Education Planning & Management
Permanent URI for this collection
Browse
Browsing Education Planning & Management by Author "अधिकारी Adhikari, केशवराज Keshavraj"
Now showing 1 - 1 of 1
Results Per Page
Sort Options
Item अग्रेजी माध्यमका सामुदायिक विद्यालयकाे शैक्षिक उपलब्धि (Angreji madhyamaka samudayik bidhyalayko shaikshik uplabdhi)(शिक्षा योजना तथा व्यवस्थापन विभाग, 2015) अधिकारी Adhikari, केशवराज Keshavrajअंग्रेजी माध्यमबाट अध्यापन भएका सामुदायिक विद्यालयको शैक्षिक उपलब्धि नामक शीर्षकमा गरिएको प्रस्तुत शोधपत्रमा अंग्रेजी माध्यमका सामुदायिक विद्यालयको शैक्षिक उपलब्धिको वर्तमान अवस्था पहिचान गर्नु , अंग्रेजी माध्यमका सामुदायिक विद्यालयहरुलाई प्रभाव पार्ने तत्वहरुको खोजी गर्नु, अंग्रेजी माध्यमाट पठन पाठन गराउँदा झेल्नुपरेका समस्याहरुको लेखाजोखा गर्नु, अंग्रेजी माध्यमबाट पठनपाठन गराउँदा देखिएका समस्याहरुको समाधानका उापयहरु सुझाउनु जस्ता उद्देश्यहरुमा शोधपत्रलाई केन्द्रित गरिएको छ । एल्टन मायो र मास्लोको अभिप्रेरणा सम्बन्धी सिद्धान्तलाई अधार मानेर गरिएको प्रस्तुत शोधपत्र गुणात्मक ढाँचाको रहेको छ । छनोटमा परेका अंग्रेजी माध्यमका सामुदायिक विद्यालया शैक्षिक उपलब्धिको अवस्था पत्ता लगाउने अभिप्रायले अध्ययन अनुसन्धान गरिएको प्रस्तुत शोधपत्रमा सम्भावना रहित नमुना छनोट विधिका आधारमा भरतपुर उप महानगरपालिका लंकु स्रोतकेन्द्रमा रहेका ३१ वटा विद्यालयहरु मध्ये अंग्रेजी माध्यमबाट अध्यापन भएका ४ वटा विद्यालयहरुलाई क्रमश ः चितवन उ.मा.वि., भरतपुर, श्री आदिकवि भानुभक्त उ.मा.वि., नारायणगढ, श्री प्रेमवस्ती उ.मा.वि. प्रेमवस्ती र श्री लक्ष्मी उ.मा.वि., लंकूलाई नमुनाको रुपमा छनोट गरिएको छ । जसमा छनोटमा परेका विद्यालयबाट शिक्षक, प्र.अ.वि.व्य.स अध्यक्ष विद्यार्थी तथा स्रोतव्यक्ति गरी जम्मा ३३ जनालाई यस अध्ययनको जनसंख्याको रुपमा लिएर तथ्यांक संकलन गरिएको छ । छनोटमा परेको अध्ययन स्थलमा तथ्य संकलन गर्नका लागि तथ्यांक संकलनका प्राथमिक तथा द्वितीय स्रोतलाई प्रयोगमा ल्याइएको छ । अंग्रेजी माध्यमबाट अध्यापन भएका विद्यालयहरुमा विद्यार्थीका आधारभूत आवश्यकताहरुलाई बुझ्ने प्रयास गरिएको भएको भए पनि अंग्रेजीमा विद्यार्थी कति कमजोर छन् भन्ने बारेमा उनीहरुको अधार पहिचान नगरी सिधै अंग्रेजी माध्यमबाट अध्यापन गराएकै कारणले पनि उपलब्धि आशातित रहन सकेको छैनन भन्ने जस्ता उत्तरहरु यस अध्ययन अनुसन्धानका क्रममा जानकारी प्राप्त छ । विद्यार्थी उत्तीर्णदर धेरै भए पनि शैक्षिक गुणस्तर प्रभावकारी हुन नसकेको भन्ने जस्ता उत्तर समेत अध्ययनका क्रममा जानकारी प्राप्त भएको थियो । विद्यालयको भौतिक अवस्था कमजोर हुनु जस्ता विविध पक्षहरुले गर्दा अंग्रेजी माध्यमबाट अध्यापन भएका विद्यालयहरुमा पनि शैक्षिक उपलब्धि आशातित हुन नसकेको हुँदा भोलिका दिनमा एल्टन मायो तथा मास्लोको अभिप्रेरणा सम्बन्धित सिद्धान्त अनुरुप नै विद्यार्थीका आधारभूत आवश्यकताको पहिचान गरेर अंग्रेजीमा उसको आधार पहिचान गरी शिक्षण सकेका खण्डमा देखिएका कमी कमजोरीहरुको निराकरण गरी शैक्षिक उपलब्धि वृद्धि गर्नमा थप सहयोग पुग्ने निष्कर्ष निकालिएको छ । भोलिका दिनमा अंग्रेजी माध्यमबाट अध्यापन भएका सामुदायिक विद्यालयको शैक्षिक उपलब्धिका लागि नीति निर्माण तह, कार्यान्वयन तहका लागि छुट्टा छुट्टै सुझाव प्रस्तुत गर्नुका साथै के कस्ता शीर्षकमा अध्ययन अनुसन्धान गर्न आवश्यक छ भन्ने कुरालाई प्रस्तुत गर्ने क्रममा भावी अनुसन्धान कर्ताले अध्ययन गर्न सक्ने सम्भावित शीर्षकहरु समेत प्रस्तुत गरी शोधकार्यलाई पूर्णता प्रदान गरिएको छ ।