Please use this identifier to cite or link to this item: https://elibrary.tucl.edu.np/handle/123456789/7792
Title: टीका घिमिरेको जीवनी , व्यक्तित्व र कृतित्वको अध्ययन {A study of Tika Ghimire's biography, personality and work}
Authors: बस्नेत Basnet, सीता Sita
Keywords: जीवनी Biography;व्यक्तित्व Personality
Issue Date: 2018
Publisher: मानविकी तथा सामाजिकशास्त्र सङकाय, नेपाली
Institute Name: Mahendra Ratna Multiple Campus, Ilam
Level: Masters
Abstract: टीका घिमिरेको जीवनी , व्यक्तित्व र कृतित्वको अध्ययन’ शीर्षकको शोधपत्रलाई समग्र पाँच परिच्छेद भित्रको मल शीर्षकमा विभाजन गरी आवश्यकता अनुसार विभिन्न उपर्शीषकमा राखेर अध्ययन गरिएको छ । पस्तुत शोधपत्रको पहिलो परिच्छेदमा शोधपत्रको मूल शीर्षक राखिएको छ जस अन्तरगत शोधशीर्षक, शोधप्रयोजन, शोध परिचय , समस्याकथन , शोधकार्यको उद्देश्य , पूर्वकार्यको समीक्षा, औचित्य महत्व र उपयोगिता , शोधकार्यको सीमाङकन, सामग्रीसङकलन विधि , शोधविधि, शोधपत्रको रुपरेखा जस्ता उपर्शीषक दिएर पहिलो परिच्छेद तयार पारिएको छ । दोस्रो परिच्छेदमा ‘साहित्यको सैद्घान्तिक परिचय’ मल शीर्षक राखिएको छ । यस अन्तरगत साहित्यको परिभाषा, नेपाली साहित्यको विधागत विभाजन, नेपाली कविताको विकासक्रम , कविताको परिचय र कविताको वर्गीकरण राखेर दोस्रो परिच्छेद तयार पारिएको छ । तेस्रो परिच्छेदमा टीका घिमिरेको जीवनी व्यक्तित्व, कृतित्वको अध्ययन मूल शीर्षक राखिएको छ । घिमिरेको जीवनी अन्तर्गत पृष्ठभूमि , जन्मस्थान , बाल्यकाल , शिक्षादीक्षा , विद्यार्थी जीवनका प्रमुख गतिविधिहरु, विभिन्न संस्कार कर्महरुका छैटी, नामाकरण, अन्नप्रासन, विवाहको चचा रहेका छन । यस्तै अन्य उपशीर्षकमा घिमिरेका राजनैतिक तथा सामाजिक संलग्नता, दाम्पत्य जीवन र पारिवारिक स्थिति, कवि टीका घिमिरेका अविस्मरणीय घटनाहरु, रुची एवं स्वभाव, साहित्य लेखन प्रेरणा र प्रभाव प्रकाशित पुस्तक।कार, प्रकाशित कृतिको संक्षिप्त सूची, पुरस्कार तथा सम्मान, जीवन र साहित्य सम्बन्धित धारणा उपशीर्षक राखेर घिमिरेको जीवनीको चर्चा गरिएको छ । टीका घिमिरेको व्यक्तित्वका विविध पक्षहरु उपर्र्शीषक भित्र पृष्ठभमि, बाह्य व्यक्तित्व, आन्तरिक व्यक्तित्व, सामाजिक व्यक्तित्व र धार्मिक तथा सांस्कृतिक व्यक्तित्व रहेका छन । त्यस्तै आर्को उपशीषकमा साहित्यिक यात्रा रहेको छ । यसभित्र घिमिरेका लेखन र प्रकाशनका दृष्टिले प्रथम र द्वितीय चरणमा विभाजन गरी तीन कृतिहरुमा अभिव्यक्त विचारलाई बदागत रुपमा निष्कर्ष सहित पस्तुत गरिएको छ । यस्तै गरी चौथो परिच्छेदमा ‘टीका घिमिरेका कृतिको अध्ययन’ मूल शीर्षक राखिएको छ , यस अन्तरगत कविताको विकासक्रमको सन्र्दभमा टीका घिमिरेका हालसम्म प्रकाशित ‘अन्तिम भाइटीका’ ‘आमा’ र ‘पूर्वको स्वर्ग इलाम, कृतिहरुको तत्वगत अध्ययन’ उपशीर्षक रहेका छन । तत्वगत आधारमा पनि विभिन्न लयविधान, बिम्बपतीक , दृष्टिविन्दु, भाषाशैली , विभाजन गरेर प्रस्तुत गरिएको छ । यस्तै अर्को उपशीर्षकमा ‘अन्तिम भाइटीका’ शोककाव्यको अध्ययन रहेको छ । यसभित्रका २६ वटा कविता रहेका छन । यस्तै अर्को उपशीर्षकमा ‘आमा’ छन्दोवद्घ कविता सङग्रहको अध्ययन रहेको छ । यस कृतिमा उन्नाइस वटा कविताहरु रहेका छन । यस्तै अर्को कविता ‘पूर्वको स्वर्ग इलाम’मा सत्ताइसवटा कविता प्रस्तुत गरेको पाइन्छ । कविताका विषय वस्तु र भाव तथा छन्दका आधारमा विभाजन गरी प्रत्येक कविताको अध्ययन पश्चात यथोचित चर्चा गरिएको छ । कवि टीका घिमिरेका कविता सङग्रहहरुलाइ व्यावहारिक पक्ष, जीवनस्तर सुधारोन्मुख भावका साथै छन्दका अधारमा वर्गीकरण गरिएको छ । उनका कृतिहरुमा प्रत्यक्ष र परोक्ष दुबै पक्षलाई समेटेको पाइन्छ । विसङगतिको अन्त्यका लागि कविले दृढ ढङगको आह्वान गरेको पाइन्छ । प्रथम कृति ‘अन्तिम भाइटीका’मा आफनो श्रीमानको मृत्यु पश्चात जीवनमा रहेका भोगाइ, पारिवारिक झमेला , व्यावहारिक अभाव साथै दोस्रो कृति ‘आमा’ मा आमा एक आर्दश मार्ग र्निदेशक ममताकी खानी जो हरेक व्यतिmको निम्ति महत्वपूर्ण हुन्छिन भन्ने भावना प्रकट गरिएको पाइन्छ । तेस्रो कृति ‘पूर्वको स्वर्ग इलाम’ एक सौन्र्दयको प्रतीक विभिन्न वस्तुहरुको परिचयले भरिपूर्ण ठाउँ आफनै विशेषताले चिनिने जिल्ला भनी जिल्लाको सुन्दर परिचय प्रस्तुत गरेकी छन । छन्दोबद्घ रहेका कविताहरुमा शार्दूलविक्रीडित ,उपजाति, इन्द्रवज्रा, मन्दक्रान्ता, वसन्ततिलका, भुङ्गगप्रयात, तोटक, हारिणी, स्रग्घरा, शालिनी ,स्वागता , शिखरिणी , जस्ता छन्दको उपयोग गरेको पाइन्छ । शास्त्रीय छन्दको समुचित प्रस्तुतिले प्रत्येक कविताको पठन गर्दा पाठकलाई मन्त्रमुग्ध बनाउछन । समग्रमा यिनै प्रकाशित कृतिहरुको चर्चा चौथो परिच्छेदमा गरिएको छ । पाँचौ परिच्छेदमा उपसंहार एवं निष्कर्ष राखिएका छ । जसमा उठान, कविता कृतिका आधारमा निष्कर्ष र टीका घिमिरेका जीवनी व्यक्तित्व, कृतित्व को अध्ययन गरी बूँदागत आधारमा निष्कर्ष प्रस्तुत गरिएको छ । साथै भावी कार्यको लागि सम्भावित शोधशीर्षक राखिएको छ । शोधपत्रको अन्त्यमा शोधपत्र तयार पार्दा सन्र्दभ सामग्रीका रुपमा लिएका सन्र्दभ सामग्रीहरुको सूची राखिएको छ । त्यस पछि परिशिष्टमा घिमिरेको फोटो, पारिवारिक फोटो र सम्मानपत्र आदि राखिएको छ ।
URI: https://elibrary.tucl.edu.np/handle/123456789/7792
Appears in Collections:Nepali

Files in This Item:
File Description SizeFormat 
Full Thesis.pdf1.72 MBAdobe PDFView/Open


Items in DSpace are protected by copyright, with all rights reserved, unless otherwise indicated.