Nepali Language Education
Permanent URI for this collection
Browse
Browsing Nepali Language Education by Author "अधिकारी Adhikari, कविता Kavita"
Now showing 1 - 1 of 1
Results Per Page
Sort Options
Item कर्नाली ब्लुज उपन्यासको समाजभाषिक अध्ययन { Karnali Bluj Upanyasko Samajbhashik Adhyayan}(नेपाली शिक्षा सङ्काय, 2022) अधिकारी Adhikari, कविता Kavitaप्रस्तुत शोधपत्र त्रिभुवन विश्वविद्यालय शिक्षाशास्त्र सङकाय सप्तगण्डकी बहुमुखी क्याम्पस नेपाली भाषा शिक्षा विभागअन्तर्गत स्नातकोत्तर तह द्वित्तीय वर्षको नेपाली शिक्षा ५९८ पाठयाशको प्रयोजनका लागि तयार गरिएको छ । यस शोधपत्रको शीर्षक कर्नाली ब्लुज उपन्यासको समाजभाषिक अध्ययन रहेको छ । प्रस्तुत शोधकार्यका उद्देश्यहरू भौगोलिक आधारमा कर्नाली ब्लुज उपन्यासको समाजभाषिक अध्ययन गर्नु र यस उपन्यासका पात्रहरूले प्रयोग गर्ने भाषाको लिङगगत, वर्गगत र पेसागत आधारमा भाषिक प्रयोगको स्थिति पत्ता लगाउनु रहेको छ । प्रस्तुत शोधकार्य कर्नाली ब्लुज उपन्यासको समाजाभाषिक अध्ययनसँग सम्बन्धित भएकाले प्राथमिक सामग्रीको रूपमा बुद्धिसागरद्वारा लिखित कर्नाली ब्लुज उपन्यासलाइ नै मुख्य आधार बनाई त्यसभित्र प्रयोग गरिएका विभिन्न पात्रहरूले प्रयोग गर्ने भाषाको स्वरूप र संरचनाका विभिन्न पक्षलाइ अध्ययन विश्लेषणको आधार बनाइएको छ । प्रस्तुत अध्ययनलाइ निश्चित उद्देश्य प्राप्ति र निष्कर्षमा पु¥याउन सूचना सङकलनका प्राथमिक स्रोत सामग्रीका रूपमा कर्नाली ब्लुज उपन्यासलाइ अध्ययन विश्लेषणको प्रमुख आधारका रूपमा लिइएको छ भने र द्वितीयक सामग्रीका रूपमा समाज भाषाविज्ञानसँग सम्बन्धित विभिन्न शोधार्थीहरूद्वारा गरिएका शोधपत्र, पाठयपुस्तक, विभिन्न लेख, रचना, सम्बन्धित साहित्यका समालोचनात्मक कृतिहरू, इमेल, इन्टरनेटको सहयोगबाट सामग्री सङकलन गरिएको छ । अध्ययन विधिका रूपमा मुख्य गरेर पुस्तकालयीय अध्ययन विधि अपनाइएको छ भने आंशिक रूपमा वर्णनात्मक तथा विश्लेषणात्मक विधिको प्रयोग गरी तथ्यहरूको अध्ययन विश्लेषण गरिएको छ । यस उपन्यासको समाजभाषिक अध्ययनका क्रममा समाज भाषाविज्ञानको परिचय र सैद्धान्तिक पृष्ठभूमि, भाषिक भेदहरूको क्रमशः विश्लेषण गरिएको छ । यसका साथै वर्गगत र लिङगगत अवस्थाका आधारमा कर्नाली ब्लुज उपन्यासका पात्रहरूले प्रयोग गरेका भाषाको भाषिक विश्लेषण गरी निष्कर्ष प्रस्तुत गरिएको छ यस उपन्यासको समाजभाषिक अध्ययनका क्रममा शोधपत्रलाइ विभिन्न शीर्षक र उपशीर्षकहरूमा वर्गीकरण गरी छ अध्यायमा विभाजन गरी निष्कर्ष निकालिएको छ । यस शोधको अध्याय एकलाई ‘अध्ययनको पष्ठभूमि’ मूलशीर्षक दिई समस्याकथन, अध्ययनको औचित्य, अनुसन्धानात्मक प्रश्नहरू, सीमाङकन, पारिभाषिक शब्दावली र सारांश उपशीर्षक दिइ ब्याख्या तथा विश्लेषण गरिएको छ । अध्याय दुईलाई ‘सम्बन्धित कार्यको पनरावलोकन’ क मूल शीर्षक दिई यसअन्तगत प्रायोगिक पुनरावलोकन र सैद्धान्तिक पुनरावलोकन, पूर्वकार्यको अवलोकनको अनुप्रयोग, समाज भाषाविज्ञानको सैद्घान्तिक अवधारणा र सारांश प्रस्तुत गरिएको छ । यसै अध्यायमा भाषाविज्ञानको परिचय, समाज भाषाविज्ञानको क्षेत्रका साथै भाषिक भेदहरूको बारेमा चर्चा गरिएको छ । त्यसैगरी भाषाको वर्गगत र लिङगगत आधारमा भाषिक स्वरूपको सैद्धान्तिक अवधारणालाई प्रस्तुत गरिएको छ । अध्याय तीनलाई ‘शोधविधि र प्रक्रिया’ शीर्षक दिइएको छ । यसअन्तर्गत समाजभाषिक अध्ययनको लागि छनोट गर्ने भनी नमुना छनोट प्रक्रिया, सामग्री सङकलनअन्तर्गत प्राथमिक स्रोतका रूपमा कर्नाली ब्लुज उपन्यास र द्वितीयक सामग्रीका रूपमा कृतिसँग सम्बन्धित भएर लेखिएका लेख, समालोचना, पुस्तक, प्रतिवेदन आदिलाई राखिएको छ । त्यसगरी प्राथमिक वा द्वितीयक स्रोत अथवा दुवै स्रोतबाट सामग्री सङकलन गरिएको छ । यसका साथै तथ्य सङकलनका साधन र तथ्य सङकलनका बारेमा पनि चर्चा गरिएको छ र अन्त्यमा शोधपत्रको रूपरेखा तथा यस अध्यायको सारांशसमेत प्रस्तुत गरिएको छ । अध्याय चारअन्तर्गत ‘व्याख्या र विश्लेषण’ शीषक राखी अध्ययन गरिएको छ । यस अध्यायमा उपन्यासकारको सङक्षिप्त परिचय दिनुका साथै भौगोलिक आधारमा कर्नाली ब्लुज उपन्यासको भाषिक विश्लेषण गरिएको छ । भागोलिक आधारअन्तर्गत यस उपन्यासमा विषयवस्तु सुहाउँदो पात्र र स्थानअनुसारको पद, पदावली, शब्द, निपात, उखानटुक्काका साथै बोलीचालिका भाषा प्रयोग गरिएको छ । अध्याय पाँचमा कर्नाली ब्लुज उपन्यासका पात्रगत भाषिक विश्लेषण शीर्षक राखी अध्ययन गरिएको छ । यस अध्यायमा पात्रहरूको लिङगत, वर्गगत र पेसागत आधारमा कर्नाली ब्लुज उपन्यासको विश्लेषण गरिएको छ । अध्याय छमा अध्याय एकदेखि अध्याय पाँचसम्मको सारांश, निष्कर्ष प्रस्तुत गरी यस शोधको उपादेयता प्रस्तुत गरिएको छ र अन्त्यमा सन्दर्भ सामग्रीसूची र व्यक्तिवृत्त प्रस्तुत गरी शोधकार्यलाइ समापन गरिएको छ ।