Nepali Language Education
Permanent URI for this collection
Browse
Browsing Nepali Language Education by Author "अधिकारी, मधुसुदन Adhikari, Madhusudan"
Now showing 1 - 1 of 1
Results Per Page
Sort Options
Item बालश्रमिकले बीचैमा विद्यालय छोड्नाका कारणहरु {Reasons for child labor to drop out of school}(शिक्षाशास्त्र सङ्काय नेपाली भाषा, 2011) अधिकारी, मधुसुदन Adhikari, Madhusudanबालश्रमिकले वीचैमा विद्यालय छोड् नाका कारणहरू शीर्षकमा तयार पारिएको शोधपत्रकामुख्य उद्देश्य वालश्रमिकले वीचैमा विद्यालय छोडने कारणको पहिचान गरी सो अवस्थालाइसुधार गर्ने उपायहरुको खोजी गर्ने रहेको छ । यो अध्ययन परिमाणात्मक र गुणात्मक दुवै अनुसन्धान ढाँचामा आधारित छ । यसअध्ययनमा सामान्य सम्भावनायुक्त नमना छनौट विधिको प्रयोग गरी प्राथमिकविद्यालयहरूको छनौट गरिएको छ । उद्देश्यमूलक नमना छनौट विधिको प्रयोग गरीस्रोतकेन्दका स्रोतव्यक्ति, सम्वन्धित विद्यालयका प्रधानाध्यापकहरू, विद्यालय छोडेकाबालबालिकाहरू र तिनका अभिभावकहरूलाई छनौट गरिएको छ । त्यसैगरी सामान्यसम्भावनायुक्त नमना छनाट विधिको प्रयोग गरी शिक्षकहरू छनौट गरिएको छ । नमुनाछनौटमा परेका व्यक्तिहरूसँग अन्तर्वार्ता, छलफल, पश्नावली तथा दस्तावेज पुनरावलोकनजस्ता तथ्याङ्क संकलनका साधनहरूको प्रयोग गरिएको छ । अध्ययनमा प्राथमिक स्रोतकारुपमा प्रश्नावली तथा अन्तर्वार्ता र छलफलका माध्यमवाट प्राप्त तथ्याङ्क तथासूचनाहरूलाई लिइएको छ भने सहायक स्रोतको रुपमा विद्यालयको अभिलेखलाई लिइएकाछ । बालबालिकाहरू आफ्नो अध्ययन गर्ने उमेरमा शारीरिक तथा मानसिक रुपमा असर पुग्नखालका काममा सम्लग्न भएको पाइयो । विद्यालय छोडेर बालबालिकाहरू घरलु श्रमिककारुपमा आफ्नो तथा अर्काका घरमा काम गरिरहेका, कृषि श्रमिकको रुपमा ज्याला मजदुरीतथा आफ्नै खेतमा समेत काम गरिरहेका यातायात, होटल तथा अन्य क्षेत्रमाबालबालिकाहरूले काम गरिरहेको पाइयो । बालबालिकाहरूले काम गर्ने क्षेत्रमध्ये सबैभन्दाबढी कृषि श्रमिकको रुपमा ३५ प्रतिशत, दोस्रोमा घरेलु श्रमिकको रुपमा काम गरिरहेकाअवस्था पाइयो । त्यसैगरी यातायात होटल तथा अन्य क्षेत्रमा पनि केहिले काम गरिरहेकापाइयो । बालबालिकाहरूल वीचैमा विद्यालय छोडने कारणहरूमा अभिभावकहरूको शिक्षाप्रतिको नकारात्मक धारण, परिवारको आकार ठूलो हुनु, बालबालिका तथा परिवारकासदस्यहरू रोगीहुनु, परिवारको आर्थीक अवस्था कमजोर हुनु, निशुल्क श्रमिकको रुपमाछोराछोरीको प्रयोग गर्नु, शिक्षकले विद्यालयमा भेदभावपूर्ण व्यवहार गर्नु, विद्यालयकावातावरण बालमैत्री तथा अपाङ्गमैत्री नहुनु, कक्षामा अनुत्तिर्र्ण हुनु आदि रहेको पाइयो । बालबालिकाहरूले विद्यालय छोडने अवस्थालाइसुधार गर्न अशिक्षित तथा शिक्षाको महत्वनवुझेका अभिभावकहरूलाई शिक्षाको आवश्यकता र महत्व वुझाउनु पर्छ । गरिवीन्यनीकरणका कार्यक्रमहरू सञ्चालन गरेर, गरिव तथा जेहेन्दार विद्यार्थीहरूका लागिछात्रवृत्ति वितरण गनका साथै उक्त छात्रवृत्ति रकमका सही सदुपयोग गरेर, विद्यालयमा हुनभेदभावपूर्ण व्यवहारको अन्त्य गर्नुपर्छ । बालबालिकाहरू अनुत्तिर्र्ण हुने दर घटाउन सकेमाविद्यालय छोडने दरमा कमी ल्याउन सकिन्छ । प्राथमिक शिक्षाको लागि सरोकारवाला पक्षहरूलाई बढी जिम्मेवार र उत्तरदायी वनाउननीतिगत व्यवस्था मिलाउन पर्छ । आर्थिक रुपमा विपन्न ग्रामीण समुदायकाजनसमुदायहरूलाई उनीहरूको आर्थिक स्तर उकास्न तथा आत्मनिर्भर वनाउने किसिमकाकार्यक्रमहरू संचालन गनपर्दछ । छात्रवृत्ति वितरण कार्यलाई समुचित रुपमा लक्षित वर्गकापहिचान गरी वितरण गरिनुपर्दछ । विद्यार्थीहरूको मनोविज्ञानलाई वुझेर पठनपाठन गराउनव्यवस्था गराउनु पर्दछ । पाठयक्रम तथा पाठयपुस्तकहरू व्यवहारिक र समसामयिकबनाउदै शिक्षण क्रियाकलापको सम्वन्धित निकायहरूवाट निरन्तर निरीक्षण तथाअनुगमनको व्यवस्था मिलाउनु पर्दछ ।