Please use this identifier to cite or link to this item: https://elibrary.tucl.edu.np/handle/123456789/7341
Title: कक्षा ७ मा अध्ययनरत पहरी भाषा हुने विद्यार्थीहरूले स्तरीय भाषा सिक्दा गर्ने उच्चारणगत त्रुटिहरूको अध्ययन {Pahari language students studying in class 7 learn standard language Study of Pronunciation Errors}
Authors: थापा Thapa, सरिता Sarita
Keywords: उच्चारणगत त्रुटि Pronunciation Errors;पहरी भाषा Pahari language
Issue Date: 2007
Publisher: नेपाली केन्द्रीय विभाग
Institute Name: Central Department of Nepali
Level: Masters
Abstract: त्रिभुवन विश्वविद्यालय शिक्षाशास्त्र सङकाय नेपाली शिक्षा विभागअन्तर्गतस्नातकोत्तर नेपाली दोस्रो वर्षको पाठयांश ५९८ को उद्देश्य पूरा गर्न तयार पारिएको यसशोधको शीर्षक “कक्षा ७ मा अध्ययनरत पहरीभाषा हुने विद्यार्थीहरूले स्तरीय भाषा सिक्दागर्ने उच्चारणगत त्रुटि रहेको छ । यस शोधका उद्देश्य पहरी भाषी विद्यार्थीहरूले नेपालीभाषाको उच्चारणमा गर्ने त्रुटि पत्ता लगाउनु, ती त्रुटिहरू हुने कारण पत्ता लगाउनु रत्रुटिहरू निराकरणका लागि आवश्यक सुझाव प्रस्तुत गर्नु रहेको छ । प्रस्तुत शोधपत्रलाई निम्न सीमाभित्र राखी तयार पारिएको छ । क्षेत्रीय सामग्रीसङ्कलन विधिको प्रयोग गरिएको यस शोधमा नमुना छनोट सामग्री सङ्कलन, व्याख्या तथाविश्लेषण मुख्य रुपमा रहेका छन । दोस्रो अध्यायमा पहरी भाषाको चिनारी, दिने विभिन्न पक्षहरूको उल्लेख छ ।यिनीहरूको पृष्ठभूमि वा उत्पत्ति, बसोवास, पारिवारिक स्थिति, भाषा शारीरिक बनोट,यिनीहरूले प्रयोग गर्ने पहिरन तथा गरगहना, पेसा, परम्परागत जीवनचक्र(जन्म, न्वारन,पास्नी , छेवर व्रतबन्ध, वैवाहिक कर्म, मृत्युकर्म) यिनीहरूले मनाउने चाडपर्व र आर्थिकअवस्था जस्ता पक्षहरूको उल्लेख गरी छोटकरीमा जानकारी दिइएको छ । तेस्रो अध्यायमा त्रुटिविश्लेषणको सैद्धान्तिक अवधारणा शीर्षक दिइएको छ ।त्रुटिविश्लेषणको परिचय दिदै यसको महत्व हरूलाई स्पष्ट पार्न खोजिएको छ । त्रुटिकाप्रकृति र वर्गीकरणलाई वृक्षारेखमा देखाई क्रमैसँग तिनको परिचय दिइएको छ । त्यसपछित्रुटिविश्लेषण प्रक्रियाको उल्लेख गर्दै वृक्षारेखमा देखाइएको छ र तिनको परिभाषा क्रमैसँगदिइएको छ । अध्याय चारमा उच्चारणगत त्रुटिहरूको पहिचान र व्याख्या, विश्लेषण, नामदिइएको छ । उच्चारणमा हुने त्रुटिहरूको क्रमैसँग पहिचान गरी व्याख्या र विश्लेषणगरिएको छ । त्रुटिगत शब्दहरू प्हिचान गरी तिनीहरूको छुट्टाछुट्टै तालिका बनाइ स्पष्ट रूपमा व्याख्या विश्लेषण गरिएको छ । त्रुटि उच्चारण हुने कारणहरूको पनि यसअध्यायमा उल्लेख गरिएको छ । पाँचौ अध्यायमा उपसंहार वा अन्तिममा पुरै अध्ययनको निष्कर्ष र सुझाव दिइएकाछ । जसले त्रुटिकर्ताहरूलाई के कति कारणले त्रुटि हुने रहेछ भन्ने कराको जानकारीहुनुका साथै सावधानी अपनाउनमा सहयोग पु¥याउँछ
URI: https://elibrary.tucl.edu.np/handle/123456789/7341
Appears in Collections:Nepali

Files in This Item:
File Description SizeFormat 
thesis.pdf384.31 kBAdobe PDFView/Open


Items in DSpace are protected by copyright, with all rights reserved, unless otherwise indicated.