Please use this identifier to cite or link to this item: https://elibrary.tucl.edu.np/handle/123456789/10398
Title: कक्षा नौको वर्तमान नेपाली भाषा पाठयपुस्तकमा प्रयुक्त नमुना अभ्यास(Kaksha Nauko Vartaman Nepali Bhasha Pathyapustakma prayukt namuna abhyas)
Authors: ढुङगाना (Dungana), जमुना (Jamuna)
Keywords: नेपाली भाषा Nepali Bhasa;पाठयपुस्तक Pathyapustak
Issue Date: 2017
Publisher: नेपाली भाषा शिक्षा सङ्काय
Level: Masters
Abstract: कक्षा नौको वर्तमान नेपाली भाषा पाठ्यपुस्तकमा रहेका नमुना अभ्यासको अध्ययन शीर्षकको प्रस्तुत शोधपत्र स्नातकोत्तर उपाधिको प्रयोजनार्थ तयार पारिएको हो । यस शोधका समस्याहरूमा भाषा पाठ्यक्रमले तोकेका उद्देश्य र विधाको प्रकृति अनुरूप नमुना अभ्यास छन् कि छैनन् भन्ने कुराको खोजी गर्दै सबल र दुर्बल पक्षहरू के कस्ता रहेका छन् भनी खोजी गर्ने प्रयास गरिएको छ । यस शोधकार्यको उद्देश्य भाषा पाठ्यक्रम अनु रूपताका आधारमा पाठ्यपुस्तकका े विश्लेषण गर्नु, नमुना अभ्यासका विधाका प्रकृतिका आधारमा वर्गीकरण गरी विश्लेषण गर्नु र नमुना अभ्यासको सवल र दुर्बल पक्ष केलाई उपयुक्त सुझावहरू प्रस्तुत गर्नु रहेको छ । यो शोधपत्रमा प्राथमिक र द्वितीय सामग्रीको छनोट गरिएको छ । प्राथमिक सामग्री अन्तर्गत कक्षा नौको वर्तमान पाठ्यपुस्तक रहेको छ भने द्वितीय सामग्री अन्तर्गत प्रस्तावित शोधपत्रसँग सम्बन्धित विभिन्न शोधपत्रहरू, प्रकाशित खोजमूलक लेखहरू, प्रतिवेदनहरू र भाषा शिक्षण सम्बन्धी पुस्तकहरूको उपया े ग गरिएको छ । त्यसैगरी अन्तिममा अध्ययनका लागि सामग्री सङ्कलन गरिसकेपछि पुस्तकालयीय, वर्णनात्मक विधिलाई उपयोग गरी आवश्यकता अनुसार तालिकीकरण गरिएको छ । कक्षा नौको वर्तमान ने पाली भाषा पाठ्यपुस्तकमा रहेका नमुना अभ्यासको अध्ययनका सीमाहरूमा कक्षा नौ को वर्तमान नेपाली भाषा पाठ्यपुस्तक (२०७३), पाठ्यपु स्तकको नमुना अभ्याससँग मात्र केन्द्रित र नमुना अभ्यासको शब्द भण्डार, व्याकरण, विधा व्यवस्थापन तथा भाषिक विषयवस्तुको विश्लेषणमा आधारित रहेको छ । कक्षा ना ै को वर्तमान नेपाली पाठ्यपु स्तकले विद्यार्थी रुची, क्षमता र स्तर अन ु रूप नमुना अभ्यास राख्ने प्रयास गरिएको पाइन्छ तापनि भाषिक सिपहरूको विकासमा समानुपातिक वितरण पाइँदैन । यसैगरी सिर्जनात्मक प्रकृतिका प्रश्नहरू कम रहेका देखिन्छन् । शब्दभण्डारका सन्दर्भमा श्रुतिसभिन्नार्थक शब्द, पर्यायवाची शब्द, अनेकार्थी शब्दहरूको प्रयोग न्यून रहेको देखिन्छ । वस्तुगत प्रश्नहरूमा बहु बैकल्पिक प्रश्नहरू राखिएका छैनन् । खाली ठाउँ भर्ने , जोडा मिलाउने प्रश्नहरू न्यून रहेको देखिन्छ । व्याकरण सिकाइमा आगनात्मक पद्धति अँगालिए पनि यसलाई अझ बढाएर लैजानु पर्ने देखिन्छ ।
URI: https://elibrary.tucl.edu.np/handle/123456789/10398
Appears in Collections:Nepali Language Education

Files in This Item:
File Description SizeFormat 
Cover.pdf209.14 kBAdobe PDFView/Open
Thesis.pdf276.34 kBAdobe PDFView/Open


Items in DSpace are protected by copyright, with all rights reserved, unless otherwise indicated.