Please use this identifier to cite or link to this item: https://elibrary.tucl.edu.np/handle/123456789/8298
Title: पापिनी आमा खण्डकाव्यको शैलीवैज्ञानिक अध्ययन {Stylistic study of Papini Ama Khandakavya}
Authors: भण्डारी Bhandari, यमनाथ Yamnath
Keywords: पापिनी आमा Papini ama;खण्डकाव्य Khandakavya
Issue Date: 2007
Publisher: नेपाली भाषा शिक्षा विभाग
Institute Name: Central Department of Education
Level: Masters
Abstract: शोधशीर्षक ः पापिनी आमा खण्डकाव्यको शैलीवैज्ञानिक अध्ययन शोधार्थी ः यमनाथ भण्डारी शोधनिर्देशक ः सह प्रा.महेश्वर न्यौपाने विभाग÷क्याम्पस ः नेपाली भाषा शिक्षा विभाग विश्वविद्यालय क्याम्पस,कीर्तिपुर शैक्षिक वर्ष ः २०५९÷०६१ पृष्ठ सङ्ख्या ८९+१३ परिच्छेद छ शोधप्रक्रिया प्रस्तुत शोधकार्य नेपाली भाषा शिक्षा विभागअन्तर्गत एम.एड. दोस्रो वर्षको नेपा.शि.५९८ पाठ्यांशको प्रयोजनका लागि तयार पारिएको हो । छ परिच्छेदमा सङ्गठित यो शोधकार्य “पापिनी आमा” खण्डकाव्यको संरचना पक्षको अध्ययन साथै शैलीवैज्ञानिक दृष्टिले पापिनी आमा खण्डकाव्यको विश्लेषण गर्ने मूल दुई उद्देश्यमा केन्द्रित रहेको छ । मूलतः पुस्तकालयीय विधिमा आधारित भए पनि शोधार्थीले समालोचकका अन्तर्वार्ता अनि प्रारम्भिक स्रोतको रूपमा भने काव्यकारको खण्डकाव्यलाई नै लिइएको छ । यसको अलावा पाठ्यपुस्तक, पत्रपत्रिका, शब्दकोश, व्याकरणको पनि सहयोग लिइएको छ । खासगरी छ परिच्छेदमा विभाजित यस शोधको पहिलो परिच्छेदमा शोधपरिचय, दोस्रो परिच्छेदमा शैलीविज्ञानको सैद्धान्तिक परिचय, तेस्रो परिच्छेदमा खण्डकाव्यको सैद्धान्तिक स्वरूप वा अवधारणा र विश्लेषणका आधारहरू शीर्षक अन्तर्गत काव्यको परिचय, काव्यको विकासक्रम, खण्डकाव्यको रचना र विकास, खण्डकाव्यका तत्वहरू (शीर्षकीकरण, संरचना, कथावस्तु, पात्रविधान, परिवेशविधान, भावविधान, भाषाशैली, अलङ्कारविधान, लयविधान, दृष्टिविन्दु) को विशेष चर्चा भएको देखिन्छ । त्यसैगरी चौथो परिच्छेदमा पापिनी आमा खण्डकाव्यको संरचनात्मक पक्षको आधारमा विश्लेषण मूल शीर्षकअन्तर्गत कथानक, कथानक विवरण, कथानक संरचना, पात्र, परिवेश, दृष्टिविन्दु, भाषाशैली आदिको शैलीवैज्ञानिक मान्यताका आधारमा विश्लेषण गरेको पाइन्छ । यसक्रममा चरित्र विश्लेषणका क्रममा उक्त काव्यमा प्रयुक्त विभिन्न पात्रहरूलाई लिङ्ग, कार्य, प्रवृत्ति, स्वभाव, जीवनचेतना आसन्नता र आबद्धताका आधारमा केलाउने काम भएको पाइन्छ । पाँचौं परिच्छेदमा पापिनी आमा खण्डकाव्यको चयनका आधारमा विश्लेषण गर्ने काम भएको छ । त्यसमा शब्दचयन (तत्सम, तद्भव, आगन्तुक) नाम, सर्वनाम , विशेषण, क्रिया, नामयोगी, निपात, संयोजकको चयन र विभिन्न विराम चिन्हहरूको समेत चयनका आधारमा विवेचना गरिएको छ । त्यसैगरी समानता र विचलनका आधारमा सोदाहरणसहित उक्त खण्डकाव्यको विश्लेषण गर्ने काम शोधार्थीले गरेका छन् । शोधनिष्कर्ष छैटौं परिच्छेदमा निष्कर्ष खण्डमा परिच्छेदगत निष्कर्ष प्रस्तुत गर्दै शिक्षाशास्त्रीय दृष्टिले यस खण्डकाव्यको उपयोगिताबारे आ–आफ्नो विचार प्रस्तुत गरिएको छ साथै शैलीवैज्ञानिक दृष्टिले माथि उल्लेख भएका शीर्षकका आधारमा हेर्दा उक्त खण्डकाव्य उत्कृष्ट र स्तरीय देखिन्छ भनिएको छ ।
URI: https://elibrary.tucl.edu.np/handle/123456789/8298
Appears in Collections:Nepali Language Education

Files in This Item:
File Description SizeFormat 
Cover.pdf70.41 kBAdobe PDFView/Open
Chapter.pdf357.12 kBAdobe PDFView/Open


Items in DSpace are protected by copyright, with all rights reserved, unless otherwise indicated.