Please use this identifier to cite or link to this item: https://elibrary.tucl.edu.np/handle/123456789/13258
Title: कवि मित्र प्रसाद दाहालको काव्यकारिताका अध्ययन र विश्लेषण{Kabi Mitra Prasad Dahalko Kavyakaritaka Adhyayan ra Bishlesan }
Authors: खनालKhanal, निर्मला Nirmala
Keywords: चन्द्रहंश महाकाव्यChandrahansh Mahakavya;नेपाली साहित्यNepali Sahitya
Issue Date: 2013
Publisher: Department of Nepali
Institute Name: Mahendra Ratna Multiple Campus, Ilam
Level: Masters
Abstract: शोधशीर्षक ः कवि मित्रप्रसाद दाहालको काव्यकारितको अध्ययन र विश्लषण । शोधनिर्देशक ः रोमनाथ आचार्य, शिक्षण सहायक, नेपाली विभाग महेन्द्ररत्न बहुमुखीक्याम्पस इलाम शोधार्थी ः निर्मला खनाल शोधप्रयोजन ः त्रिभुवन विश्वविद्यालय मानविकी तथा सामाजिकशास्त्र सङकाय अन्तर्गतनेपाली विभाग, महेन्द्ररत्न बहुमुखी क्याम्पस इलामको स्नातकोत्तर तह दोस्रो वर्षको दशापत्रको प्रयोजनका लागि । शैक्षिकसत्र ः २०६४–६५प्रस्तुत मिति ः २०६९÷ ÷ प्रस्तुत कवि मित्रप्रसाद दाहालको काव्यकारिताको अध्ययन र विश्लेषण शीर्षकका शोधपत्र निम्न लिखित छ परिच्छेदका मुल शीर्षकमा विभाजन गरी आवश्यकता अनुसार विभिन्न उपशीर्षकहरू समत राखी अध्ययन र विश्लेषण गरिएको छ । १. पहिलो परिच्छेद ः शोध परिचय२. दोस्रो परिच्छेद ः कवि मित्रप्रसाद दाहालको जीवनी र व्यक्तित्व३. तेस्रो परिच्छेद ः काव्यको सैद्धान्तिक परिचय र नेपाली कविताको इतिहास४. चौथो परिच्छेद ः कवि मित्रप्रसाद दाहालका खण्डकाव्यको सैद्धान्तिक विश्लेषण५. पाँचौ परिच्छेद ः कवि मित्रप्रसाद दाहालका महाकाव्यको सैद्धान्तिक विश्लषण र फुटकर कविताको अध्ययन६. छैठौं परिच्छेद ः उपसंहार प्रस्तुत शोधपत्रको पहिलो परिच्छेदमा शोधपरिचय प्रस्तुत गरिएको छ । यस क्रममाशोधशीर्षक, उद्देश्य, समस्याकथन, शोधपत्रको औचित्य र महत्व, पूर्वकार्यको समीक्षा, क्षेत्र रसीमा, सामग्री सङ्कलन, शोधपत्रको रूपरेखा आदिका बारेमा चर्चा गरिएको छ । दोस्रो परिच्छदमा कवि मित्रप्रसाद दाहालका जीवनी र व्यक्तित्व शीर्षक राखिएको छ ।यसलाई स्पष्ट पार्न जीवनीअन्तर्गत जन्म र बाल्यकाल, शिक्षादीक्षा, पारिवारिक जीवन,साहित्य क्षेत्रमा प्रवेश, सम्मान तथा पुरस्कार राखिएको छ भने व्यक्तित्व अन्तर्गत उनका व्यक्तित्वका सबै पाटाहरूलाई प्रस्तुत गरिएको छ । १ तेस्रो परिच्छेदमा काव्यको सद्धान्तिक स्वरूप प्रस्तुत गर्नुका साथै नेपाली कविताकाविकासक्रम प्रस्तुत गरिएको छ । यस परिच्छेदमा काव्यको पूर्वीय, पाश्चात्य र नेपाली साहित्यमा व्यक्त गरिएका काव्य सम्बन्धी धारणा माथि प्रकाश पारिएको छ । पूर्वीय रपाश्चात्य साहित्यमा गरिएका काव्यको वर्गीकरण प्रस्तुत गरी कविताका भेदहरूको परिचयदिनका साथै कविताका तङ्खवहरू समेत कलाइएको छ । नेपाली कविताको विकाशक्रम केलाउने क्रममा काल विभाजन गरी धारा उपधारा समेत प्रस्तुत गरिएको छ । चौथो परिच्छेदमा खण्डकाव्यको सैद्धान्तिक स्वरूपमाथि प्रकाश पार्नुका साथै कविदाहालका खण्डकाव्यहरूको सैद्धान्तिक विश्लेषण गरिएको छ । यस अन्तर्गत खण्डकाव्य काव्युत्पत्तिगत परिचय, पूर्वीय साहित्यमा व्यक्त गरिएका संस्कृत, हिन्दी र नेपाली भाषाकाविद्वानहरूका परिभाषा र पाश्चात्य साहित्यमा प्रचलित खण्डकाव्यको स्वरूप प्रस्तुत गरीखण्डकाव्यका तङ्खवहरू समेत केलाउने काम भएको छ । यसका साथै दाहालका ‘प्रमद्वरा’खण्डकाव्य र ‘तारा’ शोककाव्यलाई शीर्षक र संरचना, कथावस्तु, चरित्रचित्रण, परिवेश,लयविधान, अलङ्कारविधान, भावविधान, उद्देश्य÷जीवनदृष्टि, भाषाशैली आदि तङ्खवकाआधारमा विश्लेषण गरी निष्कर्ष समेत दिइएको छ । पाँचौ परिच्छेदमा कवि मित्रप्रसाद दाहालका महाकाव्यको सैद्धान्तिक विश्लेषणगर्नुका साथै फुटकर कविताहरूको अध्ययन गरिएको छ । जसअन्तर्गत महाकाव्य काव्युत्पत्तिगत परिचय दिइ पूर्वीय, पाश्चात्य र नेपाली विद्वानहरूका परिभाषाका साथैमहाकाव्यका तङ्खव समेत प्रस्तुत गरिएको छ । यसै परिच्छेदमा कवि दाहालका ‘चन्द्रहस’ र‘श्रीवत्स’ महाकाव्यलाई संरचना, कथावस्तु, चरित्रचित्रण, परिवेश, लय विधान, अलङ्कारविधान, रस विधान, भाषाशैली, जीवनदर्शन वा वैचारिकता, शीर्षकीकरण आदि तत्वकाआधारमा सैद्धान्तिक रूपमा विश्लषण गरी निष्कर्ष समेत दिइएको छ । छैठौं परिच्छेदमा प्रस्तावित शोधपत्रका सबै परिच्छेदमा गरिएको अध्ययन रविश्लषणको निष्कष प्रस्तुत गरी कवि मित्रप्रसाद दाहालको काव्यकारिताको मूल्याङ्कन समेतगरिएको छ र अन्त्यमा सम्भाव्य शोध–शीर्षकहरू दिइएको छ । यसरी प्रस्तुत शोधपत्रको अध्ययनका सिलसिलामा प्रयोग गरिएका सामग्रीलाई अन्त्यमा प्रमुख सन्दर्भ गन्थ र सन्दर्भ पत्रपत्रिका तथा सन्दर्भ शोध सूचीमा समावेशगरिएका छ ।
URI: https://elibrary.tucl.edu.np/handle/123456789/13258
Appears in Collections:Nepali

Files in This Item:
File Description SizeFormat 
Cover Page.pdf132.23 kBAdobe PDFView/Open
Thesis.pdf1.03 MBAdobe PDFView/Open


Items in DSpace are protected by copyright, with all rights reserved, unless otherwise indicated.