Please use this identifier to cite or link to this item: https://elibrary.tucl.edu.np/handle/123456789/7596
Title: प्राथमिक तहमा अध्यापन हुन ‘मेरो नेपाली’ पाठयपुस्तकहरूको अन्तः सम्बन्धको अध्ययन {A study of the Interrelationships of 'Mero Nepali' Textbooks for Teaching at Primary Level}
Authors: पङ्गेनी Pangeni, राम प्रकाश Ram Prakash
Keywords: मेरो नेपाली किताब My Nepali Book;प्राथमिक तह Primary level
Issue Date: 2010
Publisher: शिक्षाशास्त्र सङ्काय, नेपाली भाषा
Level: Masters
Abstract: शोधशीर्षक प्राथमिकतहमा अध्यापन हुने ‘मेरो नेपाली’ पाठयपुस्तकहरूको अन्तः सम्बन्धकाअध्ययन । शोधाथी ः रामप्रकाश पङगेनीशोध निर्देशक ः उपप्राध्यापक जीवनाथ तिवारीविभाग÷क्याम्पस ः नेपाली भाषाशिक्षण विभाग, तानसेन बहुमुखी क्याम्पस, तानसन, पाल्पाशैक्षिक वष ः २०६२÷२०६४पृष्ठ सङख्या ः ९५+१२परिच्छेद ः पाँच शोधप्रक्रिया ःप्रस्तुत शोधपत्र त्रिभुवन विश्वविद्यालय शिक्षाशास्त्रसङकाय, नेपाली भाषा शिक्षण विभाग अन्तर्गत एम.एड. दोस्रो वर्ष नेपा.शि. ५९८ पाठयांशको प्रयोजनको लागि तयार गरिएकाहो । प्राथमिक तहमा अध्यापन हुन ‘मेरो नेपाली’ पाठयपुस्तकहरूको अन्तः सम्बन्धकाअध्ययन गर्नु यस शोधकार्यको प्रमुख उद्देश्य हो । यस अन्तर्गत प्रस्तुत पुस्तकको विषयवस्त,विधा, भाषाशैली अभ्यास र चित्रको आधारमा अन्तः सम्बन्धको अध्ययन जस्ता उद्देश्यमाशोधकार्य केन्द्रित रहेको छ । यस शोधकार्यको लागि सामग्री सङकलन गर्ने क्रममा पुस्तकालयीय अध्ययन विधिअपनाइएको छ । प्राथमिक स्रोतका रूपमा प्राथमिक शिक्षा पाठयक्रम र प्राथमिकतहका‘मेरो नेपाली’ पाठयपुस्तकहरू लिइएको छ । अध्ययन विश्लषणका लागि व्याख्यानात्मकपद्दति र विश्लषणात्मक पद्दति अवलम्बन गरिएका छ । द्वितीय स्रोतका रूपमा विभिन्नपत्रपत्रिका र प्रकाशित तथा अप्रकाशित शोधपत्र रहेकाछन । पाँच परिच्छेदमा सङगठित शोधकार्यलाई क्रमशः शोध परिचय, भाषापाठयपुस्तककासैद्धान्तिक पक्ष पाठयपुस्तकहरूको अन्तः सम्बन्ध, विषयवस्तु र विधाका आधारमा,भाषाशैलीका आधारमा, अभ्यासका आधारमा, चित्रका आधारमा अन्तः सम्बन्ध देखाइएकाछ । शोधको अन्तमा उपसहार एवं सुझाव प्रस्तुत गरिएको छ । यस्तगरी परिच्छेद एकको शोध परिचयअन्तगत शोध शीर्षक, शोध प्रयोजन, समस्याकथन,अध्ययनका उद्दश्यहरू, पर्व कार्यको समीक्षा, अध्ययनको औचित्य र महत्व, अध्ययनकासीमा, अध्ययन विधि र शोधपत्रका रूप रेखा जस्ता उपशीर्षक दिई परिचय गराइएको छ । यस शोधपत्रको परिच्छेद दुईमा भाषापाठयपुस्तकका सैद्धान्तिक पक्ष केलाइएको छ । जसअन्तर्गत पाठयक्रमको परिचय र परिभाषा भाषापाठयपुस्तकको परिचय रपरिभाषा प्राथमिकतहका नेपाली पाठयपुस्तकको परिचय रपरिभाषा उल्लेख गरिएको छ । यस्तगरी पाठयक्रमर पाठयपुस्तकको सम्बन्ध, भाषापाठयक्रम र भाषापाठयपुस्तकहरूको सम्बन्ध पाथमिकतहमा अध्यापन हुने मेरो नेपाली पाठयपुस्तकहरूका अन्तः सम्बन्ध पहिचान गरिएको छ ।साथै यस परिच्छदको अन्तमा पाठयक्रम शिक्षण सिकाइको व्यापक एवं बृहतकार्यक्रमकारूपमा, पाठयक्रम सम्पूर्ण सिकाइ प्रक्रियाको मुलभूत कडीका रूपमा, भाषापाठयक्रम सीप रअभ्यासपरक, व्यावहारिक र बानी निर्माणमा सघाउ पु¥याउनरूपमा, पाठयक्रम सम्पूणशैक्षिक प्रक्रियाको पमुख अङगका रूपमा र पाठयक्रम र पाठयपुस्तक, भाषापाठयक्रम रभाषापाठयपुस्तकहरूको एक आपसमा अन्तः सम्बन्ध रहेको कुरा देखाइएको छ । यस्तै परिच्छेद तीनमा विषयवस्त र विधाका आधारमा भाषापाठयपुस्तकहरूको अन्तःसम्बन्ध देखाइएको छ । विषयवस्तअन्तर्गत मनारञ्जनात्मक, पारिवारिक, वातावरणीय,शैक्षिक, सामाजिक, व्यावसायिक÷स्वास्थ्य, परिचयात्मक, परिवेशात्मक, वर्णनात्मक,प्राकृतिक, भौगोलिक, विदशी परिवेशात्मक, पौराणिक, ज्ञानवद्र्धक, सूचनामलक, सांस्कतिक,लोक कथात्मक, नतिक, आदि विषबस्तुहरूको अन्तः सम्बन्ध रहेको कुरा देखाइएको छ ।विधा अन्तर्गत बालगीत, बाल प्रबन्ध, बाल कथा, कथा, सवाद, लोक कथा, बाल कविता,जीवनी, चिठी र निवेदन आदि समावेश गरेको पाइन्छ भने पाठमा प्रयुक्त विधाका वीचमाक्रमबद्धता एवं साङगठनिकताको अन्तः सम्बन्ध रहेका कुरा पहिल्याइएका छ । यस्तै परिच्छेद चारमा भाषाशैली, अभ्यास र चित्रका आधारमा अन्तः सम्बन्ध दखाउने कायभएको छ । भाषाशैलीअन्तर्गत प्राथमिक तहमा अक्षर चिनारी, बाक्य गठन ढाँचाका क्रमलाइपहिचान गरिएको छ । शब्दभण्डार बृद्धि गर्ने खालका पाठहरूरहेका पाइन्छन । यस्तपरिच्छेद चारको अन्तमा चित्रका आधारमा अन्तः सम्बन्ध देखाउने कार्य भएको छ । पाठमा प्रयुक्त चित्रहरू विषयवस्तसँगसम्बन्धित देखिन्छनभनकेही चित्र रखाइको क्रममा फेरबदलगर्नु पर्ने देखिन्छ । यस्तै गरी शोधपत्रको अन्तिममा उपसंहार एवं सुझाव प्रस्तुत गरिएकाछ । समग्रमा अध्ययन गदा प्रस्तुत शोधकार्यको सारभूत कुराहरूदेहाय बमोजिम देखाइएकाछ । प्राथमिक तहमा अध्यापन हुने मेरो नेपाली पाठयपुस्तकहरूका विषयवस्तर विधालाइहेर्दा एक आपसमा अन्तः सम्बन्धित देखिन्छन । यस तहका कक्षामा अक्षर चिनारी,बाक्यढाँचा, अनभव क्षेत्रका शब्दभण्डार र क्रमशः शब्दभण्डार बृद्धिगरी सिर्जनशील क्षमताबढाउने खालका अभ्यासमा जोड दिएको पाइन्छ । भाषाशैलीका आधारमा हेदा केही शब्दहरूजटिल र विद्यार्थीको स्तरअनरूपको भाषामा कमीकमजोरी रहेको देखिन्छ । विदशीपरिवेशका शब्दहरूकेही जटिल रहेको देखिन्छ । पाठयपुस्तकमा क्षेत्र र क्रम मिलाई भाषिकसीप (सनाइ, बोलाइ, पढाइ र लेखाइ) मा सीप विकास गराउन खोजिएको पाइन्छ ।विधाअनुसार अभ्यासहरूमा विविधता देखिन्छ र विधाहरूमा बालगीत, बालकथा, बालप्रबन्ध, प्रबन्ध,कविता,कथा, पौराणिक कथा, लोक कथा,नैतिककथा, विदेशी परिवेशात्मककथा थप गरी अध्यापन गराउने उद्देश्य राखिएको पाइन्छ । त्यसर्थ निष्कर्षमा भन्नु पदाविधाहरूमा विविधताको अवस्था सन्तोषजनकरूपमा, क्रमिकता र साङगठनिकतामा जोडदिएको पाइन्छ । यस्तगरी पाठमा चित्रहरूको रखाइकेही पाठहरूमा व्यवस्थित भएतापनिकेही कक्षाका पाठहरूका चित्रहरू विषयवस्तुको सन्दर्भअनुसाररखाइ व्यवस्थित नभएकापाइन्छ ।
URI: https://elibrary.tucl.edu.np/handle/123456789/7596
Appears in Collections:Nepali Language Education

Files in This Item:
File Description SizeFormat 
cover.pdf77.91 kBAdobe PDFView/Open
chapter.pdf464.99 kBAdobe PDFView/Open


Items in DSpace are protected by copyright, with all rights reserved, unless otherwise indicated.