Please use this identifier to cite or link to this item: https://elibrary.tucl.edu.np/handle/123456789/7515
Title: संंस्थागत तथा सामुदायिक विद्यालयहरुको कक्षाकोठाव्यवस्थापन: तुलनात्मक एक अध्ययन {Classroom Management of Institutional and Community Schools: A Comparative Study}
Authors: अधिकारी Adhikari, विनोदकुमार Vinod Kumar
Keywords: कक्षाकोठा व्यवस्थापन Classroom Management;सामुदायिक विद्यालय Community school;संस्थागत विद्यालय Institutional school
Issue Date: 2007
Publisher: शिक्षाशास्त्र संकाय, शैक्षिक योजना तथा व्यवस्थापन विभाग
Level: Masters
Abstract: “संस्थागत तथा सामुदायिक विद्यालयहरुको कक्षाकोठा व्यवस्थापन: तुलनात्मक एक अध्ययन”शीर्षकको यस शोधपत्रमा भरतपुर नगरभित्र रहेका संस्थागत तथा सामुदायिक प्राथमिक विद्यालयहरुकाकक्षाकोठा व्यवस्थापनभित्र केन्द्रित रहेर यसअध्ययन गरिएको हो । शोध पत्रमा उल्लेख गरिएकाउद्देश्यहरु मध्ये पहिलो उद्देश्य संस्थागत र सामुदायिक विद्यालयको कक्षाकोठा व्यवस्थापनका पक्षहरुपहिचान गर्ने दोश्रो उद्देश्य सामुदायिक र संस्थागत विद्यालयहरुको कक्षाकोठा व्यवस्थापनको तुलनागर्ने तेश्रो उद्देश्यमा संस्थागत र सामुदायिक विद्यालयको कक्षाकोठा व्यवस्थापनमा देखा परेकाचुनैतीहरुका लागि समाधानका उपायहरु सुझाउने रहेका छन । माथि उल्लिखित उद्देश्यहरु पूरा गर्नका लागि सम्भावनारहित नमूना छनौट विधीवाट संस्थागत तथासामुदायिक विद्यालयहरु लाई छनोट गरिएको छ । छनोटमा परेका प्रत्येक विद्यालयवाट व्यवस्थापनसमितिका पदाधिकारीवाट, प.अ.हरु, शिक्षकहरु र विद्यार्थीहरुका लागि लक्षित समूह (Focusgroup discussion) मा समावेश गरिएको थियो । साथै विद्यालयका रेकर्ड र विद्यालय सुधार योजना (SIP) को समेत अध्ययन गरिएको थियो । यसरी अनुसन्धानको क्रममा प्राप्त प्राथमिक तथा द्धितीयस्रोतहरुलाई तथ्यांङ्कको आधारमा शोधपत्रमा व्याख्या र विश्लेषण गरिएको छ । सामुदायिक विद्यालयमाभन्दा संस्थागत विद्यालयमा शैक्षिक उपलब्धि उच्च हुन, विद्यार्थीको आकर्षण सस्थागत विद्यालयतफवढनुमा कक्षाकोठाको व्यवस्थापनले पनि हुन सक्छ भनि प्र.अ., व्यवस्थापन समितिका पदाधिकारी,शिक्षक विद्यार्थी र कक्षाकोठा भित्रको भौतिक व्यवस्थापन भित्र कक्षाकोठा मर्मत, निर्माण, कालोपाटीकाप्रयोग, फर्निचरको व्यवस्था, प्रकाश र तापक्रमको व्यवस्था, शैक्षिक सामग्रीको प्रयोग, शिक्षक विद्याथीअनुपात, तालिम प्राप्त तथा योग्य शिक्षक, र शैक्षिक उपलव्धि जस्ता पक्षहरुमा तुलनात्मक अध्ययनगरी व्याख्यात्मक विश्लेषण गरिएको छ । अध्ययनको क्रममा उपलव्ध भएका तथ्याङ्कहरुका व्याख्या र विश्लेषण विवरणत्मक ढंगवाट गरिएकोहुनाले यो अध्ययन गुणात्मक प्रवृतिको भएको छ । यसरी व्याख्या र विश्लेषण गर्दा सामुदायिकविद्यालयहरुको तथ्याङ्कलाई एकिकृत गर्दा एक सेक्सन वराव ५५.०७ विद्यार्थी र शिक्षक विद्याथीअनुपात ४०.५८ देखिन्छ भने संस्थागत विद्यालयहरुमा एक सेक्सन वरावर ३१.५५ विद्यार्थी र शिक्षकविद्यार्थी अनुपात १९.९६ रहेको अनुसन्धानवाट प्राप्त भएको छ । संस्थागत विद्यालयका शिक्षकहरुभन्दासामुदायिक विद्यालयहरुका शिक्षकहरु तालिम प्राप्त धेरै पाइयो । संस्थागत विद्यालयहरुमाशैक्षिक कृयाकलाप, खेलकद सामग्रीहरुको पर्याप्तता कक्षाकोठामा सामुदायिक क्रियाकलाप गराइविद्यार्थी परिचालन, सुविधायुक्त वसाईको व्यवस्था र स्वच्छ वातावरण निर्माण गरिनुले तुलनात्मकरुपमा सामुदायिक विद्यालयहरुको कक्षाकोठा व्यवस्थापनको स्थिति कमजोर नै देखियो । त्यसै गरीसंस्थागत विद्यालयहरुमा यथेष्ठ तालिम प्राप्त शिक्षक नहुनु, व्यवस्थापन समिति नाममात्रको हुनु,शिक्षकहरुको लागि वृत्ति विकास र सेवा सुरक्षाको ग्यारेन्टी नहुनु, समाजका अधिकांश मानिसहरुमावोर्डिङ विद्यालयहरुलाई हेर्ने दृष्टिकोण सकारात्मक नहुनु,आदि प्रमुख समस्याको रुपमा रहेको पाइयो ।सामुदायिक विद्यालयहरुका प्रमुख समस्याहरुमा शैक्षिक सामग्रीको न्यून प्रयोग, शिक्षकहरुमा अल्छीप्रवृत्ति, अभिभावक र शिक्षकहरु वीचमा समन्वयको अभाव, विद्यालय व्यवस्थापन समितिको हकमवादीप्रवृत्ती, सधै आर्थिक अभाव हुनुमा मानव सम्वन्धलाई ध्यान नदिएका पाइयो । यस शोध अध्ययनले समाजमा स्थापित भएका विद्यालयहरुको कक्षाकोठा व्यवस्थापनमा देखा परेकासमस्याहरु समाधानको लागि थप सहयोग पुग्ने विश्वास लिएको छु । विनोदकुमार अधिकारीभरतपुर, चितवन
URI: https://elibrary.tucl.edu.np/handle/123456789/7515
Appears in Collections:Education Planning & Management

Files in This Item:
File Description SizeFormat 
cover(3).pdf63.8 kBAdobe PDFView/Open
chapter(1).pdf352.27 kBAdobe PDFView/Open


Items in DSpace are protected by copyright, with all rights reserved, unless otherwise indicated.