Education Planning & Management
Permanent URI for this collection
Browse
Browsing Education Planning & Management by Advisor "धर्मरमज सिंह Dharmaraj Singh"
Now showing 1 - 1 of 1
Results Per Page
Sort Options
Item विद्यालयकाे आर्थिक व्यवस्थापनमा प्रधानाध्यापककाे भूमिका {Bidyalayko aarthik byabsthapanma pradhanadhyapakko bhumika}(2014) ठाकुर, राम प्रसाद Thakur, Ram Prasad; धर्मरमज सिंह Dharmaraj Singhप्रस्तुत अध्ययन विद्यालयको आर्थिक व्यवस्थापनमा प्रधानाध्यापकको भूमिका विषयमा तयार पारिएको छ । यस अध्ययनको मूल उद्देश्य सामुदायिक प्राथमिक विद्यालयको आर्थिक व्यवस्थापनमा प्रधानाध्यापकको भूमिका खोजी गर्नु रहेको छ । यो अनुसन्धान परिमाणात्मक र गुणात्मक ढाँचामा तयार गरिएको छ । यस अध्ययनलाई अघिबढाउन प्राथमिक स्रोतहरु अन्तरगत प्रश्नावली, अन्तरवार्ता, छलफल, अवलाकन फारमलाई प्रयोगमा ल्याइसकेको छ भने द्वितीय स्रोतको रुपमा विद्यालय अभिलेखमा पुस्तकहरु र विद्यालयबाट प्रकाशित जेनरलहरुलाई प्रयोगमा ल्याइएको छ । अध्ययन प्रधानाध्यापकका लागि प्रश्नावली अभिभावकका लागिअन्तरवार्ता र विद्यार्थीहरुका लागि छलफल र विद्यालयका गतिविधिका लागि अवलोकन फारम जस्तासाधनको प्रयोग गरिएका छ भने विद्यालय व्यवस्थापन समितिका अध्यक्षहरुबाट र सदस्यहरुबाटअन्तरवार्ता लिई तथ्यांक संकलन गरिएको छ । साथै विद्यार्थी, अभिभावकहरु गरी गराई तथ्यांक संकलनगरियो, अन्तरवार्ता गरियो र अन्तरवार्ताबाट प्राप्त विषयवस्तु टिपोट गरी तथ्यांक संकलन गरियो ।विभिन्न विधिहरु तथा साधनहरुबाट प्राप्त तथ्यांकलाई तालिकीकरण, तुलना, व्याख्या क्रममा तथ्यांक विश्लषण सरोकारवाला पक्षहरुसँग छर्के प्रश्नहरु गरी व्याख्या गरेर तुलनात्मक ढंगले तथ्याक विश्लषणगरिएकोे छ । विद्यालयसँग सरोकार राख्ने पक्षको सहभागिता प्रभावकारी देखिएको छ । विद्यालयको चल, अचलसम्पत्ति बृद्धि गर्नमा समुदायको पनि साथ तथा सहयोग प्राप्त भएको पाइएको छ । प्रधानाध्यापक शैक्षिक प्रशासन तर्फ सुधारात्मक कदमहरु चालेका पाइएको छ । विद्यालयल शिक्षकर विद्यालयकाआचारसंहितालाई पालन गर्ने÷गराउने परिपाटी तर्फ उन्मुख देखिएको छ । यस अध्ययनले लिएको उद्देश्यअनुरुप विद्यालयका आन्तरिक स्रोत र बाह्य स्रोतबाट प्राप्त आयलाई उल्लेख गर्दै यसको व्यवस्थापनतर्फ प्रधानाध्यापकले खेलको भूमिकाको सन्दर्भमा विभिन्न शीर्षकहरु अन्तर्गत बुँदागत रुपमा प्रष्ट गनप्रयास गरिएको अध्ययनको क्रममा विद्यालयको आन्तरिक रुपमा जग्गा, पोखरी, प्राकृतिक सम्पदाअन्तर्गत जंगल, सांस्कृतिक स्रोतको रुपमा गरिएको दण्ड, जरिवानाहरु रहेको पाइएको छ । यसबाटवार्षिक रुपमा विद्यालयमा आम्दानी प्राप्त भएको पाइएको छ । प्रधानाध्यापकल आर्थिक व्यवस्थापन गर्ने क्रममा भोग्नुपरेको समस्याहरु लेख्न सम्बन्धितकर्मचारी, राजनैतिक हस्तक्षेप, स्थायी आयस्रोतको कमी र स्रोत संकलनमा अप्ठयारो, सम्बन्धित आदि समस्याहरु भोग्नु परेको पाइएको छ । त्यसलाई हटाउनका लागि शान्ति, सरक्षा, आर्थिक पारदर्शिता,लगानी अनुरुपको पतिफल तयार गर्ने जस्ता पक्षहरुमा जोड दिंद अभिभावहरुलाई जनचेतनामूलक कार्यक्रमहरुमा जोड दिंदै अगाडि बढनु पर्ने देखिन्छ । यो अध्ययन विद्यालयको विभिन्न आर्थिक पक्षहरुलाई प्रत्यक्ष सम्बन्ध राख्ने भएकोले यसल विद्यालयका आर्थिक कारोबार गर्नेहरु एवं यससँग रुचि राख्ने अन्य पक्षहरुलाइ सहयोग गर्ने भएको छ ।