Please use this identifier to cite or link to this item: https://elibrary.tucl.edu.np/handle/123456789/11714
Title: विद्यालय छनौटका लागि अभिभावकलाई प्रभाव पार्ने सामाजिक कारकहरू{Social Factors Influencing Parents for School Choices}
Authors: पौडेल Poudel, डिलकुमारी Dilkumari
Keywords: विद्यालय छनौटSchool Selection;सामाजिक कारक Social factor
Issue Date: 2016
Publisher: Department of Sociology and Rural Development
Institute Name: Prithivi Narayan Campus, Pokhara
Level: Masters
Abstract: यस शोधपत्रमा “विद्यालय छनाटका लागि अभिभावकलाइ प्रभाव पार्ने सामाजिक कारकहरू”शीर्षकमा अध्ययन गरिएको छ । यस अध्ययनलाई कास्की, पोखरा लेखनाथ महानगरपालिका वडा नं. ८, सिमलचौरमा रहेका २० वटा टोलहरू मध्ये इन्द्रपुरी टोललाई मात्र सीमित गरिएको छ । समुदायका अभिभावकहरूलाई विद्यालय छनोट गर्नका लागि के कस्ता कुराहरूले प्रभाव पारेको छ भन्ने तथ्य पत्ता लगाउन यो अध्ययन गरिएको थियो । यो अध्ययनमा विश्लेषणात्मक अनुसन्धान ढाँचाको प्रयोग गरिएको छ । त्यस्तै यस अध्ययनमा अनुसन्धानको स्रोत प्राथमिक र द्वितीय खालका तथ्याङक प्रयोग गरिएको छ ।जसमा स्थलगत अध्ययन, छलफल, अवलोकन तथा अन्तर्वार्ता प्राथमिक तथ्याङक अन्तर्गत पर्दछनभने यस अनसन्धान सम्बन्धि लेख, रचना, सम्बन्धित विषयमा गरिएका अनुसन्धान र पुस्तकहरू द्वितीय तथ्याङकको स्रोत अन्तर्गत पर्दछन । संख्यात्मक र गुणात्मक दुवैप्रकारका तथ्याङकहरू लिइएको छ । यस अध्ययनका प्राप्तिहरूमा प्रति वर्ष सामुदायिक विद्यालयमा बालबालिका घटदै गरेकाअवस्था तथा सामुदायिक विद्यालयप्रति विश्वास घटदै गइरहेको अवस्था देखियो भने संस्थागत विद्यालय तिर विभिन्न कारणहरूले जस्तै अङग्रेजी माध्यमको बढदो प्रभाव,अनुशासनको व्यवस्थापन, प्रशासनको निगरानी, आकर्षक भौतिक संरचना, यातायातका व्यवस्था, नियमित गृहकार्य परीक्षण आदि कुराहरूले आकर्षण बढेको पाइयो । संस्थागत विद्यालयप्रति आकर्षण बढे तापनि सामुदायिक विद्यालयप्रति पनि एस.एल.सी. पछिका सुविधाको कारण झुकाव रहेको पाइयो । सामुदायिक विद्यालयमा कमजोर प्रशासन, शिक्षकले विद्यार्थीको पढाइमा त्यति चासो नदेखाउनु, तालिम प्राप्त शिक्षकले तालिम दिए बमाजिम कार्यान्वयन नगर्नु, पढाईमा भन्दा घरको काममा व्यवस्थ हुनु जस्ता कारणले उत्तरदाताको मन सामुदायिक विद्यालय प्रति नकरात्मक दखिन गएको पाइयो । सरकारी विद्यालयमा गुणस्तर बढेको खण्डमा सामुदायिकविद्यालयमा नै पढाउन चाहेको कुरा अधिकांश अभिभावकहरूको पाइयो । सामुदायिक विद्यालयमा बढी मात्रामा बालबालिकाहरूको पढाइप्रति लापरवाही हुने, बच्चाहरूका अनुशासन तथा पढाइमा ख्याल नराख्ने कारणले गर्दा अभिभावकहरू महङ्गो भएता पनि संस्थागत विद्यालय तर्फ आकर्षित भएको तथ्य यस अध्ययनले देखाउँदछ ।
URI: https://elibrary.tucl.edu.np/handle/123456789/11714
Appears in Collections:Sociology

Files in This Item:
File Description SizeFormat 
Cover.pdf87.42 kBAdobe PDFView/Open
Thesis.pdf331.77 kBAdobe PDFView/Open


Items in DSpace are protected by copyright, with all rights reserved, unless otherwise indicated.