Education Planning & Management

Permanent URI for this collectionhttps://hdl.handle.net/20.500.14540/61

Browse

Recent Submissions

Now showing 1 - 20 of 473
  • Item
    शिक्षकको पेशागत दक्षताले सिकाइमा पारेको प्रभाव
    (2015) शाह, प्रेमलता; धर्मराज सिह
    शिक्षकको पेशागत दक्षताले सिकाइमा पारेको प्रभाव शोध शीर्षकमा गरिएको यो अध्ययनको मुख्य उद्देश्य शिक्षकमा पेशागतउत्तरदायित्व सम्बन्धी दक्षताको अवस्था र शिक्षण सिकाइमा त्यसको असर पत्ता लगमउनु हो । यस अध्ययनमा लागि मिश्रित अनुसन्धानात्मक ढाँचाको प्रयोग गरिएको छ । यस अध्ययनमा सङ्ख्यात्मक तथा गुणात्मक दुबै विधिको तथ्याङ्क प्रयोग गरिएको छ । नमुना छनोट उद्देश्यमूलक नमुना छनोट विधिबाट गरिएको छ । यस अध्ययनलाई सम्बन्धित सरोकारवालाहरुबाट प्राथमिक तथ्याङ्क सं कलनकाे लागि प्रश्नावली, अन्तर्वार्ता र समूह छलफललाई साधनको रुपमा प्रयोग गरिएाको छ । द्वितीय तथ्याङ्कको रुपमा विद्यालयको अभिलेखलाई प्रयोग गरिएको छ । यस अध्ययनमा तथ्याङ्कको विश्लेशण सङ्ख्यात्मक तथा गुणात्मक दुवै रुपमा गरिएको छ । यस अध्ययनबाट आएकाे तथ्याङ्कहरुको नतिजा विश्ले षण गर्दा शिक्षकको पेशागत दक्षताको अवस्थाको प्रतिबिम्बन , सम्पूर्ण शिक्षण प्रक्रियाको अभिलेख र पेशागत दक्षता प्रदर्शन न्यून रहेको पाईयो । पेशागत दक्षतामा अभिलेखको अभावमा प्रतिबिम्बन गर्न नसके को, शिक्षक–विद्यार्थी को अनुपात बढीे र शिक्षकको शिक्षण सिकाई पद्धति सकारात्मक सोचको कमी भएको । शिक्षकको पेशागत उत्तरदायित्व सम्बन्धी दक्षतामा अभाव देखिएकोले सिकाई दिगो र प्रभोवकारी हुन सके को छैन् । विद्यार्थी केन्द्रित सुधारात्मक र उपचारात्मक शिक्षण सिकाई हुन सके को पाईएन् । सह तथा अतिरिक्त क्रियाकलाप सञ्चालन हुुन नसके कोले विद्यार्थी सिकाइ पद्धति उत्प्रेरित हुन नसके को देखिन्छ जसले गर्दा उत्तीर्ण प्रतिशत घटेको छ । विद्यार्थीको सहभागिता र सक्रियता न्यू न भएको छ । विद्यार्थीको व्यवहारमा सकारात्मक परिवर्तन हुन सकेको छैन । शिक्षण सिकाइमा शैक्षिक सामग्रीको कम प्रयोग भएको देखिन्छ । सबै विद्यार्थीले समान अवसर पाएको देखिएन् । विद्यार्थीले अभ्यासको अवसर पाउन नसके कोले सिकाइ दिगो हुन नसके को जस्ता असरहरु परेको पाईयो । यस अध्ययनबाट निष्कर्षमा देखिएका चुनौतीहरु तथा असरहरुको समाधान गर्न सक्षम एवं दक्ष शिक्षकको नियु क्तिको व्यवस्था मिलाउनु पर्ने आवश्यकता छ । आवश्यकतामा आधारित तालिमको व्यवस्था गरी शिक्षकमा सकारात्मक मनोवृति विकास गराउन सकियो भने शिक्षण सिकाईको स्तरलाई सुधार गर्न सकिन्छ । अनुगमन एवं सुपरिवेक्षणकाे प्रभावकारी व्यवस्था मिलाई सोको आधारमा दण्ड
  • Item
    सप्तरी जिल्लामा शिक्षक तालिम र उपलब्धिको प्रभावकारिताः एक अध्ययन
    (2015) थापा, इन्द्रबहादुर; धर्मराज सिंह
    व्यक्ति, परिवार, समाज र सिंगो राष्ट्रको विकासको प्रमुख आधार भनेको शिक्षा नै हो । शिक्षाको स्तर जति राम्रो हुन्छ, त्यति नै मात्रामा देशको विकासको स्तर माथि उक्लिन्छ । शिक्षाको गुणस्तर वृद्धि गर्नका लागि अन्य कुराका अलवा शिक्षक र त्यसमा पनि तालिमप्राप्त दक्ष शिक्षकको महत्वपूर्ण भूमिका हुन्छ । शिक्षकलाई तालिमले कुशल, दक्ष, पोख्त, सफल र अनुभवी बनाउँछ । तालिमप्राप्त शिक्षकले मात्र प्रभावकारी रुपमा शिक्षण –सिकाइ क्रियाकलाप गर्न सक्छ । यो अध्ययनमा शिक्षक तालिमले सप्तरी जिल्लाका सामुदायिक विद्यालयहरुको शैक्षिक गुणस्तरमा पारेको प्रभावलाई अध्ययन गर्न खोजिएको छ । नेपालमा आौपचारिक रुपमा शिक्षक तालिमको सुरुवात २००४ सालबाट भएको पाइन्छ । त्यसपछि औपचारिक र अनौपचारिक रुपमा विभिन्न किसिमका तालिमहरु हुँदै आएका छन् । २०२८ सालमा शिक्षक तालिमलाई अनिवार्य गरिएकोमा २०३७ सालमा भने यसको अनिवार्यतालाई हटाएको पाइन्छ । शिक्षा आयोगको प्रतिवेदन २०४९ शिक्षक तालिमको आवश्यकतालाई पूर्ण रुपमा हटाएको पाइन्छ । हाल आएर देशभरमा थुप्रै शैक्षिक तालिम केन्द्रको स्थापना गरिएको छ । ती केन्द्रमा “क” र “ख” नामांकरण गरी सबै प्रा.वि., नि. मा. वि. र मा. वि. तहका शिक्षकहरुका लागि तालिमहरु संचालन हुँदै आएका छन् । यस अध्ययनका उद्देश्यहरु निम्न प्रकारका छन् – १. शिक्षक तालिमको वर्तमान अवस्थाको पहिचान गर्ने २. तालिमपा्रप्त र अप्राप्त शिक्षकको शिक्षण – सिकाइ बीच तुलना गर्ने । ३. तालिमप्राप्त शिक्षकले तालिममा सिकेका सीपहरु कक्षाकोठामा स्थानान्तरण भए नभएको लेखाजोखा गर्ने । अध्ययनका क्रममा शिक्षकहरुको कक्षा अवलोकन गर्ने, प्रश्नावली भराउने र छलफल गर्ने कार्य गरिएको थियो । विद्यालयका प्र. अ., क्ःऋर एत्ब् अध्यक्ष र विद्यार्थीहरुलाई समेत प्रश्नावली भराएको थियो र अन्तरक्रिया समेत गरिएको थियो । नमुनाका रुपमा सप्तरी जिल्लाका १५ वटा सामुदायिक विद्यालयलाई लिइएको थियो । यस अध्ययनबाट निम्न तथ्यहरु पत्ता लागेका थिए – १. सामुदायिक विद्यालयमा कार्यरत स्वीकृत र राहत दरबन्दीमा कार्यरत दुवै शिक्षक हरुमा तालिम प्राप्त र तालिम अप्राप्त पाइयो । २. शिक्षकहरु तालिमप्रति आकर्षित भएको पाइयो । ३. शिक्षकहरुले तालिममा सिकेका सीपहरु ६० प्रतिशत मात्र कक्षाकोठामा स्थानान्तरण गरेकोको पाइयो । ४. तालिम प्राप्त शिक्षकहरुले अध्यापन गरेको विषयमा विद्यार्थीहरुले ५६ प्रतिशत सिकाइ उपलब्धी हाँसिल गरेका छन् भने तालिम अप्राप्त शिक्षकले पढाएको विषयमा ४० प्रतिशत मात्र सिकाइ उपलब्धि हाँसिल भएको पाइयो । ५.कक्षाकोठाको व्यवस्थापन पक्ष कमजोर हुनाले, शिक्षकलाई बढी कार्यबोध हुनाले, शिक्षकको अनुपातमा विद्यार्थीसंख्या बढी हुनाले , शैक्षिक सामग्रीको अभाव हुनाले र समयमै पाठ्यपुस्तक प्राप्त गर्न नसकेकाले तालिम प्राप्त शिक्षकलाई तालिममा सिकेका कुरा काक्षा कोठामा स्थानान्तरण हुन कठिनाइ भएको पाइयो । ६. तालिम पाप्त शिक्षकहरुमा प्रशस्त मात्रामा सैद्धान्तिक ज्ञान रहेको पाइयो । यस शोधपत्रबाट प्राप्त भएका ष्लमष्लनक र निष्कर्षका आधारमा निम्नलिखित सुझावहरु पेश गरिएको छ – १. स्वीकृत दरबन्दीमा कार्यरत शिक्षक सरह राहत र P.C.F. दरबन्दीमा कार्यरत शिक्षकलाई पनि तालिम दिइनुपर्ने । २. शिक्षण क्रियाकलाप प्रभावकारी बनाउन शिक्षकले नियमित अनुगमन र सुपरीवेक्षण गर्नु पर्ने । ३. छोटो समयमा पुनर्ताजकी तालिमको व्यवस्था हुनुपर्ने । ४.तालिममा सिकेका सीपहरु कक्षाकोठामा स्थानान्तरण हुने वातावरणको सृजना गर्न सबै सरोकारपक्षहरु समर्पित हुनुपर्ने । ५. प्रधानाध्यापकलाई व्यवस्थापकीय र प्रशासनिक काममा मात्र लगाउनुपर्ने । ६. सबै शिक्षकहरुलाई तालिम दिन नसके पनि तालिमको च्यतबतष्यल पालैपालो मिलाउने व्यवस्थाप्रति सजक हुनुपर्ने ।
  • Item
    शैक्षिक क्षेत्रमा मधेशी दलित बालबालिकाहरुको पहुँच
    (2015) शाह, रोशन कुमार; धर्मराज सिंह
    प्रस्तुत शोधपत्र “शैक्षिक क्षेत्रमा मधेशी दलित बालबालिकाहरुको पहुँच” भन्ने शीर्षकमा तयार पारिएको छ । यस अनुसन्धानको प्रमुख उद्देश्य मधेशी दलित बालबालिकाहरुको शैक्षिक पहुँच पत्ता लगाउनु , विद्यालय नजानुका कारणहरु पत्ता लगाउनु र मधेशी दलित बालबालिककाहरुको शैक्षिक पहुँचमा सुधार ल्याउनका लागि सुझाव दिनु रहेको छ । यस अध्ययनका उदेश्य प्राप्तिका लागी सम्बन्धित साहित्यको पूनरावलोकन गर्दा बिभिन्न सोध, लेख, रचनालाई पूनरावलोकन गरीएको छ भने सैद्धान्तिक खाका का रुपमा कार्ल मार्कसको द्धन्दात्मक सिद्धान्त, म्याक्स वेवरको विभेदिकरणको सिद्धान्त र पाउलो फेरेको पिछिडिएकाहरुको लागी शिक्षा सम्बन्धि दृष्टिकोणलाई उपयोग गरिएको छ । यस अध्ययनको उद्देश्य प्राप्तिका लागि गुणात्मक र परिमाणात्मक ढाँचामा आधारित रही उद्देश्यमूलक र संभावनायुक्त नमुना छनोट विधिबाट सप्तरी जिल्लाको ४ वटा विद्यालयहरु , ती विद्यालयका प्र.अ.हरु , अभिभावकहरु, शिक्षकहरु र विद्यार्थीहरुलाई नमुनाका रुपमा लिइएको छ । अध्ययनका लागि आवश्यक पर्ने तथ्याङ्कहरु प्राथमिक र द्धितीय स्रोतहरुबाट संकलन गरिएको छ । जुन तथ्याङ्कहरु अन्तर्वार्ता, अवलोकन, प्रश्नावलीद्धारा प्रत्यक्ष भेटघाट र स्थलगत सर्वेक्षणद्धारा संकलन गरिएको छ । संकलित तथ्याङ्कहरु वर्णात्मक तथा विश्लेषणात्मक तरीकाबाट विश्लेषण गरिएका छन् । यस अध्ययनबाट के निष्कर्ष निकाल्न सकिन्छ भने मधेशी दलित बालबालिकाहरुको शैक्षिक पहुँच कम रहेको देखिन्छ । शिक्षा र अन्य सुविधाबाट बिमुख रहेका मधेशी दलितहरुको अवस्था कमजोर रहेको देखिन्छ । घरको पारिवारिक वातावरण, आर्थिक अवस्था आदिले गर्दा बालबालिकाहरु नियमित रुपमा विद्यालयमा उपस्थित हुन सकिरहेका छैन् । समयमा शैक्षिक सामग्री नभेटनुले उनीहरुको उतिर्ण दर कमजोर देखिन्छ । अध्ययन क्षेत्रका विद्यालयमा गैर दलित विद्यार्थीहरुको तुलनामा मधेशी दलित बालबालिकाहरुको संख्या कम देखिन्छ । साथै गैर दलितको तुल्नामा यिनीहरुको शैक्षिक उपलब्धिको स्तर न्यून देखिन्छ । विद्यालयमा छुवाछुत सम्बन्धि नराम्रो व्यवहार नभए पनि सामाजिक आर्थिक अवस्था, साँस्कृतिक वातवरण, छिटो विवाह र घरको कामले विद्यालय बीचमै छाडने गरेको देखिन्छ । अभिभावकको पेशा शिक्षा आर्थिक अवस्था आदि संग बालबालिकाहरुको शिक्षा प्रभावित भएको देखिन्छ । आर्थिक समस्या, अभिभावकमा चेतनाको कमि, परम्परागत विचार, महिलाहरु निरक्षर हुनु र बालबालिकाहरुलाई विद्यालय पठाउनु पर्छ भन्ने कारणहरुले उनीहरुको शैक्षिक अवस्थामा प्रभाव पारेको देखिन्छ । विद्यालयमा मधेशी, दलित बालबालिकाहरुको शिक्षामा सहभागिता र शैक्षिक कार्यक्रममा सुधार गर्नका लागि विद्यालयहरुले जनचेतनामूलक घरदैलोकार्यक्रम, आमभेला कार्यक्रम, सिपमूलक कार्यक्रम , आदि संचालन गरी उनीहरुको शैक्षिक अवस्थामा सुधार गर्न सकिन्छ । यिनीहरुलाई छात्रवृत्ति, निःशूल्क पाठ्यपुस्तक वितरण, शिक्षण कार्यक्रममा सहभागि, विद्यालयबाहिर छुवाछुत भेदभाव हटाउने कार्यक्रमहरु, रुढीवाद बारे चेतना अभिबृद्धि र पिछडिएको दलितलाई छुट्टै शैक्षिक आरक्षणको व्यवस्था गरि मधेशी दलित बालबालिकाहरुको शैक्षिक अवस्थामा सुधार गर्न सकिने सुझावहरु प्रस्तुत गरिएको छ । त्यसपछि नितीगत तहमा विभिन्न कार्यक्रमहरु सँचालन, अभ्यासगत तहमा विभिन्न कार्यक्रमहरु जस्तै, गृहकार्य, कक्षाकार्य, अतिरिक्त क्रियाकलाप, विभिन्न उत्सव समारोहमा यिनीहरुको सहभागिता बढाउनु पर्दछ । अनुसन्धान तह अन्तर्गत अध्ययन कर्ताले अध्ययन गर्न नसकेका विविध पक्षहरुको बारेमा अध्ययन गर्न सकिने सुझावहरु प्रस्तुत गरिएको छ ।
  • Item
    माध्यमिक तहमा दलित विद्यार्थीको शैक्षिक अवस्था {Madhyamik tahama dalit bidyarthiko saikshik abastha}
    (2015) यादव, रानीसुजान (Yadav, Ranisujan); धर्मराज सिंह (Dharmaraj Singh)
    माध्यमिक तहमा दलित विद्यार्थीहरुको शैक्षिक अवस्था शीर्षकमा गरिएको यस अध्ययन कार्यको मुख्य उद्देश्य दलित बालबालिकाको शैक्षिक स्थिति पत्ता लगाउनु रहेको छ । यस अध्ययनको लागि सिरहा जिल्लाको सुखीपुर स्रोतकेन्द्र अन्तर्गत रहेका ५ वटा सामुदायिक माध्यमिक तह छनोट गरिएको छ । यसका लागि उद्देश्यमूलक नमुना छनोटबाट स्रोत व्यक्ति १ जना विद्यालय व्यवस्थापन समिति अध्यक्ष ५ जना प्राचार्य ५ जना, शिक्षक ५ जना र अभिभावक १० जना छनोट गरिएको छ । सम्भावना यूक्त नमुना छनोटवाट प्रत्येक विद्यालयमा १ जना छात्र र १ जना छात्रा पर्ने गरी १० जना दलित विद्यार्थी समेत जम्मा ३६ जनालाई नमुनाको रुपमा लिइएको छ । ढाँचा यस अध्ययनको ढाँचा परिमाणात्मक र गुणात्मक रहेको छ । अन्तर्वार्ता ,प्रश्नावली र विद्यालय विवरण फारमलाई साधनको रुपमा प्रयोग गरिएको छ । अध्ययन क्षेत्रका विद्यालयहरुको माध्यमिक तहमा दलित विद्यार्थीको उमेर अनुसारको भर्ना न्यून रहेको, उपस्थिति कम रहेको, उपस्थितिमा छात्रा भन्दा छात्र प्रतिशत धेरै न्यून रहेको पाइयो र परीक्षा अनुत्तीर्ण हुने दर अन्य विद्यार्थीमा भन्दा दलित विद्यार्थीमा धेरै रहेको देखियो । दलित छात्रा भन्दा छात्र बढी उत्तीर्ण भएको देखिए पनि छात्राको उत्तीर्ण संख्या बृद्धि हुदै गएको पाइयो । दलित बालबालिकाका शैक्षिक समस्याहरुमा परिवारको कमजोर आर्थिक अवस्था, बाबुआमाको अशिक्षा, पारिवारिक सङ्ख्या र वातावरण, परम्परागत पेशाको निरन्तरता, धार्मिक र सामाजिक संस्कार मूख्य रुपमा रहेका छन् । त्यस्तै छोरा छोरीमा हुने लैङ्गिक विभेद, व्यवहारिक तथा व्यावसायिक शिक्षाको अभाव, जातीय छुवाछुत व्यवहारिक रुपमा कायमै रहनु सामाजिक र जातीय संस्कार मनोवैज्ञानिक रुपमा एक पुस्तावाट अर्को पुस्तामा हस्तान्तरण हुनु विद्यालयको सिकाई वातावरणले कमजोर विद्यार्थीलाई उत्प्रेरित गर्न नसक्नु बढ्दो बेरोजगारी जस्ता कारणले पनि शिक्षामा पहुँच बृद्धि गर्न समस्याको रुपमा रहेको पाइयो । समस्या समाधान गर्न अभिभावकको शैक्षिक स्तर वृद्धि गर्न विशेष साक्षरता अभियान सञ्चालन गर्नु पर्ने, जनचेतना कार्यक्रम सञ्चालन गर्नु पर्ने, निःशूल्क शिक्षालाई व्यवहारिक रुपमा लागु गर्नु पर्ने विद्यार्थीलाई शैक्षिक सामग्री उपलब्ध गराउनु पर्ने सुझावहरु दिइएको छ ।
  • Item
    शैक्षिक सुपरिवेक्षणमा स्रोतव्यक्तिको भूमिका {Shaikshik suparibekshanma srotbyaktiko bhumika}
    (2016) प्रोख्रेल, कोषराज (Pokhrel, Koshraj); टोलनाथ काफ्ले (Tolnath Kafle)
    प्रस्तुत शोध अध्ययन शैक्षिक सुपरिवेक्षणमा स्रोतव्यक्तिको भूमिकासँग सम्बन्धित रहेको छ । शैक्षिक सुपरिवेक्षणमा स्रोतव्यक्तिको भूमिकाको विश्लेषण गर्नु यस अध्ययनको प्रमुख उद्देश्य रहेको छ । प्रस्तुत अनुसन्धानका लागि गुणात्मक र परिमाणात्मक अनुसन्धान ढाँचा अवलम्बन गरिएको छ । सुनसरी जिल्लाको भादगाउँ सिनुवारी, बलाहा र भुटाहा स्रोतकेन्द्र अन्तर्गतका ६ वटा सामुदायिक विद्यालयलाई नमुनाका रूपमा छनोट गरिएको छ । ती विद्यालयका प्रधानाध्यापक, शिक्षक, वि.व्य.स.अध्यक्ष र छनोटमा परेका स्रोतकेन्द्रका स्रोतव्यक्तिलाई जनसङ्ख्याका रूपमा लिइएको छ । जस अनुसार प्र.अ.हरू ६ जना, शिक्षकहरू ६ जना, वि.व्य.स.अध्यक्षहरू ६ जना र स्रोतव्यक्तिहरू ३ जना नमुनाका रूपमा लिइएको छ । तथ्याङ्क सङ्कलनका लागि प्राथमिक र द्वितीय दुवै स्रोतको उपयोग गरिएको छ । प्रश्नावली, विद्यालय सर्वेक्षण फारम, समूहगत छलफलका माध्यमबाट प्राथमिक तथ्याङ्कहरू सङ्कलन गरिएको छ । प्राप्त तथ्याङ्कका आधारमा स्रोतव्यक्तिबाट हुने शैक्षिक सुपरिवेक्षण अधिकतम वार्षिक ३ पटक मात्र हुने गरेको पाइएको छ । कतिपय विद्यालयमा वर्षमा एक पटक पनि स्रोतव्यक्तिबाट शैक्षिक सुपरिवेक्षण नभएको अध्ययनले देखाएको छ । न्यून शैक्षिक सुपरिवेक्षणकै कारण शैक्षिक सत्र ०६७ को तुलनामा ०६८ मा र ०६८, ०६९ को तुलनामा ०७१, ०७२ मा कक्षागत सिकाइ उपलब्धि कम हुँदै गएको छ । स्रोतव्यक्तिले गर्ने शैक्षिक सुपरिवेक्षण प्रभावकारी बन्न नसक्नुमा स्रोतव्यक्तिले वार्षिक कतिपटक विद्यालयमा अनिवार्य सुपरिवेक्षण गर्नु पर्ने हो, सोको किटान नहुनु, विद्यालयमा सुपरिवेक्षण भए/ नभएको अनुगमन नहुनु, राम्रो काम गर्ने स्रोतव्यक्तिलाई प्रोत्साहन र प्रेरणा प्रदान गर्ने व्यवस्था नहुनु, राजनीतिक प्रभावका कारण स्रोतव्यक्तिले विद्यालयको यथार्थ स्थितिको चित्रण गरी प्रतिवेदन बुझाउन नसक्नु रहेका छन् । स्रोतव्यक्तिले शैक्षिक सुपरिवेक्षण उचित रूपले गर्न नसक्नुमा एकजना स्रोतव्यक्तिको तुलनामा अधिक विद्यालय सङ्ख्या र भौगोलिक क्षेत्र हुनु, स्रोतकेन्द्रमा थप स्टाफ र स्रोत सामग्री तथा सुविधा पर्याप्त नहुनु, स्रोतव्यक्तिले दिएका सल्लाह र सुझावहरूलाई विद्यालयहरूले आत्मसात नगर्नु, सुपरिवेक्षणलाई समन्वयात्मक रूपमा अघि बढाउन नसक्नु नै मुख्य समस्या रहेका छन् । उपर्युक्त समस्याहरूको निराकरण गर्न स्रोतव्यक्तिबाट नियमित र आवश्यकता अनुसार सुपरिवेक्षण कार्यलाई बढाउनु पर्ने, जिल्ला शिक्षा कार्यालयबाट स्रोतव्यक्तिले गर्ने शैक्षिक सुपरिवेक्षणको अनुगमन गरी प्रतिवेदन बुझाउने व्यवस्था गर्नुपर्ने, स्रोतव्यक्तिलाई नियमित पुनर्ताजगी तालिम प्रदान गर्नुपर्ने, सुपरिवेक्षणलाई आधुनिकीकरण गर्नुपर्ने, शैक्षिक सुपरिवेक्षण गर्दा स्रोतव्यक्तिले अन्य निकायहरूसँग समन्वय गर्नुपर्ने, शैक्षिक सुपरिवेक्षणसँग सम्बन्धित सरोकारवालाहरू सबैले आ–आÏनो काम, कर्तव्य र अधिकारलाई अक्षरशः पालना गर्नुपर्ने सुझावहरू दिइएको छ । साथै शैक्षिक सुपरिवेक्षणमा स्रोतव्यक्तिलाई सम्बन्धित विद्यालयका प्र.अ., वि.व्य.स.अध्यक्ष, अन्य पदाधिकारीहरू तथा शिक्षकहरूले समेत प्रत्यक्ष सहयोग गर्नुपर्ने देखिन्छ । जसबाट स्रोतव्यक्तिले प्रभावकारी रूपमा शैक्षिक सुपरिवेक्षण गर्न सक्छन् । यसका लागि स्रोतव्यक्तिलाई सबैले सहयोग गर्नुपर्ने देखिन्छ । यसरी शैक्षिक सुपरिवेक्षणमा स्रोतव्यक्तिलाई सम्बन्धित सबै शिक्षकरू, प्र.अ.हरू, वि.व्य.स. अध्यक्षहरू तथा पदाधिकारीहरूले आ–आफ्नो क्षेत्रबाट सहयोग गरेको खण्डमा मात्र शैक्षिक सुपरिवेक्षण प्रभावकारी हुन सक्छ ।
  • Item
    महिला शिक्षकको उपस्थितिले छात्रा सहभागितामा परेको प्रभाव {Mahila shikshakko upasthitile sahabhagitama pareko prabhav}
    (2015) साह, रामेश्वर (Sah, Rameswar); चन्देश्वर यादव (Chandeswar Yadav)
    Available with fulltext
  • Item
    सतार बालबालिकाले बिचैमा विद्यालय छाड्ने कारणहरु {Satar balbalikale bichaima bidyalay chhadne karanharu}
    (2016) राजवंशी, गोविन्द (Rajbanshi, Gobind); योन्देन सुनुवार (Yonden, sunuwar)
    सतार बालबालिका कक्षा छाडने कारणहरु शिर्षक राखेर गरिएको यस अध्ययनको उद्देश्य सतार विद्यार्थीहरुको भार्नाको स्थिती र सहभागितको अध्ययन गर्ने रहेको छ । यस पृथ्वीनगर स्रोत केन्द्र अन्तर्गतका समामुदायि विद्यालयहरुमा सतार छात्रछात्राहरुले बिचैमा पढाई छोडनुको कारण र समाधानका उपयाहरुको खोजी गर्नुका सथै यिनिहरुको विद्यालय छाडने दर घटाउनका लागि अवलम्वन गर्नु पर्ने उपायहरु सिफारिस गर्नु रहेको छ । यस अध्ययनका लागि अध्ययन क्षेत्र छनोट गर्ने क्रममा झापा जिल्ललाको दक्षिण पूर्वीमा पर्ने पृथ्वीनगर स्रोतकेन्द्र अन्तर्गतका तीन ओटा विद्यालयहरुमा अध्ययनरत छात्रछात्राहरुलाई छनोट गरिएको थियो । यस अध्ययनका लागि प्राथामिक र द्धितिय स्रोतको तथ्याङकलाइ आधार बनाईएको छ । अध्ययनका लागि आवश्यक पर्ने सुचनाहरु संकलन गर्न अध्ययनक्षेत्रका बालवालिका , शिक्षक, अभिभावक, सतार नेतालाई समभावनायूक्त नमुना छनोट विधिलाई आधार मानिएको छ भने पृथ्वीनगर स्रोतकेन्द्रका विद्यालय वि.व्य.स. र पि.टि.ए. का अध्ययक्ष तथा बनियानी गा.वि.स. का सतारहरुसँग सम्बन्धीत कार्य गर्न गैर सरकारी संस्थाबाट उद्देश्य मुलक रुपमा प्रश्नावली, अन्र्तवाता, सहभागिता मुलक अवलोकन र छलफल विधिबाट तथ्याङक संकलन गरिएको छ । यस अध्ययनबाट सतार बालवालिका विद्यालयमा सहभागिता सन्तोष जनक नरहेको, बढि उमेरका बालवालिकाहरुको विद्यालयमा नियमितताको कमी रहेको । विद्यालय छोडने दर उच्च रहेको पाहियो । सतार बालवालिका को अभिवावकको संक्षरताको अवस्था ज्यादै न्यून रहेको देखिन्छ । बालवालिकाहरु घरको काममा संलग्न हुनु परेको र शिक्षा प्रति बालवालिका एवं अभिवावक उदासिन रहेको देखिन्छ । उक्त्त समस्याहरुमा प्रमुख कारक तत्वहरुमा गरिवी, चेतनाको कमी, अशिक्षा र वेरोजगारी आदि रहेका छन । उक्त्त समस्यलाई समधान गर्न चेतनामुलक कार्यक्रम सञ्चालन गर्ने, उनिहरु सँग समान व्यवहार गर्ने उनिहरुको सहभागिता वृद्धि गर्ने, छात्रावृत्ति तथा निःशुल्क शिक्षा कार्यक्रम सञ्चालन गर्ने , सतार अभिवावकको लागि आय आर्जन र सीपमुलक तालिम सञ्चालन गर्ने तथा पौढ शिक्षा कार्यक्रम सञ्चालन गर्ने , बालकेन्द्र र शिशु स्याहार केन्द्र स्थापना गर्ने । उदार कक्षा उत्तिण निति अवलम्वन गर्ने, अतिरिक्त शिक्षन कार्यक्रम सञ्चालन गर्ने, सहयोगी प्रकृतीका कार्यक्रहरु सञ्चालन गर्ने , जिल्ला शिक्षा कार्यलयले विशेष कार्यक्रम तर्जुमा गरि कार्यन्वयन गर्ने र जातिय विभेदिकरण अनत्य गर्ने आदि समधनका उपयाहरु सुझवको रुपमा यस शोधपत्रमा समावेश गरिएका छन ।
  • Item
    शारीरिक अपाङ्ग बालबालिकाको विद्यालय शिक्षामा पहुँच {Shareerik apang balbalikako bidyalay shikshama pahuch}
    (2013) निरौला, एकराज (Nauraula, ekraj); गणेश प्रसाद दाहाल (Ganesh Prasad Dahal)
    प्रस्तुत शोधपत्र शारीरिक अपाङ्ग बालबालिकाको विद्यालय शिक्षामा पहुँच शीर्षकसँग सम्बन्धित रहेको छ । यो अनुसन्धान त्रिभुवन विश्वविद्यालय, शिक्षाशास्त्र सङ्काय, शैक्षिक योजना तथा व्यवस्थापन विभाग, सुकुना बहुमुखी क्याम्पस, इन्द्रपुर, मोरङ अन्तर्गत स्नातकोत्तर तह द्वितीय वर्षको आंशिक आवश्यकता पषिर्रिपूर्तिका लागि गरिएको हो । शारीरिक अपाङ्ग बालबालिकाको शैक्षिक पहुँच पत्तालगाउनु, उनीहरूको कक्षा व्यवस्थापनको अवस्था विश्लेषण गर्नु र शारीरिक अपाङ्ग बालबालिकाहरूले सामना गर्नुपरेका समस्याहरूको लेखाजोखा गरी समाधानका उपयहरू सुझाउनु यस अध्ययनका उद्देश्य रहेका छन् । प्रस्तुत अनुसन्धानका लागि परिमाणात्मक र गुणात्मक दुवै अनुसन्धान ढाँचाको प्रयोग गरिएको छ । प्राथमिक र द्वितीयक तथ्याङ्कहरूलाई आधार बनाइएको छ । तथ्याङ्कलाई तालिका, प्रतिशत र स्तम्भ तथा वृत्तचित्रमा प्रस्तुत गरी व्याख्या र विश्लेषण गरिएको छ । प्रस्तुत अध्ययनकालागि मोरङ जिल्लाको पथरी स्रोत केन्द्र अन्तर्गत शनिश्चरे र पथरी गा.वि.स.का २० ओटा विद्यालयमध्ये प्रा.वि., नि.मा.वि., मा.वि. र उ.मा.वि.को प्रतिनिधित्व हुने गरी ६ ओटा विद्यालयका प्र.अ., शिक्षक, अभिभावक एवम् विद्यार्थीलाई जनसङ्ख्याका रूपमा लिइएको छ । विद्यालय अवलोकन फारम, प्रश्नवली, अन्तर्वार्ता र छलफलका माध्यमबाट आवश्यक तथ्याङ्कहरूको सङ्कलन गरिएको छ । अनुसन्धानले शारिुरिका अपाङ बालबालिकाको शैक्षिक उपलब्धी विगतको भन्दा सुधारहुँदै गएको देखिएको छ । शैक्षिक उपलब्धीलाई अझ उच्च वनाउन अझ प्रयास गर्नुपर्ने चाहिँ देखिएको छ । सामाजिक रुपमा अपाङ्ग बालबालिकाहरू अवस्थाका वारेमा परम्परागत सोच र दृष्टिकोणमा परिवर्तन आई अपाङ्गहरूलाई हेर्ने, व्यवहार गर्ने तरिमामा सकारात्मक सोच विकास भएको पाईएको छ । जसका कारण विद्यालयको पहँचमा पनि यस्ता बालबालिकाको बृद्धि देखिएको छ । विद्यालयमा प्रवेश पाएका र नपाएका आपाङ्ग बालबालिकाहरू बीच ठूलो फरक देखिएको छ । विद्यालयहरूमा पूर्णरूपले अपाङ्ग मैत्री वातावरण वनिनसकेको देखिएको छ ता पनि धेरै विद्यालयमा यस्तो वातावरणको थालनि र विकास हुनलागेको देखिएको छ । विद्यालयहरूमा रहेका विभिन्न शैक्षिक सामग्रीहरूमा पनि शारीरिक अपाङ्ग बालबालिकाको पहुँच अन्य बालबालिका जत्तिकै रहेको पाइएको छ । विद्यालयका तर्फबाट अपाङ्ग बालबालिकाहरूलाई अन्य विशेष सुविधाहरू उपलब्ध गराउनु पर्ने देखिन्छ जसका कारण उनीहरूको शैक्षिक पहुँच बृद्धि भै उपलब्धी उच्च रहन सक्ने देखिएको छ । धेरै जसो विद्यालयहरूमा अपाङ्ग बालिबालिकाहरूले पनि अन्य विद्यार्थीहरूले प्रयोग गर्ने फर्निचर नै उपयोग गर्नुपरेको देखिएकाले उनीहरूलाई केही असहज भएको पाइएको छ । शैक्षिक समस्याका कारणहरू खोज्ने क्रममा शारीरिक अपाङ्ग बालबालिकाको आर्थिक अवस्था कमजोर, सामाजिक दृष्टिकोणमा पूर्ण परिवर्तन आइनसक्नु र कमजोर व्यवस्थापन नै समस्याका प्रमुख कारणहरू देखिएकाले उपर्युक्त कुराहरूमा सुधार गर्नुपने देखिएका छन् । यस्तै विद्यालयहरूमा आन्तरिक स्रोतको जुटाउनु पर्ने, विद्यालयहरूमा राजनैतिक प्रभाव अन्त्य गर्नु पर्ने र विद्यालय व्य.स. तथा प्रशासनको सक्रियताको वृद्धि गरी अपाङ्ग बालबालिकाका शैक्षिक समस्याका कारणका हरू हटाउनु पर्ने देखिन्छ । अपाङ्ग बालबालिकाहरूका समस्याहरूलाई सुझाउन प्रसस्त शैक्षिक सामाग्री सहितको छुट्टै कक्षा कोठाको व्यवस्था, कक्षाकोठाको वसाई व्यवस्थापन र कक्षा सम्मको पहुँच सहज वनाउनु पर्ने कुरा देखिएको छ । उपर्युक्त सुधारका उपायहरू अवलम्बन गरी शारीरिक अपाङ्ग बालबालिकाको शैक्षिक पहुँच बृद्धिगर्न सकिने तथा उनीहरूका समस्यालाई न्यूनिकरण गदै लैजाने कुरा देखिएको छ ।
  • Item
    विद्यालय सुपरिवेक्षणमा स्रोतकेन्द्रको भूमिका {Bidyalaya suparibekshanma srotkendrako bhumika}
    (2015) चम्लागाँई, देउमाया (Chamlagai, Deumaya); लक्ष्मीकुमार श्रेष्ठ (Laxmikumar Shrestha)
    रूपमा पालना नगरेकाले पनि सुपरिवेक्षण प्रभावकारी नभएको देखिन्छ । विद्यालय सुपरिवेक्षणमा स्रोतकेन्द्रको भूमिका शीर्षकको प्रस्तुत शोधअध्ययनको मूख्य उद्देश्य विद्यालय सुपरिवेक्षणमा देखिएका चुनौतिहरू खोजी गरी समाधानका उपायहरू पहिल्याउनु रहेको छ । यो अध्ययन गुणात्मक र परिमाणात्मक अनुसन्धान ढाँचामा तयार गरिएको छ । यो अध्ययनमा ताप्लेजुङ जिल्लामा रहेको तेल्लोक स्रोतकेन्द्रलाई अध्ययनको क्षेत्र छनोट गरी विभिन्न नमूना छनोट विधिहरूको प्रयोग गरेर स्रोतव्यक्ति, प्रधानाध्यापक, शिक्षक तथा विद्यालय व्यवस्थापन समितिका पदाधिकारीहरूको छनोट गरिएको छ । नमूना जनसङ्ख्यासँग गरिने अन्तरवार्ता, प्रश्नावली र छलफलबाट प्राप्त तथ्याङ्कहरूलाई प्राथमिक स्रोत मानिएको छ भने सम्बन्धित कार्यालयका दस्तावेज पुनरावलोकन तथा विद्यालय सुपरिवेक्षणसँग सम्बिन्धत लेख, रचना, आयोगको प्रतिवेदनबाट प्राप्त तथ्याङ्कहरूलाई द्वितीय स्रोत मानिएको छ । नमूना छनोटमा परेका व्यक्तिहरूबाट सूचना लिन प्रश्नावली, अन्तरवार्ता प्रश्नावली, लक्षित समूह छलफल निर्देशिका तथा अवलोकन फारम जस्ता अनुसन्धानका साधनहरूको प्रयोग गरिएको छ । यी साधनहरूको प्रयोग गरी नमूना छनोटमा परेका व्यक्तिहरूसँग अनुसन्धानकर्ता स्वयं अध्ययन क्षेत्रमा पुगेर प्रत्यक्ष भेटघाट गरी तथ्याङ्क सङ्कलन गरिएको छ । स्रोतकेन्द्रबाट गरिने विद्यालय सुपरिवेक्षण महत्वपूर्ण भएको र यसको सकारात्मक प्रभाव परेको भएता पनि विद्यालय सुपरिवेक्षणमा धेरै चुनौतिहरू देखिएका छन् । स्रोतव्यक्तिबाट समूह विद्यालयहरूको सुपरिवेक्षण भ्रमण कम हुने गरेको र विद्यालय सुपरिवेक्षणका क्रममा पनि स्रोतव्यक्तिबाट विद्यालयमा तथ्याङ्क सङ्कलन र सूचना आदान प्रदानमा मात्र केन्द्रित हुने गरेको पाइयो । सुपरिवेक्षण सहयोगीको रुपमा नभई प्रशासनिक ढर्राको रूपमा मात्र भएको पाइयो । स्रोतकेन्द्रमा स्रोत साधनको अभाव भएकोे, विषयविज्ञको अभाव भएको तथा स्रोतकेन्द्रको भौगोलिक क्षेत्र र विद्यालय सङ्ख्या एक जना स्रोतव्यक्तिको पहुँच भन्दा बढी भएको, स्रोतव्यक्तिलाई प्रशासनिक कामको बोझ भएको जस्ता चुनौतिहरू विद्यालय सुपरिवेक्षणमा रहेको पाइयो । स्रोतव्यक्तिहरू आफ्नो काम कर्तव्यप्रति इमान्दार र सर्मपित नभएको पाइयो । विद्यालयहरूको नियमित सुपरिवेक्षण नगरेको र सुपरिवेक्षणसँग सम्बन्धित पक्षहरूसँग निकट सम्बन्ध स्थापित गरी समस्याहरूलाई खुलस्त राख्ने वातावरण नबनाएकोले स्रोव्यक्तिको कार्यशैलीप्रति शंका र अविश्वास बढेको पाइयो । शिक्षकहरूले पनि स्रोतव्यक्तिले दिएका निर्देशन र सुझावहरू पूर्ण स्रोतव्यत्तिका काम, कर्तव्य र अधिकार शिक्षा नियमावलीमा स्पष्ट पार्नु पर्ने , प्रत्येक विद्यालयमा मासिक वा वार्षिक रुपमा स्रोतकेन्द्रबाट यति पटक विद्यालय सुपरिवेक्षण गर्नुपर्ने भनि किटान गर्नु पर्ने, १ जना स्रोतव्यक्तिको पहुँच पुग्न सक्ने गरी सुपरिवेक्षण गर्ने विद्यालय संख्या र भौगोलिक क्षेत्र निर्धारण गर्नु पर्ने, स्रोतकेन्द्रमा विभिन्न विषयका विषयविज्ञ हरु जगेडामा राखी सुपरिवेक्षण गर्ने व्यवस्था मिलाउनु पर्ने, सहायक कर्मचारीको व्यवस्था गर्नु पर्ने, जि.शि.का.बाट स्रोतकेन्द्र र स्रोतव्यक्तिको सुपरिवेक्षण कार्यशैली प्रति निरन्तर अनुगमन गरिरहनु पर्ने, स्रोतव्यक्तिले शिक्षक, प्र.अ., वि.व्य.स. पदाधिकारीहरु र अभिभावकहरुसँग समेत निकट सम्बन्ध स्थापित गरी समस्याहरुलाई खुलस्तराख्ने वातावरण तयार गर्नु पर्ने, स्रोतव्यक्तिले दिएका सुझावहरुलाई शिक्षकले पूर्ण रुपमा पालना गर्नु पर्ने तथा स्रोत व्यक्तिको सिफारिसमा जि.शि.का.बाट उत्कृष्ट शिक्षकलाई पुरस्कार र गैह्र जिम्मेवारलाई दण्ड दिने व्यवस्था गर्नुपर्ने सुझावहरु दिइएको छ ।
  • Item
    निरन्तर विद्यार्थी मूल्याङ्कन प्रणाली कार्यान्वयनः चूनौति र समाधान {Nirantar bidyarthi mulyankan pranali karyanabayan: Chunauti ra samadhan}
    (2015) तुम्बाहाम्फे, नारायण कुमार (Tumbahamphe, Narayan Kumar); ऋषिराज धिमाल (Rishiraj Dhimal)
    निरन्तर मूल्याङ्कन प्रणाली कार्यान्वयनः चुनौति र समाधान शीर्षकमा यो शोधपत्र तयार पारिएको छ । अध्ययनको मुख्य उद्देश्य निरन्तर मूल्याङ्कन प्रणाली कार्यान्वयनको वर्तमान अवस्था विश्लेषण गर्नु रहेको छ । यस अध्ययनले शिक्षा क्षेत्रका सम्पूर्ण सरोकारवालाहरूलाई सक्रिय बनाई निर्माणात्मक मूल्याङ्कनको आधारमा पृष्ठपोषण प्रदान गर्दै निरन्तर मूल्याङ्कन प्रणालीको उद्देश्य अनुसार शिक्षण सिकाइ प्रभावकारी बनाएर वर्तमान शैक्षिक क्षति न्यूनीकरण गर्ने तथा यस विषयसँग सम्बन्धित सम्पूर्ण सरोकारवालाहरूलाई सहयोग पुर्याउने रहेको छ । यो अध्ययन पाँचथर जिल्ला श्री सिद्ध मा.वि. रानीगाऊँ स्रोत केन्द्र अन्तर्गतका सामुदायिक प्राथमिक विद्यालयहरूमा सीमित रहेको छ । गुणात्मक अनुसन्धान विधिमा आधारित यो अध्ययनमा स्रोतकेन्द्रका २१ वटा सामुदायिक विद्यालयलयहरू मध्ये प्राथमिक विद्यालयहरू, ती विद्यालयहरूमा कार्यरत प्र.अ., शिक्षक, वि.नि.÷स्रोत व्यक्ति, वि.व्य.स., शि.अ. संघलाई अध्ययनको जनसङ्ख्याको रूपमा लिइएको छ । तथ्याङ्कको स्रोतको रूपमा प्राथमिक र सहायक दुवै प्रकारका स्रोतहरूको आवश्यकता अनुसार उपयोग गरिएको छ । प्राप्त तथ्य, तथ्याङ्क तथा सूचनाहरूलाई अझ स्पष्ट गर्न तालिका, स्तम्भ चित्र, बृत्त चित्र र लेखा चित्रको माध्यमबाट प्रस्तुत गर्दै ब्याख्या विश्लेषण गरिएको छ । अध्ययन क्षेत्रबाट प्राप्त तथ्याङ्क र सूचनाहरूको ब्याख्या विश्लेषण गर्न तीनवटा शीर्षक र विभिन्न उपशीर्षकहरूमा विभाजन गरेर यो अध्ययन पूरा गरिएको छ । वर्तमान अवस्थामा निरन्तर मूल्याङ्कन प्रणाली कार्यान्वयनको अवस्था अध्ययन गर्न प्राथमिक तहको विगत ३ वर्षको अवस्था, कक्षा दोहोर्याउने दर, बीचैमा कक्षा छोड्ने दर, उत्तीर्ण दर, कार्य सञ्चयिका प्रयोग र व्यवस्थापन, प्रतिभावान विद्यार्थीहरूको कक्षोन्नति तथा मूल्याङ्कनका साधन जस्ता सूचकहरूको प्रयोग गरिएको छ । निरन्तर मूल्याङ्कन प्रणाली पूर्वाधार अध्ययनका लागि विद्यार्थी सङ्ख्या, शिक्षक सङ्ख्या, तालिम विवरण, शिक्षक विद्यार्थी अनुपात, सामग्री उपलब्धता, कक्षाकोठामा बालपुस्तकालयको व्यवस्था र प्रयोग, बसाइ व्यवस्थापन, विद्यालय र समुदायको सम्बन्ध जस्ता उपशीर्षकहरूमा विभाजन गरी अलग–अलग विश्लेषण गरिएको छ । यस अध्ययन क्षेत्रमा तालिम प्राप्त शिक्षक ७३% र नमुना विद्यालयमा ७४.२८% रहेका छन् । त्यस्तै गरी स्रोत केन्द्रको शिक्षक विद्यार्थी अनुपात १ः१४ र नमुना विद्यालयहरूको शिक्षक विद्यार्थी अनुपात १ः१९ रहेको पाइयो । विद्यार्थी बसाइ व्यवस्थापन उपयुक्त नभएको, विद्यालय समुदाय सम्बन्ध कमजोर, न्यून निरीक्षण अनुगमन जस्ता कारणले यस अध्ययन क्षेत्रमा निरन्तर विद्यार्थी मूल्याङ्कन प्रणालीका आधारभूत अवस्था कमजोर भएको कारण यो कार्यव्रmमको वर्तमान अवस्था प्रभावकारी हुन नसकेको पाइएको छ । यस अध्ययनमा आवश्यक सामग्रीहरूको उपयुक्त समयमा उपलब्धता, शिक्षक तालिम र आपसी समन्वय जस्ता पक्षहरूलाई सूचक मानी व्याख्या विश्लेषण गरिएको छ । यस अध्ययन क्षेत्रका अधिकांश विद्यालयहरूमा आधारभूत आवश्यकताहरू अति न्यून मात्रामा पूरा भएको पाइयो भने अधिकांश आधारभूत मापदण्डहरू पूरा हुन नसकेको जस्ता चुनौतीहरू रहेको पाइयो । कार्यक्रम प्रति धेरै शिक्षकहरूको सकारात्मक धारणाको अभाव कमजोर सूचना प्रणाली, सम्बन्धित सरोकारवालाहरूको कार्यक्रम प्रति न्यून लगाव, विद्यालय समुदाय बीच कमजोर सम्बन्ध, कार्यक्रमको लागि सहयोगी अन्य कार्यक्रमको अभाव, न्यून विद्यार्थी उपस्थिति जस्ता वर्तमान चुनौतीहरूको सामना गर्न सकेमा निरन्तर मूल्याङ्कन प्रणाली लक्ष्य अनुसार सफल गर्न सकिने देखिन्छ । नीति निर्माण तह तथा कार्यान्वयन तह बीच उचित समन्वय स्थापना गर्ने विद्यालयप्रति अभिभावक वर्गलाई सचेत गर्दै विभिन्न कार्यक्रममा आकर्षित गर्ने, निरीक्षण अनुगमन तथा मूल्याङ्कन कार्यलाई प्रभावकारी बनाउन वि.नि.÷स्रोत व्यक्तिलाई प्रशासनिक कार्यको बोझबाट न्यूनीकरण गर्दै विशुद्ध स्रोत शिक्षक बनाइनु पर्ने, विद्यालयमा आवश्यक स्रोत साधन उचित समयमा पर्याप्त मात्रामा पु¥याउनु पर्ने, करार र निजी शिक्षक नियुक्ती गर्दा तालिम प्राप्तलाई मात्र नियुक्ती गर्नुपर्ने, कार्यरत शिक्षकहरूलाई निरन्तर मूल्याङ्कन प्रणाली सम्बन्धी तालिम, कार्यरत सम्पूर्ण शिक्षकहरूलाई तालिम दिने व्यवस्था गर्ने, तालिममा सिकेका ज्ञान, सीप कक्षाकोठामा प्रयोग गर्ने वातावरण विद्यालयमा हुनुपर्ने साथै कार्य सम्पादन मूल्याङ्कन गर्दा कक्षाकोठामा आधारित अनुसन्धानात्मक कार्यलाई पदोन्नतिको आधार मान्ने व्यवस्था गर्न सकेमा वर्तमान पाठ्यक्रम र निरन्तर मूल्याङ्कन प्रणाली कार्यव्रmम निर्देशिकाले निर्देशन गरे अनुरूप कार्यक्रम प्रभावकारी हुने र वर्तमान अवस्थामा रहेको शैक्षिक क्षति न्यूनीकरण गर्न सकिने देखिन्छ ।
  • Item
    अतिरिक्त क्रियाकलापमा विद्यार्थी सहभागिता {Atirikt kriyaaklaapmaa vidyaarthi shbhaagaitaa)
    (2014) भण्डारी, रीत बहादुर (Bhandari, Reet Bahadur); जयकृष्ण शर्मा (Jaykrishna Sharma)
    प्रस्तुत अध्ययन अतिरिक्त क्रियाकलापमा विद्यार्थी सहभागीता शीर्षकमा तयार पारिएको हो । यस अध्ययनको मुख्य उदेश्य अतिरिक्त क्रियाकलापमा विद्यार्थी सहभागिताको अवस्था पहिचान गर्नु रहेको छ । यो अध्ययन परिमाणत्मक र गुणत्मक दुवै प्रकारको मिश्रीत ढाँचामा तयार गरिएको विश्लेषणात्मक अनुसन्धान हो । अतिरिक्त क्रियाकलापमा विद्यार्थी सहभागिता , यसमा कमी ल्याउने तत्वहरु , विद्यार्थीको कक्षा छाड्ने दर , दोहो¥याउने दर , भर्नाको अवस्था जस्ता सुचाङ्कहरु यस अध्ययनमा संकलन गरिएको छ । नमुना छनौटका आधारमा चितवन जिल्लाको विकट शक्तिखोर गा.वि.स. अन्तर्गतको शक्तिखोर श्रोतकेन्द«लाई छनौट गरी यस भित्रका ३ नि.मा.वि. र १ मा.वि.लाई प्रमुख अध्ययन क्षेत्र मानेर उद्देश्यमूलक प्रश्नावली अवलोकन, अन्तवार्ता, छलफलबाट प्राप्त आधारलाई प्राथमिक तथ्यांक संकलन गरिएको छ । , नमूनामा रहेका विद्यालयको अभिलेख , जि.शि.का.को अभिलेख , शिक्षा सम्बन्धि प्रतिवेदन तथा पाठ्यपुस्तकका जानकारीहरु , लेखरचनाहरु द्वितीय तथ्यांक संकलनका स्रोतहरु रहेका छन् । अतिरिक्त क्रियाकलाप बालबालिकाकालागि एक अनिवार्य एवम् अपरिहार्य विषय वस्तु भएकोले यस शीर्षकसँग सम्बन्धित विभिन्न विषयवस्तुहरु सम्बन्धी जानकारी संकलन गरी त्यसलाई व्याख्या तथा विश्लेषण गर्ने प्रयास गरिएको छ । प्राप्त नतिजालाई सहजरुपमा प्रस्तुत गर्नका लागि विषयवस्तुसँग सम्बन्धित अर्थात् विषयवस्तुलाई आधार प्रदान गर्ने पक्षलाई स्पष्ट रुपमा व्यक्तगर्नका लागि संकेत चिन्ह, तालिकीकरण, प्रतिशतमा व्यक्त गर्ने प्रयास गरिएको छ । जसबाट प्राप्त नतिजालाई विषयवस्तुसँग जोड्ने प्रयास यस अध्ययनको रहेको छ । वर्तमान समयमा नेपाल सरकारले समेत अनिवार्य विषयवस्तुको रुपमा लिएको अतिरिक्त क्रियाकलापमा विद्यार्थी सहभागीताको अवस्था बढाउने नीति अनुरुप सङ्कलित तथ्याङ्क विश्लेषणको आधारमा अध्ययन क्षेत्रका विद्यालयमा अतिरिक्त क्रियाकलापमा विद्यार्थी संलग्नता ज्यादै न्युन (७.०८) प्रतिशत पाइयो । जसको मूख्य कारणको रुपमा , अभिभावकमा चेतनाको कमी , भौगोलिक विकटता , गरिबी , कम उमेरमा विवाह , लाज संकोच मान्ने चलन घरायसी कामको बोझ , लैङ्गिक भेदभाव जस्ता कारले गर्दा विद्यालयको दैनिक उपस्थितिमा कमी आएको पाइयो । जसको प्रतिफल स्वरुप शैक्षिक उपलब्धी हासिल गर्न नसकी बिचमानै कक्षा छाड्ने , कक्षा दोहो¥याउने जस्ता प्रमुख समस्याहरु रहेको पाइयो । विद्यालयमा विद्यमान यसप्रकारका समस्याहरु रहेका छन् ः समाधान गर्न नेपाल सरकारले छात्रवृतिको ब्यवस्था गर्नुपर्ने , कमजोर विद्यार्थीलाई अतिरिक्त कक्षाको ब्यवस्था गराउनुपर्ने , गरिब विद्यार्थीलाई होस्टलमा राख्नुपर्ने , शैक्षिक सामग्रीको ब्ययस्था गर्नुपर्ने अभिभावकमा जनचेतना जगाई रोजगारको ब्यवस्था गराउनुपर्ने , लैङ्गिक भेदभाव हटाउनुपर्ने जस्ता विषयवस्तुलाई सुझावको रुपमा प्रस्तुत गरिएको छ ।
  • Item
    उच्च माध्यमिक तहमा पुस्तकालय व्यवस्थापन {Uchha madhyamik tahama pustakalay byabasthapan}
    (2014) थापा, ज्ञानेन्द्रबहादुर (Thapa, Gynendrabahadur); बिमल नेपाल (Bimal Nepal)
    उच्च माध्यमिक तहमा पुस्तकालय व्यवस्थापन शीर्षक अन्तरगत गरिएको यो शोध अध्ययन मोरङ जिल्लामा संचालित सामुदायिक उच्च मा.वि.हरूको पुस्तकालय व्यवस्थापनसँग सम्बन्धित छ । यस अध्ययनको मूख्य उद्देश्य उच्च माध्यमिक विद्यालयहरूमा पुस्तकालय व्यवस्थापनको अवस्थालाई अध्ययन गर्नु साथै पुस्तकालय व्यवस्थापनको समस्या र पुस्तकालय व्यवस्थापनप्रति प्रशासकिय र व्यवस्थापकिय दृष्टिकोण पत्ता लगाउनु रहेको छ । नमूना छनौटमा परेका उच्च मा.वि.हरूलाई सहयोग गर्ने विभिन्न संघ संस्थाहरू रहेका तथा यी उच्च मा.वि.हरूमा विद्यार्थी संख्याअनुसार पुस्तक न्यून रहेको, पुस्तकालय कक्ष वेग्लै नभएको, आधुनिक यूगअनुसार इमेल इन्टरनेटको सुविधा नभएको, पुस्तकालयमा कार्यरत कर्मचारीको न्यून रहेको त्यही भएका कर्मचारीले विभिन्न फाँटमा समेत कार्यगर्नु पर्ने, बेग्लै कम्प्युटर कक्षसमेत नभएको, कार्डको माध्यमबाट नै पुस्तक वितरण गर्ने गरिएको, नयाँ कोर्षअनुसार पुस्तक संख्या न्यून रहेको, बैग्ले अध्ययन कक्ष नभएको, पुस्तक राख्ने ¥याकको अभाव भएको, शिक्षकहरूले आवश्यकताभन्दा बढी पुस्तक लाने गरेको, विद्यार्थी क्याटलगको व्यवस्था नभएको, पुस्तकालयमा शौचालय तथा खाने पानीको व्यवस्था नभएको, कर्मचारीलाई तालिमको व्यवस्था नगरिएको, समसामयिक पत्रपत्रिकाको व्यवस्था नभएको देखिन्छ । अध्ययनबाट प्राप्त निष्कर्षका आधारमा पुस्तकालय व्यवस्थापनमा सहयोग गर्ने दाता तथा संघ स्थाहरुको खोजि गर्ने, विद्यार्थी संंख्याको आधारमा पुस्तक संख्या बढाउने तथा नयाँ कोर्षअनुसारका पुस्तकहरु खरिद गरि त्यसको संख्या समेत बढाउने, पुस्तकालयमा कर्मचारीको संख्या बढाउनु पर्ने, पुस्तकालयमा कार्यरत कर्मचारीहरुलाई तालिमको व्यवस्था गर्नु पर्ने, पुस्तकालयमा अधिकृत स्तरको कर्मचारीको व्यवस्थागर्नु पर्ने, सम्भव भए विद्यार्थीहरुबाट केहि बढी धरौटी रकम लिई ३÷४ वटा सम्म पुस्तक एकै पटकमा दिने व्यवस्था गर्नु पर्ने, पुस्तकालय कक्षमा शौचालय, खानेपानीको व्यवस्था गर्नु पर्ने, पुस्तकालय कक्षमा फोटोकपि मेसिनको समेत व्यवस्था गर्नु पर्ने, कुनै पनि तह वा संङ्कायमा अध्यानरत विद्यार्थीहरुले पुस्तक लगि विचैमा अध्ययन छाडेमा उक्त विद्यार्थीको धरौटी रकमले सोहि पुस्तक खरिद गर्नु पर्ने व्यवस्था हुनु पर्ने, पुस्तकालयको अध्यायन कक्षमा अनावश्क विद्यार्थीहरु प्रवेश गरि मोवाई बजाई हो हल्ला गरि पुस्तकालयको वातावरणनै दुषित गर्ने गरेकोमा त्यँहा एक नाम चौकिदारको व्यवस्था गरि त्यस कार्यलाई नियन्त्रण गर्नु पर्ने देखिन्छ । पुस्तकालय कक्ष एउटै ठूलो हल कोठामा भएका कारण सम्पूर्ण कुराको कारोवार एकै ठाउबाट हुने हुदा विद्यार्थीहरुको बढि चाप पर्ने हुदा वितरण काउन्टर, रिफरेन्स काउन्टर, अध्ययन कक्ष र शिक्षक कक्ष बेग्ला बेग्लै हुनु पर्ने, पुस्तकालयमा कम्पयुटर जडान गरि सम्पूर्ण कारोवारलाई कम्पयुरराइज गर्नु पर्ने, आजको विज्ञान र प्रविधिको युगमा इमेल, इन्टरनेटको समेत व्यवस्था हुनु पर्ने, पत्रपत्रीकाहरुलाई व्यवस्थित गरि अन्य थप पत्रपत्रीकाको संख्या बढाई पाठकलाई सु–सुचित गर्ने अभ्यास गर्नु पर्ने, शिक्षकहरुले लाने पुस्तकहरुको निश्चित संख्या तोकिनु पर्ने, खरिद भई आएका पुस्तकहरु समयमा दर्ता हुन नसकेको देखिदा प्रशासनिक तहबाट दर्ता हुन नसनुका कारण अनुसन्धान गरि निराकरण गर्नु पर्ने, पुस्तकालयमा व्यवस्थित क्याटलक समेत नभएका कारण विद्यार्थीहरुलाई पुस्तक सम्बन्धि ज्ञान पाउन गाह्रो भएको पाइयो । पुस्तकालय कक्षमा शिक्षक अध्ययन कक्ष, विद्यार्थी अध्ययन कक्ष आदिको वेग्लै व्यवस्था गर्नु पर्ने देखिन्छ । आजको बैज्ञानिक युगमा पहिलेको जस्तो शिक्षकले नोट नबनाई इ–लाइव्रेरीको अवधारणा अनुसार पुस्तकालयलाई इ–लाइवे्ररीकरण बनाउन पहल गर्नु पर्ने सुझावहरु प्रस्तुत गरिएको छ ।
  • Item
    शिक्षण सिकाइमा पेसागत विकास {Shikshan sikaima pesagat bikash}
    (2014) लिम्वु, लालबहादुर (Limbu, Lalbahadur); युवराज कार्की (Yuvraj Karki)
    प्रस्तुत अध्ययन “शिक्षण सिकाइमा शिक्षकको पेसागत विकास” भन्ने शिर्षकमा तयार गरिएको हो । यस शोधको मुल उद्देश्य एस.एस. आर.पि.कार्यक्रम अन्तर्ग तको मांगमा आधारित शैक्षिक जनशक्ति विकासकेन्द्र द्वारा शै.सत्र २०६६ दे खि २०७४ सम्म कार्यान्वयनमा रहने शिक्षकको पेसागत विकास कार्यक्रममा सहभागी भएका माध्यमिक तहमा कार्यरत शिक्षकहरुसँगको छलफल र उनीहरुसंगकाे कक्षा कोठामा शिक्षण सिकाइ क्रियाकलापको प्रभाव वारेकाे अवलोकनमा आधारित छ । यस शोध कार्यमा उक्त कार्यक्रमले माध्यमिक तहको कक्षाकोठा शिक्षण सिकाइमा पारेको प्रभाव र उक्त कार्यक्रमले सम्वोधन गर्न नसकेका शिक्षकहरुको समस्याहरुको पहिचान गरिएको छ । ती समस्याहरुलाई माध्यमिक तहको शिक्षण सिकाइमा शिक्षकको पेसागत विकास कार्यक्रमले पारेको प्रभाव र सम्वोधन गर्नु पर्ने विषयलाई पत्ता लगाउनु रहेको छ । यो अध्ययन मुलतः गुणात्मक अनुसन्धान ढाँचामा तयार गरिएको छ । यस अध्ययनलाइृ पूर्णता दिनको लागि उद्दे श्यमुलक नमूना छनौट विधि प्रयोग गरी ताप्लेजुङ जिल्लाको खोक्लिङ स्रोतकेन्द्र अन्तर्गतका ५ वटा माध्यमिक विद्यालयहरु छनौट गरिएको छ । छनौटमा परेका पाँचवटा विद्यालयका प्र.अ. विद् यालय व्यवस्थापन समितिका अध्यक्ष, शि.पे.वि. तालिम प्राप्त माध्यमिक तहका शिक्षक, सम्वन्धित स्रोतव्यक्ति, अभिभावक र विद्यार्थीहरुलाई उद्देश्यमुलक नमूना छनौट विधि र सम्भावनायूक्त छनौट विधि प्रयोग गरिएको थियो । छनौटमा परेका नमूना जनसंख्याबाट आवश्यक सू चना लिन अन्तर्वार्ता, प्रश्नावली, समूह छलफल तथा विद्यालय सर्वे क्षण अवलोकन फारम जस्तो अनुसन्धानका साधनहरुको प्रयोग गरी प्राथमिक तथ्यांक सङ्कलन गरिएको छ भने विद्यालयका अभिलेख तथा दस्तावेजहरुको पुनरावलोकन गरी द्वितीय तथ्यांक सङ्कलन गरिएको छ । उक्त सङ्कलित तथ्याङ्कहरुलार्रइ तालिकीकरण गरी व्याख्यात्मक विधिबाट व्याख्या र विश्ले षण गरिएको छ । माध्यमिक तहको शिक्षण सिकाइमा शि.पे.वि. कार्यक्रमको प्रभावकारिताको सम्वन्धमा विभिन्न कोणबाट प्रसस्त प्रश्नहरु उठाइएका छन् । यस्ता प्रश्नहरु अत्यन्तै पेचिला हुने गरेका छन् । कक्षाकोठा शिक्षण सिकाइमा तालिमको विषयवस्तुको आवश्यकता सान्र्दभिकता विषयवस्तु को स्थानीयकरण र शिक्षककको आवश्यकता अनुरुप तालिमसँग सम्वन्धित हुने गरेका छन् । तालिमको प्रभाव विद्यालयको कक्षाकाे ठासम्म पुग्ने शिक्षकलाई दिने तालिम शिक्षकको मांग र आवश्यकतासँग सम्वन्धित भए भएन, तालिम प्राप्त शिक्षक र तालिम अप्राप्त शिक्षकले शिक्षण गरेको प्रभाव विद्यार्थीको उपलब्धिमा अन्तर देखियो देखिएन ? जस्ता भनाईहरुलाई माध्यमिक तहमा शि.पे.वि. कार्यक्रमको प्रभावकारिताको सम्वन्धमा अध्ययन गर्न सान्दर्भिक हुने भएकाले यो अवस्था पहिचान गर्न यो अध्ययन गरिएको हो । यस अध्ययन कार्यमा सरोकारवालाहरुसँग गरिएको छलफल र शिक्षण सिकाइ क्रियाकलापको प्रभावको आधारमा टि.पि.डि.ले प्रदायकहरुले सम्वोधन गर्नु पर्ने पक्षहरुको छलफल गरिएको छ भने टि.पि.डि.ले शिक्षण सिकाइको प्रभावको सम्वन्धमा शिक्षकले अवलम्वन गर्नु पर्ने बाटोको सम्वन्धमा छलफल गरिएको छ । शि.पे.वि. तालिम प्राप्त शिक्षक पेसाप्रति प्रतिवद्धता आत्मविश्वासी रहेका माध्यमिक तहमा कक्षाकोठाको शिक्षण सिकाइमा गुणात्मक र परिणात्मक प्रभाव पारेकाे पाइयो भने विद्यालयमा शि.पे.वि. कार्यक्रमको शिक्षण सिकाइमा थप प्रभावका लागि महिला शिक्षकहरुको थप व्यवस्था गर्नु पर्ने देखियो । माध्यमिक तह सम्म मातृभाषामा शिक्षा दिन सान्दर्भि क दे खिन्छ भने शिक्षकलाई तालिमको व्यवहारिक प्रयोग प्रति सकारात्मक वनाउन सरोकारवालाहरुको जवाफदेहिता वढाउन आवश्यक देखिन्छ । तसर्थ यस अध्ययनको प्राप्तिबाट माध्यमिक तहको शिक्षण सिकाइमा तालिमको सकारात्मक प्रभाव स्पष्ट हुन्छ भने थप उपलब्धिहरुको लागि सुझाव तथा कार्यान्वयन पक्षमा जोड दिन सान्दर्भि क ठानिएकाे छ ।
  • Item
    प्रारम्भिक बालविकास केन्द्रको अनुगमन {Prarambhik balbikash kendrako anugaman }
    (2013) राउत, उमेशकुमार (Raut, Umeshkumar); सन्तोषकुमार बराल (Santoshkumar Baral)
    प्रस्तुत अध्ययन प्रारम्भिक बालविकास केन्द्रको अनुगमन शीर्षकमा तयार गरिएको हो । अध्ययनको मुख्य उद्देश्य बालविकास केन्द्रको अनुगमन र अन्य पक्षको बर्तमान स्थिति अध्ययन गर्नु, समुदायमा आधारित बालविकास केन्द्रमा भएको क्रियाकलापका तुलनात्मक अध्ययन गर्नु, बालविकास केन्द्रका समस्याहरु पहिचान गरी समस्या समाधानका उपायहरु सुझाउनु र बालविकास केन्द्र सञ्चालन र अनुगमनसम्बन्धि संयन्त्र विकास गरी सुझाउनु रहेको छ । गुणात्मक तथा परिणात्मक अनुसन्धानात्मक ढाँचामा आधारित भई गरिएको अध्ययनमा प्राथमिक र द्वितीय गरी दुई प्रकारका तथ्याङ्कका स्रोतहरु प्रयोग गरिएको छ । खराङ्ग गा.वि.स.मा सञ्चालित विद्यालयमा आधारित ४ र समुदायमा आधारित १ वटा बालविकास केन्द्रको सहयागी कार्यकर्ता, अभिभावक, केन्द्र व्यवस्थापन समिति, प्रधानाध्यापक, शिक्षक, विद्यालय व्यवस्थापन समिति, विद्यालय निरीक्षक, स्रोत व्यक्तिहरूलाई मुख्यतया सूचना सङ्कलनको प्राथमिक स्रोतका रुपमा लिइएको छ भने विद्यार्थी हाजिरी पुस्तिका, वार्षिक परीक्षाको मार्कलेजर, यस अध्ययन सँग सम्बन्धित अनुसन्धान प्रतिवेदनहरु, लेख, रचना आदिलाई यस अध्ययनमा तथ्याङ्क सङ्कलनको द्वितीय स्रोतको रुपमा प्रयोग गरिएको छ । संरचनात्मक अन्तर्वार्ता, अवलोकन फारम, दस्तावेज पुनरावलोकन जस्ता तथ्याङ्क सङ्कलनका विधि र साधानहरु प्रयोग गरिएको छ । प्राप्त तथ्याङ्क र सूचनाको आधारमा हेर्दा बालविकास केन्द्रको संख्यात्मक बृद्धि सँग सगै गुणात्मक बृद्धि भएको पाइएन । बालविकास केन्द्रको भौतिक अवस्था राष्ट्रिय न्यूनतम मापदण्ड अनुरुप छैन । बालविकास केन्द्रमा सिकाई क्षेत्रको निर्माण भएको पाईएन । बालविकास केन्द्रमा केन्द्र व्यवस्थापन समिति भएता पनि पहिले कै समिति कार्यरत भएको पाइयो, त्यसको पुनर्गठन भएको छैन । केन्द्र व्यवस्थापन समिति र अभिभावकहरु सकृय रुपमा क्रियाशील भएको पाइएन । अधिकांश सहयोगी कार्यकर्ता तालिम प्राप्त र माध्यमिक शिक्षा उत्तीर्ण भएको पाइयो । समुदायिमा आधारित भन्दा विद्यालयमा आधारित केन्द्रमा बालविकास संख्या राम्रो देखियो । अभिभावक शिक्षाको अभाव देखियो । अनुगमनको स्थिति हेर्दा स्थानीय संघ संस्थाले लगानी गरेको बालविकास केन्द्रमा केही सन्तोषजनक पाइयो । विद्यालयमा आधारित बालविकास केन्द्रको अनुगमनको अवस्था केही राम्रो पाइयो । स्रोतकेन्द्र, जिल्ल शिक्षा कार्यालय लगायत अन्य संघसंस्थाबाट कम मात्रामा अनुगमन गरेको पाइयो । स्थानीय निकायबाट अनुगमन गरेको पाईएन साथै स्थानिय निकायले केन्द्र सञ्चालन गर्न अनुमति र स्वीकृति दिने तर बालविकास केन्द्रमा लगानी गरेको पनि पाइएन । बालविकास केन्द्रका समस्या तथा चुनौतिहरु धेरै पाइयो, जसलाई समाधान गर्न सम्बन्धित निकायले चासो दिएको पाइएन । अनुगमनलाई प्रतिफल मूलक बनाउन सरकारले सबै तहमा नीतिगत रुपमा संयन्त्र विकास गर्नु पर्दछ । जिल्ला शिक्षा कार्यालयमा बालविकास निरीक्षण तथा अनुगमन शाखा गठन गर्नुपर्दछ । बालविकास केन्द्रलाई विद्यालय संरचना भित्र ल्याउनु पर्छ । केन्द्र सञ्चालन समयलाई बिहान १० बजे देखि गर्ने व्यवस्था गर्नुपर्दछ । वर्तमान समयमा लागू भइरहेको नीति तथा नियमलाई प्रभावकारी रुपमा कार्यान्वयन गर्नुपर्छ । स्थानीय निकायलाई अनुगमन गर्न जिम्मेवार बनाउनु पर्दछ । अभिभावक शिक्षा लागु गर्नुपर्छ । बालविकास केन्द्रको प्रभावकारीता, अनुगमनको प्रभावकारिता, यसको समस्या तथा समाधानका उपायहरू, बालविकास केन्द्रको भौतिक पूर्वाधारले सिकाइमा पार्ने प्रभाव, खाजा कार्यक्रमले बालविकासको नियमिततामा पार्ने प्रभाव लगायत अन्य पक्षका बारेमा अनुसन्धान सरकारी निकाय र अन्य पक्षबाट गरिनु पर्दछ ।
  • Item
    सामुदायिक विद्यालयमा कक्षाकोठा व्यवस्थापन {Samudayik bidyalayma kakshakotha byabasthapan}
    (2013) पोख्रेल, रोहिणी (Pokhrel, Rohini); सन्तोषकुमार बराल (Santoshkumar Baral)
    यस अध्ययनको शिर्षक सामुदायिक विद्यालयमा कक्षाकोठा व्यवस्थापन रहेको छ । यस अध्ययनको प्रमख उद्देश्य सामुदायिक विद्यालयमा कक्षाकोठा व्यवस्थापनको वास्तविक अवस्था पत्तालगाउनु रहेको छ । यस शोघ पत्र गुणात्मक अध्ययन विधिमा आधारित रहेको छ । यस अध्ययनमा स्थलगत अवलोकन, अन्तर्वार्ता, प्रश्नावली, समुहगत छलफल र दस्तावेजहरुको पुनरावलोकन जस्ता साधनहरुको प्रयोग गरि तथ्यांक संकलन गरिएको छ यस अध्ययनमा सम्भावनायुक्त नमुना छनौट विधिवाट चारवटा सामुदायिक विद्यालयलाई छानिएको छ । यस अध्ययनमा सामुदायिक विद्यालयका प्रधानाध्याक, शिक्षक, विद्यार्थी, विद्यालय व्यवस्थापन समितिका अध्यक्ष, स्रोत व्यक्ति तथा विद्यालय निरिक्षक, अभिभाव र विद्यालयका कर्मचारिहरुलाई नमुनाको रुपमा लिई प्राथामिक तथ्याक संकलन गरिएको छ । यस अध्ययनमा पुस्तक, पत्रपत्रिका, अभिलेख र शोध पत्र आदिको आधारमा द्धितीय तथ्यांक संकलन गरिएको छ । यस अध्ययनवाट सामुदायिक विद्यालयहरुमा कक्षाकोठा व्यवस्थापन अन्तरगतको खानेपानी, सरसफाई, कालोपाटीको बनोट र व्यवस्था सन्तोष जनक रहेको र विद्यार्थी बसाई प्रक्रियामा दुई लहरे पद्धती अपनाइएको पाइयो । कक्षाकोठामा शैक्षिक सामग्रीहरु जुटाउन र व्यवस्थापन गर्नको लागि विद्यालयका व्यवस्थापन पक्षले जुटाउने गरेको स्रोतसाधनको अवस्था अपुग रहेको र प्रधानाध्यापक, शिक्षक, कर्मचारी, विद्यार्थी र अभिभावकहरु विच समन्वयकारी भूमिका खेल्न नसक्नु अध्ययनको निष्कर्ष रह्यो । कक्षाकोठाक व्यवस्थापनमा देखिएका समस्याहरुमा कक्षाकोठामा आपसी दुरी नजिक रहेकाले आवाजको माध्यमवाट वातावरणिय समस्या, कक्षाकोठामा शिक्षण कार्य संचालन हुंदा विद्यार्थी शिक्षक विचमा हुने संचारको समस्या, विद्युत एवम् विद्युतिय सामग्रीहरुको प्रयोगमा समस्या, अनुशासनको प्रयोगमा समस्या, विद्यार्थी–विद्यार्थी विचमा हुने अन्तक्रिया, निरिक्षण तथा आवश्यक तालिम एवम् अनुगमनको अभाव रहेको पाइयो । उल्लेखित समस्याहरु समाधान गर्ने उपायको क्रममा शिक्षक शिक्षिकाहरुले कक्षाकोठा भित्र हल्ला नियन्त्रण हुने उपायसमेतको वातावरण निर्माण गरि विद्यार्थीहरुलाई शिक्षण सिकाइ कार्यमा विद्यार्थी केन्द्रित विधिको प्रयोगद्धारा विद्यार्थीहरुलाई आकर्षित गरि शिक्षण गर्नुपर्ने देखिन्छ । शिक्षण कार्यमा कक्षाकोठामा वालमनोविज्ञान अनुसारको शिक्षण योजनाको निर्माण, छनौट र प्रयोगमा श्रव्य दृष्य समाग्रीका् प्रयोग योजनाबद्ध ढाँचामा तह र स्तर अनुसार शिक्षण गर्ने गर्नुपर्दछ । शिक्षणमा सहभागी शिक्षकको बोलाी स्पष्ट भएको हुनु पर्दछ । शिक्षकलाई तालिमको माध्यमवाट आत्मवल र दक्षता बढाउन पहल गर्ने र दक्षता अनुसारको पुरस्कारको व्यवस्था समेत गर्नुपर्ने देखिन्छ । कक्षाकोठा व्यवस्थापन कार्यको प्रभावकारीता बढाउन र शिक्षण सिकाई कार्य वालसुलभ, वालमैत्रि र वालसहयोगी बनाउनका लागि कक्षाकोठामा विजुली वत्ति, घडि र दृष्य शैक्षिक सामग्रीको आवश्यक सजावटको व्यवस्था गर्नुपर्ने देखिन्छ । आफुसँग रहेका विभिन्न स्रोत र साधनहरुलाई बढि भन्दा बढि प्रयोगमा ल्याई अपुग सामग्रीहरुको पहिचान गरि समयमा नै पुरा गर्न अनवरत प्रयास गर्नुपर्ने देखिन्छ । कक्षाकोठा व्यवस्थापन कार्यलाई सकारात्मक रुपमा अगाडी बढाउनका लागि नितिगत तह, कार्यान्वयन तह र अनुसन्धानात्मक तह आदि पक्षलाई सुझाबको रुपमा प्रस्तुत गरिएको छ ।
  • Item
    शिक्षकको पेशागत विकासमा तालिम कार्यान्वयन- एक अध्ययन {Shikshakko peshagat bikashma talim karyanbayan-ek adhyayan)
    (2015) लुङ्वा, रुद्रबहादुर (Lunwa, Rudrabahadur); Not available
    यस शोधपत्रको शीर्षक शिक्षकको पेशागत विकास तालिम कार्यन्वयन एक अध्ययन रहेको छ । शैक्षिक क्षति न्यूनिकरण गर्नका लागि सरकारले पटक पटक विभिन्न कार्यक्रमहरु ल्याएको भए तापनि प्रभावकारी कार्यान्वयन हुन नसक्नाले शैक्षिक क्षति न्यूनिकरण गर्ने कार्यमा खासै सफलता मिल्न नसकेको वर्तमान अवस्थामा प्राथमिक शिक्षा पाठ्यक्रम २०२८ देखि नै विद्यालय स्तरमा शैक्षिक एवं प्राज्ञिक तहमा तालिमको व्यवस्था गरेको पाइन्छ । यस अध्ययनको मुख्य उद्देश्य भनेको शिक्षकको पेशागत विकास तालिम कार्यन्वयन प्रभावकारी रुपमा भए भएन भनेर खोज गर्ने प्रयास गर्ने गरेको छ । यस अध्ययनले शिक्षा क्षेत्रका सबै सरोकारवालापक्षहरुलाई शिक्षकको पेशागत विकास तालिम र शिक्षण सिकाई प्रक्रिया प्रति सचेत र उक्तरदायि बनाउन सक्दछ । प्रशिक्षण र तालिमबाट नै असहज परिस्थितिलाई सहज बनाउने काम गर्दछ । यो अध्ययन सुनसरी जिल्लाको धरान नगारपालिका अन्त्तर्गतका सामुदायिक विद्यालयको सबै तह (प्रा.वि. देखि उच्च मा. वि.) सम्ममा सिमित रहेको छ । गुणात्मक अनुसन्धान विधिमा आधारित यस अध्ययनमा धरान नगरपालिका अन्तर्गतका २६ वटा सामुदायिक विद्यालयको सबै तहको शिक्षक, विधार्थी अभिभावक, प्रधानाध्यापक विद्यालय व्यवस्थापन समितिका पदाधिकारीहरु विद्यालय निरीक्षक÷स्रोत व्यक्ति अध्ययनका जनसख्यांको रुपमा रहेको छन् । तथ्याङ्क संकलनका लागि प्राथमिक र सहायक दुवै प्रकारको स्रोतहरुको उपयोग गरेको छ । प्राप्त तथ्याङ्कलाई विभिन्न तालिका स्तम्भचित्र, बृतचित्र आदिको माध्यमवाट प्रस्तुत गरी व्याख्या र विश्लेषण गरिएको छ । तथ्याङ्कको व्याख्या र विश्लेषण गर्ने क्रममा विभिन्न शिर्षक र उपशीर्षकहरुमा विभाजन गरी अध्ययन गरिएको छ । शिक्षकको पेशागत विकास तालिमको कार्यन्वयनको अवस्था अध्ययन गर्नका लागि विभिन्न तहका शिक्षकहरुको तालिमको अध्ययन गरिएको छ । यो शोधपत्रको शीर्षकहरु शिक्षकको पेशागत विकास तालिम भनेको मागमा आधारित र यो तेस्रो मोडूल सम्म चल्ने तालिम भएको हुदाँ यस अध्ययनको क्रममा सबै तहका साथै सबै विषयका बारेमा पनि अध्ययन गरिएको छ । हालको सर्बेक्षण अनुसार प्राय सबै तहका सबै शिक्षकहरु तालिम प्राप्त देखिन्छ तर तालिम प्राप्त शिक्षकहरुले अध्यापन गरेको तह र विषयमा कतिको गुणस्तर बृद्धि भएको छ भन्ने बारेमा पनि यस शोधपत्रले खोज्ने प्रयास गरेको छ । शिक्षकले तालिम लिए पछिको कक्षा–कोठाको परिवर्तन भएको छ वा छैन भन्ने वारेमा पनि खोज गरेको छ? कक्षा कोठामा शैक्षिक सामाग्रीको कतिको प्रयोग गरेको छ ? शैक्षणिक विधि र प्रविधिको प्रयोग कतिको भइरहेको छ । यस अध्ययनमा शिक्षक संख्या, विषयगत तालिम प्राप्त साथै मोडूल अनुसारको तालिम प्राप्त शिक्षकहरुलाई सूचक मानी विश्लेषण गरेको छ । यस अध्ययन क्षेत्रका विद्यालयका शिक्षकहरु यस तालिम प्रति धेरै आकर्षित भए पनि यस कार्यक्रमलाई प्रभावकारी रुपमा कार्यन्वयन भने नभएको पाइन्छ । विद्यालयको शिक्षकहरु अझै पनि परम्परागत शैक्षणिक विधिहरु बाट टाडा रहन नसकेको अवस्थाहरु पाइयो । परम्परागत विधिलाई अभै पनि परिमार्जन गर्न नसकेको अवस्था हो । विद्यालय प्रशासन पनि अन्योल रहेको छ कसरी यस कार्यक्रमलाई प्रभावकारी कार्यन्वयन गर्न सक्ने छ । नेपालको शिक्षा प्रणालीमा के कमजोर रहेको छ त्यस वारेमा सबै सरोकारवालाहरु अनभिज्ञ भए जस्तो देखिन्छ । कक्षा कोठामा प्रचुरमात्रामा शैक्षिक सामग्रीको प्रयोग कम भएको, शिक्षकमा विभिन्न प्रकारमा विभाजित मनस्थिति भएको कसले कसको मूल्याङ्कन गर्ने? भन्ने सोचको विकास भएको अवस्था रहेको पाइन्छ । तर सबै सम्बन्धित सरोकारवाला यस कार्यक्रमलाई कडाईका साथ कार्यन्वयन गर्ने सवालमा समन्वय गरेमा पक्कै पनि यो कार्यक्रम सफल पार्न कुनै अप्ठयारो होला जस्तो लाग्दैन । हालको शिक्षा निति अनुसार विद्यालयकतहलाई आधाभूततह र माध्यमिकतह दुई तहमा विभाजित गरे अनुरुप नयाँ शिक्षक नियुक्ति गर्दा देखि नै शिक्षकले तालिम प्राप्त गरेको हुनु पर्ने देखिन्छ । नोपल सरकारको निति अनुरुप पनि हाल कार्यरत शिक्षकहरुलाई पनि तालिम प्राप्त गर्नुपर्ने हुन्छ । र तालिम प्राप्त नभए पनि तालिम गर्नु पर्ने हुन्छ । यस कार्यक्रमलाई प्रभावकारी कार्यन्वयन गर्न सम्पूर्ण सरोकारवाला शिक्षक, विधार्थी अभिभावक साथै शैक्षिक प्रशासन पनि सकारात्मक प्रकारबाट लागि पर्नु पर्ने देखिन्छ । सबै भन्दा प्रभावकारी पक्ष भने अभिभावकहरुलाई सचेत बनाई आफ्ना बालबालकिाको प्रत्यक्ष भविष्यसंग गासिएको अनुभुत गराई कक्षाकोठाको शिक्षाको गुणस्तर वृद्धिमा जोड दिनु पर्ने देखिन्छ । कार्यक्रमलाई प्रभावकारी बनाउन अनुगमन निरीक्षण तथा मूल्याङ्कन कार्यलाई प्रभावकारी बनाउन वि. नि. स्रोतव्यक्तिलाई प्रशासनिक कार्यको बोझ कमगरी विशुद स्रोत शिक्षक बनाइनु पर्ने विद्यालयमा पर्याप्त साधन र स्रोतको व्यवस्था गर्नु पर्ने विभिन्न प्रकारको शिक्षकलाई एकै प्रकारको स्थायी शिक्षकहरु मात्र नियुक्त गर्नु पर्ने कार्यरत शिक्षकहरुलाई पेशागत विकास प्रति सचेत र आकर्षित गर्नु पर्ने तालिममा प्राप्त ज्ञान, सिप तथा अनुभवलाई कक्षा कोठामा पनि प्रभावकारी रुपमा कार्यन्वयन गर्न गराउन आकर्षित गर्नु पर्ने देखिन्छ । शिक्षकको पेशागत विकास गराउन कार्य सम्पादन मूल्याङ्कनलाई व्यवहारिक र वैज्ञानिक रुपमा सहि मूल्याङ्कन गर्न गराउन सक्नु पर्दछ । हालको शिक्षकको प्रोत्साहन पुरस्कारलाई पनि सिद्धान्तगत छनौट भन्दा पनि कार्यगत छनौट यो कार्यक्रम केहि हतसम्म कार्यन्वयन हुने देखिन्छ । अन्तमा कुनै कार्यक्रम सफल हुनु र नहुनुमा सहि निरिक्षण र मूल्याङ्कन नै भएको हुदाँ उक्त कथनलाई कार्यन्वयनको आशा गरेको छु ।
  • Item
    शिक्षकहरुको पेशागत नैतिकताको अध्ययन {Sikshakaharuko peshagat naitikatako adhyayan}
    (2014) राई, वीरबहादुर (Rai, Birbahadur); सन्तोषकुमार बराल (Santoshkumar Baral)
    नेपालमा विद्यालय शिक्षाको विकास र विस्तारको लामो इतिहास भएता पनि आधुनिक शिक्षाको विकास वि.सं. २००७ सालको प्रजातन्त्रको आगमन पछि यसले व्यापकता पाएको हो । विद्यालय तहको शिक्षामा विद्यालयको संख्या उल्लेख्य मात्रमा खोलिएको भएतापनि अझै प्राथमिक तहका करिब ५% बालबालिकाहरु आधुनिक औपचारिक शिक्षाबाट वञ्चित छन् । त्यस्तैगरी विद्यालयको अवसर प्राप्त गरेको बालबालिहरुलाई पनि शिक्षामा नयाँ पाठ्यक्रम तथा विभिन्न किसिमका शिक्षकहरुलाई तालिमको व्यवस्था गरेता पनि गुणस्तरीय शिक्षा व्यवस्था अपेक्षाकृत हुन नसकेको देखिएको छ । राष्ट्रले अपेक्षा गरेको उपलब्धिमा सोचे अनुरुप प्राप्ति हुन नसक्नाका विविध कारणहरु मध्ये शिक्षण गर्ने शिक्षकको पनि पेशाप्रति समर्पण, पेशागत नैतिकता पनि एक हो भन्ने मलाई लागेको छ । शिक्षा ऐन र नियमहरुमा शिक्षकका पेशागत नैतिकताका बारेमा आचारसंहिता उल्लेख भए तापनि यसलाई स्थानीय तहसम्म सामान्यीकरण गर्न नसकिएको अवस्था रहेको छ । जब अध्यापन गर्ने शिक्षक आफ्नो आचार संहितामा रहन नसकेको अवस्थामा राज्यले अपेक्षा गरेको शैक्षिक उपलब्धि प्राप्त गर्न सक्दैन । यस सम्बन्धमा शिक्षकको पेशागत नैतिकता बुझाइ , शिक्षकको पेशालाई खराब बनाउने तत्वहरुको पहिचान , नीतिनियमका प्रयोगका अभ्यासहरुको बारेमा गहन रुपमा खोजी गर्न आवश्यक देखिन्छ । यसका निमित्त पेशागत नैतिकताको सिद्धान्तको बारेमा बुझ्न यस अध्ययनमा शिक्षक र प्रधानाध्यापकहरुले नैतिक सिद्धान्तका नीतिहरुलाई के कसरी लिएका छन् ? नैतिकवान हुनका लागि शिक्षकहरु सचेत छन् ? नैतिकताको बारेमा शिक्षकलाई कुनै जानकारी छ ? शिक्षकलाई नैतिक जिम्मेवारी थाहा छ ? विद्यार्थी र अभिभावकहरुमा शिक्षकको पेशागत नैतिकताको बुझाइ कस्तो रहेको छ ? यी समस्याका समाधानका उपायहरु के के हुन सक्छन् ? जस्ता प्रश्नहरुका उत्तर खोजी गर्नका लागि अनुसन्धानका उद्देश्यहरु शिक्षकहरुका पेशागत नैतिकताको व्यवहारिक अभ्यास खोजी गर्नु, विद्यार्थीको दृष्टिकोणमा शिक्षकहरुको पेशागत नैतिकतालाई पत्ता लगाउनु, शिक्षकको पेशागत नैतिकतालाई प्रभावकारी बनाउन प्रधानाध्यापकको भूमिका पत्ता लगाउनु, शिक्षकको पेशागत नैतिकताको सम्बन्धमा वि.व्य. स. तथा अभिभावकहरुको धारणलाई उजागर गर्न जस्ता उद्देश्य राखी अनुसन्धान गरी निष्कर्षमा पुग्ने कोशिस गरिएको छ । यस अनुसन्धानलाई अघि बढाउन विषयसंग सम्बन्धित शोधकार्य, दस्तावेज , जर्नल समेत अध्ययन गरिएको छ । अनुसन्धानलाई पुरा गर्न प्रश्नावली, अन्तरवार्ता एवं अवलोकनलाई प्रयोग गरी तथ्यांक संकलन गरिएको छ । तथ्यांक संकलनका विधिमा परिमाणात्मक र गुणात्मक दुवै विधि प्रयोग गरी मिश्रित विधिबाट संकलन गरिएको छ । प्राप्त भएका तथ्यांकलाई विषयवस्तुको आधारमा शिक्षकसँगको प्रश्नावली , विद्यार्थीसँगको प्रश्नावली , प्र.अ.सँगको प्रश्नावली र वि.व्य.स.तथा अभिभावकसँगको प्रश्नावलीबाट प्राप्त भएको उत्तरलाई छुट्टाछुट्टै तालिकामा राखी प्रतिशत मानमा पत्ता लगाई प्राप्त तथ्यांकहरुको विश्लेषण गरिएको छ । विश्लेषणको आधारमा शिक्षकको पेशागत नैतिकताको सवालमा शिक्षकलाई आचार संहिताको बारमा थुप्रै कुराहरुको ज्ञान रहँदा रहँदै पनि यसको अनुगमनको पक्षको कमीले गर्दा यसलाई सहज रुपमा प्रयोग नभएको पाइयो । पेशागत नैतिकतालाई कार्यन्वयन गराउन शिक्षकलाई पेशा प्रति समपिर्त भावना जाग्रित हुने किसिमका तालिम गोष्ठि तथा पेशालाई आर्थिक रुपमा पनि आकर्षण गरिनु पर्छ भन्ने विष्लेषणबाट देखिएको छ । शिक्षक स्वयंम्ले पनि आफ्नो पेशाप्रति कर्तव्यनिष्ठ ढंगबाट समर्पित भएर कार्य गर्नु पर्छ । सम्बन्धित पक्षबाट प्रभावकारी अनुगमन तथा मूल्यांकन गर्ने सुझाव सहितको निष्कर्ष निकालिएको छ।
  • Item
    शिक्षकको पेशागत विकासमा तालिमको प्रयोग {Shikshakko peshagat bikashma talimko prayog}
    (2014) रायमाझी, धर्मेन्द्रजँग (Raymajhi, Dharmendrajang); जयकृष्ण शर्मा (Jaykrishan Sharma)
    “शिक्षकको पेशागत विकासमा तालिमको प्रयोग” विषयमा यो शोधपत्र तयार पारिएको छ जुन अध्ययन गर्नको लागि विद्यालय तहमा शैक्षिक सामाग्री निर्माण र प्रयोगमा पेशागत विकास तालिमको प्रभाव त्यसमा देखिएका समस्याहरु र शैक्षिक सामाग्री निर्माण, प्रयोग र प्रभावकारिता ल्याउनको लागि उपयुक्त विकल्पहरु पेश गर्ने उद्धेश्यहरु राखिएको छ । यस अध्ययनलाई सरल, सहज बनाउन एवं माथि उल्लेखित उद्धेश्यहरु पूरा गर्नको लागि संभावना सहित नमूना छनोट विधिका आधारमा पिठुवाको स्रोत केन्द्र अन्तर्गतका एक वटा सामुदायिक उच्च मा. वि. र तिन वटा सरकारी सहयोग प्राप्त गर्ने सामुदायिक नि.मा.विद्यालयहरु उद्धेश्यमुलक छनोट विधिको आधारमा छनोट गरिएको थियो । छनोटमा परेका प्रत्येक विद्यालयका प्रधानाध्यापक, शिक्षक, विद्यार्थीहरु, रोष्टर प्रशिक्षक, स्रोत व्यक्ति सँग विश्वासनियतामा र वैद्यता स्थापित भएका रुजु सूची अन्र्तवार्ता प्रश्नावली जस्ता अनुसन्धान उपकरणहरुको प्रयोग गरी प्राथमिक तथ्याङ्क एवं द्धितिय तथ्याङ्कमा विद्यालय सुधार योजना, दस्तावेजबाट प्राप्त तथ्याङ्कहरु संकलन गरिएको थियो । अध्ययनको क्रममा यससँग सम्बन्धित विभिन्न साहित्यको अध्ययन गरियो । उक्त साहित्यमा सम्वन्धित संस्थाहरुले तालिम प्रभावकारी बनाई यसबाट विद्यालयको कक्षा कोठामा उपयोग गरी वालवालिकालाई नविनतम ज्ञान तथा सीप प्रदान गर्न सकेमा मुलुकले कल्पना गरे अनुरुपको सक्षम जनशक्ति प्रदान गर्ने आशा गर्न सकिन्छ । तालिम प्राप्त, योग्य र लगनशिल शिक्षकहरुबाट नै स्थानीय तथा कम मूल्यका सामाग्रीहरुको अत्याधिक मात्रामा उपयोग हुनसक्ने र विश्वका वालवालिका सँग प्रतिस्पर्धा गर्न सक्ने सक्षम जनशक्ति निर्माण हुने कुरामा विश्वास गर्न सकिन्छ । सम्बन्धित साहित्य र प्राथमिक एवं द्धितिय स्रोतका आधारमा हामी शैक्षिक सामाग्रीको निर्माण र प्रयोग शिक्षकको पेशागत विकास तालिम लिनु अघि भन्दा यो तालिम लिई सके पश्चात सकारात्मक देखिएको पाइएको छ । र शैक्षिक गुणस्तरमा पनि सकारात्मक परिवर्तन भएको पाइएको छ । यसरी सबै विद्यालयहरुले शैक्षिक सामाग्रीहरुको निर्माण र प्रयोग गर्न भौतिक तथा मानविय पक्षको समायोजन गराई त्यसको निर्माण र प्रयोग को लागि विद्यालयमा कार्यरत सबै पक्षको समन्वयात्मक स्थिति सृजना गर्ने प्र.अ. भएमा सिकाई उपलब्धी वृद्धि हुन्छ भन्ने आम धारणा वनाउन सकिन्छ । शैक्षिक सामाग्री निर्माण र प्रयोगलाई व्यवस्थित गरी शिक्षण सिकाई क्रियाकलापलाई प्रभावकारी गराउन आधार तयार हुन्छ भन्ने मान्यता स्थापीत हुन्छ ।
  • Item
    सामुदायिक विद्यालयमा पुनः प्रवेश गरेका विद्यार्थीहरुको सिकाइ उपलब्धि {Samudhayik bidyalayama pun: prabesh gareka bidyarthiharuko sikai upalabdhi}
    (2014) थापा, प्रेमबहादुर (Thapa, Prembahadur); भागवत थापा (Bhagawat Thapa)
    प्राथमिक तहमा पुनः विद्यालय प्रवेश भएका विद्यार्थीहरूको सिकाइ उपलब्धि शीर्षकअन्तर्गत पुनः विद्यालय प्रवेश भएका विद्यार्थीहरूको अवस्था लेखाजोखा गर्नु रहेको छ । यो अध्ययनमा परिमाणात्मक र गुणात्मक ढाँचा अवलम्बन गरिएको छ, जसमा पुनः विद्यालय प्रवेश भएका विद्यार्थीहरूको जातिगत, उमेरगत, कक्षागत र लैङ्गिक सङ्ख्यालाई परिमाणात्मक र उनीहरूका अभिभावक, शिक्षक र प्रधानाध्यापकको विचारहरूलाई गुणात्मक अनुसन्धान ढाँचाको रूपमा राखिएको छ । यो अध्ययन सिन्धुली जिल्लाको ग्वालटार स्रोतकेन्द्रमा आबद्ध ४ गाविसका १० वटा सामुदायिक विद्यालयमा २०६९ सालको शैक्षिक सत्रमा भर्ना भई बीचैमा कक्षा छाडेका र २०७० सालमा पुनः प्रवेश गरेका ७९५ जनामध्ये १९५ जना (२४.५२%) विद्यार्थीमा केन्द्रित गरिएको छ भने १० वटा विद्यालयका प्रधानाध्यापक १० जना, विषय शिक्षकहरू १० जना, प्रत्येक विद्यालयका २ छात्रा र २ छात्र गरीे ४० जना विद्यार्थी, उनीहरूका अभिभावक २० जना गरी जम्मा ८० जना यस अध्ययनको नमूना जनसंख्याको रूपमा लिइएको छ । विभिन्न विद्वानहरुका पुस्तकहरु, अप्रकाशित शोधपत्रहरु, विद्यालयका विभिन्न अभिलेखहरुलाई द्वितीय स्रोतको आधार मानेर तथ्याङ्क संकलन गर्दै प्रश्नावली, अभिलेख, अध्ययन, अन्तर्वार्ता जस्ता साधनहरुबाट प्राप्त तथ्याङ्कहरुलाई तालिकीकरण गरी व्याख्या र विश्लेषण गरिएको छ । यस अध्ययनमा उद्देश्यमूलक नमुना छनोट विधि अपनाइएको छ । प्रस्तुत अध्ययनमा पुनः प्रवेश हुनेमा छात्राभन्दा छात्र बढी भएको पाइयो । दलित जातिका विद्यार्थी अन्य जातिका विद्यार्थीभन्दा कम भर्ना भएको पाइयो । कक्षागत उमेरभन्दा बढी उमेर भएका विद्यार्थी कम पुनः प्रवेश भएको पाइयो । पुनः प्रवेश भएका विद्यार्थीमा विद्यालय नियमितता, गृहकार्य र कक्षाकार्य गर्नेभन्दा अनुशासन कायम गर्नेहरूको दर कम पाइयो । पुनः विद्यालय प्रवेश भएका विद्यार्थीहरूको सिकाइ उपलब्धिमा विश्लेषण गर्दा कक्षा १ को सबैभन्दा राम्रो पाइयो । विषयगत सिकाइ उपलब्धिलाई विश्लेषण गर्दा सबैभन्दा राम्रो नेपाली विषयको औसत प्राप्ताङ्क पाइयो भने सबैभन्दा कम औसत सिकाइ उपलब्धि गणित विषयको रहेको जानकारी प्राप्त भयो । पुनः प्रवेशमा भोगिएका समस्याहरूको रुपमा अभिभावकको आर्थिक अवस्था, परम्परागत सोच, बालश्रम, राजनीतिक हस्तक्षेप, सहपाठी र शिक्षकहरूको व्यवहार, परीक्षा प्रणाली, समयमा पाठ्यपुस्तक उपलब्ध नहुनु, लैङ्गिक विभेदहरू नै प्रमुख समस्या भएको जानकारी प्राप्त भयो । समस्या समाधानका उपायहरूमा विद्यालय छाडेका विद्यार्थीहरुका लागि कार्यव्रmमको निरन्तरता, अभिभावकको आर्थिक उन्नतिको कार्यव्रmम, बाल क्लव र अधिकारकर्मीहरूको कार्यलाई प्रोत्साहन, विद्यालय सुधार योजना र गाउँ शिक्षा योजनाका साथै गैरसरकारी तथा अन्तर्राष्ट्रिय गैरसरकारी संस्थाहरूसँग थप कार्यव्रmममा सहकार्य गरिनुपर्ने जस्ता विषयहरू उल्लेख गरेको पाइयो । त्यसैगरी पुनः विद्यालय प्रवेश गराउन सहयोग पु¥याउने निकायहरूको रुपमा विद्यालय छाडेका विद्यार्थीका लागि कार्यक्रम, बाल क्लव, विद्यालय भर्ना अभियान, वन उपभोक्ता समिति, छरछिमेकी, शिक्षकहरू रहेको पाइयो । उक्त जानकारीहरू शिक्षकहरू, अभिभावकहरू र प्रधानाध्यापकहरूसँगको अन्तर्वार्ता र समूह छलफलबाट प्राप्त भएको थियो ।
  • Item
    “दृष्टि कमजोर भएकाहरुको शिक्षामा समावेशीको अवस्था” {Drishti kamjora vayaka haru ko sikshama samabesiko abastha}
    (2081) गिरी, नारायण (Giri Narayan); लिला नाथ ढुङ्गेल (Lila Nath Dhungel)
    प्रस्तुत अध्ययन दृष्टि कमजोर भएका बालबालिकाहरुको शिक्षाको लागि राज्यले गरेको प्रयासहरु शिर्षक अन्तर्गत मा रहेका सामुदायिक विद्यालयहरु मध्ये मकवानपुर जिल्ला मनहरी गाउँपालिका अन्तरगत पर्ने मनहरी वड नं. ६ मा संचापलत श्री जनजाति उत्थान प्राथमिक विद्यालय, श्री प्रगती प्रा.वि. लोथर ६ र वडा नं. ९ मा रहेको श्री ऋषेश्वरी वाल जागृत प्रा. वि. मा गरी जम्मा ३ वटा प्राथमिकतहका विद्यालयलाई नमुनाको रुपमा लिइएको छ । प्रस्तुत अध्ययनले दृष्टि कमजोर भएका बालबालिकाहरुलाई दृष्टि कमजोर बालबालिका लागि भौतिक संरचना नहुनाले शिक्षा प्राप्त गर्न कठिनाई हुने गरेको बताउँछ । यद्यपी अध्ययन गरिएको विद्यालय अपाङ्गमैत्री विद्यालय हो । यसैगरि यस विद्यालयमा दृष्टि कमजोर भएकाहरु विद्यार्थीहरुको लागि प्रयाप्त मात्रामा शैक्षिक सामाग्री प्रर्याप्त नभएको, दृष्टि कमजोर भएका बालबालिका लागि उपयुक्त धारा, शैचालय, खेलमैदान, प्र.अ.को कार्यकक्ष रहेको पाइयो । दृष्टि कमजोर सम्बन्धि शैक्षिक नीति, नियमको अध्ययन बाट अझै प्रयाप्त मात्रामा शैक्षिक नीति नियम अपाङ्गता अनुकुल नरहेको पाईयो । विद्यालयहरुमा दृष्टि कमजोर भएका बालबालिकालाई योग्य हुने पाठय सामाग्रीहरुको उपलब्धता नहुने दृष्टि कमजोर भएका बालबालिकाहरुले पढने विद्यालयकामा यस्तोअवस्था छ भने अनेत्र कस्तो अवस्था होला सहजै अनुमान गर्न सकिन्छ । अतः समग्रमा यो अध्ययनले दृष्टि कमजोर भएका बालबालिकाहरुको शिक्षामा राज्यले गरेकाप्रयासहरु खरानिय हुँदाहुँदै पनि व्यवहारमा नीति अनुसारको कार्यान्वयन हुन सकेको देखिदैन । भौतिक संरचना बनाउदा दृष्टि कमजोर भएकाहरु बालबालिकालाई अनुकुल बनाउने, दृष्टि कमजोर भएका बालवालिकाहरुको लागि शिक्षा मात्र निः शुल्क भनेर मात्रहुँदैन त्यसका लागि प्रोत्साहन स्वरुप शैक्षिक छात्रवृद्धि, पुरस्कार लगायतका अन्यसुबिधाहरु पनि उपलब्ध गराउनु पर्ने देखिन्छ ।