Please use this identifier to cite or link to this item: https://elibrary.tucl.edu.np/handle/123456789/8768
Title: विद्यालय व्यवस्थापन समितिमा महिला सदस्यको सहभागिता {Participation of Women Members in School Management Committee}
Authors: कालाखेती Kalakheti, धर्मकुमारी Dharmakumari
Keywords: विद्यालय व्यवस्थापन School management;महिला सदस्य Female members
Issue Date: 2011
Publisher: शैक्षिक योजना तथा व्यवस्थापन संकाय
Level: Masters
Abstract: प्रस्तुत शोधपत्र “विद्यालय व्यवस्थापन समितिमा महिला सदस्यको सहभागिता” शीर्षकमा आधारित अध्ययन हो । यस शोध–पत्रको मल उद्देश्यका रूपमा विद्यालय व्यवस्थापन समितिमा महिला सदस्यको सक्रिय सहभागिताको स्थिति विश्लेषण गर्नु हो । यो शोधपत्र सर्वेक्षणमा आधारित विश्लेषणात्मक विधिको प्रयोग गरी गुणात्मक र परिमाणात्मक ढाँचामा तयार गरिएको हो । यो शोधकार्य पूरा गर्न विद्यालयका प्रधानाध्यापक, वि.व्य.स.का अध्यक्ष र वि.व्य.स.मा प्रतिनिधित्व गर्ने महिलाहरूलाई उद्देश्यमूलक नमुना छनोट विधिमार्फत छनौट गरिएको छ । यो अध्ययनमा प्रश्नावली, अन्र्तवार्ता प्रश्नावली र सर्वे फारमलाई अनुसन्धान साधनको रूपमा प्रयोग गरिएको छ । यस अध्ययनअनुसार विद्यालय व्यवस्थापन समितिमा महिला सदस्यको भूमिका निर्णय प्रक्रियामा निष्क्रिय रहेको , महिला सदस्यले महिला विशेषका एजेण्डा प्रस्तुत गर्न नसकेको ,सूचना अभाव, तथा शैक्षिक योग्यता र रुची कमी भएको ,विद्यालयहरूमा महिला प्रतिनिधित्वको अवस्था केवल नियमावलीले अनिवार्य गरी निर्धारण गरेको न्यूनतम तहमा रहेको ,अध्यक्षमा महिला प्रत्यासी समेत नवनेको र प्रत्यासि हुन पाइने कुरा समेत महिला सदस्यलाई जानकारी नभएको , अध्यक्षको स्थानमा कुनैपनि महिला नरहेको , सदस्यको पदमा रहेका महिलालाई समेत वाध्यात्मक रूपमा राखिने गरेको वा सहमतिको प्रक्रिया अरुहरूले मिलाइदिने गरेको, साथै महिला सदस्य आफ्नो प्रतिनिधित्व प्रति नै स्पष्ट रुपमा जानकार नभएको पाइएको छ । अतः समग्रमा महिला विद्यालय व्यवस्थापन समितिमा अपेक्षाकृत सक्रिय हुन नसकि रहेको, विद्यालयको व्यवस्थापन समिति गठनमा पुरुष प्रभाव देखिएको, राजनीतिक प्रतिस्पर्धा वा सहमति पनि पुरुष सदस्यहरूवाट हुने अवस्था रहेको ,महिला सूचना र चेतनाको अभाव एव महिला चेतना अभिवृद्धिका कार्यक्रमा महिला पछाडी परेको निष्कर्ष निकाल्न सकिन्छ । वि.व्य.स.मा महिला प्रतिनिधित्वको सङख्या नियमावलीमा न्यूनतम एक निर्धारण भएको र हाल विद्यालयहरूले महिलाको त्यो न्युनतम उपस्थिति मात्र देखिन गएकाले यो सङख्यालाई सरकारले नियमावलीमा नै संशोधन गरी सुनिस्चित गर्नु पर्ने , वि.व्य.स.मा प्रतिनिधित्व गर्ने महिलाकालागि पनि शैक्षिक योग्यता र न्यूनतम पनि सामाजिक काममा अनुभव र रुचि भएका महिलाहरू उपस्थिति गर्नुपर्ने, वि.व्य.स.ले विद्यालयमा आन्तरिक रुपमा निर्माण गरिने समिति तथा उपसमितिमा महिलालाई मुलभूत जिम्मेवारीमा समेत राख्नुपर्ने , विद्यालयमा विद्यार्थी भर्ना गर्दा महिलाको अभिभावकत्व गराउनु पर्ने, हरेक सामाजिक काममा गाउ विकास समितिका कार्यक्रम तथा राजनीतिक कार्यहरूमा महिलालाई प्रोत्साहन गर्दै लैजानुपर्ने , स्थानीय रुपमानै शैक्षिक जागरणका माध्यमवाट पुरातन सोच हटाई महिलालाई सामाजिक र राजनितिक रुपमा नै घर वाहिरका दायित्वहरूप्रति महिला र पुरुषको सचेतनाका कार्यहरूमार्फत सुधार गर्नु पर्ने, वि.व्य.स.मा महिलाको स्वेच्छिक र स्वस्फूर्त उम्मेद्धारीको प्रवन्ध गर्नु पर्ने सुझावहरू प्रस्तुत गरिएको छ ।
URI: https://elibrary.tucl.edu.np/handle/123456789/8768
Appears in Collections:Education Planning & Management

Files in This Item:
File Description SizeFormat 
All thesis.pdf282.37 kBAdobe PDFView/Open


Items in DSpace are protected by copyright, with all rights reserved, unless otherwise indicated.