Please use this identifier to cite or link to this item: https://elibrary.tucl.edu.np/handle/123456789/14592
Title: स्थानीय पाठ्यक्रमको सिद्घान्त र अभ्यास विचको अन्तर सम्वन्धको विश्लेषणात्मक अध्ययन {An Analytical Study of the Interrelationship between Theory and Practice of Local Curriculum}
Authors: बस्नेत Basnet, सानु sanu
Keywords: स्थानीय पाठ्यक्रम Local curriculum;शैक्षिक सामाग्री Educational material
Issue Date: 2014
Publisher: पाठयक्रम तथा मूल्यांकन सङ्काय
Level: Masters
Abstract: स्थानीय पाठ्यक्रमको सिद्धान्त र अभ्यास विचको अन्तरसम्बन्धको विश्लेषणात्मक अध्ययननामक यस शोधपत्रको मुख्य उद्देश्य स्थानीय पाठ्यक्रमको सिद्धान्त खोजीगर्नु, कार्यन्वयन गरिएको स्थानीय पाठ्यक्रमको अवस्था पत्तालगाउनु र स्थानीइ पाठ्यक्रमको अवस्था सिद्धान्त र अभ्यास बीचको अन्तर सम्बन्धको विश्लेषण गर्नु रहेको छ । गुणात्मक अनुसन्धान ढाँचामा तयार पारिएको शोधपत्रलाई पूर्णताप्रदानगर्नको लागि सुविधाजनक नमूना छनोट विधिको आधारमा चितवन जिल्ला, पिठूवा गा.वि.स. अन्तर्गतमा चारवटा विद्यालयलाई छनोट गरिएको छ । खुल्लाप्रश्नावली र मौखिक अन्तर्वार्ताको आधारमा प्राथमिक तथ्याङ्क संकलन गरिएको छ भने विभिन्न लिखित दस्तावेज, रेकर्ड पुस्तक, पत्रपत्रिकाहरु आदिको माध्यमबाट द्वितिय तथ्याङ्कहरु संकलन गरिएको छ । अध्ययनको क्रममा प्राप्तभएको तथ्याङ्कहरुको व्याख्या विश्लेषण गर्दा ज.जा.र.मा.वि. बाहेक सबै विद्यालयहरुमा स्थानीय विषयको रुपमा सिर्जनात्मक कला राखिएको पाईयो । सबै विद्यालयहरुमा स्थानीय पाठ्यक्रम निर्माण गर्दा विद्यालयहरुलाई मात्र समावेश गर्ने गरेको पाइयो । शिक्षकहरुलाई तालिम दिईएको तर प्रत्येक विद्यालयहरुबाट १\१ जना शिक्षकलाई मात्र खटाईएको पाईयो । सबै विद्यालयहरुमा भ्रमण विधिबाट पनि शिक्षण गरेको पाईयो । स्थानीय पाठ्यक्रम अध्यापनमा विद्यार्थीहरुको रुची सकारात्मक नै रहेको पाईयो । सबै विद्यालयहरुले वार्षिक कार्य योजना बनाउँदा सरोकारवालाहरुलाई मात्र समावेश गरेको पाईयो । विद्यार्थीहरुको मूल्याङ्कनमा परिक्षालाई बढी जोड दिएको पाईयो । स्थानीइ पाठ्यत्रममा पाठ्यभार सामाजिक अध्ययन विषयलाई– ५, शारीरिक शिक्षा विषयलाई ३ र सिर्जनात्मक अभिव्यक्तित्वलाई ३ पाठ्भार छुट्टाईएको पाईयो । अनुगमन र सुपरिवेक्षण स्रोत व्यक्तिद्वारा गर्ने गरेको पाईयो । समग्र अध्ययनबाट पप्त निष्कर्षका आधारमा स्थानीय पाठ्यक्रमलाई प्रभावकारी बनाउन आवश्यकताको पहिचान गरी योजना बनाएर लागू गर्नुपर्ने, निरन्तर रुपमा अनुगमन र सुपरिवेक्षण हुनुपर्ने, विद्यार्थीहरुलाई पृष्ठपोषण प्रदान गर्नुपर्ने, विद्यार्थीहरुको मूल्याङ्कन गर्दा निरन्तर मूल्याङ्कन प्रणाली अपनाउनु पर्ने देखिन्छ ।
URI: https://elibrary.tucl.edu.np/handle/123456789/14592
Appears in Collections:Curriculum and Evaluation

Files in This Item:
File Description SizeFormat 
Cover.pdf75.65 kBAdobe PDFView/Open
Chapter.pdf213.54 kBAdobe PDFView/Open


Items in DSpace are protected by copyright, with all rights reserved, unless otherwise indicated.