Please use this identifier to cite or link to this item: https://elibrary.tucl.edu.np/handle/123456789/7575
Title: कञ्चनपुर जिल्लाका उच्च मा.वि. तहमा अध्ययनरत विद्यार्थीहरूको निबन्ध लेखन क्षमताको अध्ययन {Kanchanpur District High School Study of Essay Writing Ability of Students Studying at the Level}
Authors: पण्डित Pandit, ध्रुव राज Dhruva Raj
Keywords: निबन्ध लेखन Essay Writing;लेखन क्षमता Writing ability
Issue Date: 2010
Publisher: शिक्षाशास्त्र सङ्काय, नेपाली भाषा
Level: Masters
Abstract: शोधशीर्षकः कञ्चनपुर जिल्लाका उच्च मा.वि. तहमा अध्ययनरत विद्यार्थीहरूको निबन्धलेखनक्षमताको अध्ययनशोधार्थी ः ध्रुवराज पण्डितशोधनिर्देशक ः उप प्रा.हरिप्रसाद खतिवडाक्याम्पस ः श्री जनज्योति बहुमुखी क्याम्पस भीमदत्तनगर, कञ्चनपुरशैक्षिक सत्र ः २०६४÷ ०६६पृष्ठ सङख्या ः ७७ + १९अध्याय–६ प्रस्तुत शोधपत्र त्रिभुवन विश्वविद्यालय शिक्षाशास्त्र सङकाय नेपाली भाषाशिक्ष्ाँविभागअन्तर्गत एम.एड. नेपा.शि. ५९८ पाठयांशको प्रयोजनका लागि तयार पारिएको हो । कञ्चनपुर जिल्लाका उच्च मा.वि. तहमा अध्ययनरत विद्यँर्थीहरूको निबन्धलेखनक्षमताको अध्ययन गर्नु यस शोधकार्यको प्रमुख उद्देश्य हो । कञ्चनपुर जिल्लाका सरकारी र निजीविद्यालयमा अध्ययनरत विद्यार्थीहरूको निबन्धलेखन क्षमताको तुलनात्मक स्थिति क–कस्तो छ ?भाषिक पृष्ठभूमिका आधारमा नेपाली मातृभाषी तथा नेपाली विमातृभाषी विद्यार्थीहरूकानिबन्धलेखन क्षमताको तुलनात्मक स्थिति क–कस्तो छ ? लैङ्गिक आधारमा छात्र र छात्राविद्यार्थीहरूको निबन्धलेखन क्षमताको तुलनात्मक स्थिति क–कस्तो रहेको छ ? स्थानीयताकाआधारमा ग्रामीण र सहरी क्षेत्रका विद्यालयमा अध्ययनरत विद्यार्थीहरूको निबन्धलेखन क्षमताकातुलनात्मक स्थिति क–कस्तो छ भनी अध्ययन विश्लेषण गर्ने कार्य गरिएको छ । विद्यार्थीहरूमारहेको निबन्धलेखन क्षमतालाई कसरी सुधार गर्न सकिन्छ ? उक्त तहमा अध्ययनरतविद्यार्थीहरूमा लेखनसम्बन्धी क–कस्ता कमजोरीहरु रहेका छन भन्ने विषयलाई मुख्य समस्यामानेर प्रस्तुत शोधकार्य गरिएको छ । यसै समस्यासग सम्बन्धित रहेर विद्यालयको प्रकृति, लैङ्गिकआधार, भाषिक पृष्ठभूमि स्थानीयताका आधारमा कञ्चनपुर जिल्लाका उच्च मा.वि. तहमा अध्ययनरत विद्यार्थीहरूको निबन्धलेखन क्षमताको अध्ययन विश्लेषण गर्ने कार्य गरिएको छ । उक्ततहका विद्यार्थीहरूमा निबन्धलेखनमा रहेका कमीकमजोरीहरूको निराकरण गर्न केही आवश्यकसुझावहरु समेत दिने उद्देश्यमा यो शोधकार्य केन्द्रित रहेको छ । प्रस्तुत शोधकार्यको शीर्षक सोझै विद्यँर्थीस“ग प्रत्यक्ष सम्बन्धित विषय भएकालेविद्यार्थीहरूलाई केन्द्रविन्दु बनाई नमुना सर्वेक्षण विधिबाट यस शोधकार्यलाई सम्पन्न गरिएका छ ।शोधकार्यका लागि कञ्चनपुर जिल्लाभित्रका ४ वटा सरकारी विद्यालयका ४० जना र २ वटानिजी विद्यालयका २० जना गरी जम्मा ६ वटा विद्यँलयका ६० जना विद्यँर्थीहरूलाई नमुनाकारूपमा लिइएको छ । अन्य सहयोगी सामाग्रीका रूपमा पूर्व शोधकार्य, सन्दर्भ पुस्तकहरूपत्रपत्रिका, आदि रहेका छन । उपलब्ध तथ्याङ्कहरूको वस्तुगत अध्ययनका लागि समूहगतमध्यमान ९ःभबल०, मानक विचलन९क्तबलमबचम म्भखष्बतष्यल०, प्रतिशताङ्क ९एभचअभलतष्भि०, श्रेणीनिर्धारण गरी विद्यार्थीहरूको निबन्धलेखन क्षमताको पहिचान गरिएको छ । समूहगतविद्यार्थीहरूको निबन्धलेखन क्षमताको तुलनात्मक अध्ययन गर्न जेड परीक्षण ९श् तभकत० लाइउपयोग गरिएको छ । यसप्रकार साङख्यिकीय तथ्याङ्क विश्लेषणका आधारमा प्रस्तुत शोधकाप्रारूप तयार पारिएको हो । ६ परिच्छेदमा सङ्गठित पस्तुत शोधकार्यलाई क्रमशः शोधपरिचय सैद्धान्तिक परिचयअध्ययन विधि व्याख्या र विश्लेषण तुलनात्मक विश्लेषण तथा निष्कर्ष र सुझाव खण्डमाविभाजित गरिएको छ ।यस शोधका निष्कर्षहरूलाई बु“दागत रूपमा यसप्रकार प्रस्तुत गरिएको छ ः ष्० कञ्चनपुर जिल्लाका उच्च मा.वि. तहमा अध्ययनरत समग्र जिल्लाका विद्यार्थीहरूकानिबन्धलेखन क्ष्ँमता सन्तोषजनक रहेको देखिन्छ । यस अध्ययनमा ६० प्रतिशतभन्दा माथिनिबन्धलेखन क्षमता मापन गराउन सफल विद्यार्थीहरूको सङख्या ६६.७ प्रतिशत देखिनुलेयस कुरालाई पुष्टि गर्दछ । ष्ष्० सरकारी र निजी विद्यालय समूहका विद्यँर्थीहरूका निबन्धलेखन क्षमताको तुलना गदानिजी विद्यालय समूहभन्दा सरकारी विद्यालय समूहका विद्यार्थीहरूको निबन्धलेखन क्षमताकेही बढी रहेको देखिन्छ । ष्ष्ष्० भाषिक पृष्ठभूमिका आधारमा नेपाली मातृभाषी र नेपाली विमातृभाषी विद्यार्थीहरूकानिबन्धलेखन क्षमता समान किसिमको रहेको देखिन्छ । ुश्ु तभकत ०.८० रहनुले यसतथ्यलाई पुष्टि गर्दछ । ष्ख० लैङ्गिकताका दृष्टिले हेदा समग्र छात्र र छात्राका बीच निबन्धलेखन क्षमता समानकिसिमको दखिन्छ । ख० स्थानीयताको दृष्टिले सहरी क्षेत्रका विद्यालयमा अध्ययनरत विद्यार्थीहरूभन्दा ग्रामीणक्षेत्रका विद्यालयमा अध्ययनरत विद्यँर्थीहरूमा निबन्धलेखन क्षमता समान रहेको देखिन्छ ।
URI: https://elibrary.tucl.edu.np/handle/123456789/7575
Appears in Collections:Nepali Language Education

Files in This Item:
File Description SizeFormat 
cover(2).pdf65.38 kBAdobe PDFView/Open
chapter.pdf379.07 kBAdobe PDFView/Open


Items in DSpace are protected by copyright, with all rights reserved, unless otherwise indicated.