Please use this identifier to cite or link to this item: https://elibrary.tucl.edu.np/handle/123456789/21439
Title: कसाई जातिमा देखापरेकाे सामाजिक परिवर्तन (पाेखरा उपत्यकाका कसाई जातिमा आधारित एक समाजशास्त्रीय अध्ययन) Kasai jatima dekhapareko samajik parivartan (Pokhara upatykaka Kasai jatima aadharit ek samajshastriya adhyayan)
Authors: अधिकारी Adhikari, सन्तोष Santosh
Keywords: कसाइ जाति Kasai jati;मासु व्यापार Masu vyapar
Issue Date: 2008
Publisher: समाजशास्त्र विभाग
Institute Name: Prithivi Narayan Campus, Pokhara
Level: Masters
Abstract: प्राचीनकालदेखि नै नेपाल एक बहुजातीय बहुभाषीय र विविधतामा एकता भएको एक भूपरिवेष्ठित, स्वतन्त्र सार्वभौमसत्ता सम्पन्न लोकतन्त्रात्मक अधिराज्य हो । देशभित्रका सम्पूर्ण जनजातिहरूको भाषिक, सामाजिक, आर्थिक, राजनैतिक, धार्मिक, सास्कृतिक, ऐतिहासिक अवस्थाहरू लोप हुन नदिन सही किसिमको अध्ययन अनुसन्धान हुनुपर्ने आजको आवश्यकता रहेको छ । यो शोध–पत्रमा गण्डकी अञ्चल कास्की जिल्लाअन्र्तगत पोखरा उप–महानगर पालिकामा बसोबास गर्दे आएका नेवार जातिभित्रको अछूत भनिने जातिअन्र्तगत कसाई जातिको सामाजिक परिवर्तनको एक समाजशास्त्रीय अध्ययन गरिएको छ । जसमा कसाई जातिको उद्गम स्थल र बसोबास स्थलबारे जानकारी, सामाजिक परिवर्तनको पहिचान गरिएको छ । यो अध्ययनमा अनुसन्धान विधिको रूपमा नमूना छनौट विधि प्रयोग गरी जम्मा ६४ घर परिवारवाट ३० घर परिवारको घरधुरी सर्वेक्षण, जान्नेबुझ्ने व्यक्तिसँगको अन्तर्वाता लिई तथ्याङ्क सङ्कलन गरी सङ्ख्यात्मक र व्याख्यात्मक रूपमा प्रस्तुत गरिएको छ कसाई जातिको परम्परागत पेशा पशुपालन गरी दुध बेच्ने भए तापनि यिनीहरूको मुख्य पेशा भने मासु व्यापार नै हो । यस पेशालाई समाजका अन्य जातिहरूले पनि गर्दे आएका कारणले गर्दा यिनीहरूको पेशामा निकै ठूलो असर पारेको छ । कसाई जातिहरू नेवार जातिभित्र पर्ने जाति भएका कारण यिनीहरू मुख्यतः काठमाण्डाँै, भक्तपुरमा वसोवास गर्दे आएको पाइन्छ । यिनीहरू काठमाण्डौ, भक्तपुर, पाल्पा, गोरखा लगाएतका केहि जिल्लावाट वसाई सराई गरी पोखरामा बसोबास गर्नेको सङ्ख्या पनि धेरै नै रहेको छ । यिनीहरू पहिला सबै हिन्दू हुन भने अहिले अन्य धर्मतिर लागेको पाइन्छ । यिनीहरूको शैक्षिक अवस्थामा निकै सुधार भएको पाइन्छ । महिलाहरूलाई आत्मनिर्णयको अधिकार दिइएको छ । यिनीहरू धामी, झाक्र्रीमा विश्वास गर्ने गर्दछन् । यिनीहरूले सामाजिक कार्य गर्नका लागि गुठीको स्थापना गरेका छन् । यीनीहरूको मुख्य सामाजिक तथा धार्मिक कार्य गुठीअन्र्तगत हुने गरेको छ । गुठीमा हाल जेठा गुठी, माइला गुठी र कान्छा गुठी गरी ३ प्रकारका गुठी रहेका छन् ।
URI: https://elibrary.tucl.edu.np/handle/123456789/21439
Appears in Collections:Sociology

Files in This Item:
File Description SizeFormat 
Full Thesis.pdf469.07 kBAdobe PDFView/Open


Items in DSpace are protected by copyright, with all rights reserved, unless otherwise indicated.