Please use this identifier to cite or link to this item: https://elibrary.tucl.edu.np/handle/123456789/8791
Title: विद्यालय व्यवस्थापनमा सामाजिक परीक्षणको प्रभाव {Impact of Social Testing on School Management}
Authors: थापा Thapa, इन्द्रबहादुर Indrabahadur
Keywords: विद्यालय व्यवस्थापन School management;सामाजिक परीक्षण Social testing
Issue Date: 2011
Publisher: शैक्षिक योजना तथा व्यवस्थापन संकाय
Level: Masters
Abstract: विद्यालय व्यवस्थापनमा सामाजिक परीक्षणको प्रभाव” शीर्षकमा गरिएको यस अनुसन्धान कार्यको मुख्य उद्देश्य विद्यालयमा समाजिक परीक्षणले विद्यालय व्यवस्थापनमा पारेको प्रभावको विश्लेषण गर्नु रहेकोे छ । यस अध्ययनको सैद्धान्तिक खाका नियन्त्रणको सिद्धान्त, सर्वमान्य लेखाविधिको सिद्धान्त र शिक्षा प्रशासनको सिद्धान्तमा आधारित छ । यस अध्ययनलाई अगाडि बढाउन गुणात्मक र परिमाणात्मक ढाँचाको अवलम्बन गरिएको छ । सम्भाव्यतामा आधारित नमूना छनौट विधिद्वारा प्राथमिक र द्वितीय स्रोतको माध्यमवाट तथ्याङ्क सङ्कलन गर्ने काम भएको छ । अध्ययनको क्रममा मोरङ जिल्लाको बाहुनी स्रोतकेन्द्र अन्तर्गत सञ्चालित सामुदायिक विद्यालयहरु मध्ये सम्भाव्यतामा आधारित नमुना छनौट गरी ती विद्यालयमा कार्यरत प्र. अ., वि. व्य. सं अध्यक्ष शिक्षक र अभिभावक छनौट गरी आवश्यक तथ्याङ्क तथा सूचना, सङ्कलन गर्नका लागि प्रश्नावली, अन्तर्वार्ता र दस्तावेज अध्ययन जस्ता अनुसन्धानका साधनहरुको प्रयोग गरी आवश्यक जानकारी सूचना र तथ्याङ्क लिइएको छ । सामाजिक परीक्षणको बारेमा विद्यालय व्यवस्थापन समिति र प्र. अ.बीच सामान्य जानकारी रहेको पाइएको छ । त्यसमा पनि सामाजिक परीक्षणको बारेमा तालिम गोष्ठीमा भाग लिएका व्यक्तिहरु पाइएनन् । सामाजिक परीक्षणलाई कतिपय व्यक्तिहरुले लेखा परीक्षणका रुपमा मात्र बुझेको पाइयो भने अभिभावकहरु तथा वि. व्य. स. सं का अधिकांश सदस्यहरुले सामाजिक परीक्षणको बारेमा राम्रो जानकारी नै नभएको पाइयो । सामाजिक परीक्षणको वारेमा बुझेका व्यक्तिहरुले पनि यसलाई भञ्झटिलो र बोझका रुपमा मात्र लिएको पाइयो । धेरै जसो विद्यालयहरुमा सामाजिक परीक्षण समितिले समाजिक परीक्षण गरेपश्चात अभिभावक भेला गराई सुनाउने गरेको छ भने केही विद्यालयहरुले वि. व्य. स. मा मात्र प्रस्तुत गर्ने गरेको पाइयो । सामाजिक परीक्षण विद्यालयमा भयो कि भएन भन्ने वारेमा माथिल्लो तहबाट पनि खोजी नभएको हुदाँ यसको प्रभावकारी कार्यान्वयन नभएको देखिन्छ । सामाजिक परीक्षण विद्यालयको हितका लागि गरिने भएको हु“दा विद्यालयका सरोकारवालाहरुको तालिम र गोष्ठीद्वारा क्षमता वृद्धि गर्नुपर्दछ । यसका लागि समस्या समाधान गर्न केन्द्रीय निकायबाट प्रत्यक्ष अनुगमन तथा सुपरीवेक्षण गर्नुपर्दछ । विद्यालयमा शिक्षक अभिभावक सङ्घको भूमिकालाई क्रियाशील बनाई सामाजिक परीक्षणसँग सम्बन्धित तालिम गोष्ठिको व्यवस्था गरी क्षमता वृद्धि गर्नु पर्दछ। विद्यालयको वार्षिक कार्यक्रम निर्माण, कार्यान्वयन र उपलब्धि मूल्याङकनमा बढीभन्दा बढी सरोकारवालालाई संलग्न गराउनु पर्दछ । विद्यालयको आम्दानी तथा खर्चको विवरणलाई प्र. अ. ले तालिका चार्ट बनाई पारदर्शी ढंगले देख्ने गरि राख्नुपर्दछ । प्रधानध्यापकले समुदायसँग सुमधुर सम्बन्ध कायम गर्दै विद्यालय हाम्रो हो भन्ने भावनाको विकास गरी विद्यालयको चौतर्फी विकासमा लाग्नुपर्दछ ।
URI: https://elibrary.tucl.edu.np/handle/123456789/8791
Appears in Collections:Education Planning & Management

Files in This Item:
File Description SizeFormat 
Cover.pdf73.61 kBAdobe PDFView/Open
Chapter.pdf365.74 kBAdobe PDFView/Open


Items in DSpace are protected by copyright, with all rights reserved, unless otherwise indicated.