Please use this identifier to cite or link to this item: https://elibrary.tucl.edu.np/handle/123456789/10896
Title: पाल्पा जिल्लाका कक्षा सातमा अध्ययनरत विद्यार्थीहरूको सस्वरपठन क्षमताको अध्ययन{Study of Reading Ability of Students Studying in Class Seven of Palpa District}
Authors: ढकाल Dhakal, राधिका Radhika
Keywords: सस्वरपठन क्षमता Reading ability;नेपाली राष्ट्रभाषा Nepali national language
Issue Date: 2017
Publisher: नेपाली भाषा शिक्षा विभाग
Institute Name: Central Department of Education
Level: Masters
Abstract: प्र्रस्तुत शोधपत्र त्रिभुवन विश्वविद्यालय शिक्षाशास्त्र सङकाय नेपाली भाषा शिक्षण विभाग अन्तर्गत ने.पा.शि. ५४४ पाठयांशको प्रयोजनार्थ तयार पारिएको हो । ‘पाल्पा जिल्लाका कक्षा सातमा अध्ययनरत विद्यार्थीहरूका सस्वरपठन क्ष्ँमताको अध्ययनमा आधारित रहेको छ । प्रस्तुत अध्ययनका उद्देश्यका रूपमा पाल्पा जिल्लाका कक्षा सातमा अध्ययनरत विद्यार्थीहरूका सस्वरपठन क्ष्ँमताको अध्ययन गर्नु, विद्यालयका प्रकृति र लैङगिकताको आधारमा विद्यार्थीहरूका सस्वरपठन क्षमताको अध्ययन गर्नु, विद्यार्थीहरूका सस्वरपठन क्षमतामा देखिएका समस्या पत्ता लगाइ सुझावहरू प्रस्तुत गरिएका छ । जुनसुकै कार्य गर्दा पनि पर्व योजना गर्नु आवश्यक हुन्छ । योजनावद्ध गरिएको कार्य व्यवस्थित हुन जान्छ । त्यसैले यस अध्ययन गर्दा सरुदेखि अन्त्य सम्म विभिन्न प्रक्रिया पारगर्दै यो शोधपत्र तयार पारिएको छ । प्रस्तुत अध्ययन मूलतः सर्वेक्षण पद्धतिमा आधारित रहेको छ । कुनै पनि विषयमा अध्ययन विश्लेषण गर्दा त्यसका लागि जनसंख्याका आवश्यकता पर्दछ । प्रस्तुत अध्ययनमा पाल्पा जिल्लाका कक्षा सातमा अध्ययनरत विद्यार्थीहरूको सस्वरपठन क्षमताको अध्ययनका लागि पाल्पा जिल्लाका रामपुर नगरपालिका अन्तर्गतका विद्यालयमा अध्ययनरत विद्यार्थीहरूलाई जनसंख्याको रूपमा लिइएको छ । तथ्याङक सङकलनका क्रममा १० वटा विद्यालय छनाट गरी यिनै विद्यालयमा अध्ययनरत ५जना छात्रा, ५ जना छात्रका दरले १०० जना विद्यार्थीलाई नमुना छनोटको रूपमा लिइएकाछ । यो अध्ययन गर्ने क्रममा सस्वरपठनका ६ वटा आधारलाई लिई दृष्टांश र अदृष्टांश सामग्रीको प्रयोग गरी सस्वरपठन गर्न लगाइएको छ । भाषिक मूल्याङकनका लागि तिन वटाआधार लिइएको छ । जसमा ४०–५० अङक सम्म ल्याउने उत्तम, ३०–४० ल्याउने मध्यम र३० भन्दा मुनि ल्याउनेलाई निम्न स्तर गरी विभाजन गरिएको छ । विद्यार्थीहरूका सस्वरपठनलाई रेकर्ड गरी तालिकीकरण गरिएको छ । क्षेत्रीय अध्ययन विधिकाअवलम्बनबाट तथ्याङक सङकलन गरिएको छ । गति–यति सम्बन्धी गरिएको विश्लेषणका लागि १० वटा विद्यालयका १०० जना विद्यार्थीहरू मध्ये सामुदायिक विद्यालय तर्फ उत्तममा ३६ प्रतिशत, मध्यमा ४८ प्रतिशत,निम्नमा १६ पतिशत र संस्थागत विद्यालयतर्फ उत्तममा ४२ प्रतिशत, मध्यममा ४०प्रतिशत र निम्नमा १८ प्रतिशत रहेका छन । लिङगका आधारमा गरिएको अध्ययनमा ट मध्यममा छात्र ५४ प्रतिशत र छात्रा ३४ प्रतिशत रहेका छन । यस अवस्थामा बढी रहेकाछ । प्रकृतिको आधारमा पनि मध्यम अवस्थामा सामुदायिक विद्यालय तर्फ गामीण क्षेत्रमा ५० प्रतिशत सहरी क्षेत्रमा ४६.६६ प्रतिशत र संस्थागत तर्फ ग्रामीणामा ४५ प्रतिशत रसहरीमा ३६.६६ प्रतिशत रहेको छ । सस्वरपठनका क्रममा पढदा विद्यार्थीहरूका हाउभाउ सम्बन्धी अवस्था सामान्य अवस्थामा नै रहेको छ । सामुदायिक विद्यालय तफ उत्तममा ३८ प्रतिशत, मध्यममा ४६ प्रतिशत र निम्नमा १७ प्रतिशत र संस्थागत तर्पm उत्तममा ४४ प्रतिशत, मध्यममा ३८ प्रतिशत र निम्नमा १८ प्रतिशत रहेका छन । चि≈नप्रयोगको ख्याल गरी पढने विद्यार्थीहरूलाई पनि तिन स्तरमा विभाजन गरिएको छ । सामुदायिक विद्यालय तर्फ उत्तम अवस्थामा ३० प्रतिशत, मध्यममा ४८ प्रतिशत र निम्नमा २२ प्रतिशत रहेका छन् भने संस्थागत विद्यालय तफ उत्तममा ३६ प्रतिशत, मध्यममा ४२ प्रतिशत र निम्नमा २२ प्रतिशत रहेका छन् । सस्वरपठनमा स्वर प्रसारण सम्बन्धीको अवस्थालाई अध्ययन गर्दा सामुदायिक विद्यालयमा उत्तम अवस्थामा ३२प्रतिशत, मध्यममा ५२ प्रतिशत र निम्नमा १६ प्रतिशत रहेका छनभने संस्थागत तर्फ उत्तम अवस्थामा ४० प्रतिशत, मध्यममा ३८ प्रतिशत रनिम्नमा २२ प्रतिशत रहेका छन । सस्वरपठनका क्रममा स्पष्ट उच्चारण सम्बन्धी अवस्थाको अध्ययन गर्दा सामुदायिक विद्यालयतर्फ उत्तम अवस्थामा ३४ प्रतिशत, मध्यम४८ प्रतिशत। निम्नमा १८ प्रतिशत र संस्थागत तफ उत्तममा ४२ प्रतिशत, मध्यममा ४२प्रतिशत र निम्नमा १६ प्रतिशत रहेको पाइयो । अध्ययनका क्रममा सस्वरपठन सम्बन्धी देखिएका समस्याहरू तथा सुझावहरूलाई समेटदै अध्ययनको तथ्याङकलाई व्याख्या विश्लेषण गर्दै प्रकति र लैङगिकताका आधारमा गरिएका सस्वरपठन क्ष्ँमताको अध्ययनको व्याख्या विश्लेषण गरियो ।
URI: https://elibrary.tucl.edu.np/handle/123456789/10896
Appears in Collections:Nepali Language Education

Files in This Item:
File Description SizeFormat 
Full Thesis(3).pdf1.18 MBAdobe PDFView/Open


Items in DSpace are protected by copyright, with all rights reserved, unless otherwise indicated.