Please use this identifier to cite or link to this item: https://elibrary.tucl.edu.np/handle/123456789/13633
Title: विद्यालयको शैक्षिक विकासमा विद्यालय व्यवस्थापन समितिको अपरिहार्यता {The indispensability of School Management Committee in the Educational Development of the School}
Authors: न्यौपाने Neupane, मैया कुमारी Maiya Kumari
Keywords: शैक्षिक विकास Educational development;विद्यालय व्यवस्थापन School management
Issue Date: 2013
Publisher: शैक्षिक योजना तथा व्यवस्थापन सङ्काय
Level: Masters
Abstract: विद्यालयको शैक्षिक विकासमा विद्यालय व्यवस्थापन समितिको अपरिहार्यता नामकशीर्षक राखेर तयार गरीएको हो । यो शोधपत्रको मुख्य उद्देश्य माध्यमिक विद्यालयका शैक्षिक विकासमा विद्यालयको व्यवस्थापन समितिको अपरिहार्यता रहेको थियो । यस अध्ययनका सैद्धान्तिक खाकामा वैज्ञानिक व्यवस्थापनको सिद्धान्त र मानव सम्बन्ध सिद्धान्तहरुलाई अवलम्बनगरी विद्यालयको शैक्षिक विकासमा विद्यालय व्यवस्थापन समितिको कार्यशैली र व्यवहारलाई नियाल्ने प्रयत्न गरीएको थियो । साथै यससँग सम्बन्धित विभिन्न पुस्तक, शोधपत्र, सम्बन्धी गरीएका अध्ययन प्रतिवेदनलाई पनि सम्बन्धित साहित्यको रुपमा अध्ययन गरीएको थियो । पर्वसाहित्यहरुको अध्ययनबाट प्राप्त निष्कर्षहरुलाई पनि यस अध्ययनसँग दाजी हेरिएको थियो । यो शोधपत्र गुणात्मक अध्ययन विधिमा आधारित छ । यो स्रोत कार्यको अध्ययन क्षेत्र सर्लाही जिल्लाका ५ वटा विद्यालयमा सीमित रहको छ । साथै उद्देश्य प्राप्तिका लागि आवश्यक तथ्याङ्क संकलन गर्ने सम्बन्धित विद्यालयका पधानाध्यापक, व्यवस्थापन समितिका अध्यक्ष, शिक्षक अभिभावक सघका सदस्य, शिक्षक साथै सम्बन्धित क्षेत्रका सरोकारवालाहरुसँग प्रत्यक्ष भेटघाट र छलफल गरीएको साथै प्रश्नावली भराई अध्ययनकार्य अगाडि बढाइएको थियो । अध्ययनको क्रममा प्राप्त तथ्याङ्कहरुको आधारमा विद्यालय व्यवस्थापन समितिका भौतिक पूर्वाधार विकास गर्न तथा आवश्यक आर्थिक स्रोत जुटाउन महत्वपूर्ण भूमिका िनर्वाह गरेको पाइयो । आर्थिक स्रोत, सरकारी अनदान, विद्यार्थी शुल्क, जग्गा जमिनका आम्दानी गा.वि.स. ल दिन अनुदानबाट विद्यालय सञ्चालन भएको पाइयो भन विद्यालयका शैक्षणिक प्रकृयाको अवस्थालाई हेर्दा प्रायः सबै जसो विद्यालयहरुमा शैक्षिक समग्रीहरुका प्रयोग नगरी अध्ययन गरेको पाइयो । विद्यालय व्यवस्थापन समितिको शिक्षक विद्यार्थी अनुपात, शिक्षक विद्यार्थी नियमितता, कक्षा छाडने र दोहो¥याउनेदर, विद्यालय सुधार योजना लेखा परीक्षणमा सकृय रुपमा सहभागिता रहेको पाइयो । यसरी विद्यालय व्यवस्थापनमा जनचेतनाको अभाव, राजनैतिक हस्तक्षेप, शिक्षक प्र.अ. र व्यवस्थापन समिति बिच समन्वयको अभाव जस्ता समस्याहरु देखिएका थिए । समग्रमा भन्नुपर्दा यस अध्ययनमा विद्यालय सञ्चालनको लागि विद्यालय व्यवस्थापन समितिको कार्य नै मुख्य रुपमा रहेको पाइयो । विद्यालय व्यवस्थापन समितिको भूमिकामा आर्थिक तथा भौतिक पक्षमा बढी केन्द्रित रहेको पाइयो । शैक्षिक सुधारको पक्षमा आवश्यक सकृयता नदेखिदा शैक्षिक जनशक्ति परिचालन तथा शैक्षिक स्तरमा उल्लेखनीय रुपमा सुधारहुन नसकेका निष्कष निकालिएको थियो । विद्यालय व्यवस्थापन समितिलाई अभिमखीकरण कार्यक्रम र तालिम सञ्चालन सम्बन्धि शिक्षाका कायक्रमहरु ल्याउँदा तलका निकायबाट पनि सल्लाह र सुझावका गतिविधिहरु सरोकारवालाको प्रत्यक्ष सहभागितामा सञ्चालन गर्नुपर्ने यस शोधपत्रको सुझाव रहेको थियो ।
URI: https://elibrary.tucl.edu.np/handle/123456789/13633
Appears in Collections:Education Planning & Management

Files in This Item:
File Description SizeFormat 
Cover page.pdf69.64 kBAdobe PDFView/Open
Chapter page(6).pdf273.59 kBAdobe PDFView/Open


Items in DSpace are protected by copyright, with all rights reserved, unless otherwise indicated.