Please use this identifier to cite or link to this item: https://elibrary.tucl.edu.np/handle/123456789/10359
Title: फर्किएर हेर्दा कथा सङ्ग्रहको शैलीवैज्ञानिक अध्ययन {Pharkiera Herda Katha Sangrahako Sailibaigyanika Adhyayana}
Authors: खनाल Khanal, चम्पादेवी Champadevi
Keywords: शैलीवैज्ञानिक अध्ययन Sailibaigyanic adhayayan;फर्किएर हेर्दा कथा सङ्ग्रह Pharkiera Herda Katha Sangraha
Issue Date: 2019
Publisher: नेपाली शिक्षा सङकाय
Level: Masters
Abstract: शोध शीर्षक ः ‘फर्किएर हेर्दा’ कथासङग्रहको शैलीवैज्ञानिक अध्ययन’ शोधार्थी ः चम्पादेवी खनाल शोध निर्देशक ः स.प्रा. तेजप्रसाद खनाल विभाग÷क्याम्पस ः त्रिभुवन विश्वविद्यालय, शिक्षाशास्त्र सङकाय, कनकाई बहुमुखी क्याम्पस, सुरुङ्गा, झापा शैक्षिक वर्ष ः २०७५ शोधको उद्देश्य क कथावस्तु र पात्रका आधारमा ‘फर्किएर हेर्दा’ कथासङग्रहमा सङ्ग्रहित कथाहरू मध्ये निर्धारित कथाहरूको विश्लेषण गर्नु , ख. चयन, विचलन तथा समानान्तरताका आधारमा उक्त कथाहरूको विश्लेषण गर्नु । शोधको सीमाङ्कन (क) ‘फर्किएर हेर्दा’ कथासङग्रहमा सङ्ग्रहित कथाहरू मध्ये चोर, प्रयत्न, श्रद्धा सुमन, फर्किएर हेर्दा, उर्लिएको तरङ् ग , सार्थक सपना र आड भरोसा गरी ७ वटा कथाहरूको मात्र कथावस्तु र चरित्रका आधारमा अध्ययनलाई केन्द्रित गरिएका छ । (ख) चयन, विचलन र समानान्तरताका आधारमा उक्त कथाहरूकोे अध्ययन, विश्लेषण गरिएका छ । शोधप्रव्रिmया ‘फर्किएर हेर्दा’ कथासङग्रह झापाली स्रष्टा कथाकार विनोद खनालद्वारा लेखिएको सामाजिक यथार्थवादी, मनोवैज्ञानिक, प्रयोगवादी कथाहरू समाविष्ट एक उत्कृष्ट कथासङग्रह हो । २२ वटा कथाहरू र पाँच लघकथाहरू समावेश गरिएको उनको ‘फर्किएर हेर्दा कथासङग्रह को शैलीवैज्ञानिक अध्ययन गर्ने व्रmममा चोर, प्रयत्न, श्रद्धा सुमन, फर्किएर हेर्दा, उर्लिएको तरङग , सार्थक सपना र आड भरोसा गरी ७ वटा कथाहरूको कथानक र पात्रका आधारमा शैलीवैज्ञानिक अध्ययन विश्लेषण छ र शैलीविज्ञानका प्रमुख मान्यताहरू चयन, विचलन र समानान्तरताका आधारमा अध्ययन विश्लेषण गरिएको छ । प्रस्तुत शोधपत्र ‘फर्किएर हर्दा’ कथासङगहको शैलीवैज्ञानिक अध्ययन गर्ने व्रmममा पहिलो अध्यायमा शोधको परिचय अन्तर्गत विषयप्रवेश, समस्याकथन, शोधकार्यको उद्देश्य, अध्ययनको औचित्य र महत्व अध्ययनको सीमाङकन तथा अध्ययनको रूपरेखा प्रस्तुत गरिएको छ । यस शोधपत्रको दोस्रो अध्यायमा पूर्वकार्यको समीक्षा र सैद्धान्तिक रूपरेखालाई प्रस्तुत गरिएको छ । तेस्रो अध्याय शोधकार्यको विधि र प्रव्रिmया उल्लेख गरिएको छ । यो शोधकार्य गर्दा पुस्तकालयीय विधिको प्रयोग गरिएको छ भने अनुसन्धानका निम्ति प्राथमिक स्रोतका रूपमा ‘फर्किएर हेर्दा’ कथासङग्रहमा समाविष्ट निर्धारित कथाहरूलाई लिइएको छ । अन्य विभिन्न पत्रपत्रिकामा प्रकाशित समीक्षात्मक लेख र विभिन्न शोधपत्रहरूलाई द्वितीय स्रोतका रूपमा लिइएको छ । शोधको चौथो अध्यायमा कथानक र पात्रका आधारमा आधारमा ‘फर्किएर हेर्दा’े कथासङग्रहमा समाविष्ट चोर, प्रयत्न, श्रद्धा सुमन, फर्किएर हेर्दा, उर्लिएको तरङग, सार्थक सपना र आड भरोसा कथाहरूको शैलीवैज्ञानिक विश्लेषण गरिएको छ । शैलीवैज्ञानिक अध्ययनको व्रmममा उपर्युक्त कथाहरूको कथानकको तथ्याङकलाई बँुदागत रूपमा प्रस्तुत गर्दै फेटागको कथानक विश्लेषण सिद्धान्त अनुसार विश्लेषण गर्ने प्रयास गरिएको छ । उक्त कथाहरूमा भएका पात्रहरूलाई शैलीवैज्ञानिक तालिकाद्वारा प्रष्ट पारिएको छ । यसै अध्यायमा भाषाको आधारमा शैलीवैज्ञानिक अध्ययन विश्लेषण गरिएको छ । सो व्रmममा चयनका आधारमा तत्सम, तदभव र आगन्तुक तीन ओटै स्रोतबाट आएका शब्दहरूको चयन गरिएको छ । शब्दवर्गको आधारमा नाम, सर्वनाम, विशेषण, व्रिmया, व्रिmयाविशेषण, नामयोगी, विस्मयादिबोधक, निपात र संयोजकको चयन गरिएको छ । उपर्युक्त कथाहरूमा प्रयुक्त विचलन अन्तर्गत व्याकरणिक, ध्वनिप्रव्रिmयात्मक र अर्थतात्विक विचलनको अध्ययन विश्लेषण गरिएको छ भने समानान्तरता अन्तर्गत आन्तरिक र बाहय समानान्तरताको पनि अध्ययन विश्लेषण गरिएको छ ।
URI: https://elibrary.tucl.edu.np/handle/123456789/10359
Appears in Collections:Nepali Language Education

Files in This Item:
File Description SizeFormat 
Full Thesis.pdf649.07 kBAdobe PDFView/Open


Items in DSpace are protected by copyright, with all rights reserved, unless otherwise indicated.