Please use this identifier to cite or link to this item: https://elibrary.tucl.edu.np/handle/123456789/10487
Title: रेडियाे नेपालबाट प्रसारित समाचारमा प्रयुक्त भाषाकाे अध्ययन {Radio Nepalbat Prasarit Samacharma Prayukta Bhasako Adhyayan}
Authors: बम Bam, दिनेशबहादुर Dineshbahadur
Keywords: भाषा;समाचार
Issue Date: 2019
Publisher: Deparment of Nepali
Institute Name: Central Department of Education
Level: Masters
Abstract: प्रस्तत शाेधपत्र रेडियाे नेपालबाट प्रसारित समाचारमा प्रयुक्त भाषाका अध्ययनमा आधारित रहेकाे छ । रेडियाे नेपालबाट प्रसारित समाचारलाइ सैद्धान्तिक दृष्टिकाेण हेडलाइनकाे विषयक्षेत्र र पिरामिड ढाचाअनरूप विश्लेषण, वाचनगत अवस्थाकाे अध्ययन र व्याकरणात्मक पक्षका अध्ययन गर्नेजस्ता उद्देश्यहरू राखेर विश्लेषण गरिएकाे छ । हडलाइनका विषयक्षेत्र र पिरामिड ढाचालाइ समाचारकाे सद्धान्तिक आधारअन्तर्गत राखिएकाे छ । प्रस्तुत शाेध वस्तुतः गणात्मक रहे तापनि मिश्रित अनुसन्धान विधिमा आधारित रहकाे छ । यस अनुसन्धानमा पुस्तकालयीय अध्ययन विधिका माध्यमबाट उद्देश्यमुलक तरिकाले सामग्रीहरूकाे सङकलन गरिएकाे छ । सामग्री सङकलनका क्रममा प्राथमिक र द्वितीयक स्राेतकाे उपयाेग गरिएकाे छ । रेडियाे नेपालबाट २०७५ मँसिर १ दखि १० गतेसम्म प्रसारित रेडियाे समाचारलाइ पाथमिक स्राेतका रूपमा लिइएकाे छ भने भाषा, पत्रकारिता एवम् रेडियाे समाचारकाे सिद्धान्तसँग सम्बद्ध पाठ्यपुस्तक, लेख एवम शाेधपत्रलाइ द्वितीयक स्राेतकाे रूपमा लिइएकाे छ । द्वितीयक स्राेतकाे आधारमा सिद्धान्त निर्माण गरी प्राथमिक स्राेतकाे विश्लेषण गर्दै प्रतिशतसहित तालिकामा प्रस्तुत गरिएकाे छ । रेडियाे समाचारलाइ हेडलाइनकाे विषयक्षेत्र, पिरामिड ढाँचा, वाचनगत अवस्था र व्याकरणात्मक पक्षकाे आधारमा अध्ययन विश्लेषण गरिएकाे छ । हेडलाइनकाे विषयक्षेत्र, पिरामिड ढाँचा, वाचनगत शुद्धता र व्याकरणात्मक पक्षलाइ अडियाेका आधारमा अध्ययन गरी विश्लेषण गरिएकाे छ । प्रस्तुत अध्ययनबाट रेडियाे समाचारकाे हेडलाइनले समेटेकाे विषयक्षेत्र, हेडलाइन विस्तार गर्दा पिरामिड ढाँचाका आधार के–कति समेटिएकाे छ, वाचन गदाे लागेकाे समयावधि, वाचनगत गति एवम शुद्धता र समाचारमा प्रयुक्त भाषा वाक्य, काल, पक्ष, वाच्य, ध्रुवीयताकाे अवस्थाबारे विविध तथ्यहरू प्राप्त भएका छन । राजनीतिक सामाजिक, आर्थिक, लैङगिक, प्रकाेपीय तथा दुर्घटनाजस्ता विषयक्षेत्रमा केन्दि्त भएर हेडलाइन निर्माण गरेकाे पाइयाे । हेडलाइनकाे विषयक्षेत्रमध्ये सामाजिक र राजनीतिक क्षेत्रसँग सम्बद्ध ३१.५८ प्रतिशत, आर्थिक क्षेत्रसँग सम्बद्ध २१.०५ प्रतिशत, प्रकाेपीय तथा दुर्घटनासँग सम्बद्ध १३.१६ प्रतिशत, लैङगिक क्षेत्रसँग सम्बद्ध २.६३ प्रतिशत हेडलाइन रहेकाे पाइयाे । भाषिक विषयक्षेत्रसँग सम्बन्धित रहेर हडलाइनकाे विषयक्षेत्र निर्धारण गरिएका हाे । हेडलाइन विस्तार गर्दा थाेर हडलाइनले मात्र पिरामिड ढाचाकाे सब आधार समेटेकाे देखियाे । पिरामिड ढाचाका तीन आधार (परिचय र प्रारम्भ, बढी वा थप तथ्य, सहयाेगी सुचना र पृष्ठभुमि) लाइ १०० प्रतिशत हेडलाइनले समेटेकाे र पछिल्लाे दुइ आधार (कम महत्वकाे थप तथ्य र उद्धरण, कम महत्वका बाकी जानकारी) लाइ क्रमशः ५४.७६ प्रतिशत र ३८ प्रतिशत हेडलाइनले समेेटेकाे पाइयाे । समाचार निर्देशिकाकाे आधारमा समाचार वाचन गर्न गरेकाे र कथ्य वर्णविन्यासकाे साथ मानक उच्चारणका प्रयाेग गरी समाचार वाचन गरेकाे पाइयाे । सयुक्त शब्द र लामा शब्द बढी प्रयाेग भएकाे वाक्य वाचनभन्दा सरल र सहज शब्दका बाहुल्य भएकाे वाक्यलाइ वाचन गर्दा वाचनगत गतिमा एकरूपता कायम रहेकाे देखियाे । समाचारमा प्रयुक्त व्यारकणात्मक पक्षलाइ र्हेदा सरल वाक्य, अभूत कालकाे वाक्य, पुर्ण पक्षका वाक्य, कर्तृवाच्यका वाक्य र करण वाक्यकाे प्रयाेग बढी रहेकाे पाइयाे । जसमा सरल वाक्य ६३.४५ प्रतिशत, अभूतकालीन वाक्य ५५.९७ प्रतिशत, पुर्ण पक्षका वाक्य ६२.८ प्रतिशत, कर्तृवाच्यकाे वाक्य ८९.७ प्रतिशत र करण वाक्य ९८.९२ प्रतिशत रहकाे पाइयाे । जसलाइ समाचारकाे सैद्धान्तिक मान्यताअनुकल रहेकाे मानिन्छ । प्रस्तुत अध्ययनले पत्रकारिता वा रडियाकर्मीका रूपमा कार्य गर्न चाहाने र भाषासम्बन्धी अध्ययन गर्न चाहाने शिक्षक, विद्यार्थी, शाेधार्थी, लेखक, विषयविशेषज्ञ, समाचारदाता, पत्रकार, रेडियाेकमी तथा समाचार वाचकलाइ समाचारमा प्रयाेग गरिने भाषाबारे आवश्यक कुराहरू अधिगत गर्न सघाउने अपेक्षा गरिएकाे छ । यसका साथै पत्रकारिता क्षेत्रकाे समाचार सँवाददाता र समाचार वाचक बन्न चाहने जुनसुकै व्यक्तिलाइ टेवा प¥याउने अपेक्षा गरिएकाे छ । समाचार वाचनकाे द्रष्टिले सैद्धान्तिक मान्यता अनुसार अध्ययन अनुसन्धान भइनसकेकाे परिवेशमा प्रस्तुत शाेधपत्रले सैद्धान्तिक आधार प्रस्तुत गर्ने अपेक्षासमेत गरिएकाे छ ।
URI: https://elibrary.tucl.edu.np/handle/123456789/10487
Appears in Collections:Nepali Language Education

Files in This Item:
File Description SizeFormat 
Cover.pdf108.89 kBAdobe PDFView/Open
Thesis.pdf430.56 kBAdobe PDFView/Open


Items in DSpace are protected by copyright, with all rights reserved, unless otherwise indicated.