Please use this identifier to cite or link to this item: https://elibrary.tucl.edu.np/handle/123456789/19538
Title: सामुदायिक तथा संस्थागत माध्यमिक तहको विद्यार्थी प्रवाहदर र शैक्षिक उपलब्धिको तुलनात्मक विश्लेषण एक अध्ययन : भद्रपुर नगरपालिका, झापा (Community and institutional secondary level student flow rate and academic achievement comparative analysis a study: Bhadrapur municipality, Jhapa
Authors: सापकाेटा Sapkota, कामना Kamana
Keywords: संस्थागत विद्यालय (Institutional School);माध्यमिक तह Secondary level
Issue Date: 2016
Publisher: अर्थशास्त्र शिक्षा विभाग
Institute Name: Central Department of Education
Level: Bachelor
Abstract: प्रस्तुत शाेधपत्र सामुदायिक तथा संस्थागत माध्यमिक तहको विद्यार्थी प्रवाहदर र उपलब्धिको तुलनात्मक विश्लेषण शीर्षकमा झापा जिल्ला भद्रपुर नगरपालिका अर्न्तगतका विद्यालयमा गरिएको एक अध्ययन हो । यस अध्ययनका क्रममा अध्ययन क्षेत्रका सामुदायिक तथा संस्थागत माध्यमिक तहको विद्यार्थी प्रवाहदर पत्ता लगाउनु, सामुदायिक तथा संस्थागत माध्यमिक विद्यालयको प्रतिएकाई विद्यार्थी लागत पत्ता लगाउनु र सामुदायिक तथा संस्थागत विद्यालयको प्रतिएकाई विद्यार्थी लागत र शैक्षिक उपलब्धिको तुलनात्मक विश्लेषण गर्ने उद्देश्य राखी अध्ययन कार्य अगाडि बढाइएको छ । यो शोधपत्र दुई वटा विद्यालयलाई नमूना छनौट गरी अध्ययन अनुसन्धान गरिएको छ । अध्ययनका लागि शोधकर्ता स्वयम उपस्थित भई विद्यालयको विद्याथी प्रवाहदरको अवस्था थाहा पाउन विद्यार्थी, अभिभावक, प्र.अ., विद्यालय परिवार, जिम्मेवार निकाय समेतलाइ प्रत्यक्ष तथा अप्रत्यक्ष अन्तवार्ता, प्रश्नोत्तर, छलफल आदि कार्य सञ्चालन गरिएको छ । यसका लागि तथ्याङ्क संकलन कार्य गुणात्मक साथै परिमाणात्मक विधिबाट प्राथमिक र आवश्यक परेका तथ्याङ्क द्वितिय स्रोतका माध्यमबाट संकलन गरी प्राप्त तथ्याङ्कलाई आवश्यकताअनुसार तालिका र स्तम्भचित्रबाट प्रस्तुत गरी तिनको व्याख्या र विश्लेषण गरिएको छ । प्राथमिक स्रोतबाट तथ्याङ्क संकलन गर्न छुट्टाछुट्टै प्रश्नहरु निर्माण गरी प्र.अ., शिक्षक, विद्यार्थी, अभिभावकलाई प्रत्यक्ष अन्तवार्ता लिइ तथ्याङ्क संकलन गरिएको छ । द्वितीय तथ्याङ्कहरु विभिन्न लेख, रचना, बुलेटिन, पत्रपत्रिका, न.पा., जि.वि.स.को कार्यालय, शिक्षा कार्यालय, केन्द्रिय तथ्याङ्क विभाग, अन्य प्रकाशित र अप्रकाशित तथ्याङ्कलाई साथै विद्यालयका विद्याथी अभिलेखबाट संकलन गरिएको छ । यस अध्ययनमा सामुदायिक विद्यालयको भन्दा संस्थागत विद्यालयको विद्यार्थी प्रवाहदर उच्च देखिनुका साथै उपलब्धिस्तर पनि राम्रो पाइएको छ । सामुदायिक र संस्थागत विद्यालयको प्रवाहदरलाई हेर्दा शैक्षिक सत्र २०७१ र ०७२ लाई आधार मान्दा कक्षा ९ मा कुल १६२ र कक्षा १० मा १७७ जना विद्यार्थी भर्नादर देखिएको छ । त्यस्तै संस्थागत विद्यालयमा विद्यार्थी प्रवाहदर अवलोकन गर्दा शैक्षिक सत्र २०७१ – ०७२ लाई आधार मान्दा कक्षा ९ मा कुल २०८ र कक्षा १० मा कुल २१७ जना विद्यार्थी भर्नादर देखिन्छ । माथिको तथ्याङ्कबाट के स्पष्ट हुन आउँछ भने सामुदायिक भन्दा संस्थागत विद्यालयतर्फ बालबालिकाहरु आकर्षित भएको देखिन्छ । त्यसैगरी विद्यार्थी उत्तीर्णदरलाई हेर्दा सामुदायिक तर्फ शै.सं. २०७१–०७२ मा कक्षा ९ मा कुल १४६ र कक्षा १० मा १४२ उत्तीर्ण भएका छन भने संस्थागत तर्फ कक्षा ९ मा २०० र कक्षा १० मा २१३ जना उत्तीर्ण भएका छन । यसलाई हेर्दा भर्नादर भन्दा कम विद्यार्थी सामुदायिक विद्यालयमा उत्तीर्ण भएको देखिन्छ भने संस्थागत तर्फ भर्ना भएका विद्यार्थी सामदायिकमा भन्दा संस्थागत विद्यालयमा उत्तीर्णदर बढि रहेको पाइन्छ । कक्षा दाहो¥याउने दरलाई हेर्दा सामुदायिक भन्दा संस्थागत विद्यालयमा कम देखिन्छ र कक्षा बिचैमा छाडने दर पनि सामुदायिक भन्दा संस्थागत विद्यालयमा न्यून रहेको छ । जहाँ सामुदायिक विद्यालयमा शै.स. २०७१ – ०७२ मा कुल विद्यार्थी मध्येबाट कक्षा ९ मा ११ जनाले कक्षा छाडेका छन भने कक्षा १० मा २९ जनाले कक्षा छाडेको तथ्याङ्कबाट प्राप्त हुन आउँछ । संस्थागत विद्यालय अन्र्तगत शैक्षिक सत्र २०७१ – ०७२ वर्षको तथ्याङ्कलाई हेर्दा कक्षा ९ मा कुल विद्यार्थीहरुमध्येबाट ४ जना र कक्षा १० मा २ जनाले कक्षा छाडेको देखिन्छ । सामुदायिक विद्यालय र संस्थागत विद्यालयको औसत विद्यार्थी प्रवाहदर हेर्दा सामुदायिकतफ २ वर्षको शै.स. मा कक्षा ९ मा १६२ जना विद्यार्थी भर्ना भएकामा १४६ उत्तीर्ण, ११ जनाले कक्षा छाडेका र ५ जनाले कक्षा दोहो¥याइएको पाइयो भने कक्षा १० मा हेर्दा १७७ जना विद्यार्थी भर्ना भएकामा १४२ जना उत्र्तीण, २९ जनाले कक्षा छाडेका र ६ जनाले कक्षा दोहो¥याइएको पाइयो । संस्थागत विद्यालयतर्फ शै.सं. २०७१–०७२ मा कक्षा ९ मा २०८ विद्यार्थी भर्ना भएकामा २०० जना उत्र्तीण र ४ जनाले कक्षा छाडेका, ४ जनाले कक्षा दाहो¥याइएको पाइयो । कक्षा १० मा २१७ जना विद्यार्थी भर्ना भएकामा २÷३ जना उत्र्र्तीण र २ जनाले कक्षा छाडेको १ जनाले कक्षा दोहा¥याइएको पाइयो । यसरी हेर्दा शिक्षा क्षेत्रमा गरेको लगानी अनुरुप उपलब्धि प्राप्त नभएको कुरा सामुदायिक विद्यालयको तथ्याङ्कलाई हेर्दा प्रष्ट हुन आउँछ । सामुदायिक तथा संस्थागत विद्यालयको लागतलाई हेर्दा सामुदायिक तर्फ सरकारी लागत बढि देखिन्छ भने संस्थागत तर्फ अभिभावकको लागत बढी देखिएको छ जसले गर्दा सामुदायिक विद्यालयको भन्दा संस्थागत विद्यालयको उपलब्धिस्तर पनि उच्च नै देखिन्छ । सामुदायिक र संस्थागत विद्यालयको लागतलाई हेर्दा सामुदायिक विद्यालयमा शै.स. २०७१ मा कक्षा ९ मा वाषिक खर्च रु. २००० हुने गर्दछ भने कक्षा ९ मा शै.स. २०७२ मा रु. २१५० जुन कक्षा सुरु भएपछि एकमुष्ट रुपमा सामुदायिक विद्यालयले अभिभावक तथा विद्यार्थीबाट विभिन्न शिषकहरुमा राखी रकम लिने गर्दछ जुन विद्यार्थीको माध्यमिक तहको वार्षिक लागत रहेको छ । त्यस्तै शै.स. २०७१ मा सामुदायिक विद्यालयको कक्षा १० मा रु.२२०० र शै.स. २०७२ मा रु.२५०० रकम विद्यार्थीले माध्यमिक तहको शिक्षा प्राप्त गर्न खर्च गरेको देखिन्छ । अध्ययन क्षेत्रको संस्थागत माध्यमिक विद्यालयमा शै.स. २०७१ मा कक्षा ९ मा प्रतिविद्यार्थी वार्षिक लागत रु.१८०० रहको जुन सामुदायिक विद्यालयको भन्दा अत्यन्तै उच्च रहेको छ । शै.स. २०७२ मा कक्षा १० मा प्रतिविद्यार्थी वार्षिक लागत रु.१८८०० रहको छ र समग्रमा भन्दा सामुदायिक मा.वि. तहमा सरकारी अनुदान प्राप्त हुनाले अभिभावकको लागत कम रहेको पाउन सकिन्छ जहाँ प्रतिविद्यार्थी वार्षिक औसत लागत कक्षा ९ मा रु.२०७५ र कक्षा १० मा रु.२३५० रहेको छ । संस्थागत विद्यालय नाफामा प्रेरित हुने हुदा सम्पुर्ण आम्दानीको स्रोत नै अभिभावक रहका छन जसले यहाँको विद्यार्थी वार्षिक लागत पनि बढिरहेको छ । संस्थागत विद्यालयको कक्षा ९ मा रु.१८४०० र कक्षा १० मा रु.२०४७५ औसत लागत रहेको छ । सामुदायिक तथा संस्थागत माध्यमिक तहमा लगानी र उपलब्धिलाई हेर्दा के अनुमान लगाउन सकिन्छ भने शैक्षिक उपलब्धि बढाउनका लागि लगानी बढाए अनुरुप व्यवस्थापकीय कुरामा पनि ध्यान दिनुपर्ने देखिन्छ । सुधारित शिक्षा प्रणाली, विद्यालयमा कडा अनुशासन बालमैत्री शिक्षा पद्धति, तालिमको पुर्नताजगी, शिक्षकको पेशागत क्षमताको विकास तथा कदर, स्वच्छ शैक्षिक वातावरण साथै भौतिक तथा शैक्षिक व्यवस्थापन पनि उच्च शैक्षिक उपलब्धी प्राप्त गर्ने माध्यमको रुपमा रहेको पाइन्छ । अन्त्यमा यस अध्ययनबाट प्राप्त नतिजाको आधारमा बालबालिकाको कक्षा बालमैत्री हुनुपर्न े, शिक्षक प्राध्यापकहरुलाई तालिमको व्यवस्था, छात्रवृत्तिको व्यवस्था, विद्यालयको भौतिक सुधार, सरोकारवालाहरुलाई सचेतनामूलक कार्यक्रम सञ्चालन गर्ने सुझावहरु, विद्यालयमा विद्यार्थी प्रवाहदर बढाउने रणनीतिहरु कार्यान्वयन र नीतिसँग सम्बन्धित सुझाव, प्रयोगात्मक र आगामी अध्ययनका लागि आवश्यक सुझावहरु प्रस्तुत गरिएको छ ।
URI: https://elibrary.tucl.edu.np/handle/123456789/19538
Appears in Collections:Economics Education

Files in This Item:
File Description SizeFormat 
Cover Page.pdf228.21 kBAdobe PDFView/Open
Chapter Page.pdf715.92 kBAdobe PDFView/Open


Items in DSpace are protected by copyright, with all rights reserved, unless otherwise indicated.