Please use this identifier to cite or link to this item: https://elibrary.tucl.edu.np/handle/123456789/21231
Title: नेपालमा कटवाल सञ्चार विधिको प्रयोग : डोटी जिल्लाको एक अध्ययन
Authors: Bahadur Rokaya, Gautam
Keywords: नेपालमा कटवाल सञ्चार
Issue Date: 29-Mar-2023
Level: Masters
Abstract: शदियौँदेखि परम्परागत सञ्चार विधिहरु नेपाली समाजमा प्रयोगमा छन् र उपयोगी पनि छन् तर यस्ता सञ्चार विधिहरुको बारेमा खोज गरी सञ्चार क्षेत्रको दायरा फराकिलो पार्ने कार्य भएको पाइँदैन । यस्ता सञ्चार विधिहरु बहुमुल्य सामाजिक सम्पत्ति भएपनि परम्परागत मान्यता, प्रथा आदि दृष्टिकोणबाट ओझेलमा परेका छन् । नेपाली समाजमा कायम ध्वनीमा आधारित परम्परागत विभिन्न सञ्चार विधिहरुमध्ये कटवाल सञ्चार विधिलाई विगतमा सरकारी सञ्चार माध्यम सरह मान्यता दिइएकाले नेपाली समाजमा यसको सामाजिक, ऐतिहासिक र प्रशासनिक महत्व छ । यस अध्ययनमा कटवाल सञ्चार विधि प्रयोगको विगत र वर्तमान अवस्था आदिका बारेमा खोजी गर्ने प्रयास गरिएको छ । यसका लागि कटवाल सञ्चार विधिका बारेमा जानकार व्यक्तिहरु, कटुवाल, पत्रकार आदि गरी १५ जनासँग अन्तर्वार्ता लिई तथ्याङ्क संकलन गरिएको छ । यस क्रममा पर्व, उत्सव निमन्त्रणा, मृत्यु–मलामी, धार्मिक कार्यहरु, समाजिक कार्यमा, सरकारी काम, विपद् तथा महामारी सम्वन्धी सूचनाहरुको जानकारी दिन यो सञ्चार विधिले महत्वपूर्ण भूमिका खेलेको पाइएको छ । कटवालको परम्परागत शैलीमा परिवर्तन आएको छ । वर्तमानमा कटवालले सूचना सम्प्रेषण गर्दा हाते माइक तथा आधुनिक ध्वनीवर्धक यन्त्रहरुको समेत प्रयोग गरेको पाईन्छ । साथै विभिन्न धुनहरु मिसाई सन्देशहरुलाई श्रुतिमधुर बनाई आधुनिक ध्वनीवर्धक यन्त्रमार्फत बजाउने परिपाटीको पनि विकास भएको छ । यसलाई कटुवालको परम्परागत शैलीमा रुपान्तरण भएको मान्न सकिन्छ । वर्तमान समयमा आधुनिक सञ्चार माध्यमको बढ्दो प्रयोगले परम्परागत सञ्चार विधिहरु ओझेलमा परेका भएपनि बहुभाषा र संस्कृतिको धनी हाम्रो समाजमा एउटै भाषाको प्रयोग गरी सूचना प्रसारण गर्दा प्रभावकारी नहुने भएकाले आवश्यकता अनुसार आधुनिक र परम्परागत दुवै सञ्चार विधिहरुको समयानुसार प्रयोग हुँदा सूचना सबैको पहुँचमा हुने देखिन्छ ।
URI: https://elibrary.tucl.edu.np/handle/123456789/21231
Appears in Collections:Journalism & Mass Communication

Files in This Item:
File Description SizeFormat 
gautam final.pdf1.62 MBAdobe PDFView/Open


Items in DSpace are protected by copyright, with all rights reserved, unless otherwise indicated.