Education Planning & Management
Permanent URI for this collection
Browse
Browsing Education Planning & Management by Advisor "देन प्रसाद लामिछाने Den Prasad Lamichhane"
Now showing 1 - 1 of 1
Results Per Page
Sort Options
Item व्यवसायिक शिक्षाले विद्यार्थीकाे सीप विकासमा पारेकाे प्रभाव { Byabsayik shikshyale bidyarthiko sip biksma pareko prabhaw}(2013) पाैडेल, लालमणि Paudel, Lalmani; देन प्रसाद लामिछाने Den Prasad Lamichhaneअहिलेको युग भनेको विज्ञान र प्रविधिको युग हो । वर्तमान परिवेश अनुसार शिक्षा परिमार्जित र परिस्कृत तवरको हुनु आवश्यक छ । वर्तमान परिवेशमा स्नातकोत्तर तहसम्मको शिक्षा हासिल गरेका दक्ष जनसक्ति पनि वेरोजगार बस्न परिरहेको अवस्था रहँदै आएको छ । केवल सैद्धान्तिक शिक्षाको मात्रै ज्ञान भएर त्यो व्यवहार मुखि हुन सक्दैन त्यसैले अहिलेको परिवेशमा विद्यार्थीलाइ व्यवसायिक शिक्षको आवश्यकता रहेको महशुस गरी कतिपय विद्यालयहरुमा व्यवसायिक विषयको अध्यापन गर्न थालिएको छ । यसरी विद्यालयमा अध्यापन गरिँदै आएको व्यवसायिक शिक्षाले विद्यार्थीको प्राविधिक सीप विकासमा के कस्तो प्रभाव पारेको छ ? विद्यालयमा व्यवसायिक शिक्षाको आवश्यकता किन छ ? भन्न जस्ता कुराहरुलाई लिएर माध्यमिक तहका व्यवसायिक शिक्षाले विद्यार्थीको प्राविधिक सीप विकासमा पारेको प्रभाव नामक शीर्षक चयनगरी यो शोधपत्र तयार पारिएको छ माध्यमिक तहमा व्यवसायिक शिक्षाको वर्तमान अवस्थापहिचान गर्नु, व्यवसायिक शिक्षाले विद्यार्थीको प्राविधिक सीप विकासमा पारेको प्रभावकारीता पहिचान गर्नु, व्यवसायिक शिक्षा शिक्षणमा देखा परेका समस्याहरु पहिचान गर्नु, व्यवसायिक शिक्षा शिक्षणमा देखा परेका समस्याहरूको निराकरणका उपायहरु सुझाउनु यस अध्ययन अनुसन्धानका प्रमुख उद्देश्यहरु रहेका छन । एल्टन मायोको मावन व्यवस्थापन र मेरी पार्कर फलेटको मानव सम्बन्ध सिद्धान्तलाई आधारमानी गरिएको यस अध्ययन अनुसन्धान मुलतः गुणात्मक ढाँचामा आधारित छ । यसअध्ययनलाई उद्देश्य अनसार पूर्णता प्रदान गर्नका लागि तनहुँ देवघाट स्रोतकेन्द अन्तर्गतका ४ओटा सामुदायिक विद्यालयबाट प्रत्येक विद्यालयका सामुदायिक विद्यालयका प्र.अ. १, शिक्षक२÷२, स्रोतव्यक्ति १, विद्यालय व्यवस्थापन समितिका अध्यक्ष १, विद्यार्थी प्रतिनिधिबाट ४।४ गरीजम्मा ३३ सम्भावना रहित नमुना छनोट विधका आधारमा छोनोट गरी अध्ययन अनुसन्धानगरिएको छ । तथ्याङक स.कलनका प्राथमिक तथा द्वितीय स्रोतलाई प्रयोग गरी संकलित तथ्याङकलाई व्याख्या एवम विश्लषण समेत गरिएको छ । छनोटमा परेका विद्यालयमा व्यवसायिक शिक्षा अध्यापन गराउने धेरैजसो शिक्षकहरु योग्यतापुगेका भए पनि प्रयाप्त मात्रामा तालिम नलिएको पाइयो । विद्यालयमा भएको कमजोर भौतिक अवस्था, शिक्षक विद्यार्थी तथा विद्यालय प्रशासन विचमा सुमधुर सम्बन्धको अभाव, विद्यालयमा राजनीतिक पभाव जस्ता कुराहरुले गर्दा व्यवसायिक शिक्षा प्रभावकारी ढंगबाट शिक्षण गर्न नसकि रहेको अवस्था रहेको तथ्य समेत अनुसन्धानबाट जानकारी प्राप्त भएको छ । विद्यालयमा प्रदान गरिएको व्यवसायिक शिक्षाले केही मात्रामा भए पनि प्राविधिक सीप विकास भएका देखिएता पनि विद्यालयको कमजोर आर्थिक अवस्था तथा व्यवस्थित ढंगले अध्यापन गर्न नसक्दा व्यवसायिक शिक्षा अधयापन गरिएर पनि विद्यार्थीको सीप विकासमा प्रभावकारी भूमिका निर्वाह हुन नसकेको निष्कर्ष निकालिएको छ ।