Please use this identifier to cite or link to this item: https://elibrary.tucl.edu.np/handle/123456789/21669
Title: समुदायद्वारा व्यवस्थित विधालयकाे स्राेत व्यवस्थापन {Samudaydwara vyabsthit vidyalayko srot vyasthapan}
Authors: भट्टराई Bhattarai, जीवन Jeevan
Keywords: सामुदायिक विद्यालय Samudayik bidyalaya;प्राथमिक विद्यालय Prathimik Vidyalay;स्रोत व्यवस्थापन Srot vyabasthapan
Issue Date: 2011
Publisher: शैक्षिक योजना तथा व्यवस्थापन विभाग
Level: Masters
Abstract: प्रस्तुत शोध अध्ययनको शीर्षक समुदायद्वारा व्यवस्थित विद्यालयको स्रोत व्यवस्थापन रहेको छ । यस अध्ययनको मुल उद्देश्य समुदायद्वारा व्यवस्थापन गरिएका प्राथमिक विद्यालयहरुको भौतिक र आर्थिक स्रोत व्यवस्थापनको अवस्था पत्ता लगाउनु, स्रोत व्यवस्थापनमा रहेका चुनौतिहरु पहिल्याउनु र स्रोत व्यवस्थापनको अवस्थाको विश्लेषण गर्नु रहेको छ । यो अध्ययन कार्य सम्पन्न गर्ने सिलसिलामा वर्णनात्मक तथा विश्लेषणत्मक ढाँचाको प्रयोग गरिएको छ । यो अध्ययनको लागि झापा जिल्लाका समुदायमा व्यवस्थापन हस्तान्तरण गरिएका सबै प्राथमिक विद्यालयहरुलाई कुल जनसंख्याको (ग्लष्खभचकभ) को रुपमा लिइएको छ । जसमा उद्देश्यमूलक नमुना छनौटको आधारमा समुदायमा व्यवस्थापन हस्तान्तरण गरिएका पथरिया गा.वि.स.को १ वटा र भद्रपुर नगरपालिकाको १ वटा गरी जम्मा २ वटा प्राथमिक विद्यालयहरुलाई मात्र नमुना छनौट गरिएको छ । तथ्याङ्क संकलनका लागि अवलोकन फारम, अन्तरवार्ता निर्देशिका, लक्षित समुह छलफल निर्देशिका र सर्वेक्षण फारमको निर्माण एवम् प्रयोग गरी तथ्याङ्क संकलन कार्य सम्पन्न गरिएको छ । यसमा विद्यालयका प्र.अ., विद्यालय व्यवस्थापन समितिका पदाधिकारी, शिक्षक अभिभावक संघका पदाधिकारी, विद्यार्थी र अभिभावकहरुलाई उद्देश्यमूलक छनौटको आधारमा नमुनाको रुपमा लिएर प्राथमिक तथ्याङ्क संकलन गरिएको छ । सामुदायिक विद्यालयको भौतिक स्रोतको अध्ययन गदा समुदायमा हस्तान्तरण भएपछि भौतिक व्यवस्थापनमा उल्लेख्य सुधार भएपनि अझै विद्यालयहरुमा खानेपानी, घेरावारा र खेलमैदान जस्ता पूर्वाधारको समस्याहरु रहेको देखियो । आर्थिक स्रोतको अवस्था विश्लेषण गर्दा आम्दानीको मुख्य स्रोत सरकारी अनुदान रहेको पाइयो भने अधिकांश रकम तलब भत्ता र प्रशासनिक कार्यमा खर्च हुने गरेको पाइएता पनि जनसहभागिता वृद्धि भई व्यवस्थापनमा जवाफदेहिता बढेकाले क्रमिक रुपमा सुधार हुँदै गएको पाइयो । विद्यालयमा आयवृद्धिको स्रोतको लागि जन परिचालन गरी आर्थिक सहयोग तथा श्रमदान कार्यक्रम संचालन गर्ने, अनावश्यक खर्चलाई घटाई खर्च बचत योजना बनाउने, स्थानीय निकायहरुले आफ्नो बजेटको निश्चित रकम विद्यालयलाई दिनुपर्ने नीति तथा कानून बनाउनुपर्ने र शहरी क्षेत्रको तुलनामा ग्रामीण क्षेत्रमा सरकारी लगानीमा वृद्धि गरी सरोकारवालालाई विद्यालयको निर्णय प्रक्रियामै सामेल गराई समुदायमा अवस्थित विद्यालयप्रति अपनत्वको भावना जागृत गराउने यस अध्ययनको सुझावहरु रहेका छन् । स्रोत व्यवस्थापनका चुनौतिहरुमा विद्यार्थी शुल्क उठाउनमा कठिनाई, अभिभावकको कमजोर आर्थिक अवस्था, विद्यालयको दिगो आर्थिक स्रोतको अभाव, स्थानीय निकाय र संघसंस्थाहरुको सहयोगमा निरन्तरता र पारदर्शिता नहुनु, मूल्याङ्कन, अनुगमन तथा तालिमको अभाव आदि रहेका छन् । साथै समुदायद्वारा व्यवस्थापनको जिम्मा लिएपछि खासगरी ग्रामीण क्षेत्रमा अवस्थित विद्यालयमा भन्दा शहरी क्षेत्रमा अवस्थित विद्यालयमा स्रोत व्यवस्थापन सम्बन्धमा भएका राम्रा अभ्यासहरुमा आर्थिक कारोवारमा पारदर्शिता, भौतिक स्रोत व्यवस्थापनमा सुधार, जनसहभागितामा वृद्धि, छात्रवृत्ति कार्यक्रममा पारदर्शिता, बचतको शुरुवात आदि तुलनात्मकरुपमा राम्रो रहेको पाइएको छ ।
URI: https://elibrary.tucl.edu.np/handle/123456789/21669
Appears in Collections:Education Planning & Management

Files in This Item:
File Description SizeFormat 
Cover Page.pdf44.9 kBAdobe PDFView/Open
Chapter Page.pdf261.29 kBAdobe PDFView/Open


Items in DSpace are protected by copyright, with all rights reserved, unless otherwise indicated.