Please use this identifier to cite or link to this item: https://elibrary.tucl.edu.np/handle/123456789/10135
Title: चमारजातिको सामाजिक सांस्कृतिक तथा आर्थिक अवस्थाको एक अध्ययन (कल्याणपुर नगरपालिका वाड नं.३, जिल्ला सिरहा){A Study of the Socio-cultural and Economic Condition of the Chamar Caste (Kalyanpur Municipality Ward No. 3, District Siraha)}
Authors: शर्मा Sharma, सन्त कुमार Sant Kumar
Keywords: चमार जाति Chamar caste;समाजशास्त्रीय अध्ययन Sociological Studies
Issue Date: 2020
Publisher: समाजशास्त्र सङ्काय
Level: Masters
Abstract: प्रस्तुत शोधपत्र“चमार जातिको सामाजिक सांस्कृतिक तथा आर्थिक अवस्थाको एक समाजशास्त्रीय अध्ययन”शीर्षक अन्तर्गत सिरहा जिल्लाका कल्याणपुर न.पा.–३ क्षेत्रभित्र सीमित रही अध्ययन गरिएकोछ । यस नगरपालिकामा चमारहरुको सङख्या अति कम रहे पनि यस जातिले भोगेको सामाजिक सांस्कृतिक तथा आर्थिक अवस्थाहरुको अध्ययन गर्नको लागि वडा नं.–३ भित्र ५६ घरधुरीमा चमारहरुका अध्ययन गरिएको छ । अध्ययन धेरै विधिबाट गर्न सकिने भएतापनि सा्रेत साधन र समयका कारण अनुसन्धानका क्रममा अन्तरवार्ता र अवलोकन विधिलार्ई मात्र यस अध्ययनमा पयोग गरिएको छ । चमारहरुको अधिकार र समानताका लागि भएका राष्ट्रिय र अन्तर्राष्टिय प्रयास र प्रतिवद्धता विषयमा भए गरेको कुराहरुको खोजी गर्ने प्रयास गरिएको छ । शोधपत्रका चमारहरुको सामाजिक सांस्कृतिक र आर्थिक जीवनमा परेको असरका विषयमा अध्ययन गर्ने प्रयास गरिएको छ । साथै ऐतिहासिक पष्ठभूमि, समस्याको कथन, अध्ययनको उदेश्यहरु, अध्ययनका सीमा, र अध्ययनको सङगठन जस्ता कुराहरुयहाँ सामिल गरिएको छ । सन्दर्भ साहित्य अन्तगत रहेर यस क्षेत्रका चमारहरुको लागि भएका सैद्धान्तिक समीक्षा, अवधारणात्मक ढाँचा , सैद्धान्तिक मेललाई यस शोधपत्रमा समेटिएको छ । अनुसन्धानको क्रममा सख्यात्मक तथा गुणात्मक तथ्याङ्कहरुको संकलन, सकलन विधि र उपकरणहरुसाथमा व्याख्या तथा विश्लेषणको उल्लेख गरिएको छ । यस अध्ययनमा अवलोकन र अन्तरवार्ताका माध्यमबाट स्थलगत रुपमा अध्ययन क्षेत्रमा गई तथ्याङ्कहरु सङकलन गरिएको छ । अध्ययन वर्णनात्मक र विश्लेषणात्मक दुवै गरि मिश्रित ढाँचाको रहेको छ । नमूना छनौटको लागि ५६ घरधुरीका विभिन्न उमेर समुहका विभिन्न पेशा व्यवसायमा संलग्न चमारहरु छनौट भएका छन ।
URI: https://elibrary.tucl.edu.np/handle/123456789/10135
Appears in Collections:Sociology

Files in This Item:
File Description SizeFormat 
Cover page.pdf74.66 kBAdobe PDFView/Open
Chapter page(3).pdf281.27 kBAdobe PDFView/Open


Items in DSpace are protected by copyright, with all rights reserved, unless otherwise indicated.