Please use this identifier to cite or link to this item: https://elibrary.tucl.edu.np/handle/123456789/10173
Title: कक्षा ७ को वार्षिक परीक्षा(२०७५)मा सोधिएका नेपाली विषयको विषयको प्रश्नपत्रको विश्लेषण {Kashya 7 ko barṣika parikṣhya(2075)ma sodhiaka nepali biṣayako prasnapatrako bisleṣaṇa}
Authors: चौधरी Chaudhari, मिनाकुमारी Mina kumari
Keywords: प्रश्नपत्रको विश्लेषण Prasanpatrako Bislesan;वार्षिक परीक्षा Barsik parichya
Issue Date: 2021
Publisher: Faculty of Nepali
Level: Masters
Abstract: त्रिभुवन विश्वविद्यालय अन्तर्गत जनता बहुमुखी क्याम्पस, इटहरी शिक्षाशास्त्र सङ्काय नेपाली शिक्षा विभाग अन्तर्गत कोड नं. ५९८ को प्रयोगात्मक पाठ्यभार पूरा गर्न स्नातकोत्तर तहको उपाधिका लागि यो शोधकार्य सम्पन्न गरिएको छ । यो शोधकार्यमा २०७५ सालमा कक्षा ७ को वार्षिक परीक्षामा प्रयोग गरिएको प्रश्नपत्रको अध्ययन गरिएको छ । यस शोधपत्रमा प्रश्नपत्रको अङ्कभार सन्तुलन भए नभएको, प्रश्नपत्रको आन्तरिक र बाह्य आधारमा अध्ययन र विशिष्टीकरण तालिका अनुसार प्रश्नपत्र भए नभएको कुरालाई मुख्य आधार मानेका छन् । प्रश्नपत्रको अङ्कभारको आधारमा अध्ययन गर्दा ७५ पूर्णाङ्कको प्रश्न २ घण्टा १५ मिनेटको समय साथै प्रत्येक प्रश्नमा छुट्टाछुट्टै अङ्क राखिएको छ । लामो छोटो गरेर जम्मा १७ ओटा प्रश्न राखी प्रश्नको उत्तर आउने हिसाबले अङ्क निर्धारण गरिएको छ । प्रश्नपत्रको आन्तरिक र बाह्य आधार हेर्दा शीर्षभागमा मिति नतोक्नु, कागज मध्यम खालको हुनु, पृष्ठ सङ्ख्या उल्लेख नगर्नु, कागजको रङ् मधुरो हुनु, आन्तरिक पक्षमा प्रश्नपत्रको सम्पूर्ण पाठ्यवस्तु नसमेटिनु, वर्णविन्यास कमजोर हुनु, पढाइ र लेखाइलाई सिप मात्र आधार मानि सुनाइ र बोलाइ सिप परीक्षणको लागि प्रश्न निर्माण नगर्नु जस्ता कमजोरीहरु पाइयो । विशिष्टीकरण तालिकाको आधारमा हेर्दा प्रश्नको समय निर्धारण र विशिष्टीकरण तालिकामा रहेको समय निर्धारणमा एकरुपता पाइएन प्रयोगात्मक परीक्षणका लागि विशिष्टीकरण तालिका भएपनि प्रश्नपत्र निर्माण नभएको परीक्षण कार्यान्वयन पनि नभएको पाइयो । समष्टिमा प्रतिनिधि प्रश्नपत्रको अङ्कभार, प्रश्नपत्रको आन्तरिक र बाह्य आधार र विशिष्टीकरण तालिकामा प्रशस्त कमिकमजोरी पाइएका छन् । तिनको निराकरण गरी प्रश्न निर्माण गर्नु आवश्यक देखिएको छ ।
URI: https://elibrary.tucl.edu.np/handle/123456789/10173
Appears in Collections:English Language Education

Files in This Item:
File Description SizeFormat 
cover(1).pdf89.31 kBAdobe PDFView/Open
chapter(1).pdf547.99 kBAdobe PDFView/Open


Items in DSpace are protected by copyright, with all rights reserved, unless otherwise indicated.