Please use this identifier to cite or link to this item: https://elibrary.tucl.edu.np/handle/123456789/10932
Title: कोपिला आश्रम उपन्यासको विधातात्विक अध्ययन {Theoretical Study of Kopila Ashram Novel}
Authors: खनालना, नारायणी
Keywords: कोपिला आश्रम Kopila Ashram;उपन्यास upanyaas
Issue Date: 2018
Publisher: Faculty of Education
Institute Name: Patan Samyukta Campus, PatanDhoka
Level: Masters
Abstract: प्रस्तुत शोधपत्र त्रिभुवन विश्वविद्यालय मानविकी तथा सामाजिक शास्त्र सङ्कायअन्र्तगत नेपाली विषयमा स्नातकोत्तर तह दोस्रा वर्षको दसौँ पत्रको प्रयोजनका लागि “कोपिला आश्रम उपन्यासको विधाताŒिवक अध्ययन” शीर्षकमा तयार गरिएको हो । प्रस्तुत शोधमा उपन्यास सिद्धान्तको चर्चा गर्दै सोका आधारमा कोपिला आश्रम कोपिला आश्रम कोपिला आश्रम कोपिला आश्रम उपन्यासलाई केलाउने प्रयास गरिएको छ । प्रस्तुत शोधपत्रका प्रमुख उद्देश्य कोपिला आश्रमकोपिला आश्रमकोपिला आश्रमकोपिला आश्रम उपन्यासको विधाताŒिवक अध्ययन गर्नु हो । साथै उपन्यासकार कोइरालाको जीवनी उल्लेख गर्दै नेपाली उपन्यास परम्परामा रामेश कोइरालाको योगदानको निरूपण गर्नु यस शोधपत्रको अर्काे महŒवपूर्ण उद्देश्य हो । त्यसै गरी कोपिला आश्रमकोपिला आश्रमकोपिला आश्रमकोपिला आश्रम उपन्यासलाई विधाताŒिवक विश्लेषण गर्नु पनि यस शोधपत्रको उद्देश्य रहेको छ । प्रस्तुत शोधकार्यमा मूलतः मुख्य र सहायक शोधसामग्रीको उपयोग गरिएको छ । मुख्य सामग्रीअन्तर्गत कोपिला आश्रमकोपिला आश्रमकोपिला आश्रमकोपिला आश्रम उपन्यास तथा सहायक सामग्रीका रूपमा औपन्यासिक सिद्धान्त भएका कृति तथा मुख्य कृतिको विश्लेषण भएका विभिन्न सामग्रीलाई लिइएको छ । प्राथमिक तथा द्वितीय दुवै सामग्रीको सङ्कलन मुख्यतः पुस्तकालयीय कार्यबाट गरिएको छ । यस शोधकार्यमा मूल रूपमा वर्णनात्मक पद्धतिको उपयोग गरिएको छ । उपन्यास सिद्धान्तलाई मुख्य सैद्धान्तिक आधार बनाइ वर्णनात्मक, विश्लेषणात्मक, तुलनात्मक एवं निगमनात्मक पद्धतिको उपयोग गरिएको छ । प्रस्तुत शोधपत्र साहित्यकार रामेश कोइरालाको कोपिला आश्रमकोपिला आश्रमकोपिला आश्रमकोपिला आश्रम उपन्यासको विधापरक विश्लेषणमा केन्द्रित रहको छ । उक्त उपन्यासमा अनाथ बालबालिकाको संरक्षण गर्न खोलिएका तथाकथित अनाथालयहरूले मानवीय भावना र कर्तव्यच्युत भई धर्मपुत्रका नाममा अनाथहरूलाई पसा कमाउने काममा अग्रसर भएको देखाएको छ । यस्ता कायको नियमन गर्न निकायले समेत नियमन गर्नुको साटो त्यस्ता कायलाइ उक्साइरहेको यथार्थतासमेत उपन्यासमा उल्लेख छ । उपन्यासका पात्रहरू हाम्रो समाजकै सामान्य जीवनबाट लिएका छन् । उनीहरूको प्रस्तुतिले हाम्रै समाजको कुनै स्थानमा भएको यथार्थ सामाजिक सम्बन्धको झल्को दिन्छ । कोपिला आश्रममा बहुपात्रहरूको पयोग भएको छ । कोपिला आश्रमको सञ्चालक हरिराम नेपाली यस उपन्यासको प्रमुख पात्र हो । हरिरामलाई सहयोग गर्न सोमनाथ ओली नामको अका पात्र पयोग गरिएका छ । उसले हरिरामको आर्थिक तथा अन्य व्यवस्थापनको काम गर्दछ । यीबाहक उपन्यासमा उपस्थित भएका अन्य सहायक पात्रहरूको पनि आआफ्नो भूमिका रहेको छ । कोपिला आश्रमकोपिला आश्रमकोपिला आश्रमकोपिला आश्रम झट्ट हेर्दा विभिन्न कारणले बाबु आमा गुमाएका अनाथ बालबालिकाहरूको संरक्षण गरिएजस्ता देखिए पनि हरिरामले यसलाई पैसा कमाउने माध्यम बनाएको छ । उपन्यासको समय वि.सं २०५० पछिको १२–१५ वर्षको अवधि हा । यस समयमा नेपालमा माओवादी युद्धका कारण हजारा बालबालिकाहरू टुहुरा भएका थिए । तिनै सहाराविहीन बालबालिकाहरूलाई पालनपोषण गरी पठनपाठन गराउने जिम्मा लिएको हरिरामले तिनलाई बेचेर आफ्नो ढुकुटी भर्दै कसरी राज्य र राज्यसयन्त्रलाई बेकम्मा बनाएको छ भन्ने कुरा सरल रूपमा देखाइएको छ । प्रस्तुत उपन्यासमा सरल भाषाको प्रयोग गरिएको छ । कही आगन्तुक र तत्सम शब्द बाहेक सबै ठेट नेपाली भाषाको प्रयोग गरिएको छ । प्रथम पुरुष दृष्टिविन्दुको प्रयोग गरिएको यस उपन्यासको कथा वाचन सोमनाथ ओली नामका पात्रले गरेको छ । मूल कथाभित्र विभिन्न सहायक कथा आएको यस उपन्यासमा बाइप्रोडक्ट शीर्षकमा विभिन्न कथाहरू प्रस्तुत गरिएका छन् । तर ती कथाहरू पनि मल कथासँग राम्रोसँग अन्तर्सम्बन्धित गराइएको छ । समग्रमा कोपिला आश्रमकोपिला आश्रमकोपिला आश्रमकोपिला आश्रम उपन्यास सामाजिक यथार्थवादी उपन्यास हो । यसले हाम्रो समाजमा विभिन्न कारणले आमाबाबुविहीन भएका केटाकेटीहरूलाइ कथित अनाथालयमा राखेर धर्मपुत्र पुत्रीका नाममा विदेशीलाई बेची धनको धन्दा गर्ने व्यक्तिहरूको यथार्थता प्रस्तुत गरेको छ । यसरी सरल किसिमले समाजको समस्या प्रस्तुत गरेको कोपिला आश्रमकोपिला आश्रमकोपिला आश्रमकोपिला आश्रम उपन्यास नेपाली उपन्यास परम्पराकै सशक्त कृति हो । हाल सम्म यस उपन्यास कृतिका बारेमा शोधकार्य नभएकाले यो शोधकार्य गएिको हो । यस अध्ययनबाट नेपाली उपन्यासको अध्ययन परम्परामा नयाँ कार्य भएको छ । यहि नै यस अध्ययनको उपलब्धि हो ।
URI: https://elibrary.tucl.edu.np/handle/123456789/10932
Appears in Collections:English Language Education

Files in This Item:
File Description SizeFormat 
Final Thesis 2 (1).pdf453.71 kBAdobe PDFView/Open


Items in DSpace are protected by copyright, with all rights reserved, unless otherwise indicated.