Please use this identifier to cite or link to this item: https://elibrary.tucl.edu.np/handle/123456789/10281
Title: ताजपुरिया र नेपाली भाषाका व्याकरणिक कोटिहरूको तुलनात्मक अध्ययन{Comparative Study of Grammatical Categories of Tajpuria and Nepali Language}
Authors: ताजपुरिया Tajpuria, सन्जित कुमार Sanjit Kumar
Keywords: नेपाली व्याकर Nepali grammar;ताजपुरिया भाषा Tajpuria language
Issue Date: 2019
Publisher: नेपाली भाषा शिक्षा सङ्काय
Level: Masters
Abstract: शोधशीर्षक : ‘ताजपुरिया र नेपाली भाषाका व्याकरणिक कोटिहरूको तुलनात्मक अध्ययन’ शोधार्थी : सन्जित कुमार ताजपुरिया शोध निर्देशक ः दीपक प्रसाद न्यौपाने विभाग÷क्याम्पस ः नेपाली भाषा शिक्षण विभाग, सुकुना बहुमुखी क्याम्पस, मोरङ शैक्षिक वर्ष ः २०७१÷०७२अध्याय ः पाँच प्रस्तुत शोधपत्र त्रिभुवन विश्वविद्यालय शिक्षाशास्त्र सङकाय सुकुना बहुमुखी क्याम्पस नेपाली भाषा शिक्षा विभाग अन्तर्गत स्नातकोत्तर तह नेपाली दोस्रो वर्षको पाठयांश नेपा.शि. ५९८को आवश्यकता परिपूर्तिका प्रयोजनका लागि तयार पारिएको छ । यस शोधकार्य पुस्तकालयीय अध्ययन विधि अवलम्वन गरी तयार पारिएको छ । यस शोधपत्रको अध्याय एकमा शोध शीर्षक अध्ययनको पृष्ठभूमि, समस्या कथन,अध्ययनको उद्देश्य, अध्ययनको महत्व र अध्ययनको परिसीमा रहेका छन। अध्याय दुईमा सैद्धान्तिक साहित्यको पुनरावलोकन, पुनरावलोकनको उपादेयता, सैद्धान्तिक ढाँचाको वर्गीकरण गरिएको छ । अध्याय तीनमा अध्ययनका ढाँचा र प्रक्रिया, जनसङख्या, नमुना र छनोट रणनीति,अध्ययनको क्षेत्र, तथ्याङक सङकलनका साधन र तरिका तथ्याङक सङकलन प्रक्रिया, तथ्याङककाव्याख्या र विश्लेषण प्रक्रिया समेटिएको छ । अध्याय चारमा ताजपुरिया र नेपाली भाषाका व्याकरणिक कोटिहरूको तुलनात्मक अध्ययन लिङग, वचन, पुरुष, कारक, आदर, काल, पक्ष, भाव, वाच्य, निषेधनका आधारमा गरिएको छ ।सबै भन्दा पहिला ताजपुरिया भाषाको परिचय र विशेषता दिइएको छ । ततपश्चात शब्दका तहमा ताजपुरिया र नेपाली भाषाका नाम शब्दको लिङग, वचन र आदरका आधारमा, सर्वनाम शब्दकावचन, पुरुष र आदरको आधारमा, विशेषण शब्दको लिङग, वचन र आदरका आधारमा र क्रियापदशब्दको लिङग, वचन, पुरुष, आदर, काल, पक्ष, भाव, निषेधनका आधारमा तुलना गरिएको छ ।त्यसैगरी वाक्यगत तहमा लिङग व्यवस्था, वचन व्यवस्था, पुरुष व्यवस्था, आदर व्यवस्था, कारक व्यवस्था, काल व्यवस्था, पक्ष व्यवस्था, भाव व्यवस्था, वाच्य व्यवस्था, विभक्ति व्यवस्था, निषेधन व्यवस्थाका आधारमा ताजपुरिया र नपाली भाषाका व्याकरणिक कोटिहरूको तुलना गरिएको छ । अध्याय पाँचमा निष्कर्ष तथा सुझाव रहेको छ । जस अन्तर्गत नीतिगत तहका लागिसुझाव, अभ्यास तहका लागि सुझाव र अनसन्धान तहका लागि सुझाव रहेका छन ।
URI: https://elibrary.tucl.edu.np/handle/123456789/10281
Appears in Collections:Nepali Language Education

Files in This Item:
File Description SizeFormat 
Cover page.pdf73.29 kBAdobe PDFView/Open
Chapter page(3).pdf288.96 kBAdobe PDFView/Open


Items in DSpace are protected by copyright, with all rights reserved, unless otherwise indicated.