Please use this identifier to cite or link to this item: https://elibrary.tucl.edu.np/handle/123456789/10134
Title: तामाङ् समुदायमासुरक्षितमातृत्व सम्बन्धि ज्ञान र अभ्यासको अध्ययन {Study of knowledge and practice of safe motherhood in Tamang community}
Authors: भण्डारी Bhandari, मुना Muna
Keywords: तामाङ् समुदाय Tamang community;सुरक्षितमातृत्व Safe motherhood
Issue Date: 2021
Publisher: Faculty of Education
Institute Name: Central Department of Education
Level: Masters
Abstract: प्रस्तुत शोधपत्र त्रिभुवन विश्वविद्यालय जनता बहुमुखी क्याम्पस शिक्षा शात्र सङ्काय तर्फ स्नातकोत्तर तह दोस्रो वर्ष जनसङ्ख्या शिक्षा विषयको आंशिक पाठ्यभार पूरा गर्न तयार पारीएको हो । यस अध्ययनको मुख्य उद्देश्य सुरक्षित मातृत्व सम्बन्धि समुदायका महिला र पुरुषको ज्ञान र अभ्यासको खोजी गर्नु, समुदयामा सुरक्षित मातृत्व सम्बन्धी अवस्था पत्ता लगाउनु र सुरक्षित मातृत्वका समस्याहरुलाई पहिचान गरी समाधानका लागि सुझाव संकलन गर्नु रहेको छ । यस अध्ययनमा संखुवासभा जिल्लाको चैनपुर नगरपालिका वार्ड नं. ९ खाम्लिङ्ग टोलमा रहेको तामाङ्ग समुदायको १०९ घरधुरीको जम्मा ५४५ जना जनसंख्या रहेको छ । जसमध्येबाट २३% ले हुन आउने नमुना छनौट गर्दा १२६ जना अध्ययन समुह रहेको छ । यस अनुसन्धानका लागि सम्भावनायुक्त नमुना अन्तर्गतको सामान्य सम्भावनायुक्त नमुना छनौट विविध प्रयोग गरिएको छ । कुल १०९ घरधुरी मध्ये तामाङ समुदायकाको घरधुरीमा गरेको अनुसन्धान अनुसार कृषि पेसामा संलग्न पुरुष र महिलाहरू क्रमश ५२ प्रतिशत र ७४ प्रतिशत रहेका छन । त्यसै गरि नोकरीमा पुरुष ८ प्रतिशत र महिला २ प्रतिशत रहेका छन भने व्यापारमा २० प्रतिशत पुरुष र १६ प्रतिशत महिला संलग्न रहेको पाइयो भने ८ प्रतिशत महिला र २० प्रतिशत पुरुष अन्य पेसामा संलग्न रहेका पाइयो । महिलाहरुको पहिलो बच्चा जन्मदाको उमेर समूह १५–१९ वर्ष अनुसार जनसङ्ख्यामा १८ जना अर्थात २८ प्रतिशत २०–२४ वर्षमा ३८ जना वा ६० प्रतिशत र त्यसैगरी २५–२९ वर्षमा ७ जना अर्थात १२ प्रतिशत बच्चा जन्माइएको पाइयो । अध्ययन क्षेत्रका ६३ जना उत्तरदातामध्ये ८० प्रतिशतले सुरक्षित मातृत्व भन्नाले गर्भावस्थामा पोषणयुक्त खाना खान पाउनु, गर्भावस्थामा स्वास्थ्य परीक्षण गराउँनु, सुरक्षित रुपमा प्रसुति सेवा उपलब्ध हुनुलाई सुरक्षित मातृत्व भनेको पाइयो । संखुवासभा जिल्लाको चैनपुर नगरपालिका वार्ड नं. ९ खाम्लिङ्ग टोलको तामाङ समुदायमा महिलाको सुरक्षित मातृत्वमा पुरुषको भूमिका कस्तो छ र सो स्थानको तामाङ समुदायमा सुरक्षित मातृत्वको अवस्था कस्तो रहेछ भन्ने कुरा थाहा पाउनका लागि यो अध्ययन गरिएको छ । उक्त समुदायका ६३ महिला र ६३ पुरुष गरी १२६ जनामा गरिएको अध्ययनमा पुरुषको तुलनामा महिलाको अवस्था कमजोर रहेको पाइएको छ । अधिकांश महिलाहरु निरक्षर रहेको यस समुदायमा कसैले उच्च शिक्षा हाँसिल गरेका छैनन् । यस समुदायका अधिकांश व्यक्ति निरक्षर भएको तथा सुरक्षित मातृत्व र परिवार नियोजनको फाइदाका बारेमा पूर्ण रुपमा जानकारी नपाएको हुनाले जनसङ्ख्या वृद्धि हानिकारक छ भन्ने कुरा थाहा नभएर पनि कतिपयले परिवार नियोजनका साधनको प्रयोग नगरेको देखिन्छ ।
URI: https://elibrary.tucl.edu.np/handle/123456789/10134
Appears in Collections:Health Education

Files in This Item:
File Description SizeFormat 
Cover(1).pdf56.22 kBAdobe PDFView/Open
chapter(1).pdf234.89 kBAdobe PDFView/Open


Items in DSpace are protected by copyright, with all rights reserved, unless otherwise indicated.