Please use this identifier to cite or link to this item: https://elibrary.tucl.edu.np/handle/123456789/20649
Title: घनश्याम कँडेलका प्रबन्धकाव्यमा रस {Ghanshyam Kandelka prabandh kavyama ras}
Authors: अधिकारी Adhikari, चक्रप्रसाद Chakra Prasad
Keywords: पाैराणिक प्रबन्धकाव्य Pouranik Prabandhkavya;रसतत्व Rashtatwa
Issue Date: 2023
Publisher: नेपाली संकाय
Level: Ph.D.
Abstract: नेपाल संस्कृत विश्वविद्यालय अनुसन्धान केन्द्रसमक्ष नेपाली विषयमा विद्यावारिधि उपाधिप्राप्तिका लागि प्रस्तुत यस शोधकार्यको शीर्षक ‘घनश्याम कँडेलका प्रबन्धकाव्यमा रस’ रहेको छ । वि.सं. २००२ सालमा धादिङ जिल्लाको मलेखु बजार नजिक रिचोक्टार गाउँमा जन्मेका कवि घनश्याम कँडेल नेपाली साहित्य र समालोचना क्षेत्रका विशिष्ट प्रतिभा हुन् । उनका देवयानी (२०३९), उज्यालोतिर (२०५५), वनको क्रन्दन (२०५८), आँसुका अक्षर (२०६०), विश्वामित्र–मेनका (२०६६), धृतराष्ट्र (२०७३) र २०७८ भाद्रमा प्रकाशित सम्यक् सम्बुद्ध प्रबन्धकाव्य यस शोधकार्यमा अध्ययनका लागि समेटिएका छन् । कुनै कृतिमा आद्योपान्त सन्निहित रहने शृङ्खला वा सम्बन्ध नै प्रबन्धत्व हो । त्यस्तो सम्बन्ध विचार, विषय, भाव वा कथा कुनैको पनि हुन सक्छ । काव्यग्रन्थमा प्राप्त हुने यही एकवाक्यता वा पारस्परिक अन्तर्सम्बन्धबाट प्रबन्धकाव्य प्रतिफलित हुन्छ । प्रबन्धकाव्यका मुख्य दुई रूप छन्– महाकाव्य र खण्डकाव्य । यस शोधप्रबन्धमा कँडेलका छवटा खण्डकाव्यको रसविधानका दृष्टिले अध्ययन गरिएको छ भने पछिल्लो पटक प्रकाशित महाकाव्य ‘सम्यक् सम्बुद्ध’ (२०७८) को सामान्य परिचयमात्र उल्लेख गरिएको छ । प्रस्तुत शोधकार्यको मूल प्राज्ञिक जिज्ञासा कँडेलका प्रबन्धकाव्यहरूमा प्रयुक्त रसतत्त्वको खोजी गर्नु हो । यस अध्ययनका लागि आवश्यक सामग्री मूलतः पुस्तकालय र व्यक्तिगत सङ्कलनबाट जुटाइएको छ । यसमा अंशतः क्षेत्रीय विधिको पनि प्रयोग गरिएको छ । कँडेलका विश्लेष्य प्रबन्धकाव्यको छनोटका लागि समष्टिगत विधि, विश्लेषणका लागि निगमन विधि र अंशत आगमन विधिको समेत प्रयोग गरिएको छ । संस्कृत साहित्यको रसवादी समीक्षा पद्धति नै यस शोधमा सामग्री विश्लेषणको मूल आधार हो । सोही आधारमा उपलब्ध सामग्रीको अध्ययन अनुशीलन गरेर उपलब्ध निष्कर्षको उपस्थापन गर्ने काम यस शोधमा गरिएको छ । कवि घनश्याम कँडेलका प्रबन्धकृतिको अध्ययन अनुसन्धान माथि उल्लेख गरिए बमोजिम भए तापनि रसविधानका दृष्टिले उक्त कृतिहरूको अध्ययन अनुसन्धान भएको देखिन्न । तसर्थ उक्त कमीलाई पूर्णता दिन घनश्याम कँडेलका प्रबन्धकाव्यमा रस शीर्षकमा गरिएको प्रस्तुत अनुसन्धान नितान्त भिन्न र नौलो रहेको छ । प्रस्तुत शोधकार्यबाट घनश्याम कँडेलका प्रबन्धकाव्यहरूलाई रससिद्धान्तका दृष्टिले विवेचना गर्ने नवीन उपक्रम प्रारम्भ भएको छ । कवि घनश्याम कँडेलका पौराणिक प्रबन्धकाव्य, सामाजिक, प्राकृतिक र शोकपरक प्रबन्धकाव्यजस्ता छवटा काव्यहरूलाई रसविधानका दृष्टिले गहन अध्ययन गरी यथेष्ट प्रामाणिक स्रोत उल्लेख गरी उक्त काव्यहरूका अङ्गीरस र अङ्गरसहरूको स्पष्ट व्याख्या गरी निष्कर्ष निकालिएको छ । प्रस्तुत अध्ययनको विधि, प्रक्रिया र निष्कर्षलाई अन्य यस्तै खालका अनुसन्धानमा समेत उपयोग गर्न सकिन्छ । नेपाली साहित्यको कविता विधाका सशक्त प्रतिभा घनश्याम कँडेलको जीवनी, व्यक्तित्व र कृतित्वबिचको अन्तर्सम्बन्धको उत्खनन यो शोधको महत्त्वपूर्ण प्राप्ति हो । यस अनुसन्धानले घनश्याम कँडेललाई रससचेत विशिष्ट कविका रूपमा चिनाउनुका साथै नेपाली भाषासाहित्यको क्षेत्रमा काम गर्ने प्राध्यापक, लेखक र साहित्यका पाठक एवम् विद्यार्थीसमेतलाई उपयुक्त बौद्धिक खुराक प्रदान गरेको छ ।
URI: https://elibrary.tucl.edu.np/handle/123456789/20649
Appears in Collections:Nepali

Files in This Item:
File Description SizeFormat 
Cover.pdf208.5 kBAdobe PDFView/Open
Thesis.pdf1.39 MBAdobe PDFView/Open


Items in DSpace are protected by copyright, with all rights reserved, unless otherwise indicated.