतिशताङकको आधारमा हेर्दा १०० जना विद्यार्थीहरूमा२० प्रतिशतभन्दा कम कथा लेखन क्षमता भएका विद्यार्थी सङख्या ८ रहेको छ, जसको प्रतिशत पनि ८ नै रहेको देखिन्छ । २१ देखि४० प्रतिशत अङक ल्याउने विद्यार्थीहरूको सङख्या १३ नै रहेको छ, जसको प्रतिशत पनि १३ नै रहेको देखिन्छ । ४१ देखि६०प्रतिशत अङक ल्याउने विद्यार्थीहरूकोसङख्याा २८ रहेको छ,भनेप्रतिशत पनि २८ नै रहेको देखिन्छ । ६१ देखि ८० प्रतिशत अङक ल्याउने विद्यार्थीहरू सङख्या २७ रहेको छ,भनेप्रतिशत पनि २७ नै रहेको देखिन्छ । त्यसैगरी८१ प्रतिशतभन्दा माथि अङकल्याउने विद्याथीहरूको सङख्या २४ र प्रतिशत अङक पनि २४ रहकालेसमग्र विद्यार्थीहरूकोे कथा लेखन क्षमता मध्यम रहेको मान्न सकिन्छ । समग्र विद्यार्थीहरूको मध्यमान र मानक विचलनका आधारमा समग्र विद्यार्थीहरूको प्राप्ताङक मानक विचलनका २.०९ रहेको छ । मध्यमानभन्दा तल ५० प्रतिशत रमध्यमानभन्दा माथि ५० प्रतिशत रहेकाले समग्रमा विद्यार्थीको कथा लेखन क्षमता मधयम रहेको मान्न सकिन्छ । लैङगिकताको आधारमा छात्र विद्यार्थीहरूको कथा लेखन क्षमताको मानक विचलनका २.२२ रहेको छ । मध्यमानभन्दा तल १० प्रतिशत रमध्यमानभन्दा माथि ९२ प्रतिशत रहेकाले छात्र विद्यार्थीेहरूको कथा लेखन क्षमता मधयम रहेको पाइन्छ । छात्रा विद्यार्थीहरूको कथा लेखन प्राप्ताङकका आधारमा मानक विचलन २.४६ रहेको छ । मध्यमानभन्दा तल ६ प्रतिशत रमध्यमानभन्दा माथि ९४ प्रतिशत रहेकाले छात्रा विद्यार्थीहरूको कथा लेखन क्षमता उच्च रहेको छ । विद्यालय प्रकृतिका आधारमा संस्थागत विद्यालयका विद्यार्थीहरूको कथा लेखन क्षमतामध्यमान ६.४ छ भने मानक विचलनका १.९८ रहेको छ । २० प्रतिशतभन्दा माथि १०० प्रतिशतसम्म अङक ल्याउने ९४ प्रतिशत रहेको छ । प्रतिशतको आधारमा संस्थागत विद्यालयका विद्यार्थीहरूको कथा लेखन क्षमता उच्च रहेको छ । विद्यालय प्रकृतिकाआधारमा सामुदायिक विद्यालयका विद्यार्थीहरूको कथा लेखन क्षमतामध्यमान ६.१ छ भने मानक विचलनका २.०८ रहेको छ । २० प्रतिशतभन्दा माथि १०० प्रतिशतसम्म अङक ल्याउने ९० प्रतिशत रहेको छ । प्रतिशतका आधारमा सामुदायिक विद्यालयका विद्यार्थीहरूको कथा लेखन क्षमता राम्रै रहेको पाइन्छ । संस्थागत विद्यालयको प्रतिनिधि जनसङख्या ५० जनामध्ये ४८प्रतिशतको विद्यार्थीहरूको कथा लेखन क्षमता मध्यमानभन्दा तल रहेको छ भने ५२ प्रतिशत विद्यार्थीहरूको कथा लेखन क्षमता मध्यमानभन्दा माथि छ ।सामुदायिक विद्यालयका विद्यार्थीहरूको कथा लेखन क्षमता मध्यमानभन्दा तल सङख्या २६ र प्रतिशत ५२ छ भनमध्यमानभन्दा माथि सङख्या २४ र प्रतिशत ४८ रहेको छ ।
  • Item
    कक्षा छको हाम्रो नेपाली किताब र नयाँ नेपाली भाषा पाठयपुस्तक कक्षा छको तुलना
    (2016) प्रधान , कुमार; जीवनाथ सुवेदी
    कक्षा छको हाम्रो नेपाली किताब र नयाँ नेपाली भाषा पाठ्यपुस्तक कक्षा छको तुलना शीर्षको शोधपत्रमा भाषा पाठयपुस्तकको अध्ययन तथा विश्लेषण गर्दा अपनाइने सिद्धान्तकाका आधारमा हाम्रो नेपाली किताब कक्षा ६ र नयाँ नेपाली भाषा पाठयपुस्तक कक्षा ६ को तुलनात्मक अध्ययन तथा विश्लेषण गरी तिनीहरुबिच तुलनात्मक अध्ययन पनि गरिएको छ । यस शोधपत्रको उद्देश्य अन्तर्गत आन्तरिक र बाह्य विशेषताका आधारमा हाम्रो नेपाली किताब कक्षा ६ र नयाँ नेपाली भाषा पाठयपुस्तक कक्षा ६ को अध्ययन गर्नु, उक्त भाषा पाठयपुस्तकहरुमा रहेका सबल र दुर्बल पक्षहरु केलाउनु, उक्त भाषा पाठयपुस्तकमा रहेका कमी कमजोरीहरु पत्ता लगाउनु, दुबै भाषा पाठयपुस्तकबिच तुलनात्मक अध्ययन गरी निष्कर्ष र सुझाव दिनु रहेको छ । गुणात्मक विधिअन्तर्गत ग्रन्थ विश्लेषण विधि, पुस्तकालय विधि तथा तुलनात्मक विधिको प्रयोग गरी यो शोधकार्यलाई अन्तिम रूप दिइएको छ । तथ्याङकलाई तालिकीकरण समेत गरी स्पष्ट पार्ने प्रयास गरिएको छ । त्यसका साथै भाषा पाठयपुस्तकका विद्वान, बुद्धिजीवी, लेखक तथा सरोकारवालाहरुको परामर्शलाई पनि यस शोधकार्यको आधार मानिएको छ । भाषा पाठयपुस्तक निर्माण सिद्धान्तका आधारमा निर्धारित भाषा पाठयपुस्तकको तुलनात्मक विश्लेषण गरिएको यस अनुसन्धानबाट हाम्रो नेपाली किताब कक्षा ६ को केही विषयवस्त बालबालिकाको अनुभव र वातावरणीय क्षेत्रबाट लिइएको देखिदैन । उक्त सिद्धान्तका आधारमा विश्लेष्य पाठयपुस्तकहरुका बाह्य तथा आन्तरिक पक्षको विश्लेषण गरी निष्कर्ष निकालिएको छ । त्यस्तै नयाँ नेपाली भाषा पाठयपुस्तकमा पनि केही विषयवस्तु जटिल र बोझिला रहेपनि केही विषयवस्तु बालबालिकाको अनुभव, क्षेत्र र वातावरणबाट लिइएको छ । नयाँ नेपाली भाषा पाठयपुस्तक हाम्रो नेपाली किताबभन्दा बढी अभ्यासमलक हुनु, कार्यमूलक व्याकरण जस्तो व्याकरणको अभ्यास राखिनु, वर्तमान समयमा सान्दर्भिक शङखधर साख्वाँ र लुइपाश्चर जस्ता व्यक्तित्वको जीवनी पुस्तकामा राखिनु यस पुस्तकका सकारात्मक पक्षहरु देखिन्छन । हाम्रा नेपाली किताब कक्षा छका केही पाठहरु जस्तो हिमालजस्ता प्रबन्धहरुमा, विम्बात्मक, प्रतीकात्मक र आलङ्कारिक भाषाको प्रयोग भएको छ भने तुलनात्मक रूपमा नयाँ नेपाली भाषा पाठयपुस्तक कक्षा छमा प्रयोग भएका भाषा सरल प्रकृतिका रहेको छ । दुबै भाषा पाठयपुस्तकमा छपाइमा केही अस्पष्टता छ भने बँधाइमा धागोको प्रयोग गरिएको छैन । आकारका दृष्टिले दुबै भाषा पाठयपुस्तक समान जस्तै नै रहेका छन । मुखावरण पृष्ठ र अन्त्यावरण पृष्ट दुबै भाषा पाठयपुस्तकको उस्तै नै देखिन्छ । नयाँ नेपाली भाषा पाठयपुस्तकमा प्रयोग भएको कागज केही चिल्लो र सफा भए पनि पातलो कमसल प्रकृतिको देखिन्छ । समग्रमा दुवै भाषा पाठयपुस्तकहरु महत्तवपूर्ण र उपयोगी रहेका छन भने धेरै सबल पक्ष हुँदा हुँदै पनि केही दुर्बल पक्ष पनि रहेको निष्कर्ष निकालेर आवश्यक सुझावहरु दिइएको छ । हाम्रो नेपाली किताब कक्षा ६ भन्दा नयाँ नेपाली भाषा पाठयपुस्तक अभ्यासमूलक व्यवहारिक र भाषा शिक्षणका लागि बढी प्रयोगमूलक रहेको निष्कर्ष निकालिएको छ ।
  • Item
    आधारभूत तह कक्षा पाँचका विद्यार्थीले गर्ने भाषिक त्रुटि
    (2081) खड्का सरस्वती; सृजना देवी खड्का
    पस्तुत शाेधपत्र आधारभूत तह कक्षा पाँचका विद्यार्थीले गर्न भाषिक त्रुटि भन्ने शीषकमा तयार पारिएकाे छ । आधारभूत तह कक्षा पाँचका विद्याथीबाट शब्दाच्चारण र वर्णविन्यासमा हन त्रुटिहरूकाे अध्ययन गने र आधारभूत तह कक्षा पाँचका विद्याथीले गने वाक्य काटिगत एवम लख्य चिहन पयाेगगत त्रुटिहरूकाे अध्ययन–विश्लेषण गने गरी दुइ उद्देश्यमा केन्दित यस अध्ययनकाे लागि परिमाणात्मक अध्ययन ढाँचा, स्थलगत र पुस्तकालयी अध्ययन कार्य तथा वणनात्मक–तुलनात्मक विधि अवलम्बन गरिएका छ । ललितपुर र काठमाडाै‌ महानगरपालिकाभित्रका दुइ सामुदायिक र दुइ सस्थागत विद्यालयका ४८ जना छात्रछात्राका बिचमा लिखित र माखिक सिपसम्बद्ध विषयमा परीक्षण गरिएका छ । यसका लागि लिखित र माैखिक पश्नावलीसहितकाे मुल्याङकन फाराम तयार गरिएकाे छ । यसमा सामुदायिक र सस्थागत विद्यालयका समग नतिजाअन्तगत पुणाङक ७२०० मा माखिक भाषिक सिपतफ समग नतिजामा ५१८९ (७२ पतिशत) र लिखित सिपतफ समग नतिजामा ४०७३ (५६.५६ पतिशत) अङक पाप्त गरका छन । समगमा निधारित विद्याथीहरूल माैखिकका तुलनामा लिखित परीक्षामा कम (१५.४४ पतिशत) अङक हासिल गरका छन । विद्याथीहरूले गने त्रुटिमध्य माैखिकतफ शुद्ध उच्चारणगत, शव्दपहिचानगत, लय र पठनगत, चित्रवणनगत, सन्दात्तर, अनुभववणनगत, घटनावणनगत, असावधानी गरी जम्मा ८ क्षत्र तथा लिखिततफ वणविन्यासीय, काटिगत, लख्य चिहन पयागगत, माैलिक रचनागत, अनच्छदगठन र वाक्यगठनगत गरी जम्मा ६ क्षेत्रमा धरथार त्रुटि गरका छन । उनीहरूले लिखित भाषिक सिपका तुलनामा माैखिक भाषिक सिपमा कम त्रुटि गरकाे देखिन्छ । विद्याथील सुनाइ र पढाइ सिपमा भन्दा लखाइ सिपमा बढी त्रुटि गरका हनाल विद्याथीहरूलाइ लखाइ सिपमा बढी अभ्यासका खाचा देखिन्छ । नेपाली भाषा बालाइ र लखाइमा विद्याथीहरूल समग रूपमा पाप्त गरका नतिजाका तलना गदा लखाइ सिपमा थप पयास गनपन दखिन्छ । फरक मातभाषाबाट आएका निधारित कक्षाका विद्याथीहरूका बालाइमा सामान्य सुधार दखिए पनि लखाइमा व्यापक कमजारी रहकाे पस्ट देखिन्छ ।
  • Item
    आधारभूत तह कक्षा आठको विद्याथीहरूको उखानटुक्का पयोगक्षमता
    (2081) विष्ट, सुनिता; वासुदेव गौतम
    यो शोधपत्र आधारभूत तह कक्षा आठको विद्याथीहरूको उखानटुक्का प्रयोगक्षमता शीषकमा तयार पारिएको छ । यसमा निधारित विद्याथीहरूकाे विद्यालयकाे पकति, लैङगिक र भाषिक भिन्नताकाे दुष्टिले उखान टुक्का प्रयोगक्षमताकाे अध्ययन गरिएकाे छ । यसका लागि आधारभुत तह कक्षा आाठका विद्यार्थी हरूको लैङगिक र भाषिक भिन्नताका दुष्टिले उखान–टुक्का प्रयोग क्षमताको अध्ययन गर्नु र आधारभूत तह कक्षा आठकाे विद्यार्थीहरूको विद्यालयगत भिन्नताका दुष्टिले उखान–टुक्का प्रयोग क्षमताको अिध्ययन–वश्लेषण गर्नु गरी दुइ उद्देश्य निधारण गरिएका छन । यस अध्ययनमा परिमाणात्मक ढाँचा अवलम्बन गरिएका छ । यसमा पुस्तकालयीय एवम स्थलगत कायबाट पाथमिक र द्वितीयक सातसम्बद्ध सामगी सङकलन गरिएका छन । यसमा आधारभूत तह कक्षा आठकाे विद्याथीहरूकाे उखानटुक्का प्रयोग क्षमतासम्बन्धी शाेध अध्ययन गरिएकाे छ । प्रतिशतका आधारमा निधारित कक्षाका विद्याथीहरूका उखानटक्का पयाेगक्षमता मध्यम देखिएका छ । यसमा ९६ जना विद्याथीका मध्यमान ४८.४९ मानक विचलन १६.०२ रहका छ । यसअनसार मध्यमानभन्दा माथिका सङख्या (५३.७५) प्रतिशत र तलका सङख्या (५३) पतिशत कायम भएका छ । विद्यालयका पकृतिका आधारमा सामुदायिक विद्यालयकाे विद्याथीहरूका मध्यमान ४९.३३ र सस्थागत विद्यालयका विद्याथीहरूका मध्यमान ४५.७२ कायम भएका छ । लङगिक भिन्नताका आधारमा छात्रतफका मध्यमान ४६.५५ र छात्रातफका मध्यमान ४९.४२ कायम भएका छ । नपाली भाषी विद्याथीतफ मध्यमान ५१ पतिशत र नेपाली इतरभाषीका मध्यमान ४७.९१ पतिशत दखिएका छ । विद्याथीहरूकाे उखानटुक्का प्रयोग क्षमतालाइ हदा आधारभूत तह कक्षा आठकाे विद्याथीहरूकाे स्तर मध्यम देखिन्छ । समग नतिजाल विद्याथीहरू उखानटुक्काकाे प्रयोगमा कमजाेर र लापरवाह छन भन्ने देखाउछ । यस तथ्यबाट उनीहरूलाइृृ थप अभ्यास आवश्यक छ भन्न पुष्टि हन्छ ।
  • Item
    आधारभूत तह कक्षा चारमा अध्ययनरत विद्याथीहरूको पठनगति
    (2081) थापा, सरिता; हेरम्बराज बास्ताेला
    कक्षा चारमा अध्ययनरत विद्याथीहरूका पठनगति शीषकका पस्तत शाध अध्ययनका लागि सामदायिक तथा सस्थागत विद्यालयमा अध्ययनरत कक्षा चारका विद्याथीहरूका लङगिक, भाषिक र विद्यालयगत भिन्नताका आधारमा पठनगतिस्तरका तुलनात्मक अध्ययन गन तथा सामदायिक तथा सस्थागत विद्यालयमा अध्ययनरत कक्षा चारका विद्याथीहरूका अवधारणागत भिन्नताका आधारमा पठनगतिस्तरका तलनात्मक विश्लषण गन गरी दइ उद्दश्य निधारण गरिएका छन । यसमा गणात्मक ढाचा तथा पस्तकालयीय र स्थलगत अध्ययन पद्धति अवलम्बन गरिएका छन । यसका लागि काठमाडा जिल्लाका दइ सामदायिक विद्यालयबाट ८ र दइ सस्थागत विद्यालयबाट ८ गरी जम्मा १६ जना विद्याथीहरू र २ जना शिक्षकलाइ नमनाका रूपमा छनाट गरिएका छ । यसमा तथ्यहरूका सङकलनका लागि अन्तवाता, विद्याथीका पठनगति रकड र कक्षा अवलाकन पक्रिया अपनाइएका छ । लङगिक, भाषिक र विद्यालयगत भिन्नताका आधारमा गरिएका पस्तत शाध अध्ययनबाट पाप्त नतिजालाइ निम्न, मध्य र उच्च गरी निधारण गरिएका छ । छनाट गरिएका १६ जना विद्याथीमध्य १ जना विद्याथीका पठनगति स्तर उच्च रहका पाइया । उक्त छात्राल अतिरिक्त पाठयपस्तक पढन गरका साथ पढाइ सिपमा ध्यान दिन गरका पाइएका छ । १२ जना छात्रछात्राका पठनगति स्तर भन मध्यम रहका पाइएका छ । उक्त १२ जना विद्याथीहरू फरक फरक विद्यालयका भएका र पढाइ सिपमा ध्यान नदिएका पाइएका छ । यसका साथ अन्य ३ जना विद्याथीभन निम्न पठनगति स्तरमा रहका छ । उक्त विद्याथीहरू निम्न पठनगति स्तरमा हनाका कारण पढाइ सिपमा ध्यान नदिएका साथ अतिरिक्त पाठयपस्तक पढनमा ध्यान नदिएका पाइएका छ । सद्धान्तिक मान्यताअनसार कक्षा चारमा अध्ययन गन विद्याथीहरूका पतिमिनट पठनगति १०० दखि १४० सम्म हनपनमा यस अनसन्धानका नतिजाबाट पतिमिनट पठनगति २८ दखि १४० सम्म रहका दखिन्छ जन धरमा मल खाए पनि थारमा सिद्धान्ततः मल खादन । विद्याथीहरूका लङगिक भिन्नताका आधारमा छात्रका पठनगति स्तर ४८.५ पाइन्छ । त्यस्त छात्राका ७०.२५ दखिन्छ । यस आधारमा छात्रहरूभन्दा छात्राहरूका पठनगति स्तर उच्च रहका पष्टि हन्छ । यसगरी भाषिक भिन्नताका आधारमा नपाली भाषी छात्रछात्राका पठनगति स्तर ६१.५ पाइन्छ । त्यस्त नपाली इतरभाषीका छात्रछात्राका ५७.५ दखिन्छ । यसबाट नपाली इतरभाषी छात्रछात्राभन्दा नपाली भाषी छात्रछात्राहरूका पठनगति च स्तर सबल रहका पमाणित हन्छ । शिक्षक र विद्याथीका अवधारणागत दष्टिल कायम भएका पठनगति स्तरमा भिन्नता लङगिक आधारमा र समानता भाषिक आधारका पक्षहरु क्रमशः २१.७५ तथा ३.७५ दखिन्छन । शिक्षक–विद्याथीका अवधारणामा शब्द नचिन्न बालबालिकालाइ पढाइ सिपमा पगतितफ लजान र सस्वर वाचन गरी पढदा बझिन पठनगतिमा शिक्षक विद्याथीका धारणा समान रहका सङकत गदछ । पस्तत शाधपत्र लङगिक भिन्नताका आधारमा, भाषिक पष्ठभमिका आधारमा, सामदायिक र सस्थागत विद्यालयमा अध्ययन गन विद्याथीहरूका पठनगति र शिक्षकहरूका पठनगति सम्बन्धी धारणा समटी निष्कष निकालिएका छ । यस अध्ययनबाट विद्याथीहरूका पठनगति क्षमता सद्धान्तिक अवधारणा अनसार कमजार दखिन्छ । यस शाध अध्ययनबाट शिक्षकहरूलाइ भन विद्याथीहरूका क्षमता पहिचान गरी सिकाइमा सहजीकरण हन दखिन्छ । पठनगति अध्ययनबाट विद्याथीहरूमा पनि पठन सिप क्षमता अभिवद्धि हन दखिन्छ ।
  • Item
    व्यावहारिक लेखन शिक्षणमा नेपाली भाषा शिक्षकका शिक्षण काैशल
    (2024) भण्डारी, द्धारिकाप्रसाद ( Bhandari, Dharikaprasad ); राजेन्द्र खनाल
    प्रस्तुत शोधपत्र व्यावहारिक लखन शिक्षणमा नपाली भाषा शिक्षकका शिक्षण काशल शीषकमा आधारित रही तयार पारिएका छ । व्यावहारिक लखन शिक्षणमा नपाली भाषा शिक्षकका शिक्षण काशल र विद्यालयअन्तगत माध्यमिक तहमा अध्ययनरत विद्याथीहरूका लखन काशलका अध्ययन तथा विश्लषण गन अभिपायल यस शाधपत्रका उद्दश्य व्यावहारिक लखन शिक्षणका शिक्षण काशलका अवस्था पहिल्याउन, व्यावहारिक लखन शिक्षणका विशिष्ट काशलका विश्लषण गन, व्यावहारिक लखन शिक्षणका विशिष्ट काशलका पभाव निरूपण गन र व्यावहारिक लखन शिक्षणका सामान्य र विशिष्ट काशलका तलनात्मक विश्लषण गन रहका छन । नपालमा नपाली भाषा शिक्षण चनातीपण बनिरहका सन्दभमा नपाली भाषा शिक्षकका शिक्षण काशलका विकास, विस्तार तथा विद्याथीमा लखन काशलका विकास क कसरी गन सकिन्छ र व्यावहारिक लखन शिक्षणमा कसरी सधार ल्याउन सकिन्छ भत्रतफ पस्तत अध्ययन कन्दित रहका छ । गणात्मक अनसन्धान ढाचामा आधारित पस्तत अध्ययनमा कलाली जिल्लाका टीकापर नगरपालिकाभित्रका १, २, र ३ तथा जानकी गाउपालिकाभित्रका ३ र ६ वडामा रहका सामदायिक र सस्थागत गरी छआटा माध्यमिक तहका विद्यालयमा अध्यापन गन नपाली भाषा शिक्षक र अध्ययन गन विद्याथीहरूलाइ सहभागीका रूपमा लिइएका छ । छआटा विद्यालयमध्य तीनआटा सामदायिक र तिनआटा सस्थागत विद्यालयका नपाली भाषा शिक्षण गन नपाली भाषा शिक्षक र अध्ययन गन विद्याथीहरूलाइ पस्तत अध्ययनमा नमनाका रूपमा लिइएका छ । अनसन्धानमा तथ्य तथा सचना सङकलन गनका लागि व्यावहारिक लेखनसग सम्बन्धित विषयवस्त पस्तत गन बन्द पश्नावली निमाणका साथ शिक्षकका कक्षा अवलाकन गरिएका छ । नमना छनाटमा परका शिक्षक तथा विद्याथीलाइ उक्त पश्नावलीमा आवश्यक सचना लख्न र शिक्षकलाइ व्यावहारिक लखनसम्बन्धी पाठ अध्यापन गन लगाइ विषयगत रूपमा सचनाका सङकलन गरिएका छ । यसरी सङकलन गरिएका सचनालाइ सार विश्लषण र व्याख्यात्मक विधि (त्जझबतष्अ बलबथिकष्क mभतजयमक) द्वारा विश्लषण गरिएका छ । अनसन्धानका मख्य पाप्तिका रूपमा नपाली भाषा शिक्षकका शिक्षण काशलका विकासमा व्यावहारिक लखन शिक्षणल महŒवपण भमिका खलका पाइएका छ । यसलाइ अझ व्यावसायिक र उत्पादनमलक तरिकाल शिक्षण गर मानिसका दनिक तथा व्यावहारिक जीवनका विविध समस्या सजिल समाधान गन सकिन भत्र विषयमा सब सचकका विचारमा एकरूपकता रहका पाइएका छ । माध्यमिक तहका वतमान भाषा पाठयक्रममा समाविष्ट पाठहरू व्यावहारिक लखन कायकलापतफ उन्मख भएका छनन तर जति समावश भएका छन तिनल विशिष्ट लखन काशलका विकासमा जाड दिएका दखिन्छ । सामदायिक विद्यालयमा कायरत शिक्षक तालिम पाप्त भएकाल उनीहरूका शिक्षण काशलका साथ पसागत विकास सस्थागत विद्यालयका शिक्षकका भन्दा रामा रहका छ । व्यावहारिक लखन शिक्षणका शक्षणिक विधि तथा पक्रियाका सम्बन्धमा सामदायिक विद्यालयका शिक्षकभन्दा सस्थागत विद्यालयका शिक्षकमा शिक्षण विधिसम्बन्धी अस्पष्टता र शक्षणिक ज्ञान कम भएकाल कक्षाकाठामा हन शिक्षण सिकाइ कायकलापका साथ विद्याथीमा लखन काशलका विकास गन पभाव परका दखिन्छ । व्यावहारिक लखन पकतिका सम्बन्धमा सचकमा वचारिक समानता दखिए पनि पारिभाषिक दष्टिकाण भन फरक रहका दखिएका छ । छनाटमा परका छजना नपाली भाषा शिक्षकमध्य चारजना शिक्षकका व्यावहारिक लखनका पकति सम्बन्धमा स्पष्ट दष्टिकाण रहका छ भन दइजना शिक्षकमा स्पष्टता नभएका दखिएका छ । त्यस्त बाहजना विद्याथीमध्य सातजना विद्याथील आफ्ना लखन काशलका विकासमा सामान्य लखनल र चारजना विद्याथील विशिष्ट लखन काशलल र एकजना विद्याथील सामान्य र विशिष्ट नभइ अनलखन र निबन्ध लखनल लखाइ सिपका विकासमा महत्वपण सहयाग प¥याउन गरका विचार व्यक्त गरका छन । सामान्य लखनभित्र दनिक व्यावहार सञ्चालनमा सहयाग न चिठी, दनिकी, निवदन, विज्ञापन आदि लखन र विशिष्ट लखनमा मानिसका दनिक जीवनका खास पक्ष चिठी, निवदन, विज्ञापन, निमन्त्रणा, तमसक, माइन्यट, जाहरीपत्र, पतिवदन लखन आदिबार साझा दष्टिकाण रहका पाइएका छ । विद्यालयका पकतिका आधारमा व्यावहारिक लखन शिक्षणमा शिक्षण काशलसम्बन्धी सामदायिक र सस्थागत विद्यालयका शिक्षकमा मिश्रित पतिक्रिया रहका छ । सामदायिक विद्यालयका दइजना र सस्थागत विद्यालयका एकजना शिक्षकल सामान्य लखन काशल र सामदायिक विद्यालयका एकजना र सस्थागत विद्यालयका दइजना शिक्षकल विशिष्ट लखन काशलका महŒव शिक्षण सिकाइमा बढी रहका विचार पस्तत गरका छन । त्यस्त पकतिका आधारमा तिनजना शिक्षकल सामान्य लखन काशल र तिनजना शिक्षकल विशिष्ट लखन काशलल सहयाग प¥याएका बताएका छन । त्यस्त सातजना विद्याथील सामान्य लखन काशल र पाचजना विद्याथील विशिष्ट लखन काशल र एकजना विद्याथी सामान्य र विशिष्ट नभइ अनलखन र निबन्ध लखनल लखन काशलका विकास गर्न बताएका छन । व्यावहारिक लखन शिक्षणमा नपाली भाषा शिक्षकका शिक्षणीय काशलका विकास स्तरीय रूपमा भए कक्षा शिक्षण पभावकारी हनका साथ शिक्षकमा शिक्षण काशल सिप र विद्याथीमा लखन काशल सिपका विकास व्यावहारिक रूपल भएका मात्र सकिन्छ । छन तिनल विशिष्ट लखन काशलका विकासमा जाड दिएका दखिन्छ । सामदायिक विद्यालयमा कायरत शिक्षक तालिम पाप्त भएकाल उनीहरूका शिक्षण काशलका साथ पसागत विकास सस्थागत विद्यालयका शिक्षकका भन्दा रामा रहका छ । व्यावहारिक लखन शिक्षणका शक्षणिक विधि तथा पक्रियाका सम्बन्धमा सामदायिक विद्यालयका शिक्षकभन्दा सस्थागत विद्यालयका शिक्षकमा शिक्षण विधिसम्बन्धी अस्पष्टता र शक्षणिक ज्ञान कम भएकाल कक्षाकाठामा हन शिक्षण सिकाइ कायकलापका साथ विद्याथीमा लखन काशलका विकास गन पभाव परका दखिन्छ । व्यावहारिक लखन पकतिका सम्बन्धमा सचकमा वचारिक समानता दखिए पनि पारिभाषिक दष्टिकाण भन फरक रहका दखिएका छ । छनाटमा परका छजना नपाली भाषा शिक्षकमध्य चारजना शिक्षकका व्यावहारिक लखनका पकति सम्बन्धमा स्पष्ट दष्टिकाण रहका छ भन दइजना शिक्षकमा स्पष्टता नभएका दखिएका छ । त्यस्त बाहजना विद्याथीमध्य सातजना विद्याथील आफ्ना लखन काशलका विकासमा सामान्य लखनल र चारजना विद्याथील विशिष्ट लखन काशलल र एकजना विद्याथील सामान्य र विशिष्ट नभइ अनलखन र निबन्ध लखनल लखाइ सिपका विकासमा महŒवपण सहयाग प¥याउन गरका विचार व्यक्त गरका छन । सामान्य लखनभित्र दनिक व्यावहार सञ्चालनमा सहयाग पचिठी, दनिकी, निवदन, विज्ञापन आदि लखन र विशिष्ट लखनमा मानिसका दनिक जीवनका खास पक्ष चिठी, निवदन, विज्ञापन, निमन्त्रणा, तमसक, माइन्यट, जाहरीपत्र, पतिवदन लखन आदिबार साझा दष्टिकाण रहका पाइएका छ । विद्यालयका पकतिका आधारमा व्यावहारिक लखन शिक्षणमा शिक्षण काशलसम्बन्धी सामदायिक र सस्थागत विद्यालयका शिक्षकमा मिश्रित पतिक्रिया रहका छ । सामदायिक विद्यालयका दइजना र सस्थागत विद्यालयका एकजना शिक्षकल सामान्य लखन काशल र सामदायिक विद्यालयका एकजना र सस्थागत विद्यालयका दइजना शिक्षकल विशिष्ट लखन काशलका महत्त शिक्षण सिकाइमा बढी रहका विचार पस्तत गरका छन । त्यस्त सहभागीका पकतिका आधारमा तिनजना शिक्षकल सामान्य लखन काशल र तिनजना शिक्षकल विशिष्ट लखन काशलल सहयाग प¥याएका बताएका छन । त्यस्त सातजना विद्याथील सामान्य लखन काशल र पाचजना विद्याथील विशिष्ट लखन काशल र एकजना विद्याथी सामान्य र विशिष्ट नभइ अनलखन र निबन्ध लखनल लखन काशलका विकास गनगरका बताएका छन । व्यावहारिक लखन शिक्षणमा नपाली भाषा शिक्षकका शिक्षणीय काशलका विकास स्तरीय रूपमा भए कक्षा शिक्षण पभावकारी हनका साथ शिक्षकमा शिक्षण काशल सिप र विद्याथीमा लखन काशल सिपका विकास व्यावहारिक रूपल भएका मात्र सकिन्छ ।
  • Item
    कक्षा सातमा अध्ययनरत विदयार्थीहरुको पठन बोध क्षमताको अध्ययन
    (2015) भण्डारीऽ टीकादेवी; तेजप्रसाद खनाल
    शोधशीर्षक कक्षा सातमा अध्ययनरत विदयार्थीहरुको पठन बोध क्षमताको अध्ययन शोधाथी टीकादेवी भण्डारी शोध निर्देशक ः स.प्रा. तेजप्रसाद खनाल विभाग÷क्याम्पस त्रिभुवन विश्वविदयालय, शिक्षाशास्त्र संकाय, श्री कनकाई बहुमुखी क्याम्पस, सुरुङगा, झापा शैक्षिक वर्ष २०६६ पृष्ठसङख्या ः ५७+२० शोधको उददेश्य क) कक्षा सातमा अध्ययनरत विदयार्थीहरुको पठन बोध क्षमता पहिल्याउनु । ख) उक्त विदयाथीहरुको भाषिक पृष्ठभूमि, लैङ्गिकता, विदयालयको पकृति आधारमा पठन बोध क्षमताको पहिचान गर्नु । ग) उक्त समूहबिच पठन बोध क्षमताको तुलनात्मक विश्लेषण गर्नु । घ) उक्त विदयाथीहरुको दष्टांश र अदृष्टांश पाठय उदधरणका बीच पठन बोध क्षमताको तुलनात्मक स्थिति पहिचान गर्नु । शोधको सीमा क) प्रस्तुत अध्ययनको तथ्याङ्क झापा जिल्लाका तिन सरकारी र तिन निजी विद्यालयका कक्षा सातमा अध्ययनरत विदयाथीहरुवाट मात्र लिइएको छ । ख) प्रत्येक विदयालयका १५÷१५ जना गरी जम्मा ९० जना विदयार्थीको अध्ययनमा सीमित गरिएको छ । ग) छनोट गदा ४६ छात्रा र ४४ छात्र, नेपाली मातृभाषी ५२, नेपाली विमातृभाषी ३८ जनालाई लिइएको छ । शोधपक्रिया प्राथमिक र द्वितीयक स्रोतबाट संकलित सामग्रीहरुका आधारमा विदयाथीहरुको परीक्षण गरी उनीहरुले पाप्त गरेको पाप्ताङकलाई तालिकामा देखाइएको छ । विदयालयको प्रकृति भाषिक पृष्ठभूमि लिङगको आधारमा छुटटाछुटट तालिका बनाइ प्राप्ताङकको व्याख्या विश्लेषण तथा तुलनात्मक विश्लेषण गरिएको छ । शोधको अन्त्यमा निष्कर्ष निकालिएको छ र निष्कर्षकै आधारमा सुझाबहरु पस्तुत गरी शोधपक्रिया समापन गरिएको छ । निष्कर्ष प्रस्तुत अध्ययनका लागि नमुना छनोटमा परेका विदयालयहरुबाट १५÷१५ जनाका दरले जम्मा ९० जना विदयाथीहरुलाई समावेश गरी उनीहरुबाट प्राप्त तथ्यहरुको व्याख्या विश्लेषणका आधारमा निष्कर्ष र सुझाबहरु पस्तुत गरी शोधकार्य सम्पन्न गरिएको छ ।
  • Item
    तामाङ भाषा र नेपाली भाषाको व्यतिरेकी अध्ययन
    (2015) तामाङ, रश्मिता; मदनराज बराल
    प्रस्तुत अध्ययनको शीर्षक तामाङ भाषा र नेपाली भाषाको व्यतिरेकी अध्ययन रहेको छ । यस अध्ययनको उद्देश्य तामाङ र नेपाली भाषाको परिचय र वर्गीकरण गर्नु, व्याकरणिक कोटिका आधारमा तामाङ र नेपाली भाषाका बीचमा रहेका समानता र असमानता पत्ता लगाउनु र तामाङ मातृभाषी वक्ताले नेपाली भाषा दोस्रो भाषाका रूपमा सिक्दा गर्ने सम्भाव्य त्रुटिहरू पत्ता लगाउनु रहेको छ । यस अध्ययनमा क्षेत्रअध्ययन विधि, शोधपुछ विधि, छलफल विधि र पुस्तकालयीय अध्ययन विधिमार्फत सूचना सङकलन गरिएको छ । यसका लागि तामाङ भाषा सम्बन्धी प्रश्नावली फारमहरू तयार पारी सुनसरी जिल्ला अन्तर्गत इटहरी उप–महानगरपालिका वार्ड न. २, ३, ४ र २४ का तीस जना तामाङ मातृभाषी वक्ताहरूलाई नमना छनोट गरी प्राप्त जानकारी तथा प्रतिक्रियाको आधारमा व्याख्या विश्लेषण गरिएको छ । यसरी विष्लेषण गर्दा लिङगको आधारमा व्यतिरेकी अध्ययन गर्दा तामाङ भाषामा क्रियापद परिवर्तन नहुने तर नेपाली भाषामा क्रियापद परिवर्तन हुन्छ । त्यसैगरी वचनका आधारमा व्यतिरेकी अध्ययन गर्दा तामाङ भाषामा कर्ता र क्रियापद, विश्लेषण र विशेष्य, भेदक र भेद्यलाई वचनले प्रभाव नपारेको तर नेपाली भाषामा भने पूर्ण रूपमा प्रभाव पारेको पाइन्छ । पुरूषका आधारमा व्यतिरेकी अध्ययन गर्दा तामाङ भाषामा कर्ता र क्रियापदलाई प्रभाव नपारेका तर नेपाली भाषामा चाहिँ पुरूषले प्रभाव पारेको देखिन्छ । त्यसैगरी कालका आधारमा व्यतिरेकी अध्ययन गर्दा तामाङ भाषामा कालगत सङगति रहेको देखिदैन भने नेपाली भाषामा कालगत सङगति रहेको देखिन्छ । पक्षका आधारमा व्यतिरेकी अध्ययन गर्दा तामाङ र नेपाली दुवै भाषामा कालको पक्षगत भिन्नता रहेको पाइन्छ । भावका आधारमा व्यतिरेकी अध्ययन गर्दा तामाङ र नेपाली दुवै भाषामा भावको भिन्नता रहेको पाइन्छ । आदरका आधारमा व्यतिरेकी अध्ययन गर्दा तामाङ र नेपाली भाषामा सम्मान तथा आदरमा पूर्णरूपमा भिन्नता पाइन्छ । त्यस्तैगरी अन्त्यमा ध्रुवीयताका आधारमा व्यतिरेकी अध्ययन गर्दा तामाङ र नेपाली भाषामा ध्रुवीयताको भिन्नता रहेको यस अध्ययनमा देखिएको छ
  • Item
    कक्षा आठमा अध्ययनरत विद्यार्थीहरुको बुँदाटिपोट क्षमता
    (2016) तामाङ, खड्गबहादुर; तेजप्रसाद खनाल
    कक्षा आठमा अध्ययनरत विद् यार्थीको बुँदाटिपोट क्षमता शीर्षकको प्रस्तुत शाधको उददेश्य कक्षा आठमा अध्ययनरत मातृभाषी र दोस्रोभाषी, छात्र र छात्रा तथा सामुदायिक र संस्थागत विदयालयका विदयाथीहरूको बुँदाटिपोट क्षमताको स्थिति पत्ता लगाउनु रहेको छ । प्रस्तुत अध्ययनका लागि झापा जिल्लाका सामुदायिक तथा संस्थागत विदयालयहरूमा कक्षा आठमा अध्ययन गर्ने सम्पूर्ण विदयाथीहरूलाई पूर्ण जनसङख्या रूपमा लिई शनिश्चरे स्रोतकेन्द्रमा पर्ने ३ वटा सामुदायिक र ३ वटा संस्थागत विदयालयमा कक्षा आठमा अध्ययनरत प्रत्येक विदयालयबाट १२ जनाका दरले जम्मा ७२ जना विदयाथीहरूलाई नमुना रूपमा लिइएको छ । प्रस्तुत अध्ययनमा प्राथमिक र दवितीय स्रोतका तथ्याङकको प्रयोग गरिएको छ । अभिलेख अध्ययन, प्रश्नावली, प्रयोगात्मक अभ्यास, प्रत्यक्ष अवलोकन जस्ता अनुसन्धानका साधनहरू उपयोग गरिएको प्रस्तुत शोधमा मिश्रित विधिबाट तथ्याङकको व्याख्या विश्लेषण गरी निष्कर्ष निकालिएको छ । निष्कर्षकै आधारमा सुझावहरू प्रस्तुत गरी शोध प्रक्रिया समापन गरिएको छ । सामुदायिक तथा संस्थागत विदयालयका विदयाथीहरूको बुँदाटिपोट क्षमताको तुलनात्मक अध्ययनका साथै छात्र र छात्रा तथा नेपाली मातृभाषी र नेपाली दोस्रोभाषी विदयाथीहरूको समेत बुँदाटिपोट क्षमताको अध्ययन गरी विश्लेषण गरिएका छ । प्राप्त निष्कर्ष अनुसार सामुदायिक विदयालयका विदयाथीहरूको तुलनामा संस्थागत विदयालयका विदयाथीहरूको बुँदाटिपोट क्षमता राम्रो, छात्राको तुलनामा छात्रको बुँदाटिपाट क्षमता राम्रो र नेपाली दोस्रोभाषी विदयार्थीको तुलनामा नेपाली मातृभाषी विदयार्थीको बुँदाटिपोट क्षमता राम्रो पाइएको छ ।
  • Item
    कक्षा नौको नेपाली पाठयपुस्तकको समाजसापेक्ष अध्ययन
    (2081) खड्का सन्ताेषी; दावा शेर्पा
    कक्षा नौ को नेपाली पाठ्य पुस्तकको समाजसापेक्ष अध्ययन विषयक पस्तत शाध अध्ययनलाइ कक्षा नौ को नेपाली पाठ्य पुस्तक (२०७९) लाई लिङ्ग, उमेर, पेसा, जातजाति र धर्म संस्कृतिकाे दृष्टिले समाजसापेक्ष अध्ययन गनु तथा कक्षा नौ को नेपाली पाठ्य पुस्तकलाई वर्ग , भूगोल, विज्ञान प्रविधि र लोकतान्त्रिक मूल्य मान्यताकाे दृष्टिले समाजसापेक्ष विश्लेषण गर्नु गरी दुई उद्दश्यमा आधारित रहर परा गरिएका छ । पस्तत शाेधकार्य लाई व्यवस्थित, वस्तुपुरक र वैज्ञानिक ढङगले अगाडि बढाउन र अपक्षित उद्देश्यहरू हासिल गन गणात्मक ढाचाभित्र वणनात्मक विधि पयाेग गरिएका छ । शाेधपत्रमा पहिला उद्देश्यअन्तगत कक्षा नौकाे नेपाली पाठयपुस्तकमा पस्तत समाजका लिङग, उमर, पसा, जातजाति, धमसस्कति र वग तथा दासा उद्दश्यअन्तगत भगाल, विज्ञानपविधि र लाकतान्त्रिक मल्यमान्यताका क्रमशः अध्ययन गरिएका छ । यसका लागि छनाट गरिएका नमना पाठयपुस्तकमा पहाड, तराई, हिमाल, उपत्यकाे, अन्तराष्टिय र विविध परिवशका चित्रण गरी सामाजिक सन्तल कायम गरिएका छ । विज्ञानपविधिका पयाेग र लाेकतान्त्रिक मुल्यमान्यताकाे आधारमा पनि पाठयपुस्तक समाजसापेक्ष देखिएकाे छ । समसामयिक चिन्तनकाे दृष्टिले पाठयपुस्तकलाई समयसापेक्ष तुल्याइएकाे छ । निम्न वगीय समाजका दष्टिकाेण, गरिबीकाे पीडा र वर्तमान समयमा विदसिएर त्यहाकाे सखसयल र माजमस्तीमा डबपछि मातृभुमि र आमाबुबालाई बिसिन पवत्ति आदि समस्याहरू खडा गरी तिनका समाधानाथ चेतनामुलक सन्देश दिएर पाठयपुस्तकलाई समाजसापेक्ष बनाइएकाे छ । विधागत सन्तुलनकाे दृष्टिले पुराना पाठयपुस्तक र नँया पाठयपुस्तक समान देखिएका छन तर पुराना पाठयपुस्तकभन्दा नँया पाठयपुस्तक वर्तमान समयकाे समस्या, समाजमा विद्यमान गरिबी र पचलित समावशी मालिक सस्कतिलाइ उजागर गन करामा अगाडि देखिएकाे छ । या तलनात्मक ढङगल व्यावहारिक, समसामयिक, विद्याथीपुरक, शिक्षण सिकाइमत्री र सामाजिक दखिएका छ । पस्तत पाठयपुस्ककाे लिङग, उमेर, पर्सा, जात, जाति, धर्मसस्कति, वर्ग, भुगाेल, विज्ञान पविधि र लाेकतान्त्रिक मुल्यमान्यताकाे आधारमा अध्ययन गरी निष्कष निकालिएका छ । अध्ययनबाट पाठयपुस्तककाे विभिन्न विधाकाे् पाठबाट अपक्षित सामाजिक सन्तुलन झल्केकाे देखिन्छ । निधारित पाठयपुस्तकमा केटाकेटी र वृद्धलाइ बुझाउन नाम र वाक्यगत पसङगमा कमी दखिन्छ । युवा तथा वयस्ककाे क्रियाकलापसम्बद्ध पसङग पशस्त देखिन्छन । उमरगत आधारमा पाठयपुस्तक सन्तुलित दखिन्छ । यसमा कन पनि जातिगत विभदसमत दखिदन । यसल निम्न, मध्यम र उच्च वर्गलाइ समटका छ । यसमा वगीय विभद झल्किदन । मालिक सस्कति र पहिचानलाइ उत्कृष्ट तरिकाले पस्तृत गर्न सककालया समाजसापेक्ष दृष्टिले उत्कृष्ट देखिन्छ ।
  • Item
    राजेश्वरी खण्डकाव्यको संसक्तिपरक अध्ययन
    (2082) रावल, कमलबहादुर; केशव भुसाल
    Available in Fulltext
  • Item
    कक्षा नौको नेपाली पाठ्यपुस्तकमा समाविष्ट गद्य विधाका पाठको पठनशीलता
    (2081) बुढा, वीरेन्द्रकुमार; रमेशप्रसाद भट्टराई
    Available with full text.
  • Item
    मोदिआइन’ उपन्यासको लैङगिक अध्ययन
    (2016) अधिकारी, धर्मप्रसाद; सेरबहादुर बाँनिया
    प्रस्तुत शोधका शीर्षक ‘मोदीआइन उपन्यासका लैङ्गिक अध्ययन’ रहेको छ । यस अनुसन्धानमा जनसङ्ख्या तथा नमुनाका रूपमा साहित्यकार विश्वेश्वरप्रसाद कोइरालाद्वारा लिखित ‘मोदिआइन’ उपन्यासलाई लिइएको छ । प्रस्तुत उपन्यासमा लैङ्गिक प्रयोगको अवस्थाको वर्णन गर्दै लैङ्गिक दृष्टिले उपन्यासमा प्रयुक्त भाषाको विश्लेषण तथा मल्याङ्कन गरिएको छ । प्रस्तुत शोधकार्यका प्रमुख उद्देश्य ‘मोदिआइन’ उपन्यासको लैङ्गिक पक्षको समग्र अध्ययन र विश्लेषण गर्नु रहेको छ । उक्त उद्देश्यमा केन्द्रित भएर लैङ्गिक पक्षको विश्लेषण अन्तर्गत लैङ्गिक अवस्था पत्ता लगाउने, उपन्यासमा समाविष्ट महिला र पुरुषको लैङ्गिक भूमिका (उत्पादनमूलक, अनुत्पादनमूलक, सामुदायिक राजनीतिक) को चित्रण गर्नु, विचारपरक, चरित्रपरक र भाषापरक अध्ययन गर्नु, लैङ्गिक चेतनाको विश्लेषण गर्नु र उपन्यासमा निर्दिष्ट पक्षहरूको लेखाजोखा गरी निष्कर्ष एवम् सुझाव प्रस्तुत गरिएको छ । यस शोधमा मूल रूपमा सामग्री सङ्कलन गदा पुस्तकालयीय विधि तथा अध्ययन विश्लेषणमा वर्णनात्मक विधिको प्रयोग गरिएको छ । यस क्रममा साझा प्रकाशनद्वारा मुद्रित साहित्यकार विश्वेश्वरप्रसाद कोइरालाको ‘मोदिआइन’ उपन्यासलाई प्राथमिक स्रोत र लैङ्गिक विषयसँग सम्बन्धित पाठयपुस्तहरू, शोधप्रतिवेदन, पत्रपत्रिकामा प्रकाशित लख रचना, शोध निर्देशकको निर्देशन आदिलाई द्वितीय स्रोतको रूपमा लिइएको छ । हाम्रो पुरुष प्रधान नेपाली समाजमा नारीका आवश्यकता र चाहनालाई कुनै पनि मूल्य नदिई कुण्ठित पारिएको हुन्छ । नारीहरूमाथि हुने गरेको शोषण र दमनलाई सहेर नबसी आफ्नो अस्तित्व रक्षाका लागि सघर्षरत रहनु पर्ने लैङ्गिक चेतना ‘मोदिआइन’ उपन्यासमा उठान भएको पाइन्छ । तसर्थ यस अनुसन्धानले ‘मोदिआइन’ उपन्यासमा रहेको लैङ्गिक समानता, समता, महिला सशक्तीकरण जस्ता पक्षहरूको जानकारी प्रदान गरेकोले लैङ्गिकता सम्बन्धी औपचारिक कार्यक्रम, लैङ्गिक समानताका लागि नारी आवाजहरू बुलन्द गर्न, भावी अनुसन्धान गर्न र शिक्षण सिकाइ कार्यमा समेत सीमित मात्रामा भए पनि यो अध्ययन उपयोगी बन्न सफल हुने अपेक्षा राखिएको छ ।
  • Item
    कक्षा ९ र १० का नेपाली पाठ्यपुस्तकमा समावेशिता
    (2079) Rai, Ramkumar राई, रामकुमार; ईश्वर कुमार श्रेष्ठ
    Not availabe.
  • Item
    स्नातक तहका विद्यार्थीको संसक्ति पहिचान र प्रयोग
    (2082) सोडारी, सुजन; राजेन्द्र खनाल
    प्रस्तुत अनुसन्धान स्नातक तहका विद्यार्थीको संसक्ति पहिचान र प्रयोगमा आधारित छ । विद्यार्थीमा संसक्तिप्रतिको बुझाइ र व्यावहारिक सामथ्र्यबिचमा रहेको रिक्तता निरूपण गर्नु अनुसन्धानको केन्द्रीय समस्या हो । यस अध्ययनको मख्य उद्देश्य स्नातक तह दोस्रो वर्षका विद्यार्थीमा रहेको साङकथनिक संरचनाको ज्ञान र बाधको पहिचान गर्नु रहेको छ । विद्यार्थीमा रहेको व्याकरणिक र कोशीय संसक्ति पहिचान र प्रयोग क्षमताको तुलना गर्नु अध्ययनको अर्को उद्देश्य रहेको छ । प्रस्तुत अध्ययन काठमाडौ उपत्यकाभित्रका चारओटा क्याम्पसमा अध्ययनरत स्नातक तह, दोस्रो वर्षका २०२ जना विद्याथीका प्रतिक्रियामा आधारित छ । यसमा ह्यालिडे र हसन (१९७६) को संसक्ति सिद्धान्तद्वारा प्रस्तावित व्याकरणिक ससक्तिका छ र कोशीय संसक्तिका पाँच प्रकारहरूमा मात्र परिसीमित गरिएको छ । यस अनुसन्धानमा प्रत्यक्षवादी दार्शनिक आधारको अवलम्बन गरिएको छ । संसक्तिलाई साङख्यिकीय रूपमा मापन गर्न सकिने वस्तुगत यथार्थका रूपमा ग्रहण गरिएकाले यसको तŒवमीमांसा वस्तवादी र यथार्थपरक रहेको छ । ज्ञानमीमांसाका दृष्टिले निगमनात्मक पद्धितको प्रयोग गरी संरचित प्रश्नावली र क्षमता परीक्षण साधनकाबाट तथ्याङक सङकलन गरी संसक्तिसम्बन्धी ज्ञान पहिचान गरिएको छ । त्यसैगरी मूल्यमीमांसाअन्तर्गत अनुसन्धान प्रक्रियालाई अध्येताको व्यक्तिगत पूर्वाग्रहबाट मक्त राखी तटस्थ एवम मूल्यमुक्त पद्धतिको प्रयोग गरिएको छ । प्रस्तुत शोधप्रबन्ध परिमाणात्मक अनुसन्धान ढाँचाअन्तर्गत विवरणात्मक र तुलनात्मक ढाँचामा आधारित छ । काठमाडौ उपत्यकाका स्नातक तह, दोस्रो वर्षमा अध्ययनरत ६३४ जना विद्याथीबाट चारओटा क्याम्पसमा (दुई आङगिक र दुई सामुदायिक) सरल यादृच्छिक नमना छनोट प्रक्रियामार्फत २०२ जना विद्यार्थीलाइ सहभागी गराइएको छ । तथ्याङक सङकलनका लागि प्राथमिक स्रोतका रूपमा लिकर्ट स्केलमा आधारित संरचित प्रश्नावली र संसक्ति पहिचान प्रयोग क्षमता परीक्षण गर्न संरचित पश्नावली साधनका प्रयोग गरिएको छ । द्वितीयक स्रोतका रूपमा सङकथन विश्लेषणसँग सम्बन्धित शोधकार्य, पुस्तक, लेखरचना र पाठयक्रमको सहयोग लिइएको छ । सङकलित तथ्याङकहरूको विश्लेषण औसत, मानक विचलन, प्रतिशत र टी परीक्षण विधिद्वारा साङख्यिकीय विश्लेषण गरिएको छ । अनुसन्धानका मुख्य प्राप्तिका रूपमा विद्यार्थीमा संसक्तिसम्बन्धी सैद्धान्तिक ज्ञानको बुझाइ ८० प्रतिशत देखिएको छ । संसक्तिका व्यावहारिक पहिचान र प्रयोग क्षमता भने मध्यम स्तर (औसत २.९ देखि ३.२ सम्म) को रहेको पाइयो । व्याकरणिक ससक्तिअन्तर्गत सर्वनाम र संयोजकको पहिचान र प्रयोगमा विद्यार्थी राम्रा देखिए भने कालिक र स्थानिक संसक्तिका पहिचान र प्रयोगमा मध्यम स्तर देखियो । लोप, प्रतिस्थापन जस्ता सूक्ष्म साङकथनिक संरचनाको पहिचान र प्रयोगमा तुलनात्मक रूपमा कमजोर देखिएका छन । कोशीय संसक्तिमा पुनरावृत्ति, पर्यायवाची, विपरीतार्थी र समावेशात्मक ससक्तिको ज्ञान राम्रो देखिए तापनि सन्निधानका पहिचानमा विद्यार्थीमा अन्योल वा कमजोर पाइयो । चरहरूको तुलनात्मक विश्लेषण गर्दा संस्थाको प्रकृति, विषयगत र लैङगिकताका आधारमा संसक्ति पहिचान र प्रयोग क्षमतामा सार्थक भिन्नता नरहेको पाइयो । भाषिक पृष्ठभूमि र विद्यालय तहको शिक्षाको माध्यम भाषाका आधारमा विद्यार्थीको क्षमतामा सार्थक भिन्नता पाइएको छ । यसमा अन्य मातृभाषी र संस्थागत विद्यालय तहको शिक्षाको माध्यम भाषा पृष्ठभूमि भएका विद्यार्थीको स्तर उच्च देखिएको छ । प्रस्तुत अध्ययनबाट संस्थाको प्रकृतिका कारण विद्यार्थीको संसक्ति पहिचान र प्रयोग क्षमतामा सार्थक भिन्नता हुँदैन । यसै गरी मूल विषय नेपाली र मूल विषय अन्य अध्ययन गर्ने विद्यार्थीको संसक्ति पहिचान प्रयोग क्षमतामा पनि सार्थक भिन्नता हुँदैन । अध्ययनले लैङगिकताका कारण विद्यार्थीको संसक्ति पहिचान र प्रयोग क्षमतामा फरक पर्दैन तर भाषिक पृष्ठभूमिका आधारमा नेपाली मातृभाषी र अन्य मातृभाषी विद्याथीबिच तथा विद्यालय तहको शिक्षा सामुदायिक र संस्थागत विद्यालयबाट आर्जन गरेका विद्यार्थीको संसक्ति पहिचान र प्रयोग क्षमतामा भने स्पष्ट र सार्थक भिन्नता हन्छ भन्ने निष्कर्ष प्राप्त भएको छ । विद्यार्थीको प्राज्ञिक लेखनलाई स्तरीय र तार्किक बनाउन पाठयक्रममा संसक्तिका सूक्ष्म पक्षहरूको सचेत शिक्षण र प्रयोगात्मक अभ्यास गराउनु अपरिहार्य देखिन्छ । यस अध्ययनको उपयोगिता पाठयक्रम निमाणमा सङकथन व्याकरण समावेश गर्न, शिक्षकहरूलाई प्रयोगात्मक शिक्षण पद्धति अपनाउन र आगामी शोधार्थीहरूलाई सङकथन विश्लेषणको क्षेत्रमा थप अनुसन्धान गर्नका लागि नीतिगत एवम व्यावहारिक आधार प्रदान गर्ने सन्दर्भमा महत्वपूर्ण रहेको छ ।
  • Item
    कपिलवस्तु जिल्लामा बाेलिने थारु भाषा र नेपाली भाषाकाे व्याकरणात्मक काेटीका आधारमा व्यतिरेकी अध्ययन
    (2009) अधिकारी, प्रकाश ( Adhikari, Prakash); भाेजराज ढुङ्गेल
    शाधशीषक ; कपिलवस्तमा जिल्लामा बालिन थारू भाषा र नपाली भाषाका व्याकरणात्मक काटिका आधारमा व्यतिरकी अध्ययन शाधाथी ; पकाश अधिकारी शाधनिदशक ; पा. भाजराज ढङगल विभाग÷क्याम्पस ; नपाली भाषा शिक्षा विभाग, विश्वविद्यालय क्याम्पस, त्रि.वि., कीतिपर । शक्षिक वष ; २०६३–०६५ पष्ठ सङख्या ; ८५+११ जम्मा परिच्छद ; पाच शाध पक्रिया पस्तत अध्ययन कपिलवस्त जिल्लाअन्तगत (शिवपर, शिवगढी, गगाली र वीरपर) चार वटा गा.वि.समा बालिन थारू भाषालाइ कन्दित गरी अध्ययन गरिएका छ । सामगी सङकलनका लागि उक्त क्षत्रका थारू भाषी मल वक्ताहरूलाइ आधार बनाइएका छ । यसरी सङकलित सामगीलाइ शद्धता र विश्वसनीयताका लागि उक्त क्षत्रका अन्य थारू भाषी वक्ताहरूबाट रुज गराइएका छ । सङकलित सामगीलाइ नपाली भाषाका सापक्षतामा व्यतिरकी अध्ययन गरिएका छ । शाध निष्कष थारू भाषा नपालमा बालिन नपाली, मथिली र भाजपरी पछि चाथा स्थानमा बालिन भाषा हा । थारू भाषा नपालका एक वटा जिल्लामा पथम, पाच वटा जिल्लामा द्वितीय र ना वटा जिल्लामा ततीय स्थानमा पदछ । थारू र नपाली दब भाषामा दइ पकारका लिङग र वचन पाइन्छ । परुषका आधारमा दब भाषामा पथम, द्वितीय र ततीय परुषका पयाग गरिन्छ । आदरका आधारमा नपाली भाषामा आदरका पाच तह दखापर तापनि थारू भाषामा मख्यतः दइ वटा तह रहका पाइन्छ । थारू र नपाली दब भाषामा सात वटा विभक्तिका पयाग भएका पाइन्छ । थारू नपाली दब भाषामा कालका समान स्थिति रहका छ भन थारू भाषामा चार वटा पक्ष र नपाली भाषामा पाच वटा पक्ष रहका छन । दब भाषामा सामान्याथक, विध्यथक र अनिश्चयाथक भावका पयाग भएका पाइन्छ । वाच्यका आधारमा दब भाषामा तीन वट वाच्यका पयाग भएका पाइन्छ । थारू र नपाली दब भाषामा करण, अकरण र परणाथक वाक्यका पयाग भएका पाइन्छ ।
  • Item
    नेपाली र सन्थाल भाषाका ब्याकरण काेटीहरुकाे तुलना
    (2015) दाहाल, कृष्णप्रसाद ( Dahal, Krishna Prasad); विष्णुप्रसाद काेइराला
    नेपाली र सन्थाली भाषाका व्याकरणिक कोटिहरुको तुलनात्मक अध्ययन शोधको उद्देश्य शोधको उद्देश्य शोधको उद्देश्य शोधको उद्देश्य प्रस्तुत शोधपत्र त्रि.वि.वि. शिक्षा शास्त्र संकाय नोपली भाषा शिक्षा विभाग एम.एड (नेपा शि ५९८) पाठ्यांशको पयोजनका लागि तयार पारिएको हो । तथापि समग्रमा यस शोधकार्यको उद्देश्य निम्नानुसार रहका छन् । क) सन्थाली भाषको परिचय दिनु । ख) सन्थाली भाषाका व्याकरणिक कोटिहरुको परिचय दिनु । ग) सन्थाली व्याकरणिक कोटिहरुलाई नेपाली सँग तुलना गर्नु र समानता तथा भिन्नता केलाउनु । शोध प्रक्रिया वा अध्ययन विधिशोध प्रक्रिया वा अध्ययन विधिशोध प्रक्रिया वा अध्ययन विधिशोध प्रक्रिया वा अध्ययन विधि यो शोध अध्ययनमा सन्थाली भाषा लिपि र व्याकरणको सामान्य परिचय दिइएको छ । यस अध्क्ययनमा अध्ययन गर्नु पर्ने व्याकरणिक कोटिहरु (बचन, पुरुष, लिङ्ग, आदर, काल, पक्ष, भाव र वाच्य) का आधारमा नेपाली सँग तुलना गर्न पुस्तकालयीय ढाँचामा यो अध्ययन पुरा गरिएको छ । यसै गरी यो शोध अध्ययनका लागि प्राथमिक श्रोत र द्वितीय श्रोतलाई नै समावेश गरिएको छ अन्तर्वार्ता यस अध्ययनका लागि सन्थाली भाषाका ज्ञाता वा विज्ञहरु सँग प्रश्नावली बनाई अन्तर्वार्ता लिइएको छ । छलफल यस शोध अध्ययनको लागि सन्थाली भाषाका ज्ञाताहरु सँग बसेर छलफल गरिएको छ । शोधकर्ताले सन्थाली जाति र भाषा सम्बन्धि लेखिएका पुस्तक, पत्रपत्रिका, शोधकार्य सङकलन गरिएको छ । निष्कर्ष निष्कर्ष निष्कर्ष निष्कर्ष सन्थाल जाति हडप्पा सभ्यता (हिहिडि पिपिडि) बाट विकसित हुँदै आएका होड जाति भन्दछन भने भारतको झारखण्डमा मुल थलो भएका र ओल चिकि लिपिको आग्नेली भाषा परिवार भित्रको सन्थाली भाषा बोल्छन् । आफ्नो छुट्टै भाषा, धर्म, संस्कृति र परम्परा भएको तर नेपालमा भने लोपोन्मुख अवस्थामा रहेका छन् । व्यञ्जन वर्णका अक्षरमा सबैमा अगाडी स्वरवर्ण जाडिएका मात्र रहन्छन् । जसमा छ वटा स्वर वर्ण र चौबिस वटा मात्र व्यञ्जन वर्ण छन् । व्याकरणिक कोटिहरुमा तुलना गर्दा नेपाली भाषामा एक बचन र बहुबचन हुन्छ भने सन्थाली भाषामा एक बचन, द्विवचन र बहुबचन गरी तीन किसिमका छन् । यस्तै पुरुष दुवै भाषामा तीन प्रकारका छन् भने लिङ्ग पनि पुलिङ्ग, स्त्रीलिङ्ग गरी दुई प्रकारका नै छन् । नेपाली भाषाका व्याकरणकोटिमा आदर चार किसिमको पाइन्छ तर सन्थालीमा आदर निम्न मध्यम र उच्च गरी तीन किसिमको मात्रै पाइन्छ । काल दुवै भाषामा तीनवटा छन् । भुतकालमा पक्ष भने नेपाली भाषामा पाँच प्रकारका छन् तर सन्थाली भाषामा तीन प्रकारका मात्र रहेको पाइन्छ । अज्ञात भुत पक्षलाई सामान्य भूत तथा अभ्यस्त भूतलाई अपुर्ण भूतमा नै राखिएको छ । यसैगरी भावका आधारमा पनि नेपाली र सन्थाली भाषामा भिन्नता पाइदैन । वाच्यमा आधारमा तुलना गरेर हेर्दा दुवै भाषामा कत–कर्म र भाव वाच्य नै रहेको पाइएको छ ।
  • Item
    कक्षा छमा अध्ययनरत विदयार्थीहरुकाे शब्दभण्डार क्षमता
    (2015) घिसिङ, बद्री कुमार ( Ghising, Badri Kumar); विष्णुप्रसाद काेइराला
    कक्षा छमा अध्ययनरत विद्यार्र्थी हरूको शब्द भण्डार क्षमता शीर्षक प्रस्तुत शोधपत्र त्रिभुवन विश्वविदयालय शिक्षा शास्त्र सङकाय, कनकाई बहुमुखी क्याम्पस नेपाली शिक्षा विभाग अन्तर्गत एम.एड. दोस्रो वर्षको नेपा.शि. ५९८ पाठयांशको प्रयोजनका लागि तयार गरिएको छ । यो शोधपत्र झापा जिल्लाका कक्षा छमा अध्ययनरत विदयाथीहरूको शब्द भण्डार क्षमताको अध्ययनमा केन्द्रित रहेको छ । विदयालयको स्वरुपको आधारमा, लिङगगत आधारमा र भाषिक पृष्ठभमिका आधारमा तुलनात्मक अध्ययन गर्नु यस शोधकार्यको प्रमुख उददेश्य रहेको छ । सामुदायिक र संस्थागत विदयालयका विदयार्थीको शब्द भण्डार क्षमता पहिचान गर्नका लागि झापा जिल्लाका पाँचवटा सामुदायिक र पाँचवटा संस्थागत विदयालयका १०÷१० जना विदयार्थीलाई प्रतिनिधि नमुनाका रुपमा छनोट गरिएको छ । पहिचानात्मक शब्दभण्डार क्षमतको पहिचानका लागि २० वटा र उत्पादनात्मक शब्दभण्डार क्षमताको पहिचानको लागि ३० वटा प्रश्नहरू समावेश गरी परीक्षण सम्पन्न गरिएको छ । प्राप्ताङकको व्याख्या विश्लेषण गर्न मध्यमान, मानक विचलन र प्रतिशत जस्ता साङख्यिकीको प्रयोग गरिएको छ । सामुदायिक विदयालयका ६० प्रतिशत विदयाथीहरू मध्यमानभन्दा माथि र ४० प्रतिशत विदयाथीहरू मध्यमानभन्दा तल रहेका पाइयो भने संस्थागत विदयालयका ४४ प्रतिशत विदयार्थी मध्यमानभन्दा माथि र ५६ प्रतिशत विदयार्थी मध्यमानभन्दा तल रहेका देखियो । यसरी मध्यमानका दृष्टिले संस्थागत विदयालयकाभन्दा सामुदायिक विदयालयका विदयार्थी राम्रा रहेको पाइया । संस्थागत विदयालयभन्दा सामुदायिक विदयालयका छात्राहरूको शब्द भण्डार क्षमता राम्रा रहेको तथा सामुदायिक विदयालयका छात्रभन्दा छात्राको शब्द भण्डार क्षमता राम्रो रहेको पाइयो । सामदायिक विदयालयकाभन्दा संस्थागत विदयालयका मातृभाषी विदयार्थीको शब्द भण्डार क्षमता राम्रा रहेको पाइयो । संस्थागत विदयालयको भन्दा सामुदायिक विदयालयका विमातृभाषीको शब्द भण्डार राम्रा रहेको पाइयो । संस्थागत विदयालयका विदयाथीहरूको पहिचानात्मक शब्द भण्डार क्षमता सामुदायिक विदयालयको तुलनामा उच्च रहेको पाइयो ।