Please use this identifier to cite or link to this item: https://elibrary.tucl.edu.np/handle/123456789/13318
Title: कक्षा ९ का अनिवार्य विषयहरुको शिक्षण सिकाइ क्रियाकलाप {Kashya Nou Ka Aniwarya Bisayaharuko Sikshyan Sikai Kiryakalap}
Authors: पौडेल Poudel, देवेन्द्र Devendra
Keywords: सैद्धान्तिक साहित्य Saidhantik sahitya;शिक्षण सिकाइ क्रियाकलाप Sikshyan sikai Kriyakalap
Issue Date: 2011
Publisher: पाठयक्रम तथा मूल्याङ्कन विभाग
Institute Name: Central Department of Education
Level: Masters
Abstract: प्रस्तुत शीर्षक कक्षा ९ का अनिवार्य विषयहरुको शिक्षण सिकाइ क्रियाकलापमा अनुसन्धान गर्नका लागि झापा जिल्ला तोपगाछी गा.वि.स.का चार वटा विद्यालयहरुलाई समानसम्भाव्यतामा आधारित नमूना छनोट विधिबाट नमूना विद्यालयको रुपमा छनोट गरी अध्ययनगरिएको थियो । अध्ययनका क्रममा नमूना छनोट गरिएका विद्यालयहरुको अनुसन्धानकर्ता आफैले स्थलगत भ्रमण गरी आवश्यक तथ्यांक संकलन गरी शोधपत्र तयार गरिएको छ । प्रस्तुत शीर्षकमा अनुसन्धान गर्नका लागि तीनवटा उद्देश्यहरु राखि अनुसन्धान गरिएको थियो । जसमा शिक्षकको पृष्ठभूमि पहिचान गर्ने, शिक्षण विधि र शिक्षण सिकाइ क्रियाकलापका अवस्था पहिचान गर्ने र शिक्षण सिकाइ क्रियाकलाप प्रति शिक्षक तथा विद्यार्थीको दृष्टिकोण पहिचान गर्ने उद्देश्य रहेका थिए । यस अध्ययनलाई तोपगाछी गा.वि.स.का चारवटा विद्यालयका प्र.अ., अनिवार्य विषय शिक्षण गर्ने शिक्षकहरु र नमूना छनोटमा परेका विद्यार्थीहरुमा सिमित गरिएको थियो । प्रस्तुत अध्ययनबाटकक्षा ९ मा अनिवार्य विषयहरु शिक्षण गर्ने शिक्षकहरुले माध्यमिकतह अध्यापन गराउन सक्ने योग्यता हासिल गरेको पाइयो । अध्ययन गरिएका विद्यालयका सम्पूर्ण शिक्षकहरु तालिम प्राप्त नै पाइएको थियो । उनीहरु शिक्षाशास्त्र संकाय अध्ययन गरेका शिक्षकहरुले स्वतः शिक्षा सम्बन्धि तालिम लिएका र अन्य संकाय अध्ययन गरेका शिक्षकहरुले शिक्षक तालिम लिई अध्यापन अनुमति पत्र हासिल गरेको पाइयो । अध्ययन क्षेत्रका शिक्षकहरु कसैले लामो समय सम्म अध्यापन गरेका र कसैले छोटो समय देखि मात्र अध्यापन गर्न थालेको पाइएको थियो । यसरी अध्ययन गरिएका विद्यालयहरुमा अनिवार्य विषयहरु शिक्षण गनशिक्षकहरुले मिश्रित प्रकारका अनुभव हासिल गरेको पाइएको थियो । अध्ययन क्षेत्रहरुमा सबैभन्दा बढी प्रवचन विधि, प्रश्नोत्तर विधि र छलफल विधि प्रयोग गरिएको पाइयो भने विषयवस्तुको प्रकृति अनुरुप अन्य विधिहरु पनि प्रयोग गर्ने गरेको पाइयो ।अध्ययन क्षेत्रका दुई वटा विद्यालयहरुमा नियमित गृहकार्य दिने र परीक्षण गर्ने, मासिक परीक्षा अनिवार्य लिने गरेको पाइयो भने अन्य दुईवटा विद्यालयमा गृहकार्य र मासिक परीक्षाको स्थिति दयनीय रहेको देखियो । अध्ययन क्षेत्रका विद्यालयका शिक्षकहरु आफनो रुचि भएर शिक्षण गरेका र सब विद्यार्थीहरुलाई समान व्यवहार, समान अवसर प्रदान गरी शिक्षक तथा विद्यार्थी केन्द्रित विधिबाट शिक्षण गर्ने भएकाले शिक्षक तथा विद्यार्थीहरुका शिक्षण सिकाइ क्रियाकलाप प्रतिसकारात्मक धारणा रहेको पाइयो ।
URI: https://elibrary.tucl.edu.np/handle/123456789/13318
Appears in Collections:Nepali Language Education

Files in This Item:
File Description SizeFormat 
cover page.pdf62.16 kBAdobe PDFView/Open
chapter page.pdf282.16 kBAdobe PDFView/Open


Items in DSpace are protected by copyright, with all rights reserved, unless otherwise indicated.