Please use this identifier to cite or link to this item: https://elibrary.tucl.edu.np/handle/123456789/10894
Title: प्राथमिक तहमा स्थानीय पाठयक्रम कार्यान्वयनको अवस्था {Status of Local Curriculum Implementation at Primary Level}
Authors: भट्टराई Bhattarai, राजन Rajan
Keywords: स्थानीय पाठयक्रम Sthaniya pathyakram;पाठयक्रम कार्यान्वयन Pathyakram karyanayan;प्राथमिक तह Prathamik Taha
Issue Date: 2017
Publisher: पाठयक्रम तथा मूल्याङ्कन सङकाय
Institute Name: Central Department of Education
Level: Masters
Abstract: पाठयक्रम शिक्षाको आधारस्तम्भ हो । यसल शिक्षकलाई मात्र नभई सम्पूर्ण शिक्षा क्षेत्रलाइ नै मार्गनिर्देश गर्नुपर्दछ । राष्ट्रिय पाठयक्रमले यथासम्भव प्रयास गर्दागद पनि सबै वग,समुदाय, धर्म, संस्कृति, पसा, व्यवसायलाई समेटननसकको हुँदा स्थानीय सरोकारवालाकासहभागिता र सक्रियतामा पाठयक्रम निर्माण हुन सकेमा स्थानीय आवश्यकतालाई परिपूतिगर्न सघाउ पुग्छ । यति मात्र नभएर स्थानीय परिवेश अनुकलको पठनपाठनले सिकारुलाइअभिप्रेरित गराउनुका साथै सिकेका कुराहरुलाई सामान्यीकरण गन पनि सघाउ पु¥याउँदछ ।हाम्रो देशको परिवेश अनसार स्थानीय पाठयक्रम अति आवश्यक देखिएको छ । स्थानीयपाठयक्रम भनको राष्ट्रिय पाठयक्रमले समेटन नसकका विषयवस्तुहरु समावेश गरी स्थानीयतहमा पठनपाठन गर्न तयार गरिएको मार्गचित्र हो ।यो शोध अध्ययन “प्राथमिक तहमा स्थानीय पाठयक्रमकार्यान्वयनको अवस्था” सम्बन्धमागरिएको छ । “विश्वव्यापी रुपमा सोची स्थानीय रुपमा कार्य गर ” भन्ने नारालाइआत्मासाथ गर्दै शैक्षिक विकन्दिकरणको अवधारणा अनुसार प्राथमिक तहमा स्थानीयपाठयक्रमको निर्माण र कार्यान्वयन सम्बन्धमा प्राथमिक तहमा स्थानीय पाठयक्रमकानिर्माणको अवस्थाको अध्ययन गन, प्राथमिक तहमा स्थानीय पाठयक्रमको कार्यान्वयनकाअवस्थाको अध्ययन गर्ने, प्राथमिक तहमा स्थानीय पाठयक्रम कार्यान्वयन गर्दा आइपरेकासमस्यार ती समस्यासमाधानका उपायहरु पत्ता लगाउने उद्देश्य यस अध्ययनको रहेको छ।यसअध्ययनतथा अनुसन्धानलाइपुरा गन५वटा सामुदायिक विद्यालयहरु,ती विद्यालयकाप्रधानाध्यापकहरु, विद्यालय व्यवस्थापन समितिका अध्यक्षहरु, ती विद्यालयहरु रहेकास्रोतकेन्दका सोतव्यक्तिहरु, जिल्ला शिक्षा कार्यालयका अधिकृत, स्थानीय सरोकारवालाहरु,स्थानीय विषय शिक्षण गर्ने शिक्षकहरु उद्देश्यमूलक नमना छनोट विधिवाट लिइ अन्तरवाता,प्रश्नावलि, दस्तावेज अध्ययनलाई अनुसन्धानका साधनको रुपमा लिई क्याम्पसका विषयशिक्षकहरुको सल्लाह, सझाव एवम निर्देशनलाई आधार मानेर गुणात्मक तथा सामान्यतथ्याङ्कशास्त्रिय विधिको प्रयोग गरि व्याख्या तथा विश्लेषण गरिएको छ ।नमना छनोटमा परेका ५ वटा विद्यालयहरु मध्ये श्री गोल्मादेवि पा.वि. पलापु ६, श्रीवर्णादेविपा.वि. पलापु ४ रश्री आरुभञ्ज्याङ्ग आ.वि. दिप्सिङबलखुमा स्थानीय विषयकारुपमा कृषि विषयका प्रयोग भएको पाइयो । श्री कालीका मा.वि. सिस्नेरीमा स्थानीय विषयतरकारी खेती रहेको छ । श्री जलकन्याप्रा.वि.मा स्थानीय पाठयक्रमका रुपमा कक्षा १ देखि३ सम्मलाई ऐ. अंग्रेजी र कक्षा ४ र ५ का लागिऋयलखभचकबतष्यल भ्लनष्किजरन्भलभचबप्लियधभिमनभ विषयका पाठयक्रमलागगरेको पाइया । तर सामाजिक अध्ययन, सिर्जनात्मककला र शारीरिक शिक्षा विषयहरुको स्थानीय अंशको रुपमा रहेको २० प्रतिशत पाठयक्रमभने कालीका मा.वि. सिस्नेरी र श्री आरुभञ्ज्याङ्ग आ.वि. दिप्सिङ ल निर्माण गरीकायान्वयनमा समेत ल्याएको पाइयो भने बाँकी अरु ३ वटा विद्यालयहरुले केन्द्रियपाठयक्रमलाई नै पछयाईरहेको पाइयो । पाठयक्रमको कार्यान्वयनका लागि विद्यालय सँगशिक्षक समस्या भएपनि स्थानीय विषयका लागिअलगै शिक्षकको व्यवस्था, पाठयपुस्तकका लेखन तथा प्रकाशन, विद्यार्थी केन्द्रित शिक्षण विधि, शैक्षिक सामग्रीको प्रयाग गरेको पाइया। स्थानीय पाठयक्रमको निर्माणमा स्रोत केन्द्र, जिल्ला शिक्षा कार्यालय, शैक्षिक तालिम कन्द्र,गाँउ विकास समिति, विद्यालय प्रशासन कम जिम्मेवार पाइयो । पाठयक्रमको निर्माण तथाकार्यान्वयनमा वजेट अभाव, जनशक्ति अभाव, तालिमको अभाव, अनुगमन तथासुपरिवेक्षणको अभाव, स्रोत र साधनको अभाव जस्ता समस्याहरु देखिएकाले त्यसकासमाधान तर्फ ध्यान कन्दित गर्दै स्रोत कन्द्र तथा जिल्ला स्तरमा वातावरण तथा परिवेशमिल्ने विद्यालयहरुमा एक खालको पाठयक्रम स्थानीय आवश्यकता अनुसार निर्माण गरीकार्यान्वयनमा ल्याउनु पर्ने देखिन्छ ।
URI: https://elibrary.tucl.edu.np/handle/123456789/10894
Appears in Collections:Curriculum and Evaluation

Files in This Item:
File Description SizeFormat 
cover(3).pdf67.04 kBAdobe PDFView/Open
chapter.docx112.13 kBMicrosoft Word XMLView/Open


Items in DSpace are protected by copyright, with all rights reserved, unless otherwise indicated.