Please use this identifier to cite or link to this item: https://elibrary.tucl.edu.np/handle/123456789/7445
Title: कक्षा ६ मा अध्ययनरत विद्यार्थीको पठनबोध क्षमताको अध्ययन {Study of Reading Comprehension of Students Studying in Class 6}
Authors: पौडेल Poudel, ईश्वरा Ishwara
Keywords: पठनबोध क्षमता Reading comprehension;लैङ्गिक Gender
Issue Date: 2010
Publisher: शिक्षाशास्त्र सङ्काय नेपाली भाषा
Level: Masters
Abstract: शोध शीर्षक ः कक्षा ६ मा अध्ययनरत विद्यार्थीको पठनबोध क्षमताको अध्ययनशोधाथी ः ईश्वरा पौडेलशोध निर्देशक ः श्री प्रेमप्रसाद भट्टराइविभाग÷क्याम्पस ः नेपाली शिक्षा विभाग, सुकना बहुमुखी क्याम्पस, इन्द्रपुर, मोरङ ।शैक्षिक वष ः २०६३–२०६५पृष्ठ संख्या ः ५०अध्यायहरू ः ६ प्रस्तुत शोधपत्र त्रि.वि. शिक्षाशास्त्र सङकायअन्तर्गत नेपाली शिक्षा विषयकास्नातकोत्तर तह(एम.एड.) पूरा गर्ने प्रयोजनका लागि तयार पारिएको हो । विद्यालय स्तरमाकक्षा ६ मा अध्ययनरत विद्यार्थीको पठनबोध क्षमताको अध्ययन गर्दै क्षेत्र, लिङग भाषिकपृष्ठभूमि र विद्यालयको प्रकृतिका आधारमा तुलनात्मक रूपमा पठनबोधको अध्ययन–विश्लषण गरी प्राप्त भएको निष्कर्षको प्रस्तुतीकरण र सो का आधारमा सम्बन्धित विषयमासुझाव लिने मल उद्दश्यका साथ थालिएको यस अनुसन्धानमा प्रथम अध्यायमा शोधकापरिचय राखिएको छ । जसमा शीर्षक,शोध प्रयोजन, समस्या कथन, उद्देश्य, महत्व, औचित्य,अध्ययनको सीमानिर्धारण र शोधपत्रको रूपरेखालाई क्रमैसँग प्रस्तुत गरिएको छ । यस शोधपत्रको दोस्रो अध्यायमा पूर्वकार्यको समीक्षा प्रस्तुत गरिएको छ । यसक्रममा पठनबोध विषयका सैद्धान्तिक सामग्री समेटिएका पाठयपुस्तक र सन्दर्भपुस्तककासामान्य चर्चाका साथमा सम्बन्धित विषय क्षेत्रमा भए–गरेका अनुसन्धानको सङक्षेपीकृतप्रस्तुतीकरण गरिएको छ । यसो गर्दा गरिएका अध्ययनहरूको सारलाई तालिकीकृत रूपमामेटा टेबलमा देखाइएको छ । यस शोधपत्रको तेस्रो अध्यायमा यस अध्ययन कार्यलाई सम्पन्न गर्न अपनाइएकाविधि र प्रक्रियाको उल्लख भएको छ । यस शोध कार्यलाई सम्पन्न गर्न तथ्याङक सङकलनका लागि मलतः सवेक्षण विधिको प्रयोग गरिएको, तथ्याङक सङकलनका लागिभोजपुर जिल्लाका दुई सामुदायिक र दुई नीजि गरी जम्मा चारवटा विद्यालयका जम्मा ८०जना विद्यार्थीलाई जनसङख्याका रूपमा मानी उनीहरूको पठनबोधको परीक्षण गर्ने क्रममाप्रश्नावलीसहित परीक्षा लिइएको र सोबाट प्राप्त तथ्याङकको तुलनात्मक अध्ययन–विश्लषणगरिएको छ । शोधपत्रको अध्याय चारमा पठनबोधको सैद्धान्तिक जानकारी प्रस्तुत गरिएका छ । यसमापठनबोधमा प्रवेश गनका लागि बोधको परिचय र पकारसँग, पठनबोधको तह र चरणहरू,शिक्षणक्रम, यसलाई प्रभावित पार्ने तत्वहरू, नि.मा.वि. तहको अनिवार्य नेपाली विषयकापाठयक्रममा लखिएका पठनबोधसँग सम्बन्धित उद्देश्य र कक्षा ६ को कक्षागत उद्देश्यकासङक्षिप्त विश्लषण र पठनबोध शिक्षण क्रियाकलाप शीर्षकमा थोरै सद्धान्तिक जानकारीउल्लेख गरिएको छ । प्रस्तुत शोधपत्रको पाँचौ अध्यायमा प्राप्त भएको तथ्याङकको व्याख्या तथा विश्लषणगरिएको छ । यसमा पथमतः सबै विद्यार्थीको दष्टांश, अदृष्टांश र समग्रमा बोधको विश्लेषणगरिएको छ भने ततपश्चातक्षेत्र, लिङग, मातृभाषा र विद्यालयको प्रकतिका आधारमा प्राप्तनतिजाको तुलनात्मक विश्लेषण गरिएको छ । यसमा तथ्याङकको तालिकीकृत प्रस्तुतीकरण,त्यसको व्याख्या र विश्लेषण एवम त्यसका आधारमा प्राप्त भएका तथ्यको बुँदागतप्रस्तुतीकरण गरिएको छ । यस क्रममा तथ्याङकको प्रतिशत, मानक विचलन रमध्यमानका आधारमा विश्लेषण गर्ने काम सम्पन्न भएको छ । यसै गरी अध्याय छ मा शोधको निष्कर्ष र सुझाव प्रस्तुत गरिएको छ । यसमाअध्याय एक, दुई र तीन र चारको निष्कषात्मर्क प्रस्तुतीकरण तिनै अध्यायमा रहेकोे हुनालमुख्य अध्याय वा अध्याय पाँचको निष्कर्ष बुँदागत रूपमा यस अध्यायमा प्रस्तुत गर्दै सारभूतरूपमा प्राप्त भएको निचोडलाई प्रस्तुत गरिएको छ भने यस अध्यायमा तथ्याङककाविश्लषणबाट प्राप्त भएको निष्कर्षका आधारमा सुझावहरू दिइएको छ । शोधपत्रको अन्त्यमा शोध कार्यका क्रममा प्रत्यक्ष प्रयोगमा आएका र अध्ययनगरिएका पुस्तक तथा अप्रकाशित शोधको सूची र परिशिष्टमा सहभागी प्रतिनिधि एवमविद्यालयको नामावली तथा प्रश्नपत्र राखिएको छ ।
URI: https://elibrary.tucl.edu.np/handle/123456789/7445
Appears in Collections:Nepali Language Education

Files in This Item:
File Description SizeFormat 
cover.pdf90.23 kBAdobe PDFView/Open
chapter(2).pdf355.7 kBAdobe PDFView/Open


Items in DSpace are protected by copyright, with all rights reserved, unless otherwise indicated.