Nepali Language Education
Permanent URI for this collection
Browse
Browsing Nepali Language Education by TU Affiliated Institute "Janta Multiple Campus, Itahari, Sunsari"
Now showing 1 - 2 of 2
Results Per Page
Sort Options
Item कक्षा एघारको नेपाली पाठयपुस्तक (२०७७) को कथा विधामा प्रयुक्त तत्सम शब्दको अध्ययन(Kakṣha ēghārakō nēpālī pāṭhayapustak (2077) kō kathā vidhāmā prayukta tatsam śabdakō adhyyan)(नेपाली भाषा शिक्षा सङ्काय, 2021) श्रेष्ठ shrestha, उर्मिलाUrmilaशोधप्रक्रिया ः प्रस्तुत शोधकार्यलाई पाँच अध्यायमा विभाजन गरिएको छ । पहिलो अध्यायमा शोधको परिचयअन्तर्गत पृष्ठभूमि, समस्या कथन, अध्ययनको उद्देश्य, औचित्य र महत्त्व, अध्ययनको सीमाङकन र पारिभाषिक शब्दलाई समावेश गरिएको छ । अध्याय दुईमा पूर्वकार्यको समीक्षा, पूर्वकार्यको उपयोगिता÷कार्यन्वयन र सैद्धान्तिक अवधारणात्मक संरचना समावेश गरिएको छ । अध्याय तीनमा अध्ययनको प्रक्रिया÷विधि अन्तर्गत अध्ययनको संरचना, जनसङख्या र नमुना छनोट प्रक्रिया, तथ्याङक सङकलनको प्रक्रिया, तथ्याङकको विश्लेषण र व्याख्या प्रक्रिया समावेश गरिएको छ । अध्याय चारमा कक्षा एघारको नेपाली पाठयपुस्तक अन्तर्गत कथा विधामा प्रयुक्त सम्पूर्ण शब्द सङख्या, तत्सम शब्द सङख्या र तत्सम शब्दको प्रतिशत समेत प्रस्तुत गरिएको छ । यसका साथै आवृत्ति भएका शब्द र आवृत्तिको स्थितिलाई तालिकामा देखाइएको छ । पाँचौ अर्थात अन्तिम अध्यायमा सारांश, निष्कर्ष उपयोगिता र कार्यान्वय, सुझाव र भावी अनुसन्धानका लागि शीर्षकहरू उल्लेख गरिएको छ । यस शोधपत्रमा कक्षा एघारको नेपाली पाठयपुस्तक अन्तर्गत कथा विधामा तत्सम शब्द के कस्ता छन, कथामा तत्सम शब्दको बनोट कस्तो छ, तत्सम शब्दको शब्दवर्ग के कस्ता छन, कथामा शब्दको आवृत्तिको अवस्था कस्तो छ भन्ने उद्देश्य राखिएको छ । यस शोधपत्रको तत्सम शब्द सम्बन्धित भएर शोधकार्य गर्न चाहने भावी शोधकर्तालाई दिशानिर्देशन गर्नका साथै कक्षा एघारमा अध्ययनरत विद्यार्थीलाई तत्सम शब्दको अर्थ, व्युत्पत्ति आदिका बारेमा ज्ञान दिन सहयोग पुग्दछ ।Item राष्ट्रनिर्माता खण्डकाव्यमा प्रयुक्त तत्समशब्दको अध्ययन {Rastranirmata Khandakabyama Prayukta Tatsamsabdako Adhyayan}(Faculty of Education, 2019) भट्टराई Bhattarai, रञ्जन Ranjanशोधशीर्षकःराष्ट्रनिर्माता खण्डकाव्यमा प्रयुक्त तत्समशब्दको अध्ययन शोधविधिः प्रस्तुत शोधपत्रको सामग्रीको सङकलनको प्रमुख आधार पुस्तकालयीय विधिअपनाइएको छ । शोधपत्रमाप्रयुक्ततथ्य र तथ्याङकलाई व्याख्या र विश्लेषणात्मक विधिद्वारा प्रस्तुतगरिएको छ । शोध प्रक्रियाः प्रस्तुत शोधकार्यलाई पाँच अध्यायमा विभाजनगरिएको छ । पहिलो अध्यायमा शोधको परिचय अन्तर्गत पृष्ठभूमि, समस्याकथन, अध्ययनको औचित्य र महत्व, अध्ययनको उद्देश्य, अध्ययनको सीमाङकन र पारिभाषिक शब्दहरू समावेश गरिएका छन । अध्याय दुईमा पूर्वकार्यको समीक्षा तथा धारणात्मक संरचना अन्तर्गत पूर्वकार्यको समीक्षा, पूर्वकार्यका उपयोगिता÷कार्यान्वयन र सैद्धान्तिक धारणात्मक संरचना समावेश गरिएको छ । अध्याय तीनमा अध्ययनको प्रक्रिया÷ विधिअन्तर्गत अध्ययनको संरचना, जनसङख्या र नमुना, नमुना छनोट प्रक्रिया, तथ्याङक संकलनका साधनहरू, तथ्याङक सङकलनका प्रक्रिया र तथ्याङक विश्लेषण र व्याख्याप्रक्रिया समावेश गरिएको छ । अध्यायचारमा राष्ट्रनिर्माता खण्डकाव्यमा प्रयुक्त तत्समशब्दहरूको वर्ग, व्युत्पत्ति, अर्थका आधारमा विश्लेषण गरिएको छ । साथै प्रत्येक पाठमा प्रयुक्त सम्पूर्ण शब्दसङख्या, तत्समशब्दसङख्या र तत्समशब्दहरूको प्रतिशतको स्थिति प्रस्तुत गरिएको छ । यसका साथै आवृत्तिभएका शब्दहरूर आवृत्तिको स्थितिलाई तालिकामा देखाइएको छ । पाचाँै अर्थात अन्तिमअध्यायमा निष्कर्ष, सुझाव, भावी अनुसन्धानका लागिसम्भावितशीर्षक आदिउल्लेख गरिएको छ । यस शोधपत्रमा राष्ट्रनिर्माता खण्डकाव्यमा क कस्ता तत्समशब्दहरू रहेका छनभन्ने पत्ता लगाउनु, खण्डकाव्यकातत्सम शब्दहरूको बनोट प्रक्रिया पत्ता लगाउनु र खण्डकाव्यका तत्समशब्दहरूको अवस्था र आवृत्तिको अवस्था पत्तालगाउन जस्ता उद्देश्यहरू राखिएको छ । यस शोधपत्रले तत्समशब्दसँग सम्बन्धित भएर शोधकाय गर्न चाहनभावीशोधकर्तालाई दिशानिर्देश गर्नाका साथै एमएड पथम वर्षमा अध्ययनरत विद्यार्थीहरूलाई तत्समशब्दको अर्थ, निर्माणप्रक्रिया र शब्द आदिका बारेमा ज्ञान दिन सहयोग गर्ने छ । राष्ट्रनिर्माता खण्डकाव्यमा प्रयुक्त तत्समशब्दहरूका अध्ययन विश्लेषणबाट निकालिएको निष्कर्षका आधारमा निम्नलिखित सुझावहरू पस्तुतगरिएको छः – यस खण्डकाव्यमा तत्समशब्दको प्रयोग ज्यादै भएको देखिन्छ । – अप्ठयारा तत्सम शब्दहरूको आवृत्तिभइरहे पाठकहरूलाई सहजहुने थियो । – सबै सगका अन्त्यमा कठिनतत्समशब्दहरूको शब्दार्थ स्तम्भ राखिनु पर्ने देखिन्छ। – राष्ट्रनिर्माता खण्डकाव्यमा तत्सम, तदभव र आगन्तुकतीनै स्रोतबाट आएका शब्दहरू छनोट गर्नुपर्ने देखिन्छ । – तत्समशब्दको आवृत्तिको स्थितिलाई हेर्दा राष्ट्रनिमाता खण्डकाव्यमा अत्यधिक मात्रामा तत्सम शब्दहरूका आवृत्तिभएको देखिन्छ तर यसो नभएर तत्समशब्दहरूको पुनरावृत्तिकम हुनुपर्ने देखिन्छ ।