Please use this identifier to cite or link to this item: https://elibrary.tucl.edu.np/handle/123456789/11438
Title: बालमैत्री शिक्षणमा पुनर्वल व्यवस्थापन {Balmatri Shikshanma Revaluation Management}
Authors: पोर्तेल portel, सफल saphal
Keywords: बालमैत्री शिक्षण Child friendly teaching;पुनर्वल व्यवस्थापन Rehabilitation management
Issue Date: 2015
Publisher: शैक्षिक योजना तथा व्यवस्थापन सङ्काय
Level: Masters
Abstract: प्रस्तुत अध्ययन बालमैत्री शिक्षणमा पुनर्वल व्यवस्थापन शीर्षकमा गरिएको छ । यस शोधको मूख्य उद्देश्य बालमैत्री शिक्षणमा देखिएका समस्या समाधानका उपायहरुको खोजी गर्ने रहेको छ । यो अनुसन्धान गुणात्मक ढाँचामा सम्पन्न गरिएको छ । यस अनुसन्धान कार्य सम्पन्न गर्ने क्रममा जोन रावलको न्यायिक सिद्धान्तलाई सैद्धान्तिक खाकाका आधारमा ब्याख्या गरिएको छ । यस अध्ययन कार्यको जनसंख्याको रुपमा संखुवा–सभा जिल्ला धुपुस्रोत केन्द्र अन्तर्गत पर्ने १८ वटा सामुदायिक विद्यालयका प्राथमिक तहका बालबालिकाहरू, ती विद्यार्थीका अभिभावकहरू, प्रधानाध्यापकहरू, शिक्षकहरू, विद्यालय व्यवस्थापन समिति तथा शिक्षक अभिभावक संघ पदाधिकारीहरू र स्रोत व्यक्ति रहेका छन् । अनुसन्धानको प्रस्तावित क्षेत्रबाट प्रतिनिधित्व हुने गरि सामान्य सम्भावनायुक्त र सम्भावना रहित उद्देश्यपूर्ण नमूना छनौट विधि अपनाई नमूना छनौट गरिएको छ । नमूनाका रुपमा संखुवा–सभा जिल्ला मत्स्य पोखरी गा.वि.स. मा रहेका ३ वटा र धुपु गा.वि.स.मा रहेका ३ वटा सामुदायिक विद्यालयहरू, ती विद्यालयमा कार्यरत शिक्षकहरू मध्येबाट १८ जना शिक्षकहरु, ती विद्यालयमा अध्ययनरत विद्यार्थीहरू मध्येबाट ३० जना तथा सम्पूर्ण अभिभावकहरू मध्येबाट ३० जना, प्रधानाध्यापकहरू ६ जना, विद्यालय व्यवस्थापन समिति अध्यक्षहरू ६ जना र स्रोत व्यक्ति १ जना रहेका छन् । यस अनुसन्धानलाई पूर्णता दिनका लागि अन्तरवार्ता सूची, प्रश्नावली, विद्यालय सर्वेक्षण फाराम, कक्षा अवलोकन फाराम, लक्षित समूह छलफल सू ची र स्थलगत अवलोकन फाराम जस्ता साधनहरूलाई प्रयोग गरिएको छ । तथ्याङ्कको प्राथमिक स्रोतको रुपमा अन्तर्वार्ता, प्रश्नावली, अवलोकन र अनौपचारिक कुराकानी जस्ता साधनहरू प्रयोग गरिएका छन् भने द्वितीय स्रोतको रुपमा विद्यालय रेकर्ड, विभिन्न संघ–संस्थाबाट प्रकाशित प्रतिवेदन, पत्रपत्रिका, पुस्तक तथा लेख रचनाहरूलाई प्रयोग गरिएको छ । तथ्याङ्कको सङ्कलन गर्न मत्स्यपोखरी गा.वि.स. का ३ वटा र धुपु गा.वि.स.का ३ वटा विद्यालयहरूमा अनुसन्धानकर्ता स्वयं उपस्थित भई बालमैत्री विद्यालयको अवस्था, प्रचलित दण्डहरू, दण्डका विकल्पहरू र दण्ड व्यवस्थापनसँग सम्बन्धित समस्या समाधानका लागि उपयुक्त हुने प्रश्नावली छनौटमा परेका विद्यालयका प्रधानाध्यापक, शिक्षक, अभिभावक र विद्यार्थीहरूसँग राखि प्रत्यक्ष रुपमा भेटघाट गरि आवश्यक तथ्याङ्क संकलन गरिएको छ । वि.व्य.स., प्र.अ., अभिभावक र विद्यार्थीहरूसँगको छलफल, अन्तरक्रिया र अन्तरवार्ताबाट आवश्यक जानकारी संकलन गरिएको छ । विद्यालय सर्वेक्षण फाराम र स्थलगत अवलोकनबाट समेत विषयवस्तुसँग सम्बन्धित थप जानकारी हासिल गरिएको छ । अनुशासन कायम राख्ने, सिकाई उपलब्धि वृद्धि गर्ने र बालबालिकाहरूमा सकारात्मक व्यवहारको विकास गर्ने उद्देश्यले शारीरिक र मानसिक दण्डहरू शिक्षकले बालबालिकाहरूलाई दिइरहेको पाइयो । कतिपय शिक्षकहरूलाई दण्ड सजायको असर र बालमनोविज्ञान बारे ज्ञान नभएका कारण त्यस्ता दण्डहरू दिइरहेको पाइयो । दण्डका शारीरिक र मानसिक असरका कारण अबोध बालबालिकाहरूले पढ्न, लेख्न छाडी दुव्र्यसन र कुलतमा लागि भविष्यलाई नै अन्योलमा पार्ने गरेको पाइयो । अनुसन्धानमा दण्डका शारीरिक, मानसिक र सामाजिक असरहरू औंल्याउँदै दण्डरहित शिक्षणका उपायहरू सिफारिस गरिएको छ । यस अनु सन्धानको अन्त्यमा शिक्षक, अभिभावक, प्रधानाध्यापक, विद्यार्थी र अन्य सरोकारवालाहरूसँगको छलफल, अन्तरक्रिया, व्यक्तिगत कुराकानी तथा राज्यले यस विषयमा यस अगाडि चालेका कदमहरू समेतलाई मध्यनजर गरी नीतिगत तहमा सरकार, जि.शि.का, स्रोत केन्द्र र गा.वि.स.लाई लक्षित गरी ; अभ्यास तहमा जि.शि.का., स्रोत केन्द्र, विद्यालय, शिक्षक, अभिभावक र विद्यार्थीलाई लक्षित गरी र अनुसन्धान तहमा भविष्यमा बालमैत्री शिक्षा र दण्ड व्यवस्थापनका विषयमा गहन अध्ययन गर्न चाहने व्यक्ति,संघ–संस्था तथा सरकारी निकायलाई लक्षित गरी आवश्यक सुझावहरू प्रस्तुत गरिएको छ ।
URI: https://elibrary.tucl.edu.np/handle/123456789/11438
Appears in Collections:Education Planning & Management

Files in This Item:
File Description SizeFormat 
Cover page.pdf86.77 kBAdobe PDFView/Open
Chapter page(4).pdf293.46 kBAdobe PDFView/Open


Items in DSpace are protected by copyright, with all rights reserved, unless otherwise indicated.