Please use this identifier to cite or link to this item: https://elibrary.tucl.edu.np/handle/123456789/7551
Title: सामुदायिक माध्यमिक विद्यालयहरूमा गणित विषयको शैक्षिक उपलब्धि {Mathematics in community secondary schools Educational achievement of the subject}
Authors: कार्की Karki, भक्तबहादुर Bhakta Bahadur
Keywords: सामुदायिक माध्यमिक विद्यालय Community secondary school;शैक्षिक उपलब्धि Educational achievement
Issue Date: 2009
Publisher: शिक्षाशास्त्र संकाय' शैक्षिक योजना तथा व्यवस्थापन
Level: Masters
Abstract: यो “सामुदायिक माध्यमिक विद्यालयहरूमा गणित विषयको शैक्षिक उपलब्धि ” शीर्षकमा यो शोधपत्र नेपालको दुर्गम तथा विकट जिल्ला ताप्लेजुङ्गमा सञ्चालित ३६वटा सामुदायिक विद्यालयहरूलाई आधार मानि तयार पारिएको छ । ताप्लेजुङ्ग जिल्लाको भौगोलिक अवस्थिति र ताप्लेजुङ्ग जिल्लाका जम्मा सामुदायिक विद्यालयहरूको विवरण तालिकामा देखाइएको छ । ताप्लेजुङ्ग जिल्लामा अधिकांश विद्यार्थीहरू गणित विषयमा असफल भएको ऐतिहासिक पृष्ठभूमिका साथमा यस विषयमा शोधपत्र तयार गर्ने कारण छ । यस अध्ययनका लागि जीन पियाजेको सिकाइ सिद्धान्त , ःऋ न्चभनयच ह् र थ् सिद्धान्त र एभतभच ँ।म्चगअपभच को सिद्धान्तको सहायता लिएको छ । अध्ययनका उद्देश्यहरू तपशिल बामोजिम रहेका छन् । क) क्।ी।ऋ परीक्षाको गणित बिषयको परिणामको लेखाजोखा गर्ने । ख) गणित विषयमा देखिएका समस्याहरू पहिचान गर्ने । ग) गणित विषयका देखिएका समस्याहरू समाधान गर्ने उपयाहरू सुझाउने । यस अध्ययनको लागि गुणात्मक र परिमाणात्मक अनुसन्धान ढाँचा प्रयोग गरिएको छ । जनसंख्या र नमूनामा ३६ वटा माध्यमिक सामुदायिक विद्यालयहरू मध्ये ४ वटा मात्र र ४ वटा विद्यालयका ४ गणित शिक्षक, ४ प्र.अ. तथा ५ अभिभावक उद्देश्यमूलक छनौट विधिबाट र प्रत्येक विद्यालयबाट ५ जनाका दरले २० विद्यार्थीहरू च्बलमयm क्बmउष्लिन ःभतजयम बाट लिएका छन् । तथ्याङ्क संकलन गरी सकेपछि तिनीहरूको विश्लेषणका लागि गणित विषयको वर्तमान परिणाम पहिचान गर्न एस.एल.सी. परीक्षाको २०६२,२०६३ र २०६४ सालको मार्क लेजरबाट तालिका निर्माण गरी उक्त तालिकालाई विश्लोषण गर्ने काम गरी स्तम्भचित्रमा समेत देखाइएको छ । त्यसै गरी गणित विषयको परिणाम पहिचानको लागि स्रोत व्यक्ति, प्र.अ., गणित शिक्षक, विद्यार्थी र अभिभावकहरूलाई प्रश्नावलीका साथै प्रत्यक्ष छलफल र अन्तर्वाता लिएको छ । प्रत्येक व्यक्तिबाट आएका उत्तरलाई समेत तालिकामा देखाएर ५०% भन्दा बढी उत्तरलाई नै मान्यता दिएको छ । गणित विषयका समस्याहरू पत्ता लगाउनको लागि स्रोत व्यक्ति, प्र.अ. , गणित शिक्षक, विद्यार्थी र अभिभावक प्रत्येकलाई छुटाछुट्टै प्रश्नावली निर्माण गरी प्रश्नावली भराएर त्यसबाट आएका उत्तरहरू तालिकिकरण गरी तिनीहरूको विश्लेषण गरिएको छ । औषत रूपमा जसले जुन उत्त
URI: https://elibrary.tucl.edu.np/handle/123456789/7551
Appears in Collections:Education Planning & Management

Files in This Item:
File Description SizeFormat 
Cover Page(8).pdf356.34 kBAdobe PDFView/Open
Chapter Page(1).pdf273.71 kBAdobe PDFView/Open


Items in DSpace are protected by copyright, with all rights reserved, unless otherwise indicated.