Please use this identifier to cite or link to this item: https://elibrary.tucl.edu.np/handle/123456789/8179
Title: चम्पा उपन्यासको शैलीवैज्ञानिक अध्ययन {A stylistic Study of the Champa Novel}
Authors: ढकाल Dhakal, डिल्लीराम Dilliram
Keywords: शैलीवैज्ञानिक अध्ययन Stylistic studies;उपन्यास शैलीवैज्ञानिक Novel stylist;नेपाली उपन्यास Nepali novels
Issue Date: 2011
Publisher: शिक्षाशास्त्र सङकाय, नेपाली भाषा शिक्षा
Level: Masters
Abstract: त्रिभुवन विश्वविद्यालय, नेपाली भाषा शिक्षा विभाग स्नातकोत्तर (एम. एड. ) दोस्रो वर्ष,नेपाली शिक्षा पाठयांश ५९८ को प्रयोजनका लागि तयार गरिएको प्रस्तुत शोधपत्र चम्पा उपन्यासको शैलीवैज्ञानिक अध्ययन श्रद्धेय गुरू प्रेम प्रसादभट्टराईको शोध निर्देशनमा तयार पारिएको हो । जम्मा ६ ओटा अध्यायहरूमा विभाजन गरी यस शोधअध्यायनलाई पूरा गरिएको छ । पहिलो अध्यायमा शोधको परिचय प्रस्तुत गरिएको छ । यसमा शीर्ष सूचनाका साथ मूल रूपमा पूर्वकार्यको समीक्षा र शोधअध्ययनको औचित्य पुष्टि गरिएको छ । दोस्रो अध्यायमा शैलीविज्ञानका सैद्धान्तिक परिचयका साथसाथै शैलीवैज्ञानिक समालोचनाका विभिन्न तह र कृति विश्लेषणका शैलीवैज्ञानिक सैद्धान्तिक आधारहरू प्रस्तुत गरिएको छ । तेस्रो अध्यायमा चम्पा उपन्यासका कथानकलाई शैलीवैज्ञानिक आधारमा विश्लेषण गरिएको छ । यसमा कथानकको विकासक्रमलाई फ्रेटागको पिरामिडमा देखाउनुका साथै कथनकको विकासक्रम तालिका प्रस्तुत गरिएको छ । चौथो अध्यायमा चम्पा उपन्यासका पात्रहरूको शैलीवैज्ञानिक आधारमा विश्लेषण गरिएको छ । यसमापात्रहरूको शैलीवैज्ञानिक तालिका देखाउनुका साथसाथै पात्रहरूको लिङग, कार्य, प्रवृत्ति, स्वभाव,जीवनचेतना, आसन्नता र आबद्धताका आधारमा विश्लेषण गरिएको छ । त्यस्तै पाँचौँ अध्यायमा भाषाको आधारमा चम्पा उपन्यासको विश्लेषण गरिएको छ । यसमा चयन, विचलन रसमानान्तरताका आधारमा उदाहरणहरूसहित विश्लेषण प्रस्तुत गरिएको छ । छैठौँ अध्यायमा अध्यायगत निष्कर्षप्रस्तुत गरिएको छ । परिशिष्टमा उपन्यासकारको परिचय र प्रवृत्ति प्रस्तुत गरी जम्मा ८२ पृष्ठको यस शोधअध्ययनलाई पूरा गरिएको छ ।
URI: https://elibrary.tucl.edu.np/handle/123456789/8179
Appears in Collections:Nepali Language Education

Files in This Item:
File Description SizeFormat 
cover.pdf53.28 kBAdobe PDFView/Open
chapter(1).pdf379.19 kBAdobe PDFView/Open


Items in DSpace are protected by copyright, with all rights reserved, unless otherwise indicated.