Education Planning & Management
Permanent URI for this collectionhttps://hdl.handle.net/20.500.14540/61
Browse
Recent Submissions
Item प्राथमिक तहमा बाल मैत्री कक्षाकोठाको व्यवस्थापन(2073) राउत कुष्ण बहादुर; दुर्गा प्रसाद अधिकारीप्राथमिक तहमा बालमैत्रि कक्षाकोठा व्यवस्थापन नामक शिषक चयन गरिएको पस्तुत अध्ययनको मुख्य उद्देश्य पाथमीक तहमा बालमत्री कक्षाकाठाको अबस्था बारे चित्रणगर्नु रहको छ । यसका साथै भातिक व्यवस्थापन र शिक्षण सिकाइ प्रक्रियाको वतमान अबस्था पहिचान गर्नु, पाथमिक कक्षामा बालमत्री अबस्था प्रभाबकारी बनाउने उपायहरु सुल्झाउन, पाथामिक तहमा बालमैत्रि अबस्था निमाणमा देखिएका समस्या र समस्या सामाधानका लागी सराकारवाला पक्षले खल्नुपर्ने भमिका खाजी गर्नु जस्ता उद्देश्यमा या अध्ययन कन्द्रित रहका छ । प्राप्त तथ्याकलाई विवरणात्मक एवं वणनात्मक ढंगवाट व्याख्या एवम विश्लषण गरी उद्देश्य अनसार प्रस्तुत गरिएको साधपत्र मुलत ः गुणात्मक ढाचाका रुपमा रहका छ । हात्तिलेट सातकन्द्र अन्तरर्गतका ५ वटा प्राथमिक विदयालयका अविभावक, प.अ. स्रातव्यक्ति गरी जम्मा २५ जनालाई अध्ययनको जनसंख्याको रुपमा चयन गरी प्राथमिक तथा द्धितीय तथ्याकंका श्रातको माध्यमवाट तथ्याक संकलन ग िरएको छ । अनसुचिमा उल्लेखित प्रश्नावलिका आधारमा तयार गरिएका तथ्याकहरुलाइ तालिकिकरण, व्याख्या र विवरणनात्मक पक्रियाका साथ उद्देश्य अनसार व्याख्या एवम विश्लेषण गरिएका छ । प्राथमिक विदयालय विशष गरि बालवालिकाहरुका प्रारम्भिक वानी व्यवहार सिक्ने एक आधारशिला तथा ढाका हो । विशष गरि बालमत्री वातावरणको उठान कसले र किन आया ? यस तहमा गरिने शिक्षण सिकाइ वातावरण र क्रियाकलाप के कति बालमत्री अवस्थामा सञ्चालित छन ? यस्ता बालमत्री विदयालयहरुको पभाव के छ ? राज्यस्तरवाट तथा सराकारवालहरुले यस सम्वन्धमा के कस्ता प्रयासहरु गरेका छन ? उपलब्धिहरु भएका छन या छनन ? प्राथमिक तहमा बालमत्री वातावरण संचालन गर्ने क्रममा के कस्ता वाधा व्यावधानहरु आइपछन र तिनलाई कसरी समेटन सकिन्छ आदिसँग सम्वन्धीत पुस्तक, साधपत्र एवम विभिन्न लेखकहरुद्धारा प्रकाशित लेख रचनाहरुलाई पुनरावलाकन गरि यस सम्वन्धी विषयमा भएको रिक्ततालाइ पुणता दिन प्रयास साध पत्रले गरेका छ । प्राथमिक विदयालयहरुमा बालमत्रीको अवस्था के कस्तो रहको छ तथा त्यसबाट वाललालिकाहरुमा कस्तो प्रभाव परको छ भन्नका लागि नतिजाको ब्याख्या र विश्लषण गर्ने क्रमामा सम्बन्धीत विदयालयको बालमत्री कक्षाकाठाको बर्तमान अवस्था अन्तर्गत कक्षाकाठा, फर्निचर, टिफिन कनर, शक्षिक सामगी, खेलसामगी, साचालय, बालउद्यान, स्वास्थ्य, बालबालिकाका सिकाई प्रक्रिया आदिलाई गहनताका साथ हरिएको छ भने बालमत्रीपनाले बालवालिका, शिक्षक, अभिभावक एवं सराकारवाला वर्गहरुमा कस्ता प्रभाव पारको छ यसका अलवा बालमत्री कक्षाकाठा निमाणमा कस्ता कस्ता समस्याहरु देखिएका छन । त्यस्ता समस्या समाधान गर्न सराकारवाला वगले के गर्नु पर्ने हात्यसका वारमा समत साधकायले मार्गदशन गरेका छ । बालबालीकालाई सहज र पाकृतिक रुपमा सिक्ने वातावरण निमाण गर्न भेदभाव रहित वातावरणमा दण्डरहित शिक्षण सिकाइमा जाड दिदै समाहित शिक्षामा जाड दिन सक विदयालय बालमत्रि वन्न सक्छ र यसको परिणाम स्वरुप कक्षा दाहा¥याउन, छाडने दर कम भई यसको सकारात्कम प्रभावहरु पाथामिक कक्षामा पर्न थाल्दछन । छनाटमा परका प्राथमिक विदयालयहरुको अध्ययन अनसन्धानका क्रमा विदयालयका वर्तमान भातिक र शैक्षिक व्यवस्थापन बालमत्रि नभएको देखिन्छ । शिक्षाविद फ्रावेल र मन्टेश्वरीको अवधारणा अनसार पूर्व प्राथमिक शिक्षालाई बालमनाविज्ञानको हिसाबले रमाइलो, मनारञ्जनात्क एवम बालकन्द्रित बनाउँन सकको खण्डमा मात्र पाथमिक तहको उद्देश्य परा हन सक्ने हदा यसको व्यवस्थापनमा बालमत्रि अवधारणालाइ आत्मसाथ गनपर्ने कुरा सोधको निष्कषका रुपमा पस्तुत गरिएको छ । पाथमिक विदयालयमा बालमैत्रि अवस्था सिजना गनका लागि अध्ययन अनुसन्धानको क्रममा छनाटमा परको अध्ययन स्थलमा देखिएका कमिकमजारीलाई औँल्याउदै नितीगत तह, कार्यन्वयन तह तथा अनुसन्धान तहमा गर्नु पर्ने कार्यहरु र भावि अनसन्धान कताका लागि समत सुझाब प्रस्तुत गरिएका छ ।Item विद्यार्थीबीच हुने विभेदले शिक्षण सिकाइमा पारेको प्रभाव(2073) पहाडी, हिरालाल; दुर्गाप्रसाद अधिकारीप्रस्तुत अध्ययन सामुदायिक विद्यालयमा विद्यार्थी बीच हुने विभेदले शिक्षण सिकाइमा पारेको प्रभाव शीर्षकमा तयार पारिएको हो । विद्यार्थीहरु बीच हुने विभेदले शिक्षण सिकाइमा पारेको प्रभाव विश्लेषण गर्नु यो अध्ययनको उद्देश्य रहेको छ । यो अध्ययन मिश्रित अनुसन्धनात्मक ढाँचामा तयार गरिको छ । डकाहा स्रोत केन्द्र अन्तर्गतका सामुदायिक विद्यालयहरुलाई जनसंख्याको रुपमा लिइ उद्देश्यमूलक नमूना छनौट विधिबाट नमूना छनौट गरिएको छ । अध्ययनका लागि प्रश्नोत्तर, अन्तर्वार्ता, समूह छलफल तथा कक्षा अवलोकनलाई साधनको रुपमा प्रयोग गरि तथ्याङ्कक संकलन गरिएको छ । यसका लागि अध्ययन क्षे त्रसँग सम्वन्धित स्रोतव्यक्ति, नमूना छनौटमा परेका विद्यालयका प्रधानाध्यापक, शिक्षक, अभिभावक एवं विद्यार्थीहरुसँग भेटी प्रश्नावली वितरण गरी अवस्थाको अवलोकन गर्नु का साथै समूह छलफल तथा अन्तर्वार्ता द्धारा प्राथमिक श्रोतबाट तथ्याङ्कप्राप्त गरिएको छ । गुणात्मक तथ्याङ्कलाई वर्णनात्मक विधिर परिमाणात्मक तथ्याङ्कलाई कम्प्युटरको प्रयोग मार्फत वर्गीकरण तथा साधारण तालिकाको सहायताले विश्लेषण गरिएको छ । यसैगरी सूचनाको सहायक श्रोतका रुपमा विद्यालय तथ्याङ्क, पत्रपत्रिकामा प्रकाशित लेख, जिल्ला शिक्षा कार्यालय, विद्यालय, स्रोतकेन्द्र आदिद्धारा प्रकाशन गरेका पुस्तक सन्दर्भ सामग्री, आदिको अध्ययनबाट संकलन गरिएको छ । अध्ययन क्षेत्रका विद्यालयहरुमा विद्यार्थी बीचमा पाइएको लैङ्गिक विभेदको अवस्थालाई हेर्दा विद्यार्थीहरुकाबीचमा गरिने व्यवहारमा कक्षाकोठा भित्रको बसाइ, अतिरिक्त क्रियाकलाप, कक्षाकोठा भित्र र बाहिरको अवस्थामा प्रभाव परेको देखिन्छ । त्यस्ता प्रभावहरुमा कक्षाकोठाभित्र छात्रछात्राहरु छुट्टाछुट्टै बस्ने, अतिरिक्त क्रियाकलापमा छात्राहरु भाग नलिने, नाचगानमा छात्राहरु बढी सहभागी हुने गरेको अध्ययनले देखाएको छ । लैङ्गिक विभेदको कारण शिक्षण सिकाइमा छात्राहरु बीचैमा कक्षा छोडेका छात्राहरुमा नकरात्मक शैक्षिक दृष्टिकोण सिर्जना भएको पाइयो । विद्यार्थीबीचमा हुने लैङ्गिक असमानताका कारणहरुमा घरायसी वातावरण, विद्यालयको वातावरण, चेतनाको स्तर आदि पक्षहरु रहेको पाइयो । निष्कर्षको आधारमा अध्ययन क्षेत्रमा सम्वन्धित निकायबाट जनचेतनामूलक कार्यक्रम लागुगर्नु पर्ने, विभेद न्यूनीकरण सम्वन्धी कानून निर्माण तथा कार्यान्वयनको अवस्था सिर्जना गर्नुपर्ने देखिन्छ । विद्यालयमा छात्रछात्राहरुबीच हुने लैङ्गिक विभेदलाई व्यवस्थापन गर्नमा सामाजिक जागरण सञ्चालन गर्न पर्ने, शिक्षा व्यवहारबादी हुनुपर्ने, छात्राहरुलाई कार्यमूलक दिशामा समाविष्ट गर्नु पर्ने देखिन्छ । त्यसैगरी सामाजिक र परम्परागत व्यवहारको परिवर्तन, छोरीलाई हेर्ने दृष्टिकोणमा सकरात्मकता, छोरीलाई पनि छोरा सरहको महत्व र अनिवार्य शिक्षा प्रदान गर्नु पर्ने देखिन्छ ।Item प्रारम्भिक बालबिकास कार्यक्रमको प्रभावकारिता(2068) गौतम ,विनोदकुमार; भोजराज घिमिरयो अध्ययन ‘‘प्रारम्भिक बालविकास कार्यक्रमको प्रभावकारिता” शीर्षकमा केन्द्रित छ । प्रारम्भिक बालविकास कार्यक्रमको वर्तमान अवस्थाको अध्ययन गर्ने, बालविकास कार्यक्रमको अवसर प्राप्त गर्ने र प्राप्त नगर्ने बालवालिकाको सिकाई उपलब्धी विश्लेषण गर्ने, यस कार्यक्रमका समस्याहरु पहिचान गर्ने र समस्याका समाधानका उपायहरु पत्ता लगाउने मुख्य उद्देश्यले यो शोधकार्य गरिएको छ । यो शोधकार्यलाई पूरा गर्नका लागि परिमाणात्मक अनुसन्धानात्मक विधिको प्रयोग गरिएको छ । जसमा तालिका, औसत, प्रतिशत, स्तम्भचित्र जस्ता साधनहरुको प्रयोग गरिएको छ । झापा जिल्लाको शनिश्चरे स्रोत केन्द्रका बाह्र वटा बालविकास केन्द, त्यसमा रहेका बालवालिकाहरु, सहयोगी कार्यकर्ताहरु, प्रधानाध्यापकहरु, अभिभावकहरु र शिक्षकहरुलाई जनसख्याका रूपमा लिइएको छ भने पा“च वटा बालविकास केन्द्र, त्यसमा रहेका सहयोगी कार्यकर्ता पा“चजना, प्रधानाध्यापक, पा“चजना शिक्ष्ँक, पचासजना बालवालिका र बीसजना अभिभावकहरुलाई उद्देश्यपूर्ण नमुना छनौट विधिवाट नमुनाको रूपमा छनोट गरिएको छ । नमुना छनोट गर्दा आर्थिक रूपमा धान्न सकिने, समय–समयमा पुग्न सकिने तथा लिङ्ग, जाति जस्ता कुरालाई आधार लिइएको छ । स्थलगत अध्ययन, अवलोकन, छलफल तथा अन्तर्वार्तावाट प्राप्त जानकारीको विश्लेषण गर्दा हाल संचालन भइरहेका बालविकास केन्द्रको अवस्था सामान्यतः सन्तोषजनक पाइएको छ । बालविकास कार्यक्रमले बालवालिकाहरुमा विद्यालय जाने बानिको विकास गराएको छ । बालविकास कार्यक्रमको अवसर प्राप्त गरेका बालवालिकाको आसत उपलब्धी अवसर अप्राप्तको तुलनामा उच्च रहेको छ । अन्य अतिरिक्त क्रियाकलाप सम्बन्धी सीप र सामाजिक विकास सम्बन्धी सीपमा पनि अवसर प्राप्त बालवालिकारु अवसर अप्राप्त भन्दा सबल देखिएका छन । सहयोगी कार्यकर्ताको पारिश्रमिक न्यून हुनु, तालिम पर्याप्त नहुनु, आर्थिक स्रोतको अभाव हुनु, अभिभावक शिक्षाको व्यवस्था नहुनु जस्ता प्रमुख समस्याहरु यस क्षेत्रमा देखिएका छन । प्रारम्भिक बालविकास कार्यक्रमलाई अझ प्रभावकारी बनाएर लान सरकारले यस कार्यक्रमका लागि लगानी वृद्धि गर्नुपर्ने देखिएको छ । सहयोगी कार्यकर्तालाई थप तालिमको व्यवस्था गर्ने र पारिश्रमिक वृद्धि गरी उनीहरुको मनोबल उकास्नु पर्ने देखिएको छ । बालविकास केन्द्रप्रति अभिभावकलाई सचेत गर्न अभिभावक शिक्षा कार्यक्रम संचालन गर्न आवश्यक देखिएको छ । शौचालय, बगैंचा, खेलमैदान, शैक्षिक सामग्री, दिवा खाजाको उपयुक्त व्यवस्था गरी बालवालिकालाई सिक्नका लागि रमाइलो वातावरण तयार गर्नुपर्ने देखिएको छ । यसका लागि अभिभावक, स्थानीय निकाय र राज्य सबै तर्फवाट प्रयास हुन आवश्यक छ ।Item राष्ट्रिय साक्षरता अभियानको कार्यान्वयन अवस्था(2067) सुवेदी, शान्ता; रमाकान्त सापकोटानिरक्षरता उन्मुलनका लागि सञ्चालन गरिएको राष्ट्रिय साक्षरता अभियानको कार्यान्वयन अवस्था शीर्षक राखेर गरिएको यो शोध अध्ययनमा तीनवटा उद्देश्यहरु राखिएको छ । पहिलो उद्देश्य अनौपचारिक शिक्षा केन्द्रद्वारा सञ्चालित राष्ट्रिय साक्षरता अभियानको कार्यान्वयन अवस्थाको लेखाजोखा गर्ने रहेको छ । दोस्रो उद्देश्यमा साक्षरता अभियान सञ्चालन गर्दा देखिएका समस्याहरु पहिचान गर्ने रहेको छ । त्यसै गरी तेस्रो उद्देश्यमा राष्ट्रिय साक्षरता अभियान सञ्चालनमा देखिएका समस्याहरुको समाधानका उपायहरु सुझाउने रहेको छ । यस अध्ययनलाई सरल सहज र उद्देश्यपूर्ण बनाउनका लागि उद्देश्य मूलक नमूना छनौट विधि अन्तर्गत यो अध्ययन गुणात्मक विधिमा आधारित छ । अवलोकन, अन्तर्र्वाता, छलफल विधि अन्तर्गत यो अध्ययन पूरा गरिएको छ । चितवन जिल्ला भरतपुर नगरपालिका अन्तरगतका ४० वटा वडाहरु मध्ये ४ वटा वडा का २,२ वटा साक्षरता कक्षा केन्द्रका १,१ वटा साक्षरता स्वयमसेवक, सहभागी, स्थानीय निरीक्षक र संयोजक गरी जम्मा २० जनालई यस अध्ययनको नमूनाका रुपमा समेटिएको छ । प्रारम्भिक तथ्यांक संकलनका लागि छनाटमा परेको जनसंख्यालाई म आफै उपस्थित भई संयोजक, निरीक्षक र स्वमयसेवको सहयोग र सहभागिताबाट प्रश्नावली भरी तथ्यांक संकलन गर्ने कार्य गरिएको छ । द्वितीय तथ्यांक अन्तर्गत विभिन्न पत्र पत्रिका, सम्बन्धित विषयका शोधपत्रहरु लेख रचनाहरुलाई आधार मानिएको छ । प्राप्त तथ्यांकहरुलाई व्याख्या विश्लेषण गर्ने क्रममा साक्षरतासँग सम्बन्धित ज्ञान सीपलाई आधारभूत आवश्यकता मानि विश्लिेषण गर्ने कार्य मास्लोको अभिप्रेरणा र आवश्यकताको श्रेणी सम्बन्धी सिद्धान्तको व्याख्यासँग सम्बन्धित गराई अध्ययन गरिएको छ । यस अध्ययनको नमूना छनौटमा परेका ४०वडा वडाहरु मध्ये ४ वटा वडाहरुमा सञ्चालन भएको साक्षरता अभियानको कार्यान्वयन अवस्थालाई हेर्दा सहभागीहरुको उपस्थिति राम्रो भएको पाइयो । कुनै कुनै कक्षाकेन्द्रहरुमा सहभागीहरुको चाप अत्यन्त बढी भएकोले पाठयपुस्तकहरु अपुग भएको पाइयो । अध्ययनका लागि धेरैजसो विद्यालयको कक्षाकोठा र घरको वरण्डा प्रयोग गरेको पाइयो । प्रत्येक महिनाको अन्तिममा स्थानीय निरीक्षकबाट गरिनुपर्ने अनुगमन निरीक्षण नभएको पाइयो । सहभागीहरु र स्वयमसेवक बीचको सम्बन्ध राम्रो भएको पाइयो । अध्ययनका क्रममा निरक्षरता उन्मूलनका लागि चालिएको साक्षरता अभियानको कार्यान्वयनको अवस्थाका बारमा सम्बन्धित व्यक्तिहरुको भनाईबाट पनि प्रष्ट पारिएको छ । यसका लागि साक्षरता अभियानसँग सम्बन्धित पक्षहरुले सक्रिय भूमिका निर्वाह गर्नु पर्ने देखिन्छ । निरक्षरता उन्मूलन गर्ने सम्पूर्ण निकाय तथा सर्वपक्षीय सदासयताले महत्वपूर्ण भूमिका खेल्न सक्छ भन्ने यथार्थ जानकारी हुँदा हुँदै पनि सम्पूर्ण निकायहरुमा अनुगमन र निरीक्षणको कमी, अभियानमा दलीय स्वार्थको भावना, सेवा सुविधामा कमी, तालिमको अभाव, पूरानै परिपाटीमा कार्यक्रम, वास्तविक तथ्यांक पाउन गाह्रो, लक्षित वर्गको पहुँचमा कमी, अव्यवहारिक कार्यक्रम कार्यान्वयन, समयमा कार्यक्रम नै प्राप्त नहुनु, जस्ता समस्या रहेको पाइयो । राष्ट्रिय साक्षरता अभियानको सफल कार्यान्वनका लागि साक्षरता अभियानलाई दलीय स्वार्थबाट टाढा राखिनु पर्दछ, शिक्षामा रानीतीकरण गरिनु हुँदैन । हुन त साक्षरता अभियानमा सम्पूर्ण रानीतिक दलको सहभागिता हुनुपर्दछ भनिएतापनि वैधानिक प्रावधान अनुसार सञ्चालन हुन सकेको भने पाइएन । केन्द्रिय स्तरको अनौपचारिक केन्द्र देखि लिएर स्थानीय स्तरको गा.वि.स. र नगरपालिका सम्मका निकाय बीच अभियानका बारेमा स्पष्ट र दोहोरो सञ्चार हनुपर्ने देखियो । कार्यक्रमको पारदर्शीता समबन्ध र समन्य हुनु जरुरी छ । अभियान कार्यान्वयन गर्न खटिएका व्यक्तिहरु संयोजक, निरीक्षक र स्वयम सेवकलाई तालिमको व्यवस्था हुनुपर्ने । साक्षरता स्वयमसेवक घरघरमा गएर तथ्यांक संकलन गनुपर्ने, केन्द्रिय स्तरबाट कार्यक्रम समयमा पठाउनु पर्ने, सहभागीहरुलाई प्रत्यक्ष लाभ हुने खालका जीवनोपयोगी जस्तै ः सिलाई, बुनाई, स–साना घरेलु सीप सम्बन्धी कार्यक्रम सञ्चालन गरिनु पर्ने जस्ता कुराहरु सुझावको रुपमा पेश गरिएको छ ।Item अर्थशास्त्र विषयकाे पाठ्यक्रम कार्यान्वयनकाे अवस्था(2072) भट्टराई, सरिता ( Bhattarai Sarita ); राजन प्र. शर्माअर्थशास्त्र विषयको पाठ्यक्रम कार्यान्वयनको अवस्था विषयमा यो शोधपत्र तयार पारिएको छ जुन अध्ययन गर्नका लागि माध्यमिक तहको अर्थशास्त्र विषयको पाठ्यक्रम कार्यान्वयनको अवस्था, कार्यान्वयनमा देखिएका समस्याहरू र समस्या समाधानका उपायहरू पत्ता लगाउने उद्देश्य राखिएको छ । यस अध्ययनलाई सहज, सरल बनाउन एवम् माथि उल्लेखित उद्देश्य पूरा गर्नका लागि सुविधाजनक तथा उद्देश्यमूलक नमुना छनोट विधिका आधारमा इटहरी स्रोतकेन्द्र अन्तर्गतका पा“चवटा सरकारी अनुदान प्राप्त गर्ने सामुदायिक विद्यालयहरूलाई छनोट गरिएको छ । छनोटमा परेका प्रत्येक विद्यालयका प्रधानाध्यापक, शिक्षक, विद्यार्थी, अभिभावक र स्रोतव्यक्तिस“ग अन्तर्वार्ता, प्रश्नावली, रुजुसूची, अवलोकन फारम, छलफल निर्देशिका जस्ता अनुसन्धान उपकरणहरूको प्रयोग गरी प्राथमिक तथ्याङ्क एवम् द्वितीय तथ्याङ्कमा विद्यालय अभिलेख, स्रोतकेन्द्र अभिलेख, पत्रपत्रिकाहरू तथा प्रकाशित पुस्तकहरूबाट प्राप्त तथ्याङ्कहरू सङ्कलन गरिएको छ । यसैक्रममा यसस“ग सम्बन्धित विभिन्न साहित्यको पुनरावलोकन, शिक्षा आयोगका प्रतिवेदन, शिक्षा सम्बन्धी पुस्तक, सन्दर्भ सामग्रीलाई सम्बन्धित साहित्यका रूपमा अध्ययन गरिएको छ । विद्यालयमा भएका शैक्षिक सामग्रीको अध्ययन गर्दा अर्थशास्त्र विषय सम्बन्धी शैक्षिक सामग्री विद्यालयमा उपलब्ध नरहेको पाइयो । अध्ययन गरिएका ५ वटा विद्यालयमध्ये श्री जनता उ.मा.वि. र कचना महादेव मा.वि.मा पाठ्यक्रम र शिक्षक निर्देशिका समेत रहेको पाइयो । अन्य विद्यालयहरूमा शिक्षक निर्देशिका र पाठ्यक्रमको अभाव रहेको पाइयो । श्री कचना महादेव मा.वि.मा पाठ्यपुस्तक समेत सबै विद्यार्थीहरूलाई पु¥याउन नसकेको प्रत्यक्ष अवलोकनबाट पाइयो । सम्पूर्ण विद्यालयहरूमा शिक्षक निर्देशिका र पाठ्यक्रम अनिवार्य रूपमा उपलब्ध हुनाले शिक्षण सिकाइ कार्य प्रभावकारी र सहज भई सिकाइमा प्रभावकारिता बढ्ने देखियो । अध्ययन गरिएका सम्पूर्ण विद्यालयमा पाठ्यक्रम कार्यान्वयनको अवस्था, कार्यान्वयनमा देखिएका समस्याहरू र समस्या समाधानका उपायहरू बारे अध्ययन गरिएको थियो । राज्य पक्षबाट नै शिक्षा नीतिमा सुधार गर्नुपर्ने, प्रत्येक विद्यालयमा पाठ्यक्रम र शिक्षक निर्देशिका अनिवार्य उपलब्ध हुनुपर्ने, विषयवस्तुस“ग सम्बन्धित शैक्षिक सामग्रीहरू विद्यालयमा अनिवार्य रहनु पर्ने जस्ता सुझावहरू उत्तरदाताहरूबाट प्राप्त भयो ।Item सामुदायिक विद्यालयमा भाैतिक व्यवस्थापन(2081) विडारी, सम्झना ( Bidhari, Samjhana ); राम बहादुर भण्डारीप्रस्तुत अध्ययन सामदायिक विद्यालयका भातिक व्यवस्थापन शीषकमा गरिएका छ । यस अध्ययनका मख्य उद्दश्य सामदायिक विद्यालयका भातिक व्यवसथापनका अवस्था खाजी गन विषयमा रहका छ । यस अध्ययनका लागि भरतपर महानगरपालिका अन्तगत रहका एकाउन्न आटा माध्यामिकविद्यालयहरु मध्यबाट गालापथाका माध्यमबाट पाच वटाविद्यालय छनाट गरिएका छ । जस अन्तगत विद्यालयका पाचाय, विद्यालय व्यवस्थापन समितिका अध्यक्षलाइ समत छनाट गरिएका छ, पत्यक विद्यालयबाट आधारभत तहमा अध्यापन गन शिक्षकहरु र अभिभावकहरु गालापथाबाट छनाट गरिएका छ । छनाट गरिएका विद्यालयमा अध्ययन गन विद्याथीहरू मध्य छनाट पन्ध जना विद्याथी गरिएका छ । विद्यालय व्यवस्थापन सामितिका अध्यक्षबाट पश्नावली फारम भराइ तथा शिक्षक, विध्याथी र अभिभावकवाट साधपछ र अन्तरवाताका माध्यमबाट तथ्याङ्क सकलन काय गरिएका छ । यसका अलावा अवलाकन, विद्यालयका पराना रकड फाइल, अभिलख आदिका समत सहायताबाट तथ्याङ्क सकलन गरिएका छ । अध्ययन गरिएका सब विद्यालयहरुमा पयागशाला कक्षहरू जस्त कम्प्यटर पयागशाला कक्ष, विज्ञान पयागशाला कक्षहरुका व्यवस्थापन गरिएका भएतापनि थर विद्यालयहरुमा विज्ञान पयागशाला सामगीहरुका अभाव दखिया । अध्ययन गरिएका पाय विद्यालयहरुमा खलकद मदान साघरा दखिया । सब सामदायिक विद्यालयका विद्याालय व्यवस्थापन समितिका निणयहरुमा भातिक निमाण सम्बन्धि निणयहरु भएपनि कायान्वयन पक्ष कमजार दखिन्छ अधिकाश विद्यालयका अवलाकनबाट भातिक पक्षलाइ कम पाथमिकता दिइ विद्यालय सचालन गरका दखिन्छ । यस अध्ययनमा सामदायिक विद्यालयका भातिक व्यवस्थापन सम्बन्धमा अध्ययन गरिएतापनि सिमित सात र साधनका कारण पणता पाउन सकका छन । भातिक पवाधारका महत्वपण पक्षहरु जस्तः भवन, कक्षाकाठा, पस्तकालय, पयागशाला, सभाकक्ष, खानपानी,शाचालय,भातिक साधनहरु,विभिन्न आधनिक पविधिका पयाग आदि सम्बन्धमा गहिराइमा गइ अध्ययन गन नसकिएका अवस्थामा सम्पण विषयहरुका बहत अध्ययनका लागी सझाव पस्तत गरिएका छ । साथ भातिक व्यवस्थापन सग निकट रहका आथिक व्यवस्थापन,शक्षिक व्यवस्थापन,यातायात व्यवस्थापन,चमना गह व्यवस्थापन,छात्राबास व्यवस्थापन,भातिक सरक्षण र व्यवस्थापन विषयमा अध्ययन अनसन्धान गन सझाव पस्तत गरिएका छ । यसमा दखिएका समस्या समाधानका लागि सम्बन्धित निकायहरु स्थानिय सरकार,पदश सरकार,सघिय सरकार,जिल्ला शिक्षा समन्वय समिति,विद्यालय व्यवस्थापन समितिका अध्यक्ष,पधानाध्यापक,अभिभावक लगायतका सम्पण विद्यालयसग सम्बन्धित पक्षहरुका समस्या समाधानका लागि पहल गन पदछ ।Item समुदायमा आधारित बालविकास केन्द्रमा दलित बालबालिकाको सहभागिता(2071) यादव, भोला प्रसाद; सुरेन्द्र प्रसाद यादवप्रस्तुत अध्ययन समुदायमा आधारित बालविकास केन्द्रमा दलित बालबालिकाको सहभागिता विषयमा तयार पारिएको छ । यस अध्ययनको मूल उद्देश्य बालविकास केन्द्रमा दलित बालबालिकाको पूर्ण सहभागिता भूमिकाको खोजी गर्नु रहेको छ । यो अनुसन्धान परिमाणात्मक र गुणात्मक ढाँचामा तयार गरिएको छ । यस अध्ययनलाई अघि बढाउन प्राथमिक स्रोतहरु अन्तरगत प्रश्नावली, अन्तरवार्ता, छलफल, अवलोकन फारमलाई प्रयोग माल्याइसकेको छ भने द्वितीय स्रोतको रुपमा विद्यालय अभिलेखमा पुस्तकहरु र विद्यालयबाट प्रकाशित जर्नलहरुलाई प्रयोग माल्याइएको छ । अध्ययन सहयोगी कार्यकर्ताका लागिप्रश्नावली, अभिभावकका लागि अन्तरवार्ता र विद्यार्थीहरुका लागि छलफल बालविकास केन्द्रका गतिविधिका लागि अवलोकन फारम जस्ता साधनको प्रयोग गरिएको छ । साथै विद्यार्थी, अभिभावकहरु सग गरिएको अन्तरवार्ताबाट प्राप्त िवषयवस्तु टिपोट गरी तथ्यांक संकलन गरियो । विभिन्न विधिहरु तथा साधनहरुबाट प्राप्त तथ्यांकलाई तालिकीकरण, तुलना, व्याख्या क्रममा तथ्यांकविश्लेषण सरोकारवालापक्षहरुसँग छर्के प्रश्नहरु गरी व्याख्या गरेर तुलनात्मक ढंगले तथ्यांकविश्लेषण गरिएकोे छ । बालविकासकेन्द्रसँग सरोकार राख्ने पक्षको सहभागिता प्रभावकारी देखिएको छ । बालविकास केन्द्रकोचल, अचल सम्पत्ति बृद्धि गर्नमा समुदायको पनि साथतथा सहयोग प्राप्तभएको पाइएको छ । सहयोगीकार्यकर्ताले शैक्षिकप्रशासनतर्फ सुधारात्मककदमहरु चालेको पाइएको छ । बालविकास केन्द्रको सहयोगी कार्यकर्ता र बालविकास केन्द्रकोे आचारसंहितालाई पालनगर्ने÷गराउने परिपाटी तर्फ उन्मुख देखिएको छ । यस अध्ययनले लिएको उद्देश्य अनुरुप बालविकास आन्तरिक स्रोत र बाह्य स्रोतबाट प्राप्तआयलाई उल्लेख गर्दै यसको व्यवस्थापनतर्फ सहयोगी कार्यकर्ताले खेलेको भूमिकाको सन्दर्भमा विभिन्न शीर्षकहरु अन्तर्गत बुँदागत रुपमा प्रष्ट गर्ने प्रयास गरिएको अध्ययनको क्रममा विद्यालयको आन्तरिक रुपमाजग्गा, स्रोतको रुपमागरिएको पाइएको छ । यसबाट वार्षिक रुपमा विद्यालयमा आम्दानी प्राप्तभएको पाइएको छ । सहयोगी कार्यकर्ताले आर्थिक व्यवस्थापन गर्ने क्रममा भोग्नु परेको समस्याहरु लेख्न सम्बन्धित कर्मचारी, राजनैतिक हस्तक्षेप, स्थायी आयस्रोतको कमी र स्रोत संकलनमा अप्ठ्यारो, सम्बन्धित आदि समस्याहरु भोग्नु परेको पाइएको छ । त्यसलाई हटाउनका लागि शान्ति, सुरक्षा, आर्थिक पारदर्शिता, लगानी अनुरुपको प्रतिफलतयार गर्ने जस्ता पक्षहरुमा जोड दिंदै अभिभावहरुलाई जनचेतना मूलक कार्यक्रमहरुमाजोड दिंदै अगाडि बढ्नु पर्ने देखिन्छ । वालविकासमा दलितको सहभागितालाई अझप्रभावकारी भरपर्दो र दीर्घकालिन वनाउन नितिगत तथा कार्यन्वयन पक्षमा केही थप सुधार गर्नु पर्ने आवश्यकता देखिन्छ । वालविकास केन्द्रको भौतिक अवस्था सुधार गर्नुपर्ने , खाजानास्ताको प्रवन्ध मिलाउनु पर्ने , सहयोगी कार्यकर्ताको थपपुनःताजगीतालिमदिनु पर्ने , सहयोगी कार्यकर्ताको पारिश्रमिक बढाउनु पर्ने, अनुगमन र निरिक्षण बढाउनु पर्ने साथै व्यवस्थापन पक्षलाई चुस्त , दुरूस्त वनाई वालविकास केन्द्रको संख्यामा वृद्धि गरी विद्यालयमा नै गाभ्नु पर्ने अध्ययनको निष्कर्ष रहेको छ ।Item अनौपचारिक प्राथमिक शिक्षा कार्यक्रमको उपलब्धि(2071) यादव, शिवदयाल; धर्मराज सिंहऔपचारिक प्राथमिक शिक्षामा विभिन्न कारणले विद्यालय जान नसकेका जस्तै घरायसी जिम्मेवारी बहन गर्नुपर्ने, गरिबीको कारणले श्रम गरेर जीविका चलाउनु पर्ने, परिवारका सदस्यहरुलाई काममा सघाउनु पर्ने र ५ वर्षको प्राथमिक शिक्षालाई पूरै समय दिन नसक्ने सहरी, अर्धसहरी र औद्योगिक क्षेत्रका ८–१४ वर्ष उमेर समूहका बालबालिकाहरुका सामाजिक पृष्ठभूमि र उनीहरुको शैक्षिक उपलब्धि पहिचान गर्नुका साथै शोधप्रस्तावमा उल्लेखित उद्देश्यहरु प्राप्त गर्न अपनाइनुपर्ने सम्पूर्ण प्रक्रियाहरु पूरा गरी यो शोधपत्र तयार पारिएको छ । अनौपचारिक प्राथमिक शिक्षा कार्यक्रमको उपलव्धिशीर्षक छनोट गरि गरिएको यस अनुसन्धानले ८–१४ उमेर समूहका औपचारिक शिक्षाबाट बञ्चित बालबालिकाहरुको शौक्षिक उपलब्धि विकासमा विशेष सहयोग पु¥याउने अपेक्षा गरिएको छ । यस अध्ययनमा सहभागीहरुको लिङ्ग, उमेर, मातृभाषा, सामाजिक, आर्थिक र व्यवसायिक अवस्थाको पहिचान गर्नु अनौपचारिक प्राथमिक शिक्षा कार्यक्रममा केटा, केटी र उपल्लो जातिका र तल्लो जातिका बालबालिकाहरुका शैक्षिक उपलब्धि तुलना गर्नु र कार्यरत सहजकार्ता र सहभागीहरुको कार्यक्रमप्रतिको धारण पत्ता लगाउनु रहेको थियो । अध्ययनको फाइल, प्रश्नपत्र र अन्तर्वार्ता प्रश्नावली प्रयोग गरिएको थियो । अध्ययन क्षेत्रका विद्यार्थीहरुको उपलब्धि हेर्नका लागि अनौपचारिक शिक्षा कार्यक्रमका ३९ जना बालबालिकाहरुकोे परीक्षा लिइएको थियो भने अन्तर्वार्ताका लागि २ जना सहजकार्ता र १० विद्यार्थीहरुलाई छनोट गरिएको थियो । सहभागीहरु मध्ये अधिकांश केटीहरु (६७%) र उमेर अनुसार १०–१५ वर्ष उमेर समूहका विद्यार्थीहरु नै रहेको पाइएको छ । विद्यार्थीहरुको सामाजिक पृष्ठभूमिको बारेमा बुझदा ७२ प्रतिशत बालबालिकाहरु संयुक्त (वृहत) परिवारबाट आएको पाइएको छ । जातजाति अनुसार क्षेत्री (५४%) र दलित (२८.२०%) समाजबाट वहुसंख्यक सहभागी रहेको देखिन्छ । विद्यार्थीहरु फरक फरक सामाजिक समूहका भए पनि भाषाको सन्दर्भमा सबैले राष्ट्रभाषा नेपाली नै बोलेको पाइन्छ । सहभागी विद्यार्थीका अभिभावकहरुको आर्थिक स्तर न्यून रहेका पाइन्छन् । अधिकांश अभिभावकहरु कृषि पेशा र अन्य घरेलु उद्योग, पशुपालन, मिस्त्री, छलफल खेती, सिलाइ ÷बुनाइ लगायत सीपमूलक र आयमूलक कार्यहरुमा संलग्न रहेका पाइन्छन् । कार्यक्रममा सहभागी बालबालिकाहरुको ५९ प्रतिशत अर्धपक्की र ४१ प्रतिशत कच्ची घरहरु रहेको पाइयो । त्यसैगरेर सहभागी बालबालिकाहरुको ३ रोपनी हुने (२३%), ४ रोपनी हुने (२८.२%) र ५ रोपनी हुने (५.१२%) रहेका पाइन्छन् । सहभागी बालबालिकाहरुको सतप्रतिशत अभिभभावक वैदेशिक रोजगारका क्रममा छिमेकी मुलुकमा काम गर्न गएका देखिन्छन् । नमुना छनोटमा परेका प्राथमिक शिक्षा केन्द्रको शैक्षिक उपलब्धि हेर्दा नेपाली विषयको तुलनामा गणित विषयमा पूर्णाङ्कको एक तिहाई अंक प्राप्त गर्ने विद्यार्थीहरुको संख्या बढी रहेका छन् । दुबै केन्द्रहरुमा पूर्णाङ्कको तीन तिहाई अंक प्राप्त गर्ने नेपालीमा बहुसंख्यक देखिए तापनि गणितमा एक जना पनि नभएको पाइयो । अनौपचारिक प्राथमिक शिक्षा कार्यक्रममा दुवै केन्द्रका सहजकर्ताहरुको कार्यक्रमप्रतिको धारणा बुझ्दा तालिम प्याकेजलाई बढाउनु पर्र्ने र कार्यरत सहजकर्ताले पाउने पारिश्रमिक सन्तोषजनक नभएकोले पारिश्रमिक वृद्धि गरी जि.शि.का. बाट समय–समयमा निरीक्षण तथा अनुगमन हुनुपर्ने विचार व्यक्त गरेको पाइयो । निचोडमा लक्ष्मीपुर र राजपुर गा.वि.स. मा सञ्चालित अनौपचारिक शिक्षा केन्द्रमा सम्बन्धित निकायले समय–समयमा अनुमगन र निरीक्षण गरी उचित सल्लाह एवम् सुझावहरु दिई गण्ति विषयको शिक्षण सिकाइ क्रियाकलापलाई सुधारगरी र अन्य विषयको शिक्षण–सिकाइ क्रियाकलापमा पनि विशेष ध्यान दिनुपर्ने देखिन्छ ।Item प्राथमिक विद्यालयमा आर्थिक स्रोतको परिचालनमा प्राधानध्यापकको भूमिका(2014) यादव, भोगेन्द्र; सुरेन्द्र कुमार यादवप्रस्तुत अध्ययन प्राथमिक विद्यालयमा आर्थिक श्रोतको परिचालनमा प्र. अ. को भूमिकाू विषयमा तयार पारिएको छ । यस अध्ययनको मूल उद्देश्य सामुदायिक प्राथमिक विद्यालयमा आर्थिक श्रोतको परिचालनमा प्र. अ. को भूमिकाको खोजी गर्नु रहेको छ । यो अनुसन्धान परिमाणात्मक र गुणात्मक ढाँचामा तयार गरिएको छ । यस अध्ययनलाई अघि बढाउन प्राथमिक स्रोतहरु अन्तर्गत प्रश्नावली, अन्तरवार्ता, छलफल, अवलोकन फारमलाई प्रयोगमा ल्याइसकेको छ भने द्वितीय स्रोतको रुपमा विद्यालय अभिलेखमा पुस्तकहरु र विद्यालयबाट प्रकाशित जर्नलहरुलाई प्रयोगमा ल्याइएको छ । अध्ययन प्रधानाध्यापकका लागि प्रश्नावली, अभिभावकका लागि अन्तरवार्ता र विद्यार्थीहरुका लागि छलफल र विद्यालयका गतिविधिका लागि अवलोकन फारम जस्ता साधनको प्रयोग गरिएको छ भने विद्यालय व्यवस्थापन समितिका अध्यक्षहरुबाट र सदस्यहरुबाट अन्तरवार्ता लिई तथ्यांक संकलन गरिएको छ । साथै विद्यार्थी, अभिभावकहरुसंग गरिएको अन्तरवार्ताबाट प्राप्त विषयवस्तु टिपोट गरी तथ्यांक संकलन गरियो । विभिन्न विधिहरु तथा साधनहरुबाट प्राप्त तथ्यांकलाई तालिकीकरण, तुलना, व्याख्या क्रममा तथ्यांक विश्लेषण सरोकारवाला पक्षहरुसँग छर्के प्रश्नहरु गरी व्याख्या गरेर तुलनात्मक ढंगले तथ्यांक विश्लेषण गरिएकोे छ । विद्यालयसँग सरोकार राख्ने पक्षको सहभागिता प्रभावकारी देखिएको छ । विद्यालयको चल, अचल सम्पत्ति बृद्धि गर्नमा समुदायको पनि साथ तथा सहयोग प्राप्त भएको पाइएको छ । प्रधानाध्यापकले शैक्षिक प्रशासनतर्फ सुधारात्मक कदमहरु चालेको पाइएको छ । विद्यालयले शिक्षक र विद्यालयको आचारसंहितालाई पालन गर्ने÷गराउने परिपाटीतर्फ उन्मुख देखिएको छ । यस अध्ययनले लिएको उद्देश्य अनुरुप विद्यालयका आन्तरिक स्रोत र बाह्य स्रोतबाट प्राप्त आयलाई उल्लेख गर्दै यसको व्यवस्थापन तर्फ प्रधानाध्यापकले खेलेको भूमिकाको सन्दर्भमा विभिन्न शीर्षकहरु अन्तर्गत बुँदागत रुपमा प्रष्ट गर्ने प्रयासगरिएको अध्ययनको क्रममा विद्यालयको आन्तरिक रुपमा जग्गा, पोखरी, प्राकृतिक सम्पदा अन्तर्गत जंगल, सांस्कृतिक स्रोतको रुपमा गरिएको दण्ड, जरिवानाहरु रहेको पाइएको छ । यसबाट वार्षिक रुपमा विद्यालयमा आम्दानी प्राप्त भएको पाइएको छ । प्रधानाध्यापकले आर्थिक व्यवस्थापन गर्ने क्रममा भोग्नुपरेको समस्याहरु लेख्न सम्बन्धित कर्मचारी, राजनैतिक हस्तक्षेप, स्थायी आयस्रोतको कमी र स्रोत संकलनमा अप्ठ्यारो, सम्बन्धित आदि समस्याहरु भोग्नु परेको पाइएको छ । त्यसलाई हटाउनका लागि शान्ति, सुरक्षा, आर्थिक पारदर्शिता, लगानी अनुरुपको प्रतिफल तयार गर्ने जस्ता पक्षहरुमा जोड दिंदै अभिभावहरुलाई जनचेतनामूलक कार्यक्रमहरुमा जोड दिंदै अगाडि बढ्नु पर्ने देखिन्छ । यो अध्ययन विद्यालयको विभिन्न आर्थिक पक्षहरुलाई प्रत्यक्ष सम्बन्ध राख्ने भएकोले यसले विद्यालयका आर्थिक कारोबार गर्नेहरु एवं यससँग रुचि राख्ने अन्य पक्षहरुलाई सहयोग गर्ने भएको छ ।Item सामुदायिक विद्यालयहरुमा शैक्षिक सुपरिवेक्षण प्रकृया(2014) अधिकारी, राजेन्द्र; गंगा राम पौडेलप्रस्तुत अध्ययन सामुदायिक विद्यालयहरुमा शैक्षिक सुपरिवेक्षण प्रकृया शीर्षकमा गारिएको छ । अध्ययन क्षेत्रका सामुदायिक विद्यालयमा शैक्षिक सुपरिवेक्षण प्रकृयाको पहिचान गर्नु, शैक्षिक सुपरिवेक्षणले विद्यालयको शिक्षण सिकाइमा पारेको प्रभावको विष्लेषण गर्नु र वर्तमान शैक्षिक सुपरिवेक्षण प्रणालीका कमीकम्जोरीहरु पत्तालगाउनु यस सोध अध्ययनका मुख्य उद्देश्यहरु हुन्। यो अध्ययनलाई अगाडी बढाउने क्रममा आवश्यक सैद्धान्तिक समर्थन जुटाउने उद्देश्यले मानव सम्बन्ध सिद्धान्तलाई सैद्धान्तिक खाकाको रुपमा प्रयोग गरिएको छ । गुणात्मक तथा परिमाणत्मक ढाँचामा तयार पारिएको प्रस्तुत अनुसन्धानमा लक्ष्मीपुर स्रोतकेन्द्र अन्तर्गत ५ वटा सामुदायिक प्राथमिक विद्यालयहरुलाई नमूनाको रुपमा छनौट गरी विद्यालय निरीक्षक एक जना, स्रोतव्यक्ति एक जना, प्रधानाध्यापक पाँच जना, विद्यालय व्यवस्थापन समितिको अध्यक्ष पाँच जना, शिक्षक दश जना र विद्यार्थी वीस जना गरी कूल ४२ जनालाई नमूना जनसंख्याको रुपमा उपयोग गरिएको छ । विद्यालय निरीक्षक , स्रोतव्यक्ति, विद्यालय व्यवस्थापन समितिका अध्यक्ष, शिक्षक र विद्यार्थीहरुलाई प्रश्नावली र प्रधानाध्यापकलाई अन्तरवार्ता तालिकाको प्रयोगगरी प्राथमिक तथ्याङ्कहरु संकलन गरिएको छ । तथ्याङ्गको स्रोतहरुमा विद्यालयका निरीक्षण पुस्तिका, शैक्षिक योजना, तालिम तथा गोष्ठिका प्रतिवेदनहरुलाई समेत उपयोग गरिएको छ । संकलन गरिएका सूचना तथा जानकारीहरुलाई शाब्दिक रुपमा विष्लेषण गरी आवश्यकता अनुसार तालिकामा समेत देखाइएको छ । सामुदायिक विद्यालयहरुमा शैक्षिक सुपरिवेक्षण प्रकृयाको पहिचान अन्तर्गत शिक्षक तथा विद्यालयका समस्याहरुको पहिचान, सुपरिवेक्षण योजनाको निर्माण, नमूना पाठको प्रस्तुतिकरण, शिक्षक तथा विद्यालयसंगको सम्बन्ध सुधार, तथ्याङ्क संकलन र विष्लेषण प्रकृया र परामर्श सभा सञ्चालन जस्ता उपशीर्षकहरुमा सूचना तथा जानकारीहरुको विष्लेषण गर्दा वर्तमान शैक्षिक सुपरिवेक्षण प्रणालीले सुपरिवेक्षण प्रकृयाले विभिन्न चरणहरुलाई अवलम्वन गरेको देखिन्छ । त्यसैगरी विद्यालयको शिक्षण सिकाइमा सुधार अन्तर्गत शैक्षिक योजना निर्माण, परीक्षा सञ्चालन र विद्यार्थी मूल्याङ्कन, विद्यार्थीहरुको सिकाइ उपलब्धी वृद्धि र शिक्षण सिकाइ क्रियाकलाप सञ्चालन, शिक्षक विद्यार्थीको नियमिततामा वृद्धिमा शैक्षिक सुपरिवेक्षण प्रणालीले सकारात्मक भूिमका निर्वाह गरेको पाइन्छ । विद्यालय सुपरिवेक्षण प्रणाली अन्तर्गत आर्थिक, प्राविधिक, प्रशासनिक लगायत पेशागत र विषयगत समस्याहरुलाई प्रमूख चुनौतीको रुपमा देखिएको छ । उल्लेखित चुनौतीहरु बाहेक तालिमको अभाव, विषयगत दक्ष्यताको अभाव र अनुगमन मूल्याङ्कनको अभावलाई समेत शैक्षिक सुपरिवेक्षणका मूख्य चुनौतिका रुपमा देखिन्छ ।Item सामुदायिक विद्यालयको शिक्षण सिकाइमा वित्तीय व्यवस्थापन(2014) आचार्य, खेमराज; बद्री फुयंलसामुदायिक विद्यालयहरुको शिक्षण सिकाइमा वित्तीय व्यवस्थापन शीर्षक छनौटगरी यो शोधपत्र तयार पारिएको हो । यस अध्ययनको मुख्य उद्देश्य सामुदायिक विद्यालयहरुमा वित्तीय व्यवस्थापनका स्रोतहरुको खोजी गर्नु र सामुदायिक विद्यालयहरुको शैक्षिक उपलब्धिको पहिचान गर्नु रहेको छ । परिमाणत्मक ढाँचामा तयार पारिएको प्रस्तुत अनुसन्धानमा लक्ष्मीपुर गाउँ विकास समितिका दुईवटा सामुदायिक माध्यमिक विद्यालयहरुलाई नमूनाको रुपमा छनौटगरी उक्त विद्यालयमा माध्यमिक तहमा अध्ययनरत २० जना विद्यार्थी, विद्यार्थीका अभिभावकहरु मध्ये २० जना, शिक्षकहरु मध्ये ६ जना, प्रधानाध्यापक २ जना र विद्यालय व्यवस्थापन समितिका अध्यक्ष २ जना गरी कूल ५० जनालाई नमूना जनसंख्या रुपमा उपयोग गरिएको छ । यस अनुसन्धानमा प्रश्नावली अन्तरवार्ताका सहायताले प्राथमिक तथ्याङ्कहरु संकलन गरिएको छ भने द्वितीय तथ्याङ्कको रुपमा मूल्याङ्कन बहि, भर्ना बहि, आय–व्यय हिसाब खातालाई उपयोग गरिएको छ । सामुदायिक विद्यालयहरुमा सरकारी तथा गैह्रसरकारी स्रोतबाट आर्थिक अनुदान प्राप्त हुने गरेको पाइयो । सरकारी अनुदान अन्तर्गत छात्रवृत्ति, पाठ ् यपुस्तक, शैक्षिक सामग्री र भौतिक निर्माण तथा मर्मत जस्ता विद्यार्थी कल्याणका क्षेत्रमा अनुदान प्राप्त हुने गरेको पाइयो । गैह्रसरकारी स्रोत अन्तर्गत गाउँ विकास समिति, गाउँ शिक्षा योजना र अभिभावकहरुबाट आर्थिक अनुदान प्राप्त हुने गरेको पाइयो । सामुदायिक विद्यालयको शैक्षिक उपलब्धिलाई हेर्दा सन्तोषजनक देखिएन । विद्यार्थीहरुको तह पारगर्ने दर ज्यादै न्यून देखिन्छ । कक्षा दोहो¥याउने दर, विचैमा पढाई छोड् ने दर र कक्षा छोड ् ने दर उच्च हुनुले सामुदायिक विद्यालयहरुको शैक्षिक उपलब्धि खस्कदै गएको निष्कर्ष मा पुग्न सकिन्छ । अनुसन्धानको क्रममा देखिएका चुनौती तथा समस्याहरुलाई समाधान गर्न सहयोग पुगोस भन्ने उद्देश्यले विभिन्न तीन तहमा सुझावहरु प्रस्तुत गरिएको छ । सामुदायिक विद्यालयहरुमा भावी शैक्षिक नीति तथा कार्यक्रम निर्माणगरी प्रभावकारी स्रोतव्यवस्थापनमा सहयोग पुगोस भन्ने उद्देश्यले नीतिगत तह, वर्तमान योजना तथा कार्यक्रमहरु प ्र भावकारी ढंगले कार्यान्वयन गर्न सकियोस भन्ने उद्देश्यले अभ्यास तह र भविश्यमा शिक्षा क्षेत्रमा थप खोज तथा अनुसन्धान हुन सकु न भन्ने उद्देश्यले अनुसन्धान तहमा समेत सुझावहरु प्रस्तुत गरिएको छ ।Item शिक्षकको पेशागत दक्षताले सिकाइमा पारेको प्रभाव(2015) शाह, प्रेमलता; धर्मराज सिहशिक्षकको पेशागत दक्षताले सिकाइमा पारेको प्रभाव शोध शीर्षकमा गरिएको यो अध्ययनको मुख्य उद्देश्य शिक्षकमा पेशागतउत्तरदायित्व सम्बन्धी दक्षताको अवस्था र शिक्षण सिकाइमा त्यसको असर पत्ता लगमउनु हो । यस अध्ययनमा लागि मिश्रित अनुसन्धानात्मक ढाँचाको प्रयोग गरिएको छ । यस अध्ययनमा सङ्ख्यात्मक तथा गुणात्मक दुबै विधिको तथ्याङ्क प्रयोग गरिएको छ । नमुना छनोट उद्देश्यमूलक नमुना छनोट विधिबाट गरिएको छ । यस अध्ययनलाई सम्बन्धित सरोकारवालाहरुबाट प्राथमिक तथ्याङ्क सं कलनकाे लागि प्रश्नावली, अन्तर्वार्ता र समूह छलफललाई साधनको रुपमा प्रयोग गरिएाको छ । द्वितीय तथ्याङ्कको रुपमा विद्यालयको अभिलेखलाई प्रयोग गरिएको छ । यस अध्ययनमा तथ्याङ्कको विश्लेशण सङ्ख्यात्मक तथा गुणात्मक दुवै रुपमा गरिएको छ । यस अध्ययनबाट आएकाे तथ्याङ्कहरुको नतिजा विश्ले षण गर्दा शिक्षकको पेशागत दक्षताको अवस्थाको प्रतिबिम्बन , सम्पूर्ण शिक्षण प्रक्रियाको अभिलेख र पेशागत दक्षता प्रदर्शन न्यून रहेको पाईयो । पेशागत दक्षतामा अभिलेखको अभावमा प्रतिबिम्बन गर्न नसके को, शिक्षक–विद्यार्थी को अनुपात बढीे र शिक्षकको शिक्षण सिकाई पद्धति सकारात्मक सोचको कमी भएको । शिक्षकको पेशागत उत्तरदायित्व सम्बन्धी दक्षतामा अभाव देखिएकोले सिकाई दिगो र प्रभोवकारी हुन सके को छैन् । विद्यार्थी केन्द्रित सुधारात्मक र उपचारात्मक शिक्षण सिकाई हुन सके को पाईएन् । सह तथा अतिरिक्त क्रियाकलाप सञ्चालन हुुन नसके कोले विद्यार्थी सिकाइ पद्धति उत्प्रेरित हुन नसके को देखिन्छ जसले गर्दा उत्तीर्ण प्रतिशत घटेको छ । विद्यार्थीको सहभागिता र सक्रियता न्यू न भएको छ । विद्यार्थीको व्यवहारमा सकारात्मक परिवर्तन हुन सकेको छैन । शिक्षण सिकाइमा शैक्षिक सामग्रीको कम प्रयोग भएको देखिन्छ । सबै विद्यार्थीले समान अवसर पाएको देखिएन् । विद्यार्थीले अभ्यासको अवसर पाउन नसके कोले सिकाइ दिगो हुन नसके को जस्ता असरहरु परेको पाईयो । यस अध्ययनबाट निष्कर्षमा देखिएका चुनौतीहरु तथा असरहरुको समाधान गर्न सक्षम एवं दक्ष शिक्षकको नियु क्तिको व्यवस्था मिलाउनु पर्ने आवश्यकता छ । आवश्यकतामा आधारित तालिमको व्यवस्था गरी शिक्षकमा सकारात्मक मनोवृति विकास गराउन सकियो भने शिक्षण सिकाईको स्तरलाई सुधार गर्न सकिन्छ । अनुगमन एवं सुपरिवेक्षणकाे प्रभावकारी व्यवस्था मिलाई सोको आधारमा दण्डItem सप्तरी जिल्लामा शिक्षक तालिम र उपलब्धिको प्रभावकारिताः एक अध्ययन(2015) थापा, इन्द्रबहादुर; धर्मराज सिंहव्यक्ति, परिवार, समाज र सिंगो राष्ट्रको विकासको प्रमुख आधार भनेको शिक्षा नै हो । शिक्षाको स्तर जति राम्रो हुन्छ, त्यति नै मात्रामा देशको विकासको स्तर माथि उक्लिन्छ । शिक्षाको गुणस्तर वृद्धि गर्नका लागि अन्य कुराका अलवा शिक्षक र त्यसमा पनि तालिमप्राप्त दक्ष शिक्षकको महत्वपूर्ण भूमिका हुन्छ । शिक्षकलाई तालिमले कुशल, दक्ष, पोख्त, सफल र अनुभवी बनाउँछ । तालिमप्राप्त शिक्षकले मात्र प्रभावकारी रुपमा शिक्षण –सिकाइ क्रियाकलाप गर्न सक्छ । यो अध्ययनमा शिक्षक तालिमले सप्तरी जिल्लाका सामुदायिक विद्यालयहरुको शैक्षिक गुणस्तरमा पारेको प्रभावलाई अध्ययन गर्न खोजिएको छ । नेपालमा आौपचारिक रुपमा शिक्षक तालिमको सुरुवात २००४ सालबाट भएको पाइन्छ । त्यसपछि औपचारिक र अनौपचारिक रुपमा विभिन्न किसिमका तालिमहरु हुँदै आएका छन् । २०२८ सालमा शिक्षक तालिमलाई अनिवार्य गरिएकोमा २०३७ सालमा भने यसको अनिवार्यतालाई हटाएको पाइन्छ । शिक्षा आयोगको प्रतिवेदन २०४९ शिक्षक तालिमको आवश्यकतालाई पूर्ण रुपमा हटाएको पाइन्छ । हाल आएर देशभरमा थुप्रै शैक्षिक तालिम केन्द्रको स्थापना गरिएको छ । ती केन्द्रमा “क” र “ख” नामांकरण गरी सबै प्रा.वि., नि. मा. वि. र मा. वि. तहका शिक्षकहरुका लागि तालिमहरु संचालन हुँदै आएका छन् । यस अध्ययनका उद्देश्यहरु निम्न प्रकारका छन् – १. शिक्षक तालिमको वर्तमान अवस्थाको पहिचान गर्ने २. तालिमपा्रप्त र अप्राप्त शिक्षकको शिक्षण – सिकाइ बीच तुलना गर्ने । ३. तालिमप्राप्त शिक्षकले तालिममा सिकेका सीपहरु कक्षाकोठामा स्थानान्तरण भए नभएको लेखाजोखा गर्ने । अध्ययनका क्रममा शिक्षकहरुको कक्षा अवलोकन गर्ने, प्रश्नावली भराउने र छलफल गर्ने कार्य गरिएको थियो । विद्यालयका प्र. अ., क्ःऋर एत्ब् अध्यक्ष र विद्यार्थीहरुलाई समेत प्रश्नावली भराएको थियो र अन्तरक्रिया समेत गरिएको थियो । नमुनाका रुपमा सप्तरी जिल्लाका १५ वटा सामुदायिक विद्यालयलाई लिइएको थियो । यस अध्ययनबाट निम्न तथ्यहरु पत्ता लागेका थिए – १. सामुदायिक विद्यालयमा कार्यरत स्वीकृत र राहत दरबन्दीमा कार्यरत दुवै शिक्षक हरुमा तालिम प्राप्त र तालिम अप्राप्त पाइयो । २. शिक्षकहरु तालिमप्रति आकर्षित भएको पाइयो । ३. शिक्षकहरुले तालिममा सिकेका सीपहरु ६० प्रतिशत मात्र कक्षाकोठामा स्थानान्तरण गरेकोको पाइयो । ४. तालिम प्राप्त शिक्षकहरुले अध्यापन गरेको विषयमा विद्यार्थीहरुले ५६ प्रतिशत सिकाइ उपलब्धी हाँसिल गरेका छन् भने तालिम अप्राप्त शिक्षकले पढाएको विषयमा ४० प्रतिशत मात्र सिकाइ उपलब्धि हाँसिल भएको पाइयो । ५.कक्षाकोठाको व्यवस्थापन पक्ष कमजोर हुनाले, शिक्षकलाई बढी कार्यबोध हुनाले, शिक्षकको अनुपातमा विद्यार्थीसंख्या बढी हुनाले , शैक्षिक सामग्रीको अभाव हुनाले र समयमै पाठ्यपुस्तक प्राप्त गर्न नसकेकाले तालिम प्राप्त शिक्षकलाई तालिममा सिकेका कुरा काक्षा कोठामा स्थानान्तरण हुन कठिनाइ भएको पाइयो । ६. तालिम पाप्त शिक्षकहरुमा प्रशस्त मात्रामा सैद्धान्तिक ज्ञान रहेको पाइयो । यस शोधपत्रबाट प्राप्त भएका ष्लमष्लनक र निष्कर्षका आधारमा निम्नलिखित सुझावहरु पेश गरिएको छ – १. स्वीकृत दरबन्दीमा कार्यरत शिक्षक सरह राहत र P.C.F. दरबन्दीमा कार्यरत शिक्षकलाई पनि तालिम दिइनुपर्ने । २. शिक्षण क्रियाकलाप प्रभावकारी बनाउन शिक्षकले नियमित अनुगमन र सुपरीवेक्षण गर्नु पर्ने । ३. छोटो समयमा पुनर्ताजकी तालिमको व्यवस्था हुनुपर्ने । ४.तालिममा सिकेका सीपहरु कक्षाकोठामा स्थानान्तरण हुने वातावरणको सृजना गर्न सबै सरोकारपक्षहरु समर्पित हुनुपर्ने । ५. प्रधानाध्यापकलाई व्यवस्थापकीय र प्रशासनिक काममा मात्र लगाउनुपर्ने । ६. सबै शिक्षकहरुलाई तालिम दिन नसके पनि तालिमको च्यतबतष्यल पालैपालो मिलाउने व्यवस्थाप्रति सजक हुनुपर्ने ।Item शैक्षिक क्षेत्रमा मधेशी दलित बालबालिकाहरुको पहुँच(2015) शाह, रोशन कुमार; धर्मराज सिंहप्रस्तुत शोधपत्र “शैक्षिक क्षेत्रमा मधेशी दलित बालबालिकाहरुको पहुँच” भन्ने शीर्षकमा तयार पारिएको छ । यस अनुसन्धानको प्रमुख उद्देश्य मधेशी दलित बालबालिकाहरुको शैक्षिक पहुँच पत्ता लगाउनु , विद्यालय नजानुका कारणहरु पत्ता लगाउनु र मधेशी दलित बालबालिककाहरुको शैक्षिक पहुँचमा सुधार ल्याउनका लागि सुझाव दिनु रहेको छ । यस अध्ययनका उदेश्य प्राप्तिका लागी सम्बन्धित साहित्यको पूनरावलोकन गर्दा बिभिन्न सोध, लेख, रचनालाई पूनरावलोकन गरीएको छ भने सैद्धान्तिक खाका का रुपमा कार्ल मार्कसको द्धन्दात्मक सिद्धान्त, म्याक्स वेवरको विभेदिकरणको सिद्धान्त र पाउलो फेरेको पिछिडिएकाहरुको लागी शिक्षा सम्बन्धि दृष्टिकोणलाई उपयोग गरिएको छ । यस अध्ययनको उद्देश्य प्राप्तिका लागि गुणात्मक र परिमाणात्मक ढाँचामा आधारित रही उद्देश्यमूलक र संभावनायुक्त नमुना छनोट विधिबाट सप्तरी जिल्लाको ४ वटा विद्यालयहरु , ती विद्यालयका प्र.अ.हरु , अभिभावकहरु, शिक्षकहरु र विद्यार्थीहरुलाई नमुनाका रुपमा लिइएको छ । अध्ययनका लागि आवश्यक पर्ने तथ्याङ्कहरु प्राथमिक र द्धितीय स्रोतहरुबाट संकलन गरिएको छ । जुन तथ्याङ्कहरु अन्तर्वार्ता, अवलोकन, प्रश्नावलीद्धारा प्रत्यक्ष भेटघाट र स्थलगत सर्वेक्षणद्धारा संकलन गरिएको छ । संकलित तथ्याङ्कहरु वर्णात्मक तथा विश्लेषणात्मक तरीकाबाट विश्लेषण गरिएका छन् । यस अध्ययनबाट के निष्कर्ष निकाल्न सकिन्छ भने मधेशी दलित बालबालिकाहरुको शैक्षिक पहुँच कम रहेको देखिन्छ । शिक्षा र अन्य सुविधाबाट बिमुख रहेका मधेशी दलितहरुको अवस्था कमजोर रहेको देखिन्छ । घरको पारिवारिक वातावरण, आर्थिक अवस्था आदिले गर्दा बालबालिकाहरु नियमित रुपमा विद्यालयमा उपस्थित हुन सकिरहेका छैन् । समयमा शैक्षिक सामग्री नभेटनुले उनीहरुको उतिर्ण दर कमजोर देखिन्छ । अध्ययन क्षेत्रका विद्यालयमा गैर दलित विद्यार्थीहरुको तुलनामा मधेशी दलित बालबालिकाहरुको संख्या कम देखिन्छ । साथै गैर दलितको तुल्नामा यिनीहरुको शैक्षिक उपलब्धिको स्तर न्यून देखिन्छ । विद्यालयमा छुवाछुत सम्बन्धि नराम्रो व्यवहार नभए पनि सामाजिक आर्थिक अवस्था, साँस्कृतिक वातवरण, छिटो विवाह र घरको कामले विद्यालय बीचमै छाडने गरेको देखिन्छ । अभिभावकको पेशा शिक्षा आर्थिक अवस्था आदि संग बालबालिकाहरुको शिक्षा प्रभावित भएको देखिन्छ । आर्थिक समस्या, अभिभावकमा चेतनाको कमि, परम्परागत विचार, महिलाहरु निरक्षर हुनु र बालबालिकाहरुलाई विद्यालय पठाउनु पर्छ भन्ने कारणहरुले उनीहरुको शैक्षिक अवस्थामा प्रभाव पारेको देखिन्छ । विद्यालयमा मधेशी, दलित बालबालिकाहरुको शिक्षामा सहभागिता र शैक्षिक कार्यक्रममा सुधार गर्नका लागि विद्यालयहरुले जनचेतनामूलक घरदैलोकार्यक्रम, आमभेला कार्यक्रम, सिपमूलक कार्यक्रम , आदि संचालन गरी उनीहरुको शैक्षिक अवस्थामा सुधार गर्न सकिन्छ । यिनीहरुलाई छात्रवृत्ति, निःशूल्क पाठ्यपुस्तक वितरण, शिक्षण कार्यक्रममा सहभागि, विद्यालयबाहिर छुवाछुत भेदभाव हटाउने कार्यक्रमहरु, रुढीवाद बारे चेतना अभिबृद्धि र पिछडिएको दलितलाई छुट्टै शैक्षिक आरक्षणको व्यवस्था गरि मधेशी दलित बालबालिकाहरुको शैक्षिक अवस्थामा सुधार गर्न सकिने सुझावहरु प्रस्तुत गरिएको छ । त्यसपछि नितीगत तहमा विभिन्न कार्यक्रमहरु सँचालन, अभ्यासगत तहमा विभिन्न कार्यक्रमहरु जस्तै, गृहकार्य, कक्षाकार्य, अतिरिक्त क्रियाकलाप, विभिन्न उत्सव समारोहमा यिनीहरुको सहभागिता बढाउनु पर्दछ । अनुसन्धान तह अन्तर्गत अध्ययन कर्ताले अध्ययन गर्न नसकेका विविध पक्षहरुको बारेमा अध्ययन गर्न सकिने सुझावहरु प्रस्तुत गरिएको छ ।Item माध्यमिक तहमा दलित विद्यार्थीको शैक्षिक अवस्था {Madhyamik tahama dalit bidyarthiko saikshik abastha}(2015) यादव, रानीसुजान (Yadav, Ranisujan); धर्मराज सिंह (Dharmaraj Singh)माध्यमिक तहमा दलित विद्यार्थीहरुको शैक्षिक अवस्था शीर्षकमा गरिएको यस अध्ययन कार्यको मुख्य उद्देश्य दलित बालबालिकाको शैक्षिक स्थिति पत्ता लगाउनु रहेको छ । यस अध्ययनको लागि सिरहा जिल्लाको सुखीपुर स्रोतकेन्द्र अन्तर्गत रहेका ५ वटा सामुदायिक माध्यमिक तह छनोट गरिएको छ । यसका लागि उद्देश्यमूलक नमुना छनोटबाट स्रोत व्यक्ति १ जना विद्यालय व्यवस्थापन समिति अध्यक्ष ५ जना प्राचार्य ५ जना, शिक्षक ५ जना र अभिभावक १० जना छनोट गरिएको छ । सम्भावना यूक्त नमुना छनोटवाट प्रत्येक विद्यालयमा १ जना छात्र र १ जना छात्रा पर्ने गरी १० जना दलित विद्यार्थी समेत जम्मा ३६ जनालाई नमुनाको रुपमा लिइएको छ । ढाँचा यस अध्ययनको ढाँचा परिमाणात्मक र गुणात्मक रहेको छ । अन्तर्वार्ता ,प्रश्नावली र विद्यालय विवरण फारमलाई साधनको रुपमा प्रयोग गरिएको छ । अध्ययन क्षेत्रका विद्यालयहरुको माध्यमिक तहमा दलित विद्यार्थीको उमेर अनुसारको भर्ना न्यून रहेको, उपस्थिति कम रहेको, उपस्थितिमा छात्रा भन्दा छात्र प्रतिशत धेरै न्यून रहेको पाइयो र परीक्षा अनुत्तीर्ण हुने दर अन्य विद्यार्थीमा भन्दा दलित विद्यार्थीमा धेरै रहेको देखियो । दलित छात्रा भन्दा छात्र बढी उत्तीर्ण भएको देखिए पनि छात्राको उत्तीर्ण संख्या बृद्धि हुदै गएको पाइयो । दलित बालबालिकाका शैक्षिक समस्याहरुमा परिवारको कमजोर आर्थिक अवस्था, बाबुआमाको अशिक्षा, पारिवारिक सङ्ख्या र वातावरण, परम्परागत पेशाको निरन्तरता, धार्मिक र सामाजिक संस्कार मूख्य रुपमा रहेका छन् । त्यस्तै छोरा छोरीमा हुने लैङ्गिक विभेद, व्यवहारिक तथा व्यावसायिक शिक्षाको अभाव, जातीय छुवाछुत व्यवहारिक रुपमा कायमै रहनु सामाजिक र जातीय संस्कार मनोवैज्ञानिक रुपमा एक पुस्तावाट अर्को पुस्तामा हस्तान्तरण हुनु विद्यालयको सिकाई वातावरणले कमजोर विद्यार्थीलाई उत्प्रेरित गर्न नसक्नु बढ्दो बेरोजगारी जस्ता कारणले पनि शिक्षामा पहुँच बृद्धि गर्न समस्याको रुपमा रहेको पाइयो । समस्या समाधान गर्न अभिभावकको शैक्षिक स्तर वृद्धि गर्न विशेष साक्षरता अभियान सञ्चालन गर्नु पर्ने, जनचेतना कार्यक्रम सञ्चालन गर्नु पर्ने, निःशूल्क शिक्षालाई व्यवहारिक रुपमा लागु गर्नु पर्ने विद्यार्थीलाई शैक्षिक सामग्री उपलब्ध गराउनु पर्ने सुझावहरु दिइएको छ ।Item शैक्षिक सुपरिवेक्षणमा स्रोतव्यक्तिको भूमिका {Shaikshik suparibekshanma srotbyaktiko bhumika}(2016) प्रोख्रेल, कोषराज (Pokhrel, Koshraj); टोलनाथ काफ्ले (Tolnath Kafle)प्रस्तुत शोध अध्ययन शैक्षिक सुपरिवेक्षणमा स्रोतव्यक्तिको भूमिकासँग सम्बन्धित रहेको छ । शैक्षिक सुपरिवेक्षणमा स्रोतव्यक्तिको भूमिकाको विश्लेषण गर्नु यस अध्ययनको प्रमुख उद्देश्य रहेको छ । प्रस्तुत अनुसन्धानका लागि गुणात्मक र परिमाणात्मक अनुसन्धान ढाँचा अवलम्बन गरिएको छ । सुनसरी जिल्लाको भादगाउँ सिनुवारी, बलाहा र भुटाहा स्रोतकेन्द्र अन्तर्गतका ६ वटा सामुदायिक विद्यालयलाई नमुनाका रूपमा छनोट गरिएको छ । ती विद्यालयका प्रधानाध्यापक, शिक्षक, वि.व्य.स.अध्यक्ष र छनोटमा परेका स्रोतकेन्द्रका स्रोतव्यक्तिलाई जनसङ्ख्याका रूपमा लिइएको छ । जस अनुसार प्र.अ.हरू ६ जना, शिक्षकहरू ६ जना, वि.व्य.स.अध्यक्षहरू ६ जना र स्रोतव्यक्तिहरू ३ जना नमुनाका रूपमा लिइएको छ । तथ्याङ्क सङ्कलनका लागि प्राथमिक र द्वितीय दुवै स्रोतको उपयोग गरिएको छ । प्रश्नावली, विद्यालय सर्वेक्षण फारम, समूहगत छलफलका माध्यमबाट प्राथमिक तथ्याङ्कहरू सङ्कलन गरिएको छ । प्राप्त तथ्याङ्कका आधारमा स्रोतव्यक्तिबाट हुने शैक्षिक सुपरिवेक्षण अधिकतम वार्षिक ३ पटक मात्र हुने गरेको पाइएको छ । कतिपय विद्यालयमा वर्षमा एक पटक पनि स्रोतव्यक्तिबाट शैक्षिक सुपरिवेक्षण नभएको अध्ययनले देखाएको छ । न्यून शैक्षिक सुपरिवेक्षणकै कारण शैक्षिक सत्र ०६७ को तुलनामा ०६८ मा र ०६८, ०६९ को तुलनामा ०७१, ०७२ मा कक्षागत सिकाइ उपलब्धि कम हुँदै गएको छ । स्रोतव्यक्तिले गर्ने शैक्षिक सुपरिवेक्षण प्रभावकारी बन्न नसक्नुमा स्रोतव्यक्तिले वार्षिक कतिपटक विद्यालयमा अनिवार्य सुपरिवेक्षण गर्नु पर्ने हो, सोको किटान नहुनु, विद्यालयमा सुपरिवेक्षण भए/ नभएको अनुगमन नहुनु, राम्रो काम गर्ने स्रोतव्यक्तिलाई प्रोत्साहन र प्रेरणा प्रदान गर्ने व्यवस्था नहुनु, राजनीतिक प्रभावका कारण स्रोतव्यक्तिले विद्यालयको यथार्थ स्थितिको चित्रण गरी प्रतिवेदन बुझाउन नसक्नु रहेका छन् । स्रोतव्यक्तिले शैक्षिक सुपरिवेक्षण उचित रूपले गर्न नसक्नुमा एकजना स्रोतव्यक्तिको तुलनामा अधिक विद्यालय सङ्ख्या र भौगोलिक क्षेत्र हुनु, स्रोतकेन्द्रमा थप स्टाफ र स्रोत सामग्री तथा सुविधा पर्याप्त नहुनु, स्रोतव्यक्तिले दिएका सल्लाह र सुझावहरूलाई विद्यालयहरूले आत्मसात नगर्नु, सुपरिवेक्षणलाई समन्वयात्मक रूपमा अघि बढाउन नसक्नु नै मुख्य समस्या रहेका छन् । उपर्युक्त समस्याहरूको निराकरण गर्न स्रोतव्यक्तिबाट नियमित र आवश्यकता अनुसार सुपरिवेक्षण कार्यलाई बढाउनु पर्ने, जिल्ला शिक्षा कार्यालयबाट स्रोतव्यक्तिले गर्ने शैक्षिक सुपरिवेक्षणको अनुगमन गरी प्रतिवेदन बुझाउने व्यवस्था गर्नुपर्ने, स्रोतव्यक्तिलाई नियमित पुनर्ताजगी तालिम प्रदान गर्नुपर्ने, सुपरिवेक्षणलाई आधुनिकीकरण गर्नुपर्ने, शैक्षिक सुपरिवेक्षण गर्दा स्रोतव्यक्तिले अन्य निकायहरूसँग समन्वय गर्नुपर्ने, शैक्षिक सुपरिवेक्षणसँग सम्बन्धित सरोकारवालाहरू सबैले आ–आÏनो काम, कर्तव्य र अधिकारलाई अक्षरशः पालना गर्नुपर्ने सुझावहरू दिइएको छ । साथै शैक्षिक सुपरिवेक्षणमा स्रोतव्यक्तिलाई सम्बन्धित विद्यालयका प्र.अ., वि.व्य.स.अध्यक्ष, अन्य पदाधिकारीहरू तथा शिक्षकहरूले समेत प्रत्यक्ष सहयोग गर्नुपर्ने देखिन्छ । जसबाट स्रोतव्यक्तिले प्रभावकारी रूपमा शैक्षिक सुपरिवेक्षण गर्न सक्छन् । यसका लागि स्रोतव्यक्तिलाई सबैले सहयोग गर्नुपर्ने देखिन्छ । यसरी शैक्षिक सुपरिवेक्षणमा स्रोतव्यक्तिलाई सम्बन्धित सबै शिक्षकरू, प्र.अ.हरू, वि.व्य.स. अध्यक्षहरू तथा पदाधिकारीहरूले आ–आफ्नो क्षेत्रबाट सहयोग गरेको खण्डमा मात्र शैक्षिक सुपरिवेक्षण प्रभावकारी हुन सक्छ ।Item महिला शिक्षकको उपस्थितिले छात्रा सहभागितामा परेको प्रभाव {Mahila shikshakko upasthitile sahabhagitama pareko prabhav}(2015) साह, रामेश्वर (Sah, Rameswar); चन्देश्वर यादव (Chandeswar Yadav)Available with fulltextItem सतार बालबालिकाले बिचैमा विद्यालय छाड्ने कारणहरु {Satar balbalikale bichaima bidyalay chhadne karanharu}(2016) राजवंशी, गोविन्द (Rajbanshi, Gobind); योन्देन सुनुवार (Yonden, sunuwar)सतार बालबालिका कक्षा छाडने कारणहरु शिर्षक राखेर गरिएको यस अध्ययनको उद्देश्य सतार विद्यार्थीहरुको भार्नाको स्थिती र सहभागितको अध्ययन गर्ने रहेको छ । यस पृथ्वीनगर स्रोत केन्द्र अन्तर्गतका समामुदायि विद्यालयहरुमा सतार छात्रछात्राहरुले बिचैमा पढाई छोडनुको कारण र समाधानका उपयाहरुको खोजी गर्नुका सथै यिनिहरुको विद्यालय छाडने दर घटाउनका लागि अवलम्वन गर्नु पर्ने उपायहरु सिफारिस गर्नु रहेको छ । यस अध्ययनका लागि अध्ययन क्षेत्र छनोट गर्ने क्रममा झापा जिल्ललाको दक्षिण पूर्वीमा पर्ने पृथ्वीनगर स्रोतकेन्द्र अन्तर्गतका तीन ओटा विद्यालयहरुमा अध्ययनरत छात्रछात्राहरुलाई छनोट गरिएको थियो । यस अध्ययनका लागि प्राथामिक र द्धितिय स्रोतको तथ्याङकलाइ आधार बनाईएको छ । अध्ययनका लागि आवश्यक पर्ने सुचनाहरु संकलन गर्न अध्ययनक्षेत्रका बालवालिका , शिक्षक, अभिभावक, सतार नेतालाई समभावनायूक्त नमुना छनोट विधिलाई आधार मानिएको छ भने पृथ्वीनगर स्रोतकेन्द्रका विद्यालय वि.व्य.स. र पि.टि.ए. का अध्ययक्ष तथा बनियानी गा.वि.स. का सतारहरुसँग सम्बन्धीत कार्य गर्न गैर सरकारी संस्थाबाट उद्देश्य मुलक रुपमा प्रश्नावली, अन्र्तवाता, सहभागिता मुलक अवलोकन र छलफल विधिबाट तथ्याङक संकलन गरिएको छ । यस अध्ययनबाट सतार बालवालिका विद्यालयमा सहभागिता सन्तोष जनक नरहेको, बढि उमेरका बालवालिकाहरुको विद्यालयमा नियमितताको कमी रहेको । विद्यालय छोडने दर उच्च रहेको पाहियो । सतार बालवालिका को अभिवावकको संक्षरताको अवस्था ज्यादै न्यून रहेको देखिन्छ । बालवालिकाहरु घरको काममा संलग्न हुनु परेको र शिक्षा प्रति बालवालिका एवं अभिवावक उदासिन रहेको देखिन्छ । उक्त्त समस्याहरुमा प्रमुख कारक तत्वहरुमा गरिवी, चेतनाको कमी, अशिक्षा र वेरोजगारी आदि रहेका छन । उक्त्त समस्यलाई समधान गर्न चेतनामुलक कार्यक्रम सञ्चालन गर्ने, उनिहरु सँग समान व्यवहार गर्ने उनिहरुको सहभागिता वृद्धि गर्ने, छात्रावृत्ति तथा निःशुल्क शिक्षा कार्यक्रम सञ्चालन गर्ने , सतार अभिवावकको लागि आय आर्जन र सीपमुलक तालिम सञ्चालन गर्ने तथा पौढ शिक्षा कार्यक्रम सञ्चालन गर्ने , बालकेन्द्र र शिशु स्याहार केन्द्र स्थापना गर्ने । उदार कक्षा उत्तिण निति अवलम्वन गर्ने, अतिरिक्त शिक्षन कार्यक्रम सञ्चालन गर्ने, सहयोगी प्रकृतीका कार्यक्रहरु सञ्चालन गर्ने , जिल्ला शिक्षा कार्यलयले विशेष कार्यक्रम तर्जुमा गरि कार्यन्वयन गर्ने र जातिय विभेदिकरण अनत्य गर्ने आदि समधनका उपयाहरु सुझवको रुपमा यस शोधपत्रमा समावेश गरिएका छन ।Item शारीरिक अपाङ्ग बालबालिकाको विद्यालय शिक्षामा पहुँच {Shareerik apang balbalikako bidyalay shikshama pahuch}(2013) निरौला, एकराज (Nauraula, ekraj); गणेश प्रसाद दाहाल (Ganesh Prasad Dahal)प्रस्तुत शोधपत्र शारीरिक अपाङ्ग बालबालिकाको विद्यालय शिक्षामा पहुँच शीर्षकसँग सम्बन्धित रहेको छ । यो अनुसन्धान त्रिभुवन विश्वविद्यालय, शिक्षाशास्त्र सङ्काय, शैक्षिक योजना तथा व्यवस्थापन विभाग, सुकुना बहुमुखी क्याम्पस, इन्द्रपुर, मोरङ अन्तर्गत स्नातकोत्तर तह द्वितीय वर्षको आंशिक आवश्यकता पषिर्रिपूर्तिका लागि गरिएको हो । शारीरिक अपाङ्ग बालबालिकाको शैक्षिक पहुँच पत्तालगाउनु, उनीहरूको कक्षा व्यवस्थापनको अवस्था विश्लेषण गर्नु र शारीरिक अपाङ्ग बालबालिकाहरूले सामना गर्नुपरेका समस्याहरूको लेखाजोखा गरी समाधानका उपयहरू सुझाउनु यस अध्ययनका उद्देश्य रहेका छन् । प्रस्तुत अनुसन्धानका लागि परिमाणात्मक र गुणात्मक दुवै अनुसन्धान ढाँचाको प्रयोग गरिएको छ । प्राथमिक र द्वितीयक तथ्याङ्कहरूलाई आधार बनाइएको छ । तथ्याङ्कलाई तालिका, प्रतिशत र स्तम्भ तथा वृत्तचित्रमा प्रस्तुत गरी व्याख्या र विश्लेषण गरिएको छ । प्रस्तुत अध्ययनकालागि मोरङ जिल्लाको पथरी स्रोत केन्द्र अन्तर्गत शनिश्चरे र पथरी गा.वि.स.का २० ओटा विद्यालयमध्ये प्रा.वि., नि.मा.वि., मा.वि. र उ.मा.वि.को प्रतिनिधित्व हुने गरी ६ ओटा विद्यालयका प्र.अ., शिक्षक, अभिभावक एवम् विद्यार्थीलाई जनसङ्ख्याका रूपमा लिइएको छ । विद्यालय अवलोकन फारम, प्रश्नवली, अन्तर्वार्ता र छलफलका माध्यमबाट आवश्यक तथ्याङ्कहरूको सङ्कलन गरिएको छ । अनुसन्धानले शारिुरिका अपाङ बालबालिकाको शैक्षिक उपलब्धी विगतको भन्दा सुधारहुँदै गएको देखिएको छ । शैक्षिक उपलब्धीलाई अझ उच्च वनाउन अझ प्रयास गर्नुपर्ने चाहिँ देखिएको छ । सामाजिक रुपमा अपाङ्ग बालबालिकाहरू अवस्थाका वारेमा परम्परागत सोच र दृष्टिकोणमा परिवर्तन आई अपाङ्गहरूलाई हेर्ने, व्यवहार गर्ने तरिमामा सकारात्मक सोच विकास भएको पाईएको छ । जसका कारण विद्यालयको पहँचमा पनि यस्ता बालबालिकाको बृद्धि देखिएको छ । विद्यालयमा प्रवेश पाएका र नपाएका आपाङ्ग बालबालिकाहरू बीच ठूलो फरक देखिएको छ । विद्यालयहरूमा पूर्णरूपले अपाङ्ग मैत्री वातावरण वनिनसकेको देखिएको छ ता पनि धेरै विद्यालयमा यस्तो वातावरणको थालनि र विकास हुनलागेको देखिएको छ । विद्यालयहरूमा रहेका विभिन्न शैक्षिक सामग्रीहरूमा पनि शारीरिक अपाङ्ग बालबालिकाको पहुँच अन्य बालबालिका जत्तिकै रहेको पाइएको छ । विद्यालयका तर्फबाट अपाङ्ग बालबालिकाहरूलाई अन्य विशेष सुविधाहरू उपलब्ध गराउनु पर्ने देखिन्छ जसका कारण उनीहरूको शैक्षिक पहुँच बृद्धि भै उपलब्धी उच्च रहन सक्ने देखिएको छ । धेरै जसो विद्यालयहरूमा अपाङ्ग बालिबालिकाहरूले पनि अन्य विद्यार्थीहरूले प्रयोग गर्ने फर्निचर नै उपयोग गर्नुपरेको देखिएकाले उनीहरूलाई केही असहज भएको पाइएको छ । शैक्षिक समस्याका कारणहरू खोज्ने क्रममा शारीरिक अपाङ्ग बालबालिकाको आर्थिक अवस्था कमजोर, सामाजिक दृष्टिकोणमा पूर्ण परिवर्तन आइनसक्नु र कमजोर व्यवस्थापन नै समस्याका प्रमुख कारणहरू देखिएकाले उपर्युक्त कुराहरूमा सुधार गर्नुपने देखिएका छन् । यस्तै विद्यालयहरूमा आन्तरिक स्रोतको जुटाउनु पर्ने, विद्यालयहरूमा राजनैतिक प्रभाव अन्त्य गर्नु पर्ने र विद्यालय व्य.स. तथा प्रशासनको सक्रियताको वृद्धि गरी अपाङ्ग बालबालिकाका शैक्षिक समस्याका कारणका हरू हटाउनु पर्ने देखिन्छ । अपाङ्ग बालबालिकाहरूका समस्याहरूलाई सुझाउन प्रसस्त शैक्षिक सामाग्री सहितको छुट्टै कक्षा कोठाको व्यवस्था, कक्षाकोठाको वसाई व्यवस्थापन र कक्षा सम्मको पहुँच सहज वनाउनु पर्ने कुरा देखिएको छ । उपर्युक्त सुधारका उपायहरू अवलम्बन गरी शारीरिक अपाङ्ग बालबालिकाको शैक्षिक पहुँच बृद्धिगर्न सकिने तथा उनीहरूका समस्यालाई न्यूनिकरण गदै लैजाने कुरा देखिएको छ ।Item विद्यालय सुपरिवेक्षणमा स्रोतकेन्द्रको भूमिका {Bidyalaya suparibekshanma srotkendrako bhumika}(2015) चम्लागाँई, देउमाया (Chamlagai, Deumaya); लक्ष्मीकुमार श्रेष्ठ (Laxmikumar Shrestha)रूपमा पालना नगरेकाले पनि सुपरिवेक्षण प्रभावकारी नभएको देखिन्छ । विद्यालय सुपरिवेक्षणमा स्रोतकेन्द्रको भूमिका शीर्षकको प्रस्तुत शोधअध्ययनको मूख्य उद्देश्य विद्यालय सुपरिवेक्षणमा देखिएका चुनौतिहरू खोजी गरी समाधानका उपायहरू पहिल्याउनु रहेको छ । यो अध्ययन गुणात्मक र परिमाणात्मक अनुसन्धान ढाँचामा तयार गरिएको छ । यो अध्ययनमा ताप्लेजुङ जिल्लामा रहेको तेल्लोक स्रोतकेन्द्रलाई अध्ययनको क्षेत्र छनोट गरी विभिन्न नमूना छनोट विधिहरूको प्रयोग गरेर स्रोतव्यक्ति, प्रधानाध्यापक, शिक्षक तथा विद्यालय व्यवस्थापन समितिका पदाधिकारीहरूको छनोट गरिएको छ । नमूना जनसङ्ख्यासँग गरिने अन्तरवार्ता, प्रश्नावली र छलफलबाट प्राप्त तथ्याङ्कहरूलाई प्राथमिक स्रोत मानिएको छ भने सम्बन्धित कार्यालयका दस्तावेज पुनरावलोकन तथा विद्यालय सुपरिवेक्षणसँग सम्बिन्धत लेख, रचना, आयोगको प्रतिवेदनबाट प्राप्त तथ्याङ्कहरूलाई द्वितीय स्रोत मानिएको छ । नमूना छनोटमा परेका व्यक्तिहरूबाट सूचना लिन प्रश्नावली, अन्तरवार्ता प्रश्नावली, लक्षित समूह छलफल निर्देशिका तथा अवलोकन फारम जस्ता अनुसन्धानका साधनहरूको प्रयोग गरिएको छ । यी साधनहरूको प्रयोग गरी नमूना छनोटमा परेका व्यक्तिहरूसँग अनुसन्धानकर्ता स्वयं अध्ययन क्षेत्रमा पुगेर प्रत्यक्ष भेटघाट गरी तथ्याङ्क सङ्कलन गरिएको छ । स्रोतकेन्द्रबाट गरिने विद्यालय सुपरिवेक्षण महत्वपूर्ण भएको र यसको सकारात्मक प्रभाव परेको भएता पनि विद्यालय सुपरिवेक्षणमा धेरै चुनौतिहरू देखिएका छन् । स्रोतव्यक्तिबाट समूह विद्यालयहरूको सुपरिवेक्षण भ्रमण कम हुने गरेको र विद्यालय सुपरिवेक्षणका क्रममा पनि स्रोतव्यक्तिबाट विद्यालयमा तथ्याङ्क सङ्कलन र सूचना आदान प्रदानमा मात्र केन्द्रित हुने गरेको पाइयो । सुपरिवेक्षण सहयोगीको रुपमा नभई प्रशासनिक ढर्राको रूपमा मात्र भएको पाइयो । स्रोतकेन्द्रमा स्रोत साधनको अभाव भएकोे, विषयविज्ञको अभाव भएको तथा स्रोतकेन्द्रको भौगोलिक क्षेत्र र विद्यालय सङ्ख्या एक जना स्रोतव्यक्तिको पहुँच भन्दा बढी भएको, स्रोतव्यक्तिलाई प्रशासनिक कामको बोझ भएको जस्ता चुनौतिहरू विद्यालय सुपरिवेक्षणमा रहेको पाइयो । स्रोतव्यक्तिहरू आफ्नो काम कर्तव्यप्रति इमान्दार र सर्मपित नभएको पाइयो । विद्यालयहरूको नियमित सुपरिवेक्षण नगरेको र सुपरिवेक्षणसँग सम्बन्धित पक्षहरूसँग निकट सम्बन्ध स्थापित गरी समस्याहरूलाई खुलस्त राख्ने वातावरण नबनाएकोले स्रोव्यक्तिको कार्यशैलीप्रति शंका र अविश्वास बढेको पाइयो । शिक्षकहरूले पनि स्रोतव्यक्तिले दिएका निर्देशन र सुझावहरू पूर्ण स्रोतव्यत्तिका काम, कर्तव्य र अधिकार शिक्षा नियमावलीमा स्पष्ट पार्नु पर्ने , प्रत्येक विद्यालयमा मासिक वा वार्षिक रुपमा स्रोतकेन्द्रबाट यति पटक विद्यालय सुपरिवेक्षण गर्नुपर्ने भनि किटान गर्नु पर्ने, १ जना स्रोतव्यक्तिको पहुँच पुग्न सक्ने गरी सुपरिवेक्षण गर्ने विद्यालय संख्या र भौगोलिक क्षेत्र निर्धारण गर्नु पर्ने, स्रोतकेन्द्रमा विभिन्न विषयका विषयविज्ञ हरु जगेडामा राखी सुपरिवेक्षण गर्ने व्यवस्था मिलाउनु पर्ने, सहायक कर्मचारीको व्यवस्था गर्नु पर्ने, जि.शि.का.बाट स्रोतकेन्द्र र स्रोतव्यक्तिको सुपरिवेक्षण कार्यशैली प्रति निरन्तर अनुगमन गरिरहनु पर्ने, स्रोतव्यक्तिले शिक्षक, प्र.अ., वि.व्य.स. पदाधिकारीहरु र अभिभावकहरुसँग समेत निकट सम्बन्ध स्थापित गरी समस्याहरुलाई खुलस्तराख्ने वातावरण तयार गर्नु पर्ने, स्रोतव्यक्तिले दिएका सुझावहरुलाई शिक्षकले पूर्ण रुपमा पालना गर्नु पर्ने तथा स्रोत व्यक्तिको सिफारिसमा जि.शि.का.बाट उत्कृष्ट शिक्षकलाई पुरस्कार र गैह्र जिम्मेवारलाई दण्ड दिने व्यवस्था गर्नुपर्ने सुझावहरु दिइएको छ ।
