Please use this identifier to cite or link to this item: https://elibrary.tucl.edu.np/handle/123456789/7521
Title: कक्षा पाँच उत्तीर्ण गरेका माझी भाषी विद्यार्थीहरुले नेपाली भाषाको आधारभूत वाक्य संरचनामा गर्ने त्रुटिहरुको अध्ययन {Study of Errors in Basic Sentence Structure of Nepali Language by Majhi Speaking Students Who Have Passed Class Five}
Authors: दाहाल Dahal, नवराज Navraj
Keywords: माझी भाषी Majhi bhasi;नेपाली भाषा Nepali language;वाक्य संरचना Sentence structure
Issue Date: 2011
Publisher: शिक्षाशास्त्र सङ्काय, नेपाली भाषा
Level: Masters
Abstract: १. शोधशीर्षक ः कक्षा ५ उत्तीर्ण गरेका माझीभाषी विद्यार्थीहरुको आधारभूत वाक्य संरचनाको त्रटि२. शोधाथी ः नवराज दाहाल३. शोध निर्देशक ः उपप्राध्यापक देवीप्रसाद सवेदी४. विभाग÷क्याम्पस ः नेपाली भाषा शिक्षा विभाग÷सिन्धुली बहुमुखी क्याम्पस५. शैक्षिक वष ः २०६४÷२०६६६. अध्याय÷पृष्ठसंख्या ः पाँच÷४६ शोध प्रक्रियाः प्रस्तुत शोधपत्र त्रिभुवन विश्वविद्यालय शिक्षाशास्त्र सङकाय नपाली भाषा शिक्षा विभागअन्तर्गत एम.एड. नेपाशि. ५९८ पाठयांशको प्रयोजनको लागि तयार पारिएको हो ।प्रस्तुत शोधपत्रमा रामेछाप जिल्लाका कक्षा ५ उत्तीर्ण गरेका माझी मातृभाषी विद्यार्थीहरुको आधारभूत वाक्य संरचना त्रुटि अध्ययन गर्नु प्रमुख उद्देश्य रहेको छ ।जसअन्तर्गत रामेछाप जिल्लाको पकरवास गा.वि.स.को भिमेश्वर मा.वि. रजगाउ,ँ सोहीगा.वि.स.को सेतीदवी प्रा.वि. पुछीघाट, भिरपानी गा.वि.सको सनकोसी प्रा.वि. डब्खा र श्रीजखनी स्थान प्रा.वि. सित्खा तथा राकाथुम गा.वि.सको जलदेवी प्रा.वि. काथपे र प्रा.वि.लुभुमा अध्ययनरत विद्यार्थीहरुको लिङ्ग,वचन, पुरुष र आदरका आधारमा नेपाली भाषामागर्ने त्रुटिहरुको अध्ययनका विश्लषण गरिएको छ । अध्ययन–विश्लषणको क्रममा ५ वटाविद्यालयबाट ७÷७ जना र एक विद्यालयबाट ५ जना गरी जम्मा ४० जना विद्यार्थीहरुलाइनमुनाको रुपमा लिइएको छ भने पूर्वकार्य समीक्षा, सन्र्दभ पुस्तकहरु पत्रपत्रिका तथा अन्यलेखरचनाहरु रहेका छन । पाँच अध्यायमा सङगठित प्रस्तुत शोधकार्यलाई क्रमशःशोधपरिचय, त्रुटिको सैद्धान्तिक परिचय, अध्ययन विधि, व्याख्या, विश्लषण र निष्कर्ष रसुझाव गरी विभाजन गरिएको छ ।१. समग्र माझीभाषी विद्यार्थीहरुको आधारभूत वाक्य संरचनाहरुको निम्न स्तरमा अत्यधिक विद्यार्थीहरु देखिएकाले उनीहरुको आधारभुत वाक्य संरचनामा कमजोरदेखिएको छ । २. छात्रछात्राहरुको क्षमता स्तरलाई तुलना गर्दा छात्राहरुको तुलनामा छात्रहरुकाक्षमतास्तर कमजोर रहको पाइयो । ३. वचनमा शतप्रतिशत ठीक उत्तर दिनेहरुको संख्या न्युनतम रहेको पाइयो ।४. वचनसम्बन्धी छुट्टै प्रश्नहरु सोधिएको हकमा प्रस्तुत वुदा नंं ३ मा भनिए झैं भए तापनि छयासमिस (लिङ्ग, वचन, पुरुष,आदर) पारी सोधिएको सन्दर्भमा त्रटिसङख्याअधिक रहेको छ । ५. तुलनात्मक ढङ्गले हेर्दा आदरसम्बन्धी त्रटि माझीभाषी विद्यार्थीहरुमा बढी पाइयो ।६. लिङ्गको सङ्गतिको वारेमा माझीभाषी विद्यार्थीहरु अन्योलमा परेका देखिन्छ ।७. विद्यार्थीहरुले प्रथम, द्वितीय, तृतीय, तीनवटै पुरुषसग सम्बन्धित पक्षमा त्रुटि गरेका छन ।
URI: https://elibrary.tucl.edu.np/handle/123456789/7521
Appears in Collections:Nepali Language Education

Files in This Item:
File Description SizeFormat 
thesis.pdf233.43 kBAdobe PDFView/Open


Items in DSpace are protected by copyright, with all rights reserved, unless otherwise indicated.