Please use this identifier to cite or link to this item: https://elibrary.tucl.edu.np/handle/123456789/10770
Title: कर्नाली ब्लुज उपन्यासको समाजभाषिक अध्ययन { Karnali Bluj Upanyasko Samajbhashik Adhyayan}
Authors: अधिकारी Adhikari, कविता Kavita
Keywords: कर्नाली ब्लुज उपन्यास Karnali Bluj Upanyas;समाजभाषिक अध्ययन Samajbhashik Adhyayan
Issue Date: 2022
Publisher: नेपाली शिक्षा सङ्काय
Level: Masters
Abstract: प्रस्तुत शोधपत्र त्रिभुवन विश्वविद्यालय शिक्षाशास्त्र सङकाय सप्तगण्डकी बहुमुखी क्याम्पस नेपाली भाषा शिक्षा विभागअन्तर्गत स्नातकोत्तर तह द्वित्तीय वर्षको नेपाली शिक्षा ५९८ पाठयाशको प्रयोजनका लागि तयार गरिएको छ । यस शोधपत्रको शीर्षक कर्नाली ब्लुज उपन्यासको समाजभाषिक अध्ययन रहेको छ । प्रस्तुत शोधकार्यका उद्देश्यहरू भौगोलिक आधारमा कर्नाली ब्लुज उपन्यासको समाजभाषिक अध्ययन गर्नु र यस उपन्यासका पात्रहरूले प्रयोग गर्ने भाषाको लिङगगत, वर्गगत र पेसागत आधारमा भाषिक प्रयोगको स्थिति पत्ता लगाउनु रहेको छ । प्रस्तुत शोधकार्य कर्नाली ब्लुज उपन्यासको समाजाभाषिक अध्ययनसँग सम्बन्धित भएकाले प्राथमिक सामग्रीको रूपमा बुद्धिसागरद्वारा लिखित कर्नाली ब्लुज उपन्यासलाइ नै मुख्य आधार बनाई त्यसभित्र प्रयोग गरिएका विभिन्न पात्रहरूले प्रयोग गर्ने भाषाको स्वरूप र संरचनाका विभिन्न पक्षलाइ अध्ययन विश्लेषणको आधार बनाइएको छ । प्रस्तुत अध्ययनलाइ निश्चित उद्देश्य प्राप्ति र निष्कर्षमा पु¥याउन सूचना सङकलनका प्राथमिक स्रोत सामग्रीका रूपमा कर्नाली ब्लुज उपन्यासलाइ अध्ययन विश्लेषणको प्रमुख आधारका रूपमा लिइएको छ भने र द्वितीयक सामग्रीका रूपमा समाज भाषाविज्ञानसँग सम्बन्धित विभिन्न शोधार्थीहरूद्वारा गरिएका शोधपत्र, पाठयपुस्तक, विभिन्न लेख, रचना, सम्बन्धित साहित्यका समालोचनात्मक कृतिहरू, इमेल, इन्टरनेटको सहयोगबाट सामग्री सङकलन गरिएको छ । अध्ययन विधिका रूपमा मुख्य गरेर पुस्तकालयीय अध्ययन विधि अपनाइएको छ भने आंशिक रूपमा वर्णनात्मक तथा विश्लेषणात्मक विधिको प्रयोग गरी तथ्यहरूको अध्ययन विश्लेषण गरिएको छ । यस उपन्यासको समाजभाषिक अध्ययनका क्रममा समाज भाषाविज्ञानको परिचय र सैद्धान्तिक पृष्ठभूमि, भाषिक भेदहरूको क्रमशः विश्लेषण गरिएको छ । यसका साथै वर्गगत र लिङगगत अवस्थाका आधारमा कर्नाली ब्लुज उपन्यासका पात्रहरूले प्रयोग गरेका भाषाको भाषिक विश्लेषण गरी निष्कर्ष प्रस्तुत गरिएको छ यस उपन्यासको समाजभाषिक अध्ययनका क्रममा शोधपत्रलाइ विभिन्न शीर्षक र उपशीर्षकहरूमा वर्गीकरण गरी छ अध्यायमा विभाजन गरी निष्कर्ष निकालिएको छ । यस शोधको अध्याय एकलाई ‘अध्ययनको पष्ठभूमि’ मूलशीर्षक दिई समस्याकथन, अध्ययनको औचित्य, अनुसन्धानात्मक प्रश्नहरू, सीमाङकन, पारिभाषिक शब्दावली र सारांश उपशीर्षक दिइ ब्याख्या तथा विश्लेषण गरिएको छ । अध्याय दुईलाई ‘सम्बन्धित कार्यको पनरावलोकन’ क मूल शीर्षक दिई यसअन्तगत प्रायोगिक पुनरावलोकन र सैद्धान्तिक पुनरावलोकन, पूर्वकार्यको अवलोकनको अनुप्रयोग, समाज भाषाविज्ञानको सैद्घान्तिक अवधारणा र सारांश प्रस्तुत गरिएको छ । यसै अध्यायमा भाषाविज्ञानको परिचय, समाज भाषाविज्ञानको क्षेत्रका साथै भाषिक भेदहरूको बारेमा चर्चा गरिएको छ । त्यसैगरी भाषाको वर्गगत र लिङगगत आधारमा भाषिक स्वरूपको सैद्धान्तिक अवधारणालाई प्रस्तुत गरिएको छ । अध्याय तीनलाई ‘शोधविधि र प्रक्रिया’ शीर्षक दिइएको छ । यसअन्तर्गत समाजभाषिक अध्ययनको लागि छनोट गर्ने भनी नमुना छनोट प्रक्रिया, सामग्री सङकलनअन्तर्गत प्राथमिक स्रोतका रूपमा कर्नाली ब्लुज उपन्यास र द्वितीयक सामग्रीका रूपमा कृतिसँग सम्बन्धित भएर लेखिएका लेख, समालोचना, पुस्तक, प्रतिवेदन आदिलाई राखिएको छ । त्यसगरी प्राथमिक वा द्वितीयक स्रोत अथवा दुवै स्रोतबाट सामग्री सङकलन गरिएको छ । यसका साथै तथ्य सङकलनका साधन र तथ्य सङकलनका बारेमा पनि चर्चा गरिएको छ र अन्त्यमा शोधपत्रको रूपरेखा तथा यस अध्यायको सारांशसमेत प्रस्तुत गरिएको छ । अध्याय चारअन्तर्गत ‘व्याख्या र विश्लेषण’ शीषक राखी अध्ययन गरिएको छ । यस अध्यायमा उपन्यासकारको सङक्षिप्त परिचय दिनुका साथै भौगोलिक आधारमा कर्नाली ब्लुज उपन्यासको भाषिक विश्लेषण गरिएको छ । भागोलिक आधारअन्तर्गत यस उपन्यासमा विषयवस्तु सुहाउँदो पात्र र स्थानअनुसारको पद, पदावली, शब्द, निपात, उखानटुक्काका साथै बोलीचालिका भाषा प्रयोग गरिएको छ । अध्याय पाँचमा कर्नाली ब्लुज उपन्यासका पात्रगत भाषिक विश्लेषण शीर्षक राखी अध्ययन गरिएको छ । यस अध्यायमा पात्रहरूको लिङगत, वर्गगत र पेसागत आधारमा कर्नाली ब्लुज उपन्यासको विश्लेषण गरिएको छ । अध्याय छमा अध्याय एकदेखि अध्याय पाँचसम्मको सारांश, निष्कर्ष प्रस्तुत गरी यस शोधको उपादेयता प्रस्तुत गरिएको छ र अन्त्यमा सन्दर्भ सामग्रीसूची र व्यक्तिवृत्त प्रस्तुत गरी शोधकार्यलाइ समापन गरिएको छ ।
URI: https://elibrary.tucl.edu.np/handle/123456789/10770
Appears in Collections:Nepali Language Education

Files in This Item:
File Description SizeFormat 
All thesis.pdf441.1 kBAdobe PDFView/Open


Items in DSpace are protected by copyright, with all rights reserved, unless otherwise indicated.